BG MEDIA

BG MEDIA Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from BG MEDIA, Media/News Company, Janakpur.

जनहित, जानकारी र सकारात्मक प्रभावका लागि समर्पित
हामी “Expose” वा व्यक्तिगत विवादका सामग्री प्रकाशित गर्दैनौं।
हाम्रो उद्देश्य सकारात्मकता र समाजमा सचेतना जगाउने हो।
संस्था वा ब्यक्तिको राम्रो कार्यको जानकारी हामीलाई दिनुहोस्, हामी त्यसलाई प्रचार गर्छौं।

05/09/2026

आफ्नो ब्यवसायको प्रचार प्रसारको लागि हामिलाइ सम्झनुहोला 🙏

05/09/2026

आफ्नो ब्यवसायको प्रचार प्रसारको लागि सम्झनुहोला 9845623230

महिला फुटबलको विकासमा ‘FIRST LEO LIONS WOMEN’S TOURNAMENT 2083’ भोलिदेखिबर्दिबास । महिला फुटबलको विकास, खेलाडीको प्रोत्स...
04/09/2026

महिला फुटबलको विकासमा ‘FIRST LEO LIONS WOMEN’S TOURNAMENT 2083’ भोलिदेखि

बर्दिबास । महिला फुटबलको विकास, खेलाडीको प्रोत्साहन तथा खेलकुद क्षेत्रको उत्थान गर्ने उद्देश्यले आयोजना गरिएको FIRST LEO LIONS WOMEN’S TOURNAMENT 2083 भोलि भाद्र २० गतेदेखि सुरु हुँदैछ।

भाद्र २० गतेदेखि २७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा धनुषा, उदयपुर, सर्लाही र महोत्तरी गरी चार जिल्लाका ८ वटा महिला फुटबल टोलीको सहभागिता रहने आयोजकले जनाएको छ। प्रतियोगिताले महिला खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै स्थानीय स्तरमा महिला फुटबलको विकासमा योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रतियोगिताको Title Sponsor का रूपमा Nabil Bank रहेको छ। प्रतियोगिता सफल बनाउन Lions Club District 325F लगायत विभिन्न सहप्रायोजक तथा सहयोगी संस्थाहरूले सहकार्य गरेका छन्।

आयोजकले महिला खेलाडीको प्रतिभा र उत्साहलाई हौसला प्रदान गर्न तथा प्रतियोगितालाई सफल बनाउन सम्पूर्ण खेलप्रेमीलाई खेल अवलोकनका लागि उपस्थित हुन आग्रह गरेको छ।

Nabil Bank र Leo Lions को सहकार्यमा आयोजना हुने प्रतियोगिताले महिला फुटबलमा नयाँ सम्भावना र अवसर सिर्जना गर्ने विश्वास आयोजकको छ।

पाँच पुस्तालाई सेवा गरेका कार्यालय सहयोगी खुदनारायण श्रेष्ठ ४८ वर्षपछि सेवा निवृत्त, विद्यालयद्वारा भव्य बिदाइबर्दिबास (...
04/09/2026

पाँच पुस्तालाई सेवा गरेका कार्यालय सहयोगी खुदनारायण श्रेष्ठ ४८ वर्षपछि सेवा निवृत्त, विद्यालयद्वारा भव्य बिदाइ

बर्दिबास (महोत्तरी): महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका–१३ बिजलपुरास्थित जनता माध्यमिक विद्यालय डाँडाटोलमा निरन्तर चार दशकभन्दा बढी समय सेवा गरेका कार्यालय सहयोगी खुदनारायण श्रेष्ठ सेवाबाट अवकाश भएका छन्।

श्रेष्ठले उक्त विद्यालयमा निरन्तर ४८ वर्षसम्म कार्यालय सहयोगीको रूपमा समर्पित भएर काम गरेका थिए। झण्डै आधा शताब्दी लामो आफ्नो सेवा अवधिमा उनले एउटै समुदायका करिब पाँच पुस्ताका बालबालिकाहरूलाई प्रत्यक्ष सेवा पुर्‍याएका छन्।

