Namaste Nepal

Namaste Nepal Facts News from Worldwide..!!!

12/09/2025

पूर्वप्रधानन्यायाधीश सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छिन् ।
राति ०९:०० बजे शपथग्रहण हुने ।

12/09/2025

Army Chief leaves Rastrapati Bhawan. Good Chance of an important news coming soon! Stay tuned!

12/09/2025

आदरणीय साथीहरू एउटा सत्य कुरा चाहिँ हामीले बुझ्नैपर्छ वर्तमान संविधानको धारा ७६ को उपधारा १ अनुसार संसदको सदस्य मात्र नेपालको प्रधानमन्त्री बन्न सक्ने व्यवस्था छ। साथै धार ७६ को उपधारा ७ अनुसार प्रतिनिधि सभाको विघटन सिर्फ प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गर्न सक्ने व्यवस्था छ। अहिले देशमा प्रधानमन्त्री छैन्नन सिर्फ निबर्तमान प्रधानमन्त्री छ्न निबर्तमान प्रधानमन्त्री ले संसदको विघटन मिल्दैन त्यसैले संसद विघटन गर्ने बाटो संवैधानिक जटिलता छ यदि राष्ट्रपतिबाट शपथ खाएर अन्तरिम प्रधानमन्त्री बन्ने बित्तिकै कसैले अदालतमा मुद्दा हाल्ने बित्तिकै त्यो सरकार एकै दिनमा ढल्छ।
त्यसैले अब बन्ने सरकार सडकबाट घोषणा गरिनुपर्छ अब जुन सरकार हुन्छ त्यसले अन्तरिम संविधान आफै बनाउँछ। त्यसैले भन्दैछु। हामी सबै युवा साथीहरू हो ५१ औ जना युवाहरुको बलिदान बाट प्राप्त गरेको यो विजय साँच्चै शक्तिमा रुपान्तरण गर्ने हो भने यो बाटो सिवाय अर्को विकल्प छैन।
(नोट: म जान्ने भएर यो यो कुरा लेखेको होइन। वर्तमान संविधान मान्नुहुन्छ भने पुरै संविधान पल्टाएर हेर्नुस् मैले माथि उल्लेख गरेका कुराहरू छन्। कि त हामीले वर्तमान संविधान मान्दैन भन्न सक्नु प्रयो कि त हामीले सरकार बन्ने दिवा सपना त्याग्नुपर्यो।)

12/09/2025

नेपाली सेनाले सुशीला कार्की सहित जेन्जी र राष्ट्रपति पक्षले एकअर्कालाई नमान्ने हो भने यो अन्यौलको अवस्थामा धेरै बस्न अब नसकिने सन्देश दिइरहेको छ ।

12/09/2025

** प्रीय साथीहरु राष्ट्रपतिले टेरेनन्, अब उनलाई‌ टेर्ने बनाउन पर्ने भयो **

नेपाली काँग्रेसको राष्ट्रपतिद्वारा अल्झाउने प्रयास भइराखेको छ। उहाँले जेन जी पुस्तालाई कमजोर बनाउन समय लम्बाउने काम मात्र गर्नुभएको छ। हाम्रो साथिहरुलाई छुट्टाछुट्टै राखिएको छ। राष्ट्रपति कार्यालयमा गएर हामी सबै मिलेर सेर बहादुरलाई समाते जस्तै अब राष्ट्रपतिलाई समातेर राख्नुपर्ने भएको छ। तयार हुनुहुन्छ नि युवाहरु ?

जेन जीको‌ पहिलो माग लुकेर होइन राष्ट्रपतिले लाइभ बसेर पुरा गर्नुपर्छ।

१) संसद विघटन पछि अन्तरिम नागरिक सरकार ।।

अरु माग यसपछि ।

नेपालको सुरक्षा निकाय अझै कति जनाको‌‌ लास चाहिएको छ , हिसाब गर्दै गर्नु , हामी तयार छौँ।

