08/09/2026
कविता : 'चर्चित वा चरित्र '
म आफूलाई निर्माण प्रक्रिया मा छु,
र म आफैं बन्छु
केवल आलोचना गरेर होइन,
केवल खाल्टा खुल्टी खोतलेर होईन ,
केवल आवेग मा आएर होईन,
केवल चर्चित हुन होईन,
केवल समस्या मात्र देख्ने चस्मा लगाएर होईन,
केवल आफुलाई प्रख्यात बनाउने तवरले होईन,
मैले आफुलाई महापुरुष मा देख्छु
अझै कति चर्चित हुनु।
मैले कसैले देख्दा मुख छोप्न नपरोस
मेरो कसैको अघि सिर लुक्न नपरोस
मैले त्रुटि औंल्याउँछु,
मार्ग पनि देखाउँछु;
प्रश्न उठाउँछु,
उत्तर सहितको प्रश्न गर्छु
समाधान सहितको समस्या हेर्छु
म चर्चित भन्दा चरित्र हेर्छु
धैर्यता बुद्द जस्तो
आट जङ्ग बहादुर राणा जस्तो
कवि लक्ष्मी प्रसाद देवकोटा जस्तो
म मानव महामानव
किनभने परिवर्तनको सुरुवात
अरूबाट होइन
आफैँबाट हुन्छ।
(नितिन कुवॅर
कानून विद्यार्थी
पोखरा कास्की -१)