लामो समयसम्म विद्यालय, शिक्षक तथा विद्यार्थीको सेवामा निष्ठापूर्वक खटिएका श्रेष्ठको योगदानको उच्च कदर गर्दै विद्यालय परिवार, शिक्षक, विद्यार्थी तथा स्थानीय समुदायले उनलाई भावपूर्ण वातावरणमा बिदाइ तथा सम्मान गरेका छन्। स्थानीय अभिभावक तथा पूर्वविद्यार्थीहरूले विद्यालयको स्थापनाकालदेखि विकास निर्माण तथा शैक्षिक वातावरण सहज बनाउन श्रेष्ठले खेलेको भूमिका अविस्मरणीय रहेको बताएका छन्।



source : rajkaran mahato

UAE मा एउटै कम्पनीमा कार्यरत नेपालीहरूको उदाहरणीय पहल, बाढीपीडितका लागि जुट्यो रु. २ लाख ६ हजारभन्दा बढी सहयोगUAE मा एउट...
04/09/2026

UAE मा एउटै कम्पनीमा कार्यरत नेपालीहरूको उदाहरणीय पहल, बाढीपीडितका लागि जुट्यो रु. २ लाख ६ हजारभन्दा बढी सहयोग

UAE मा एउटै कम्पनीमा कार्यरत नेपालीहरूले १० गतेको बाढीबाट प्रभावित नेपालीहरूको सहयोगका लागि सानो–सानो रकम जुटाएर उदाहरणीय मानवीय पहल गरेका छन्।

पहिलो चरणमा नेपाली कर्मचारीहरूबाट रु. १ लाख ६६ हजार २४७ संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइएको छ। सहयोग अभियानमा भारतीय तथा पाकिस्तानी सहकर्मीहरूले समेत स्वेच्छिक रूपमा आर्थिक सहयोग गरेका छन्।

त्यस्तै, कम्पनीमै कार्यरत केही व्यक्तिहरूले अभियानबाहेक आफ्नै तर्फबाट थप रु. ४० हजार ५७८ सिधै राहत कोषमा पठाएका छन्। यसरी कुल सहयोग रकम रु. २ लाख ६ हजार ८२५ पुगेको छ।

दोस्रो चरणको सहयोग संकलनसमेत जारी रहेको छ। एलएक्स बस्नेतका अनुसार, यो अभियानलाई एकपटकको सहयोगमा सीमित नराखी भविष्यमा प्राकृतिक तथा दैवी विपत्तिमा परेका नेपालीका लागि राहत, सहयोग तथा आवश्यक उद्धारमा सक्रिय हुने दीर्घकालीन समूहका रूपमा अघि बढाउने तयारी भइरहेको छ।

UAE मा रहेर पनि मातृभूमिमा परेको विपत्तिमा साथ दिन सकिन्छ भन्ने उदाहरण यस अभियानले प्रस्तुत गरेको छ। सहयोग ठूलो रकमबाट मात्र सुरु हुनुपर्छ भन्ने छैन। आफ्नो क्षमताअनुसार गरिएको सानो सहयोग पनि विपत्तिमा परेका परिवारका लागि ठूलो सहारा बन्न सक्छ।

एक जनाको सहयोगले अर्को व्यक्तिलाई प्रेरणा दिन सक्छ, र धेरै हातहरू एकजुट हुँदा ठूलो राहत जुट्न सक्छ। त्यसैले देश तथा विदेशमा रहेका सबैलाई आफूले सकेको सहयोगमार्फत विपत्तिमा परेका नेपालीको साथमा उभिन यो अभियानले प्रेरणा दिएको छ।

सानो–सानो सहयोगबाट सुरु भएको यो पहल अहिले मानवीय एकता, सहकार्य र मातृभूमिप्रतिको जिम्मेवारीको उदाहरण बनेको छ।

02/09/2026

भोटेकोशी बाढीपीडितका लागि बर्दिबासका व्यवसायीको राहत सहयोग

बर्दिबास — भोटेकोशी बाढीपीडितका लागि बर्दिबासका व्यवसायीहरूले खाद्यान्न, लत्ताकपडा तथा दैनिक उपभोग्य सामग्री संकलन गरी राहत सहयोग गरेका छन्।

