Hamro Janakpur

Call Directions Website Contact the business

Hamro Janakpur श्री जनकपुर मिडिया हाउसद्वारा संचालित हाम्रो जनकपुर न्युज पोर्टल हो लाइक गर्नुहोस, धन्यवाद।

"जिंदगी—कभी गीत, कभी कहानी और कभी अनसुलझा रहस्य"बिमल सर्राफरक्सौल, पूर्वी चंपारण —जिंदगी को अगर समझना हो तो इसे केवल वर्...
21/08/2026

"जिंदगी—कभी गीत, कभी कहानी और कभी अनसुलझा रहस्य"
बिमल सर्राफ

रक्सौल, पूर्वी चंपारण —
जिंदगी को अगर समझना हो तो इसे केवल वर्षों और तारीखों में नहीं, बल्कि अनुभवों, भावनाओं और रिश्तों में देखना चाहिए। जिंदगी एक ऐसी पुस्तक है, जिसके हर पन्ने पर एक नई कहानी लिखी होती है। कभी खुशी के शब्द होते हैं, कभी दर्द की स्याही, कभी सफलता की चमक तो कभी असफलता की सीख।

उक्त विचार लायंस क्लब इंटरनेशनल डिस्ट्रिक्ट 322 ई (जोन 41 सत्र 26-27) के जोन चेयरपर्सन सह डिस्ट्रिक्ट चेयरपर्सन एवं भारत विकास परिषद् , रक्सौल के सेवा संयोजक सह मीडिया प्रभारी सह सामाजिक कार्यकर्ता बिमल सर्राफ ने प्रेस से साझा किया।

जिंदगी एक संगीत भी है। इसमें सुख के सुर हैं तो दुख के स्वर भी। कभी ताल हमारी इच्छा के अनुसार चलती है और कभी परिस्थितियां पूरी धुन बदल देती हैं। लेकिन खूबसूरत जिंदगी वही है, जो हर सुर को स्वीकार करके अपना संगीत बनाना सीख जाती है।

जिंदगी का सबसे बड़ा आकर्षण उसका रहस्य है। हमें नहीं पता कि अगले पल क्या होने वाला है। आज जो व्यक्ति हमारे साथ है, कल वह दूर हो सकता है। आज की परेशानी कल हमारी सबसे बड़ी सीख बन सकती है और आज की असफलता भविष्य की सफलता की नींव बन सकती है।

हम अक्सर जिंदगी को अपनी इच्छा के अनुसार चलाना चाहते हैं। लेकिन जिंदगी हमेशा हमारी योजना के अनुसार नहीं चलती। कई बार रास्ते बदल जाते हैं, सपने अधूरे रह जाते हैं और अपने ही लोग अनजान बन जाते हैं। फिर भी समय हमें सिखाता है कि हर बदलाव के पीछे कोई न कोई कारण और हर अनुभव के पीछे कोई न कोई सीख छिपी होती है।

इसलिए जिंदगी के कठिन अध्यायों से घबराना नहीं चाहिए। पुस्तक का कोई पन्ना अच्छा हो या कठिन, वह पूरी कहानी का हिस्सा होता है। उसी तरह जीवन की परेशानियां भी हमारी कहानी को मजबूत बनाती हैं।

जिंदगी का आनंद तब बढ़ जाता है, जब हम तुलना करना छोड़कर अपने सफर को स्वीकार करते हैं। किसी की जिंदगी देखकर अपनी जिंदगी को छोटा समझना उचित नहीं है। हर व्यक्ति की पुस्तक अलग है, हर किसी का संगीत अलग है और हर किसी के जीवन का रहस्य भी अलग है।

हमें बस इतना करना है कि जिंदगी के हर दिन को पूरे मन से जीएं, रिश्तों की कद्र करें, छोटी-छोटी खुशियों को महसूस करें और कठिन समय में धैर्य बनाए रखें।

क्योंकि जिंदगी का सबसे सुंदर हिस्सा यह है कि हमें पहले से नहीं पता कि अगला पन्ना क्या लेकर आएगा।

इसलिए जिंदगी को बोझ नहीं, एक खूबसूरत पुस्तक समझिए। हर दिन को एक नया पन्ना बनाइए, हर अनुभव को एक मधुर सुर मानिए और हर रहस्य को मुस्कुराकर स्वीकार कीजिए।

क्योंकि जिंदगी वही खूबसूरत कहानी है, जिसका सबसे अच्छा अध्याय अभी लिखा जाना बाकी है। जिंदगी एक वाद्य यंत्र है जिसमें अनगिनत सुर हैं,उन सुरों के साथ छेडखानी करते रहिए एवं जिंदगी का आनंद लेते रहिए।