12/09/2025

भर्खरै: जेनजी समूहबाट युवा सुधन गुरुङ छलफलका लागि राष्ट्रपति भवन पुगेका छन्।

12/09/2025

ढिलो भइसक्यो !! जति समय जान्छ,उति आन्दोलन को प्रभाव कम हुँदै जान्छ ।

यदि बालेन् आउँदैनन् भने ,अहिले को लागि best option सुशीला कार्की हुनुहुन्छ ।

उहाँ प्रधान न्यायाधीश हुँदा , वालेन् जस्तै काम गर्नु भएको थियो । उहाँ mature,experience र चुनाव नहुन्जेल सम्म ,सरकार सम्मल्न सक्ने पात्र हुनुहुन्छ। प्राहे देश मा interim government प्रधान न्यायाधीश नै हुन्छन् र त्यो सफल पनि भएको छ।देश दुर्घटनामा छ ।एस्लाई बचाउन चानचुने ले सक्दैन। बरु चुनाव पछि अरु आउँदा पनि हुन्छ ।

11/09/2025

बालेन तिमी नै आऊ नत्र युवाहरू आफै आफै बिच लडेर सकिनेछन्।
सबैको रोजाईनै तिमी हौ, तिमी बिना सबै अधुरो छ।
अहिले सबैभन्दा ठूलो कुरा देशलाई निकास चाहिएको हो ।
अधिकांश जेन–जीको कुरा सुनियो । पहिलो रोजाई नै बालेन देखियो । तर बालेन नै तयार नभएपछि अहिले एकपछि अर्काे समस्या हुँदै गइरहेको देखिन्छ । बालेनपछिको विकल्प सुशीला कार्की हुनुहुन्छ । तर जेन–जीमा उहाँ सर्वसम्मत देखिनु भएन । यसर्थ देशलाई आवश्यकता परेको बेला टाउको लुकाएर थप अन्योलतर्फ धकेल्ने काम बालेनबाट नभएको भए राम्रो हुन्थ्यो । किनकि उहाँको युवालाई समर्थन थियो । युवाले भोलिको नेतृत्वका रुपमा हेरेरै यति भयंकर आन्दोलन गर्ने साहस थपेका थिए । तर ६ महिनापछिको अवसर हेरेर अहिले देशलाई आवश्यक परेको बेला र नेतृत्व शून्यताको अवस्थामा पछि हट्ने कुराले जेन–जीको नेतृत्व छनोटमा झन धेरै तनाव थपेको छ । बालेनमा पनि अहिले नै अन्तरिम सरकारको नेतृत्वमा आउँदा अलोकप्रिय बनेर भोलि प्रत्यक्ष निर्वाचित कार्यकारी भइहाले चुनाव हारिन्छ कि भन्ने भय देखिन्छ । तर यो बेला देश चरम अन्योलमा छ । ६ महिनापछि के हुन्छ अहिले भन्न सक्ने अवस्था छैन । पहिलो सर्त नै यो अवस्थाबाट देशलाई पार लगाउने हो । नेतृत्वविहिन बनाएर अरुलाई खेल्न दिने र विदेशी चलखेललाई प्रवेश गर्नै नदिने हो । तर देश त्यसैतर्फ गइरहेको देखिन्छ । त्यसैले कृपया जेन–जीको यो ऐतिहासिक परिवर्तनले सकारात्मक भएर साथ दिऊ । पहिलो सर्त नै देश बचाउने हो।

11/09/2025

जेन-जी आन्दोलनका अगुवा तथा हामी नेपालका अध्यक्ष सुदन गुरुङले संविधान खारेज नगरी पुनर्लेखन गर्नुपर्ने र संसद् विघटन गरेर पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनाउने बताएका छन् ।

11/09/2025

ल भोट गरूम त ?
1. सुशीला कार्की
2. हर्क हर्क साम्पाङ्ग

05/08/2025

का'रागारमुक्त भएपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं भन्छन् - "जे'लमा पनि छुट्टै नेपाल रहेछ, युनिभर्सिटी जस्तो रहेछ । म जस्ता मान्छे जेल जानुपर्ने पनि रहेछ । त्यहाँ पनि ठूलो अनुशासन रहेछ बुझेँ मैले, धेरै कुरा सिक्न पाएँ । म त जहाँ पनि रमाउने मान्छे त्यहाँ पनि रमाएँ । म छुट्दा त्यहाँका धेरै साथीहरू रोए । मैले नेपाल र नेपालीका लागि यहाँ भन्दा बलिदान दिने ठाउँ छैन । तपाईँहरू पनि जाग्नुस् भन्न चाहन्छु ।"

Address

Madhesh Pradesh
Janakpur

Website

Alerts

Be the first to know and let us send you an email when Namaste Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share