05/09/2025
जनकपुरधाममा पहिलो अन्तर्राष्ट्रिय इन्डस्ट्रीयल एक्स्पो 2025 हुने
जनकपुरधाम ।
उद्योग परिषद्, मधेस प्रदेश, सिया ईभेन्ट्स र ग्लोब टेक इन्डियाको संयुक्त आयोजनामा जनकपुरधाममा पहिलो अन्तर्राष्ट्रिय इन्डस्ट्रीयल एक्स्पो 2025 आयोजना हुने भएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मधेस प्रदेश, उद्योग विभाग मधेस प्रदेश र नेपाल ट्रेड एण्ड एक्स्पोर्ट प्रमोशन एजेन्सीको सहकार्यमा हुने यो प्रदर्शनीमा उद्योग, कृषि तथा पर्यटनसँग सम्बन्धित उत्पादन र सेवाहरू प्रदर्शनीमा राखिने उद्योग परिषद मधेश प्रदेशका अध्यक्ष प्रमोद साहले जानकारी गराएका छन।
एक्स्पोमार्फत नयाँ उद्यमशीलता प्रवर्द्धन, उत्पादनको बजार विस्तार, सीप आदानप्रदान र लगानी आकर्षण हुने आयोजकले विश्वास व्यक्त गरेका छन्। साथै, सहभागी व्यवसायीबीच प्रत्यक्ष भेटघाट (B2B) कार्यक्रम सञ्चालन हुने जनाइएको छ।