बर्दिबास उद्योग वाणिज्य संघको पहलमा व्यवसायी तथा विभिन्न क्षेत्रबाट संकलन गरिएको राहत सामग्री प्रभावित क्षेत्रका बाढीपीडितसम्म पुर्‍याउने उद्देश्यले हिजो भोटेकोशी क्षेत्रमा पठाइएको हो।

बाढीका कारण प्रभावित परिवारलाई तत्काल आवश्यक पर्ने खाद्यान्न, कपडा तथा दैनिक उपभोग्य सामग्री उपलब्ध गराउने उद्देश्यले राहत संकलन गरिएको संघले जनाएको छ। विपद्को समयमा प्रभावित समुदायलाई सहयोग गर्न व्यवसायीहरूले आफ्नो तर्फबाट सहयोग जुटाएका हुन्।

01/09/2026

बर्दिबास

भोटेकोशी बाढीपीडितका लागि बर्दिबासबाट राहत सामग्री संकलनभोटेकोशी क्षेत्रका बाढीपीडितहरूको सहयोगार्थ बर्दिबास हेल्पिङ्ग ह...
01/09/2026

भोटेकोशी बाढीपीडितका लागि बर्दिबासबाट राहत सामग्री संकलन

भोटेकोशी क्षेत्रका बाढीपीडितहरूको सहयोगार्थ बर्दिबास हेल्पिङ्ग ह्याण्ड्स–२०५९ (श्री जनता मा.वि., एस.एल.सी. ब्याच–२०५९) को पहल तथा बर्दिबासका व्यवसायीहरूको सहकार्यमा ६६ हजार बराबरको ५९ थान त्रीपाल सहयोग ।

उद्योग वाणिज्य संघ बर्दिबाससँगको समन्वयमा संकलित राहत सामग्रीलाई प्रभावित क्षेत्रमा पुर्‍याउने तयारी गरिएको छ। संकलित सामग्रीहरू उद्योग वाणिज्य संघ बर्दिबासको व्यवस्थापन तथा समन्वयमा ट्रकमार्फत भोटेकोशी क्षेत्रतर्फ पठाइँदैछ।

विपद्को समयमा सहयोगको हात बढाउँदै राहत सामग्री उपलब्ध गराउने बर्दिबासका व्यवसायी, सहयोगी संस्था तथा सम्पूर्ण सहयोगी मनहरूप्रति आयोजकले हार्दिक धन्यवाद व्यक्त गरेको छ।

ग्लोबल एकेडेमी बर्दिबास परिवारद्वारा बाढीपीडितका लागि रु. १,२३,४५६ सहयोगबर्दिबासस्थित ग्लोबल एकेडेमी परिवारले भोटेकोशी क...
31/08/2026

ग्लोबल एकेडेमी बर्दिबास परिवारद्वारा बाढीपीडितका लागि रु. १,२३,४५६ सहयोग

बर्दिबासस्थित ग्लोबल एकेडेमी परिवारले भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारको सहयोगका लागि रु. १ लाख २३ हजार ४ सय ५६ रुपैयाँ सहयोग प्रदान गरेको छ।

विपद्को यस कठिन समयमा पीडित परिवारलाई राहत तथा सहयोग पुगोस् भन्ने उद्देश्यले ग्लोबल एकेडेमी परिवारको तर्फबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोगस्वरूप प्रदान गरिएको हो।

शैक्षिक क्षेत्रसँगै सामाजिक उत्तरदायित्वप्रति पनि प्रतिबद्धता जनाउँदै गरिएको यस सहयोगले विपद्मा परेका परिवारप्रति मानवीय संवेदना, सहानुभूति र सहयोगको भावना प्रस्तुत गरेको छ।

Address

Janakpur
001

Alerts

Be the first to know and let us send you an email when BG MEDIA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to BG MEDIA:

Shortcuts

Share