Sajilo post

Sajilo post Official page of
www.sajilopost.com
For Contact Mobile No.-9800866555

आज राजदेवी माताको दर्शन संगै २०८२ साल संगै पुस ११ गते शुक्रबारको राशिफल हेर्नुहोसमेष : हतारमा निर्णय लिने बानीले अप्ठ्या...
26/12/2025

आज राजदेवी माताको दर्शन संगै २०८२ साल संगै पुस ११ गते शुक्रबारको राशिफल हेर्नुहोस
मेष : हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। आजको कामले दिगो फाइदा हुनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ। अध्ययनमा समय दिन नसकिएला।

वृष : आफन्तको सान्निध्य र अभिभावाकको स्नेह प्राप्त हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। विगतका कमीकमजोरीमा सुधार आउनेछ।

मिथुन : नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। कर्जामार्फत धन र आवश्यकताका वस्तु जुटाउन सकिनेछ। तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला।

कर्कट : पहिलेको आम्दानी प्राप्त हुनाले उत्साह जाग्नेछ। आवश्यक भौतिक साधन जुट्नाले नयाँ काम थालनी हुनेछ। दिगो फाइदा हुने काम प्राप्त हुन सक्छ। आयस्रोत बढ्नुका साथै पछिका लागि पनि सामान्य लगानी गर्न सकिनेछ।

सिंह : आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। प्रयत्न गर्दा महत्त्वपूर्ण वस्तु लाभ होला।

कन्या : प्रतिकूल परिस्थितिले चिन्ता बढाउन सक्छ। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। तापनि, विगतका कमजोरीमा क्रमश: सुधार आउनेछ। लगनशीलताले उपलब्धि हातलागी हुनेछ। काम पूरा नभए पनि प्रयत्न गर्दा केही लाभ हुनेछ। सामुदायिक जिम्मेवारी वहन गर्ने समय छ।

तुला : बाध्यात्मक परिस्थितिले इच्छाशक्ति कुण्ठित हुनेछ। आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन्। व्यापारिक लगानीमा जोखिम बढ्न सक्छ। गोपनीयता भंग हुनुका साथै धन बाहिरिन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।

वृश्चिक : केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। अवसरभित्र अधिकार खोज्ने प्रवृत्तिले समस्या निम्त्याउनेछ। सुझबुझका साथ काम लिन नसक्दा पछि परिएला। शुभचिन्तकहरूको सद्भाव कायम राख्न सजग रहनुपर्नेछ। पहिलेका कामबाट सामान्य फाइदा भइरहनेछ।

धनु : भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। नयाँ योजना शुभारम्भ गर्ने समय छ। बु

मकर : परिस्थिति सोचेजस्तो नहुनाले फाइदा कम हुनेछ। अवसर प्राप्त भए पनि मेसो नमिल्नाले काममा ढिलासुस्ती हुन सक्छ। पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिए पनि गुरुजनको सुझाव र सहयोग लाभदायी बन्नेछ। व्यापारमा फाइदाको स्रोत पहिल्याउन सकिनेछ।

कुम्भ : पुरानो सम्झौता तोड्नुपर्ने हुन सक्छ। अनावश्यक हल्लाको पछि लाग्दा व्यर्थैमा दु:ख पाइनेछ। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला। बेसुरमा दिइएको वचनले पनि समस्या निम्त्याउनेछ। साइनो गाँस्नेहरूको भरपर्दा लक्ष्य प्राप्ति नहुन सक्छ।

मीन : परिश्रमअनुसार राम्रो परिणाम प्राप्त हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। मिहिनेत गर्दा उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ।

राशिफल - ज्योतिष गुरु बिबेक पाण्डे बाट
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

Powerful Story: सिरहाका सत्य नारायण साफीले आर्थिक अवस्था कमजोर भएका कारण परिवार र आफ्नो खर्च टार्नका लागि हरेक दिन ९ घण्...
25/12/2025

