Janakpur Update

Janakpur Update सत्य तथ्य घटना यहाँ हरु को माझ मा।

जिप्रका धनुषाले अनलाइन अनुसूची सिफारिस नपठाएमा अब नागरिकता नदिने जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले अनलाइन अनुस...
31/10/2025

जिप्रका धनुषाले अनलाइन अनुसूची सिफारिस नपठाएमा अब नागरिकता नदिने

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले अनलाइन अनुसूची सिफारिस नपठाएमा अब नागरिकता नदिने भएको छ ।

स्थानीय तहहरूले अनिवार्य रूपमा अनलाइन प्रणालीमार्फत नागरिकता अनुसूची सिफारिस नपठाएमा कार्तिक १६ गते आइतबारदेखि सेवा प्रवाह नगरिने प्रशासकीय अधिकृत गणेशचन्द्र मिश्रद्वारा धनुषाका सबै पालिकाहरूको नाममा जारी गरिएको पत्रमा उल्लेख छ ।

गृह मन्त्रालयले केही महिना अघि स्थानीय तहका कर्मचारीहरूलाई अनलाइन प्रणालीबाट नागरिकता सिफारिस अनुसूची प्रविष्टी तालिम दिएको थियो । तर,धनुषाका १८ मध्ये केही पालिकाले सो सिफारिस व्यवस्था अहिलेसम्म लागू गर्न सकेको छैन । पालिकाहरूले नागरिकता जारी गर्ने प्रणाली प्रति गम्भिरता नदेखाएका कारण बाध्य भएर जिल्ला प्रशासन कार्यालयलाई पत्राचारसहित यस्तो व्यवस्था लागू गर्नु परेको छ! ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ स्थित जनकपुर–ढल्केवर सडकखण्डमा सलाइन उद्योग अगाडि एक व्यक्तिको शव फेला परेको छ। क्षिरे...
29/10/2025

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ स्थित जनकपुर–ढल्केवर सडकखण्डमा सलाइन उद्योग अगाडि एक व्यक्तिको शव फेला परेको छ। क्षिरेश्वरनाथ–५ बस्ने अन्दाजी ३१ वर्षीय काजिम राइन मृत अवस्थामा भेटिएका हुन

जनकपुरधामका छठ घाटमा पूजाको तयारी (तस्बिरहरू)
27/10/2025

जनकपुरधामका छठ घाटमा पूजाको तयारी (तस्बिरहरू)

⚠️ बसहिया–माछाबजार सडक खण्डमा दुई मोटरसाइकल ठोक्किँदा देवपुरा रुपैठाकी ५५ वर्षीया कोशिला देवी मुखिया गम्भीर घाइते भएकी छ...
27/10/2025

⚠️ बसहिया–माछाबजार सडक खण्डमा दुई मोटरसाइकल ठोक्किँदा देवपुरा रुपैठाकी ५५ वर्षीया कोशिला देवी मुखिया गम्भीर घाइते भएकी छिन्।उनीलाई टाउकोमा गम्भीर चोट लागेकाे र अवस्था चिन्ताजनक रहेको जनकपुर न्युरो अस्पतालले जनाएको छ। ठक्कर दिने मोटरसाइकलका चालक १८ वर्षीय रवि माझी प्रहरी नियन्त्रणमा छन्।
कारण - अत्यधिक गति। ⚠️

कृपया गाडी बढी गतिमा नचलाऔं, जीवन अनमोल छ।

बुद्ध एयरको जनकपुरधाम प्रतिको व्यवहार कस्तो ?आज बिहान 7:10 को जहाज 7:00 मै उडाएको छ  । किनभने जहाजलाइ नेपालगन्ज समयमै  ज...
26/10/2025

