01/03/2026
सत्य देखाउँदा पक्राउ ? आम जनता हेर्न चाहन्छन्, तर झोले पत्रकारको गिरोह के लुकाउन खोज्दैछ ?
जनकपुरका आम जनता सत्य जान्न र डकुमेन्ट्री हेर्न चाहन्छन्। तर विडम्बना, हिजोसम्म बीबीसी (BBC) को डकुमेन्ट्री रोक्न जनकपुरकै केही तथाकथित 'पत्रकार'हरू सडकमा उत्रिएर धम्की दिइरहेका थिए। आज त्यही सत्य जनतालाई देखाउँदा राज्यसत्ताको आडमा प्रहरी लगाएर रास्वपाका युवा कार्यकर्ता विकास जयसवाललाई गाडीसहित पक्राउ गरिएको छ। यो कस्तो लोकतन्त्र हो? यो कस्तो अभिव्यक्ति स्वतन्त्रता हो?
हाम्रो सीधा प्रश्न छ— भदौको त्यो 'जेन-जी आन्दोलन' र देशले भोगेको कालो दिनको यथार्थ बोकेको बीबीसी डकुमेन्ट्रीमा त्यस्तो के कालो कर्तुत उजागर भएको छ, जसले यी यथास्थितिवादी पत्रकारहरूको निद्रा हराम गरेको छ? एउटा प्रतिष्ठित अन्तर्राष्ट्रिय मिडियाले बनाएको सत्यतथ्य भिडियो आम नागरिकले हेर्न नपाउने? पत्रकारको काम सत्य बाहिर ल्याउने हो कि लुकाउने?
जनताको पूर्ण समर्थन हुँदाहुँदै सत्य लुकाउन डकुमेन्ट्री बन्द गराउने ती पत्रकारहरू र शान्तिपूर्ण रूपमा भिडियो देखाउँदा बिनाकारण युवाहरूलाई पक्राउ गर्ने प्रशासनको यो तानाशाही र कायरतापूर्ण कदमको हामी घोर भर्त्सना गर्दछौं! नागरिकको 'सुसूचित हुने हक' माथि आक्रमण गर्नेहरूलाई धिक्कार छ! (Shame on you!)
याद राख सत्ताधारीहरू र तिनका झोले पत्रकारहरू हो— तिमीहरूले एउटा प्रोजेक्टर बन्द गराउलाौ, तर जनकपुरका सचेत जनताको मनमस्तिष्कमा बलिरहेको चेतनाको आगो निभाउन सक्दैनौ। तिमीहरू जति दमन गर्छौ, यो डकुमेन्ट्री अब त्यति नै धेरै जनताको मोबाइल र घर-घरमा बज्नेछ। सत्य कहिल्यै लुकाएर लुक्दैन।
हामी पक्राउ परेका रास्वपाका योद्धा विकास जयसवाल र सम्पूर्ण टिमको पूर्ण समर्थन गर्दछौं र तत्काल स-सम्मान रिहाइको माग गर्दछौं।
जनकपुरवासी बुवाआमा, दाजुभाइ तथा दिदीबहिनीहरू, अब सत्य र परिवर्तनको पक्षमा उभिने बेला आएको छ। यो सेन्सरसिप, दमन र तानाशाहीविरुद्ध फागुन २१ गते घण्टी (🔔) मा भोट हालेर कडा जवाफ दिऔं!
सत्य लुक्दैन। परिवर्तन रोकिँदैन।