Powerful Story: सिरहाका सत्य नारायण साफीले आर्थिक अवस्था कमजोर भएका कारण परिवार र आफ्नो खर्च टार्नका लागि हरेक दिन ९ घण्टा ज्याला मजदुरी गरेर MBBS Full Scholarship मा नाम निकाल्न सफल भएका छन्। ज्याला मजदुरी गर्दै पनि आफ्नो सपनाका लागि रातदिन मेहनत गरेर सफल हुनु, उनी सबैका लागि एक महत्वपूर्ण प्रेरणा (Inspirational) बनेका छन्। ❤️🙏

बंगलादेशमा भएको हिन्दुमाथि आक्रमणको विरोधमा जनकपुरधाममा साधुसन्त लगायतका हिन्दुवादी संगठनहरुले विरोध र्याली निकालेको छ। ...
25/12/2025

बंगलादेशमा भएको हिन्दुमाथि आक्रमणको विरोधमा जनकपुरधाममा साधुसन्त लगायतका हिन्दुवादी संगठनहरुले विरोध र्याली निकालेको छ।

जनकपुरधाममा नीति निर्माणदेखि कार्यान्वयन तहसम्म युवाको सहभागिता विषयक युवा सहभागिता संवाद कार्यक्रम सम्पन्न भएको छ। युएन...
25/12/2025

जनकपुरधाममा नीति निर्माणदेखि कार्यान्वयन तहसम्म युवाको सहभागिता विषयक युवा सहभागिता संवाद कार्यक्रम सम्पन्न भएको छ। युएनएफपीए (UNFPA), राष्ट्रिय युवा परिषदको मधेस प्रदेश युवा सञ्जाल तथा खेलकुद तथा समाज कल्याण मन्त्रालय मधेस प्रदेशको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो।

  जग्गा हस्तान्तरण र सम्मान कार्यक्रमराजकुमार शारडा उमा प्रसाद मुरारका स्मारक प्रादेशिक अस्पताल लहान प्रादेशिक अस्पताल ल...
25/12/2025

जग्गा हस्तान्तरण र सम्मान कार्यक्रम
राजकुमार शारडा उमा प्रसाद मुरारका स्मारक प्रादेशिक अस्पताल लहान प्रादेशिक अस्पताल लहानको जग्गाको लालपुर्जा अर्थ मन्त्री लाई दाता परिवार द्वारा बुझाइएको छ।

राष्ट्रिय जनगणना २०७८ को तथ्यांक प्रतिवेदनअनुसार मधेश प्रदेशमा दलित समुदायको सामाजिक–आर्थिक अवस्था अत्यन्त कमजोर रहेको द...
25/12/2025

राष्ट्रिय जनगणना २०७८ को तथ्यांक प्रतिवेदनअनुसार मधेश प्रदेशमा दलित समुदायको सामाजिक–आर्थिक अवस्था अत्यन्त कमजोर रहेको देखिएको छ। आर्थिक तथा भौतिक सूचकहरू कमजोर भए पनि दलित समुदायमा बच्चा जन्माउने दर भने औसतभन्दा बढी रहेको तथ्यांकले देखाएको छ। बुधबार जनकपुरधाममा दलित महिला संघ र राष्ट्रिय तथ्यांक कार्यालयको संयुक्त आयोजनामा सम्पन्न ‘दलित समुदायको सामाजिक, आर्थिक तथा शैक्षिक तथ्यांकसम्बन्धी अन्तरसंवाद’ कार्यक्रममा उक्त तथ्य सार्वजनिक गरिएको हो।

मधेशी सहिद प्रतिष्ठानले सहिदहरूको बलिदानबाट स्थापना भएको मधेश प्रदेश सरकारले प्रतिष्ठानको मर्म र उद्देश्यअनुसार कामकाज न...
25/12/2025

मधेशी सहिद प्रतिष्ठानले सहिदहरूको बलिदानबाट स्थापना भएको मधेश प्रदेश सरकारले प्रतिष्ठानको मर्म र उद्देश्यअनुसार कामकाज नगरेको आरोप लगाउँदै प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।

आज राजदेवी माताको दर्शन संगै २०८२ साल संगै पुस १० गते बिहिवारको राशिफल हेर्नुहोसमेष :  आज आत्मविश्वास बढ्ने दिन हो। कामम...
25/12/2025