बुद्ध एयरको जनकपुरधाम प्रतिको व्यवहार कस्तो ?
आज बिहान 7:10 को जहाज 7:00 मै उडाएको छ । किनभने जहाजलाइ नेपालगन्ज समयमै जानुपर्ने थियो जब कि सम्पुर्ण यात्रु 7:10 भित्र पुगिसकेको थियो अब जहाजको ढोकाबन्द भैसकेको छ केही गर्न सकिन भन्ने जवाफ कर्मचारीले दियो सधै 2- 4 घण्टा ढिलो हुने बुद्ध एयर आज 5 -10 मिनेट समयमा सबै यात्रुलाई लिएर जान सकिन्थ्यो तैपनि यात्रुको समयको कुनै कदर गरिएन जसले गर्दा 7-8 जना यात्रु छुटयो र अर्को जहाज 8:35 मा व्यवस्थापन गर्न रु 726 का दरले थप पैसा लिएको छ र 8:35 को जहाज समयमा हुने ग्यारेन्टी नभएको बुद्ध एयर कर्मचारी ले बताए। बुद्ध एयरले गरेको यश व्यवहार प्रती आफ्नो बिचार व्यक्त गर्नुहुन अनुरोध छ।

ठाढीबाट ब्राउनसुगरसहित एक युवक पक्राउ जनकपुरधाम । धनुषा प्रहरीले लागुऔषध ब्राउनसुगरसहित एक जना युवकलाई पक्राउ गरेको छ । ...
24/10/2025

ठाढीबाट ब्राउनसुगरसहित एक युवक पक्राउ

जनकपुरधाम । धनुषा प्रहरीले लागुऔषध ब्राउनसुगरसहित एक जना युवकलाई पक्राउ गरेको छ ।

धनुषाको ईलाका प्रहरी कार्यालय खजुरी माहतह प्रहरी चौकी ठाढीले चेकजाँचको क्रममा शुक्रबार दिउँसो ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको हो ।
नियमित चेकजाँचको क्रममा शंका लागेपछि प्रहरी चौकी ठाढीले पक्राउ गरिएको हो । प्रहरी चौकी ठाढीका प्रमुख प्रहरी असई सुरेश कुमार सिँहको कमाण्डमा खटेको टोलीले धनुषाको सबैला नगरापलिका वडा नं. १२ बस्ने लटु यादवको अन्दाजी बर्ष २० को छोरा आकाश यादवलाई पक्राउ गरिएको हो ।

महिनाथपुरबाट ब्राउनसुगर सहित नेपाल तर्फ आउँदै गर्दा यादवलाई चेकजाँच गर्दा १ ग्राम ३७० मिलिगसहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय खजुरीले जनाएको छ ।
यादवलाई पक्राउ गरी अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय खजुरी पठाएको प्रहरीले जनाएको छ ।

मधेशका अब छठमा दुई दिन बिदा
24/10/2025

मधेशका अब छठमा दुई दिन बिदा

मेरो घर जलाउन एमालेकै नेता आए गगन थापाको विस्फोटक आरोपनेपाली कांग्रेसका महामन्त्री गगन थापाले भदौ २४ गतेको अराजक आन्दोलन...
21/10/2025

मेरो घर जलाउन एमालेकै नेता आए गगन थापाको विस्फोटक आरोप

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भदौ २४ गतेको अराजक आन्दोलनका क्रममा नेकपा (एमाले) का केही स्थानीय नेताले नै आफ्नो घरमा आगजनी गर्न खोजेको खुलासा गरेका छन्।

म घरमै थिएँ थापाले सोमबार प्रसारित फायरसाइड कार्यक्रममा भने सभापतिजीसँग कुरा गर्दै थिएँ, सरकार छोड्नुपर्छ भनिरहेको थिएँ। त्यत्तिकैमा मेरो घर जलाउने समूह बाहिर आइपुग्यो थापाको दाबीअनुसार, उक्त समूहमा केपी ओली निकट स्थानीय एमाले नेता समेत थिए, जसले आफ्नो राजनीतिक पहुँच र सत्ताको आवरणमा आन्दोलनको अराजकतामा फाइदा उठाएका थिए।