17/08/2026

जातीय विभेदविरुद्ध सडक नाटक, तर कार्यक्रममा नै विभेद झल्किने गीत!
जातीय विभेद तथा छुवाछूत उन्मूलनका लागि सडक नाटक र मञ्चीय कार्यक्रममार्फत जनचेतना फैलाइँदैछ। तर, विडम्बना के छ भने त्यही कार्यक्रमहरूमा दलित समुदायलाई अपमानित गर्ने अर्थ लाग्ने गीत बजाइरहेको भन्दै प्रश्न उठ्न थालेको छ।
मञ्चीय कार्यक्रम होस् वा सडक कार्यक्रम, अनिवार्यजस्तै बजाइने गरिएको भनिएको गीत हो—
“चमराके घटबामे छापरछुपर पनिया, ओहिमे नहाइ सुन्दर बभने हो राम। धोतियो नै खिचैछै, जनौयो नै धोबैछै।”
गीतको भावार्थमा चमारको घाटमा रहेको पानीमा नुहाउँदा ब्राह्मण सुन्दर हुने तथा धोती र जनैसमेत नधोइने/नखिचिने भन्ने अर्थ लाग्ने भएकाले यसले दलित समुदायप्रति जातीय विभेद र अपमानको सन्देश दिने दलित अधिकारकर्मीहरूको भनाइ छ।
एकातर्फ समाजमा जातीय विभेद र छुवाछूत अन्त्य गर्न जनचेतना फैलाउने, अर्कोतर्फ त्यही कार्यक्रममा विभेद झल्किने गीत बजाउने प्रवृत्तिले अभियानको उद्देश्यप्रति नै प्रश्न उठाएको छ।
उक्त गीतको प्रयोग रोक्न विभिन्न समयमा दलित अधिकारकर्मीहरूले आवाज उठाउँदै आए पनि अहिलेसम्म यसको प्रयोग नरोकिएको उनीहरूको गुनासो छ।
यदि जातीय विभेदविरुद्धको अभियान हो भने, कार्यक्रमको सन्देश मात्र होइन, कार्यक्रममा प्रयोग हुने गीत, शब्द र सांस्कृतिक प्रस्तुतिहरू पनि विभेदमुक्त हुनुपर्दैन र?
सम्बन्धित आयोजक तथा जिम्मेवार निकायले यस विषयमा गम्भीर ध्यान दिन आवश्यक देखिन्छ।

रास्वपा धनुषा–१ को परिचयात्मक तथा भेटघाट कार्यक्रम विवादपछि स्थगितधनुषा, सबैला। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनु...
16/08/2026

रास्वपा धनुषा–१ को परिचयात्मक तथा भेटघाट कार्यक्रम विवादपछि स्थगित
धनुषा, सबैला। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनुषा क्षेत्र नम्बर १ को क्षेत्रीय परिचयात्मक तथा भेटघाट कार्यक्रम आन्तरिक विवाद भएपछि स्थगित भएको बताइएको छ।
गत शनिबार धनुषाको सबैलामा आयोजना गरिएको उक्त कार्यक्रममा पार्टीभित्रै विवाद उत्पन्न भएपछि कार्यक्रम स्थगित गरिएको एक स्रोतले जनाएको छ।
कार्यक्रममा सहभागी केही नेता तथा कार्यकर्ताबीचको असमझदारीका कारण निर्धारित कार्यक्रम अघि बढ्न नसकेको स्रोतको दाबी छ। यद्यपि, विवादको वास्तविक कारणबारे रास्वपाको आधिकारिक धारणा भने सार्वजनिक भइसकेको छैन।
कार्यक्रम स्थगित भएको विषयले पार्टीको स्थानीय संगठनभित्रको समन्वय तथा आन्तरिक व्यवस्थापनबारे समेत प्रश्न उठाएको छ। घटनाबारे पार्टी नेतृत्वले औपचारिक रूपमा स्पष्ट पार्ने अपेक्षा गरिएको छ।

19/07/2026

सबैला–३ का वडा अध्यक्ष राति अर्काको घरमा प्रवेश गरेको घटनापछि नैतिकतामाथि प्रश्न
धनुषा। धनुषाको सबैला नगरपालिका–३ का वडा अध्यक्ष ताहिर मिया रातिको समयमा अर्काको घरमा प्रवेश गरेको भनिएको घटनापछि उनको नैतिक आचरण र जिम्मेवारीमाथि स्थानीय स्तरमा प्रश्न उठ्न थालेको छ।

घटना गत असार ३१ गते बुधबारको राती भएको हो।

19/07/2026

सबैला–३ का वडा अध्यक्ष राति अर्काको घरमा प्रवेश गरेको घटनापछि नैतिकतामाथि प्रश्न
धनुषा। धनुषाको सबैला नगरपालिका–३ का वडा अध्यक्ष ताहिर मिया रातिको समयमा अर्काको घरमा प्रवेश गरेको भनिएको घटनापछि उनको नैतिक आचरण र जिम्मेवारीमाथि स्थानीय स्तरमा प्रश्न उठ्न थालेको छ।
घटना गत असार ३१ गते बुधबार राती भएको हो।

