23/08/2026
आन्दोलन गर्नु वा विरोध गर्नु हरेक नागरिकको अधिकार हो। तर आन्दोलन र विरोध गर्ने पनि आफ्नै मर्यादा र उचित तरिका हुन्छ।
आज जनकपुरमा केही TikToker भाइबहिनीहरूले गर्नुभएको विरोध प्रदर्शनको उद्देश्यप्रति सम्मान छ। Justice for Garima Chaudhary को आवाज उठाउनु जायज कुरा हो। तर सडक नै अवरुद्ध गरेर बाटोमा हिँडिरहेका अन्य सर्वसाधारणलाई समेत जबर्जस्ती विरोधमा सहभागी गराउने तरिका भने उचित लागेन।
आफ्नो अधिकार प्रयोग गर्दा अरूको अधिकार र स्वतन्त्रताको पनि सम्मान गरौँ।
विरोध गरौँ, तर सभ्य र जिम्मेवार तरिकाले।
न्यायको आवाज बुलन्द बनाऔँ, तर अरूलाई दुःख दिएर होइन।