07/09/2026
Hmm. गौशालाको के पहिचान संकटमा परेको छ—नामै गाईको इतिहासबाट बनेको, तर आज गाई नै हराएपछि स्थानीयहरूमा गम्भीर चिन्ता बढेको छ। लिचीका रुखहरू मिलेमतोमा सस्तोमा बिक्री गरेको आरोप समेत सुनिन थालेको छ। गौशालाको अस्तित्व जोगाउने जिम्मेवारी कसको हो? गाई कहाँ हराए? र, गौशालाको वास्तविक अवस्था के हो? स्थानीयको माग स्पष्ट छ—तथ्य सार्वजनिक होस्, र ऐतिहासिक-सांस्कृतिक पहिचान व्यापार र मिलेमतोको विषय नबनोस्। यदि सम्बन्धित निकाय मौन बस्छ भने, प्रमाणसहितको खोजी सामग्री सार्वजनिक गर्ने चेतावनी पनि दिइएको छ। गौशालाको पहिचान जोगाउनु केवल नगरको मात्र होइन, समग्र सांस्कृतिक संवर्द्धनको जिम्मेवारी भएको स्थानीय बताउँछन्। अब सबै पक्ष एकजुट भई सत्यतथ्यमा आधारित बचाउ, संरक्षण र जवाफदेहीतर्फ अघि बढ्नुपर्ने आवाज उठिरहेको छ।