Madhesh4K

Madhesh4K News flasher company

22/11/2025

सिय रघुवीर विवाह जे सप्रेम गावही सुनही !
तिन्हकह सदा उछाह मंगलायतन राम जसु !!
सहभागी भएर किशोरी जो को आशीर्वाद प्राप्त गर्नुहोस् ।

क्षिरेश्वरनाथमा ज्यानमार्ने उद्योग मुद्दाका सात जनाविरुद्ध पक्राउ पुर्जी जारीधनुषा, क्षिरेश्वरनाथ ।धनुषा जिल्लाको क्षिरे...
19/10/2025

क्षिरेश्वरनाथमा ज्यानमार्ने उद्योग मुद्दाका सात जनाविरुद्ध पक्राउ पुर्जी जारी

धनुषा, क्षिरेश्वरनाथ ।
धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका क्षेत्रका सात जनाविरुद्ध ज्यानमार्ने उद्योग मुद्दामा पक्राउ पुर्जी जारी गरिएको छ । क्षिरेश्वरनाथ नगरपालिका–५ निवासी राजदेव चौधरीका छोरा सुशिल कुमार चौधरीको जाहेरीका आधारमा नेपाल सरकार वादी र उमेश यादवसहित सात जनाविरुद्ध मुद्दा दर्ता भई अदालतको आदेशअनुसार पक्राउ पुर्जी जारी गरिएको हो । पक्राउ पुर्जी धनुषा जिल्ला अदालतबाट जारी भएको हो । उक्त आदेशअनुसार क्षिरेश्वरनाथ नगरपालिका–१ रमदैया गाउँका रामसागर यादवका छोरा ३८ वर्षीय उमेश यादव, क्षिरेश्वरनाथ–५ का रामटहल पंजियारका छोरा ६२ वर्षीय योगेन्द्र पंजियार, उनका छोरा ३५ वर्षीय अमर पंजियार, ठकाई मण्डलका छोरा ६० वर्षीय जिवछ मण्डल, उनका छोरा ४० वर्षीय नवल मण्डल, नवलका छोरा २२ वर्षीय निरज मण्डल र जिवछका अर्का छोरा ३८ वर्षीय कमल मण्डल धानुकको नाममा पक्राउ पुर्जी जारी गरिएको हो ।
अदालतका अनुसार पक्राउ पुर्जीका अनुसूची नं. २२, २३ र २५ गरी जम्मा ६३ पृष्ठ रहेको छ । ती पुर्जी तामेल गरी तामेली प्रतिवेदन अदालतमा पेश गर्न सम्बन्धित निकायलाई अनुरोध गरिएको छ । मुदा ज्यान मार्ने उद्योगसम्बन्धी भएको र प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाएको स्रोतले जनाएको छ ।

12/10/2025

कुटीमा सरसफाइ अभियान सम्पन्न
क्षिरेश्वरनाथ नगरपालिका–१, कुटी नजिक आज स्थानीय युवाहरूको पहलमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। अभियानमा दर्जनौँ युवाहरूले सडक तथा सार्वजनिक स्थानहरू सफा गर्दै “स्वच्छ नगर, सुन्दर नगर” को सन्देश दिएका छन्।

27/09/2025

षड्यन्त्रपूर्वक जानकी मन्दिरका आफूलाई उत्तराधिकारी ठानेका राम रोशन दास र मटिहानी मठ्ठमा गलत तरिकाले उत्तराधिकारी बनेका भारतीय नागरिक रविन्द्र झाले मिलेर फसाएका थिए : मटिहानी मठ्ठका महन्त जगन्नाथ दास वैष्णवको आरोप ।

23/09/2025

जनकपुरधाम उपमहानगरपालिकाको उपमेयर किशोरी शाहले रक्सी खाएर कर्मचारीलाई गालीगलोच गरेको आरोप ।
Fnj Dhanusha Nepal

12/09/2025

देश मा जो सुकै होस तर हाम्रो क्षीरेश्वरनाथ नगरपालिका मा चाहिं एमाले को जुलूस :- के.पी ओली जिन्दाबाद।

08/09/2025
27/08/2025

क्षिरेवारनाथ नगरपालिका वार्ड नं १ रमदैया गणेश पूजाको उपलक्ष्यमा देखियको विकास को दृश्य।

मैथिलीसहित तीन भाषामा ‘केमराबाला’ नामक वेब सिरिज निर्माण हुने भएको छ । अन्तर्राष्ट्रिय फोटोग्राफर दिवसको अवसर पारेर मंगल...
20/08/2025

मैथिलीसहित तीन भाषामा ‘केमराबाला’ नामक वेब सिरिज निर्माण हुने भएको छ । अन्तर्राष्ट्रिय फोटोग्राफर दिवसको अवसर पारेर मंगलबार ‘केमराबाला’ नामक वेब सिरिज निर्माणको घोषणा गरिएको हो ।

यस वेब सिरिजको कथा तथा निर्देशन कमली (kamlee) ले गर्ने भएका छन् भने पटकथा अनिल कुर्मीको रहनेछ । सिरिजलाई जनकपुर कोचिङ सेन्टरले निर्माण गर्न लागेको हो । सिरिजको सह–निर्माता ओभिएस रहनेछ भने कार्यकारी निर्मातामा शिव कुमार अधिकारी(अमन), दयाराम पण्डित, कृष्ण कुमार शाह र गौतम झा रहनेछन् । सिरिजलाई नेपाली, हिन्दी र मैथिली भाषामा तयार गरिने वेब सिरिजको कथा तथा निर्देशक कमलीले बताएका छन् ।

निर्माण टिमका अनुसार ‘केमराबाला’ सिरिज समाजका यथार्थ घटना र जीवनका संवेदनशील पक्षमा आधारित रहनेछ र क्षेत्रीय भाषालाई प्रवद्र्धन गर्दै फरक कथावस्तु दर्शकमाझ ल्याउने प्रयास हुनेछ ।

‘केमराबाला’ वेब सिरिजको कथा सामान्य मानिसको संघर्ष, सपना र सामाजिक यथार्थमा आधारित रहनेछ । सिरिजलाई छिट्टै छायांकनमा लगिने तयारी भइरहेको बताइएको छ । सिरिजले समाजका यथार्थ विषयलाई स्पर्श गर्नेछ र क्षेत्रीय भाषाको संरक्षणसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दर्शकलाई आकर्षित गर्ने लक्ष्य राखिएको निर्माण टिमले जनाएको छ ।

मधशको इतिहासमा पहिलो पटक माैलिक वेब सिरिज बन्न लागेको दावी गरिएको छ ।

भोली बिहान ११ बजे जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि पत्रकारहरुले धर्ना दिने छन् । तत्काल कार्वाही नभए चरणबद्ध रुपमा प्...
16/08/2025

भोली बिहान ११ बजे जिल्ला प्रशासन कार्यालय धनुषा अगाडि पत्रकारहरुले धर्ना दिने छन् । तत्काल कार्वाही नभए चरणबद्ध रुपमा प्रदेश र देशभर क्रमशः आन्दोलन अगाडि बढ्ने छ्न ।
(प्रसंग: अवैध रुपमा जनकपुर बार द्वारा गुठीको जग्गा कब्जा र पत्रकार संग झडप )

Address

Janakpurdham
Janakpur
45600

Alerts

Be the first to know and let us send you an email when Madhesh4K posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Madhesh4K:

Share