16/07/2026

समाजमा कुनै समस्या परे नागरिकले सबैभन्दा पहिले वडा कार्यालय, नगरपालिका वा सम्बन्धित निकायको ढोका ढकढक्याउँछन्। त्यहाँबाट पनि समाधान नभए प्रहरी प्रशासनको सहयोग लिन्छन्।
तर यदि जनप्रतिनिधिसँग सम्बन्धित कुनै गतिविधिले नै समाजमा प्रश्न उठाउने अवस्था सिर्जना गर्‍यो भने त्यसको निष्पक्ष छानबिन हुनु आवश्यक हुन्छ।
धनुषाको सबैला नगरपालिका–३ मा गत राति भएको भनिएको घटनाले स्थानीय स्तरमा विभिन्न प्रश्न उठाएको छ। स्थानीयका अनुसार वडा अध्यक्ष ताहिर मिया राति करिब १२ बजे आफ्नै वडाको एक घरमा पुगेपछि स्थानीयले घेरा हालेका थिए। त्यसक्रममा उनी घरको माथिल्लो तलाबाट हाम फालेर निस्कने प्रयास गर्दा खुट्टा भाँचिएको भन्ने जानकारी सार्वजनिक भएको छ।
यदि यो घटना सत्य हो भने, एक जनप्रतिनिधि रातिको समयमा उक्त घरमा किन पुगेका थिए? त्यहाँ वास्तवमा के भएको थियो? भाग्नुपर्ने अवस्था किन सिर्जना भयो? यी सबै विषयमा सम्बन्धित निकायले निष्पक्ष र पारदर्शी छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न आवश्यक छ। आरोप वा हल्लाका आधारमा निष्कर्षमा पुग्नु उचित होइन, तर सत्य बाहिर आउनु भने अत्यन्त आवश्यक छ।

07/06/2026

वन कर्मचारी उपर भएको आक्रमण भनिएका घटना के हो ?

15/04/2026

धनुषा — गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ९ अन्तर्गत बर्मझियाको जयनगर टोलस्थित खानेपानी टंकीमा ताल्चा लगाइएको विषयलाई लिएर विवाद सिर्जना भएको छ।
स्थानीय बासिन्दाहरूले सोही वडाका अध्यक्ष नन्दकिशोर यादवले पानी टंकीमा ताल्चा लगाएको आरोप लगाएका छन्। तर, अध्यक्ष यादवले भने उक्त आरोप अस्वीकार गर्दै आफूले ताल्चा नलगाएको स्पष्ट पारेका छन्।
यसैबीच, सो टंकीको रेखदेख गर्दै आएका एक व्यक्तिले आफूले लामो समयदेखि तलब नपाएको गुनासो गर्दै, सोही कारण दुई दिनदेखि टंकीमा ताल्चा लगाएको बताएका छन्।
घटनापछि स्थानीय स्तरमा पानी आपूर्तिमा समस्या उत्पन्न भएको छ भने, वास्तविकता छानबिन गरी समाधान खोज्नुपर्ने माग समेत उठेको छ।

08/04/2026

मौसम परिवर्तनले धनुषाका किसान चिन्तित
मनोज पासमान
धनुषा, चैत २५
धनुषा जिल्लामा पछिल्लो समय देखिएको मौसम परिवर्तनका कारण किसानहरू गम्भीर चिन्तामा परेका छन्। केही दिनयता मौसममा आएको अनिश्चितता, बदली, हावाहुरी तथा सम्भावित वर्षाका कारण खेतमा रहेको बालीमा क्षति पुग्ने डर बढेको हो।
विशेषगरी आलु, रहर (दाल) र गहुँ जस्ता प्रमुख बालीहरू अहिले पाक्ने अवस्थामा रहेका छन्। यस्तो समयमा मौसम अचानक परिवर्तन हुँदा उत्पादनमा प्रत्यक्ष असर पर्ने किसानहरूको भनाइ छ। खेतमा तयार भइसकेको बाली भित्र्याउने समयमा वर्षा वा हावाहुरी आएमा ठूलो नोक्सानी हुने उनीहरूले बताएका छन्।
स्थानीय किसानहरूका अनुसार यस वर्ष मेहनतका साथ लगाइएको बाली राम्रो हुने अपेक्षा गरिएको थियो। तर, मौसमको अस्थिरताले त्यो आशामा धक्का पुगेको छ। “अहिलेको मौसमले धेरै चिन्ता बढाएको छ, यदि वर्षा भयो भने हाम्रो सबै मेहनत खेर जान सक्छ,” एक किसानले बताए।
कृषि क्षेत्र नै मुख्य आयस्रोत भएको धनुषामा यस्ता समस्याले किसानको आर्थिक अवस्थामाथि पनि असर पार्ने देखिन्छ। सम्बन्धित निकायबाट मौसमबारे समयमै जानकारी र सहयोगको अपेक्षा किसानहरूले गरेका छन्।

07/04/2026

मधेस प्रदेशमा दर्ता भएका अनलाइनका सञ्चारकर्मीहरुका लागि समाचार लेखन एवम् सम्पादन सम्बन्धी २ दिने तामिको आज उद्घाटन भएको छ।

Address

Janakpur

Alerts

Be the first to know and let us send you an email when Hamro Janakpur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hamro Janakpur:

Shortcuts

Share