थापाले थपे मेरै टोलको, पुरानो राजनीतिक दलको, प्रधानमन्त्रीसँग विशेष पहुँच भएको नेतै आएको थियो मेरो घर जलाउन। सरकारमै रहेर पनि उसले आन्दोलनको आडमा यस्तो काम गर्‍यो सीसी टिभी फुटेजमा आगजनीमा संलग्नहरू स्पष्ट देखिएको दाबी गर्दै थापाले अर्को पात्रको बारेमा पनि खुलासा गरे काभ्रेको मान्छे हो जेन जेड पनि होइन, भर्खर बलात्कारको सजायबाट छुटेको रहेछ

उनका अनुसार आगजनीमा पुराना मात्र होइन नयाँ दलका जिम्मेवार नेताहरू समेत सामेल थिए थापाले भने नयाँ दलका साथीहरू पनि आए। मैले पछि तिनीहरूलाई म्यासेज पठाएँ कस्तो लाग्यो मेरो घर भनेर गगन थापाले आफ्नो परिवार कसरी त्यस रात ज्यान जोगाएर निस्कियो भन्ने कथा पनि अन्तर्वार्तामा खुलाए।
उनका अनुसार २३ र २४ गतेका आन्दोलनहरूलाई एउटै रूपमा नहेरी बुझ्न जरुरी छ।

देशमा असन्तुष्टि चरम छ उनले भने तर अहिले पनि सम्हाल्न सकिन्छ भन्ने विश्वास छ। थापाले कांग्रेसको महाधिवेशन मंसिरमा गर्न सकिने बताउँदै, फागुनको निर्वाचनमा नयाँ अनुहारसहितको कांग्रेस लिएर जान तयार रहेको घोषणा गरे। #

शुभ दीपावली तथा लक्ष्मीपूजाको मंगलमय शुभकामना! 🌸 देवी लक्ष्मीको कृपा सबैकाे घरमा रहोस् — जीवनमा सुख, समृद्धि र ऐश्वर्यको...
20/10/2025

शुभ दीपावली तथा लक्ष्मीपूजाको मंगलमय शुभकामना! 🌸
देवी लक्ष्मीको कृपा सबैकाे घरमा रहोस् — जीवनमा सुख, समृद्धि र ऐश्वर्यको उज्यालो फैलियोस् 💰✨
शान्ति, खुशी र प्रगतिको प्रकाशले तपाईंको प्रत्येक दिन उज्यालो बनाओस् 🙏

सर्लाहीको भारतीय सिमावर्ती बजार सोनबरसा राम जानकी पोखर चौक स्थित  नेपाली नम्बरको मोटरसाईकलमा सवार दुई युवकको सवारी दुर्घ...
08/10/2025

सर्लाहीको भारतीय सिमावर्ती बजार सोनबरसा राम जानकी पोखर चौक स्थित नेपाली नम्बरको मोटरसाईकलमा सवार दुई युवकको सवारी दुर्घटनामा मृत्यु भएको छ ।

जनकपुरधाम- २० देवपुरा रुपैठामा दुई समुदाय बीचको विवाद समाधान गर्न चारबुँदे सहमति
06/10/2025

जनकपुरधाम- २० देवपुरा रुपैठामा दुई समुदाय बीचको विवाद समाधान गर्न चारबुँदे सहमति

04/10/2025

Red Alert !
सिन्धुली, धनुषा र सिरहा जोडने कमला नदीमा भोलीसम्म पानीको सतह खतरा पार गर्ने अनुमान रहेकोले कमला नदी छेउमा रहेका गाउँ, ग्रामवासीहरु सतर्क रहौँ, सुरक्षित स्थानको विकल्प तयारी राखौँ ।

Address

Janakpur

Website

Alerts

Be the first to know and let us send you an email when Janakpur Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share