16/01/2026
धनुषाधाम नगरपालिका वडा नम्बर -४ रामपुर टोलको दलित बस्तीमा सन्चालित उज्यालो भविष्य अभियान टियुशनमा बालबालिकाहरुलाई शैक्षिक सामग्री कपि, पेन्सिल, कटर, इरेजर र टोपी बितरण गरिएको हो।
धनुषाधाम नगरपालिका वडा न ४ रामपुरका अमित महराको पहलमा आएको होप मिसन नेपालका डाईरेक्टर जोन योन्जानद्वारा वितरण गरिएको हो। उक्त कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका धनुषाधाम नगरपालिका वडा न ४ का अध्यक्ष मनोज यादव रहेको थियो भने बिशिस्ट अतिथिका रुपमा तेज नरायन यादव रहेको थियो।
अध्यक्ष मनोज यादवले सम्पुर्ण समाजसेवी नागरिकहरु शिक्षकहरु र उज्यालो भविष्य अभियानका टिमलाई धन्यवाद दिदै उक्त टियुशन सन्चालनका क्रममा अतिआवश्यक चाहिने सामग्रीको सहयोग चाहिएमा वडा अध्यक्षले सहयोग गर्ने बताउनु भएको छ।
त्यसैगरी उज्यालो भविष्य अभियानका सल्लाहकार महेश यादव र टियुशन सेन्टरका समाजसेवी शिक्षकहरु सरोज महरा दिपक महरा र कमल महरा तथा स्थानीय गाउबासी र युवाहरुको उपस्थितिमा कार्यक्रम समपन्न भएको थियो।
भने उज्यालो भविष्य अभियान निशुल्क टियुशन सेवाका सन्योजक नागेन्द्र महराको तर्फबाट सम्पुर्ण गाउबासी वडा अध्यक्ष मनोज यादव र अमित महराले आफ्नो पहलमा बोलाएका दाताहरु लगायत त्यहा उपस्थिति सबैलाई धन्यवाद व्यक्त गरेका छन।