The Ground Report

The Ground Report देश र दुनियाँमा जनताको आवाज अब The Ground Repoet ?

19/04/2022

समाजसेवी जय कुमार यादव,नेपाल जनता पार्टीबाट वडाअध्यक्ष उमेदवार।हंसपुर नगरपालिका वडा न.-४

16/04/2022

coming soon only on GROUND REPORT

14/04/2022

नववर्ष २०७९ को अवसरमा समाजसेवी साहले गरे रक्तदान/THE GROUND REPORT
मधेस प्रदेश-जनकपुरधाम-बैशाख १ गते । जनकपुरधामका युवा समाजसेवी एवम् प्रतिष्ठित ब्यापारी तथा जनकपुर पुल चौक स्थितका New chandrakala traders का संचालक रवि कुमार साहले नववर्ष २०७९ को अवसरमा रक्तदान गरेका हुन।
महामारीको समय रगतको अभाव रहेका बेला पटकपटक रक्तदान गर्दै आएका समाजसेवी साह यतिबेला युवाको विचारमा उदाहरण बनेका हुन।
रक्तदान बाटै नववर्ष को सुरुवात गरेका साहले विगतका वर्ष २०७७ तथा २०७८ मा विश्वभर फैलिएका कोरोना महामारीका कारण हामीले रगतको अत्यधिक अभाव देखेका थियौ त्यसैले वर्ष २०७९ मा त्यस्तो नहोस् भन्ने कामनाको साथ नै आफुले आज रक्तदान गरेको बताए।THE GROUND REPORT

07/03/2022

हिन्दू अभियान्ता यादवको एकल प्रयासबाट ६ सय ४४ जना सेवाग्राही लाभान्वित/the ground report
जनकपुरधाम - फाल्गुन २२ गते । युवा समाजसेवी एवं हिन्दू अभियन्ता जयकुमार यादवको एकल प्रयास एवम् आयोजनामा सञ्चालन गरिएको एक दिने निःशुल्क स्वास्थ्य शिविरबाट ६ सय ४४ जना लाभान्वित भएका छन् ।
गाउघरमै सेवा दिने उदेश्यका साथ आइतबार धनुषाको हँसपुर नगरपालिका ४ स्थित बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन गरिएको स्वास्थ्य शिविरबाट ६ सय ४४ जना बिरामीले सेवा लिएका हुन् ।

सञ्चालन गरिएको उक्त शिविरमा आँखा, मुख तथा दाँत, नशा तथा हाडजोर्नी, स्त्री रोग तथा जेनरल फिजिसियन रोग सम्बन्धि प्रख्यात, दक्ष एवं अनुभवी ८ जना डाक्टरहरुको टोलीद्वारा जाँच गरिएको थियो ।

पालिकाको सुगामधुकरही स्थित पछ्यारी टोलको विद्यालयमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा उक्त स्थानभन्दा बाहिरबाट आएकाहरुलाई समेत निःशुल्क जाँच र औषधि वितरण गरिएको थियो ।

सो शिविरबाट लाभान्वितमध्ये २६ जना बिरामीको मोतिया बिन्दुको निःशुल्क शल्यक्रिया गरिने आयोजक युवा समाजसेवी यादवले बताए । उनले भने, सेवा नै धर्म हो, शहर बजारमा भएक अस्पतालसम्म पुग्न समस्या भएकाहरुलाई गाउँगाउँ गई घरदैलो मै सेवा दिन पाउँदा अत्यन्तै खुसि लागेको छ । वृद्धवृद्धाले आफ्नै आँगनमा स्वास्थ्य जाँच गराउन पाउँदा टाढा जानसपर्ने समस्याबाट जोगिएको यादवले बताए ।
स्वास्थ्य शिविर सञ्चालन हुँदा घरदैलोमै सेवा लिन पाउँदा उपस्थित सम्पूर्ण सेवाग्रही पूर्ण सन्तुष्ट भएका छन् । शारीरिक समस्या तथा आर्थिक अभावका कारण चेक जाँच र शल्यक्रिया गराउन नसकेकाहरुले शिविरबाट लाभान्ति भई खुसि हुँदै घर फर्किएका थिए ।

उक्त शिविरमा अँखा रोग विशेषज्ञ डा. सुभाषचन्द यादव, मुख तथा दाँत रोग विशेषज्ञ डा. राजिवकुमार सिंह, स्त्रि रोग विशेषज्ञ डा.रीना साह, नशा तथा हाडजोर्नी सम्बन्धि डा. रवि श्रीवास्तव तथा जेनरल फिजिसियन डा.राकेश यादव रहेका थिए भने सोही टोलीमा सहयोगी डाक्टरहरुमा डा.प्रकाशचन्द्र यादव,डा. दिपककिशोर चौधरी तथा प्रादेशिक अस्पताल जनकपुरमा कार्यरत स्टाप नर्स फ्रीस्टी पण्डित लगायतका डाक्टरहरुले सेवा प्रदान गरेका थिए ।

उक्त शिविरमा सोही वडाका वडा अध्यक्ष किशोरी यादव, जसपाका प्रदेश सदस्य देवकृष्ण मण्डल , लोसपाका नगर अध्यक्ष लालबाबु यादव, इलाका प्रहरी कार्यालयका इन्चार्ज लगायत अन्य हिन्दूवादी युवा तथा समाजसेवीहरुको समेत
उपस्थिति रहेको थियो । THE GROUND REPORT

04/03/2022

जसपा नेता देव कृष्ण मण्डलको प्रमुख अतिथ्यमा हंसपुर न.पा.मा पार्टी प्रवेश कार्यक्रम/THE GROUND REPORT

जनकपुरधाम,धनुषा - फाल्गुन १९ गते। जनता समाजवादी पार्टी( जसपा ) नेता एवम् मधेस प्रदेश सदस्य देव कृष्ण मण्डल को प्रमुख अतिथ्यमा हंसपुर नगरपालिका स्थित वडा-९ को रुदौलीमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएका छन् ।
नेता मण्डल सहित जसपाका दर्जनौं नेता तथा कार्यकर्ताहरुको सहभागितामा भएका उक्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि करिब ५२ जना नेता एवम् कार्यकर्ताहरु जसपा प्रवेश गरेका थिए । सबैलाई फुल माला तथा अबिर लगाएर पार्टीमा स्वागत गरेका जसपा नेता एवम् हंसपुर नगरपालिकाका मेयर प्रत्याशी देव कृष्ण मण्डलले लोकतान्त्रिक समाजवादी पार्टी( लोसपा)का निर्वाचित वडा सदस्य इदिरिस नदाफ लाई समेत पार्टी प्रवेश गराएका थिए ।The Ground Report

Address

Janakpur

Alerts

Be the first to know and let us send you an email when The Ground Report posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to The Ground Report:

Share