16/07/2025
स्थान: विराटनगर, मोरङ
आज नेपाल भारत मैत्री युवा संघ जिल्ला कार्यसमिति, मोरङको आयोजनामा “नेपालको विकासमा भारतीय लगानीको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।
कार्यक्रमको उद्घाटन नेपाल भारत मैत्री युवा संघका केन्द्रीय अध्यक्ष तथा नेपाली कांग्रेसका केन्द्रीय सह-महामन्त्री आदरणीय नेता महेन्द्र यादव ज्यु र नेपाल सरकारका पूर्व गृह मन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता आदरणीय बालकृष्ण खाँड ज्यु द्वारा गरियो।
कार्यक्रममा प्रमुख अतिथि सहित विशिष्ट अतिथिको रूपमा भारतीय जनता पार्टीका लोकसभा सांसद माननीय प्रदीप कुमार सिंह, बिहार विधान सभाका सदस्य विद्यासागर केशरी, नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल, प्रदेश सभाका माननीय सदस्यहरू, विभिन्न पालिकाका नगर प्रमुखहरू, उद्योग–व्यवसाय संघ संगठनका प्रमुख तथा प्रतिनिधिहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू तथा लब्धप्रतिष्ठित व्यक्तित्वहरूको गरिमामय उपस्थिति रहेको थियो।
उक्त अन्तरक्रिया कार्यक्रममा नेपाल–भारत सम्बन्ध, लगानीको सम्भाव्यता, आर्थिक सहकार्य, युवा सहभागिता तथा दिगो विकासका विषयमा बहस–विमर्श गरिएको थियो।
कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउनु हुने सम्पूर्ण महानुभावप्रति आयोजक संस्थाले आभार प्रकट गरेको छ।