आज राजदेवी माताको दर्शन संगै २०८२ साल संगै पुस १० गते बिहिवारको राशिफल हेर्नुहोस
मेष : आज आत्मविश्वास बढ्ने दिन हो। काममा नयाँ जिम्मेवारी आउन सक्छ। आर्थिक पक्ष सामान्य रहनेछ। घरपरिवारसँगको सम्बन्ध राम्रो हुनेछ। स्वास्थ्यमा हल्का थकान महसुस हुन सक्छ।

वृष : धैर्यले काम गर्ने दिन हो। पुराना अड्किएका काम अघि बढ्नेछन्। खर्च बढ्न सक्ने भएकाले सावधानी अपनाउनुहोस्। मायालु व्यक्तिसँग समय बिताउने मौका मिल्नेछ। स्वास्थ्यमा सुधार देखिनेछ।

मिथुन : नयाँ विचारले सफलता दिलाउने दिन हो। साथीको सहयोग प्राप्त हुनेछ। बोल्दा संयम अपनाउनु आवश्यक छ। आर्थिक लेनदेनमा ध्यान दिनुहोस्। मन प्रसन्न रहनेछ।

कर्कट : भावनामा बगेर निर्णय नगर्नुहोस्। परिवारको साथले मन बलियो हुनेछ। काममा धैर्य आवश्यक छ। आम्दानीका नयाँ स्रोत देखिन सक्छन्। स्वास्थ्य सामान्य रहनेछ।

सिंह : नेतृत्व क्षमता देखाउने अवसर आउनेछ। काममा प्रशंसा प्राप्त हुनेछ। आर्थिक पक्ष मजबुत बन्नेछ। आत्मसम्मान बढ्नेछ। स्वास्थ्य राम्रो रहनेछ।

कन्या : योजना बनाएर काम गर्दा सफलता मिल्नेछ। सानो कुरामा चिन्ता बढ्न सक्छ। आर्थिक रूपमा स्थिरता आउनेछ। घरको वातावरण शान्त रहनेछ। पेटसम्बन्धी समस्या देखिन सक्छ।

तुला : सन्तुलन कायम राख्नुपर्ने दिन हो। काम र परिवार दुवैमा समय दिनुहोस्। आर्थिक लेनदेन अनुकूल रहनेछ। प्रेम सम्बन्धमा मिठास बढ्नेछ। स्वास्थ्यमा सुधार आउनेछ।

वृश्चिक : गोप्य कुरा बाहिर नल्याउनुहोस्। काममा प्रतिस्पर्धा बढ्न सक्छ। धैर्यले सफलता दिलाउनेछ। आर्थिक लाभको संकेत देखिन्छ। मानसिक तनाव घट्नेछ।

धनु : यात्राको योग देखिन्छ। नयाँ ज्ञान प्राप्त हुने दिन हो। काममा उत्साह बढ्नेछ। आर्थिक अवस्था सामान्य रहनेछ। स्वास्थ्य राम्रो रहनेछ।

मकर : मेहनतको फल प्राप्त हुने समय हो। काममा जिम्मेवारी बढ्नेछ। आर्थिक बचत गर्न सकिनेछ। घरपरिवारको साथ मिल्नेछ। स्वास्थ्यमा सावधानी अपनाउनुहोस्।

कुम्भ : नयाँ चिनजान फाइदाजनक हुनेछ। सृजनात्मक काममा सफलता मिल्नेछ। आर्थिक पक्ष सन्तुलित रहनेछ। मित्रसँगको सम्बन्ध बलियो हुनेछ। स्वास्थ्य ठीक रहनेछ।

मीन : मनको कुरा स्पष्ट राख्नुहोस्। काममा ढिलाइ हुन सक्छ। आर्थिक खर्च बढ्न सक्छ। परिवारको सहयोग मिल्नेछ। आत्मिक शान्ति बढ्नेछ।
राशिफल - ज्योतिष गुरु बिबेक पाण्डे बाट
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

24/12/2025

मधेशी सहिद प्रतिष्ठानले सहिदहरूको बलिदानबाट स्थापना भएको मधेश प्रदेश सरकारले प्रतिष्ठानको मर्म र उद्देश्यअनुसार कामकाज नगरेको आरोप लगाउँदै प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।

24/12/2025

जनकपुरधाममा नीति निर्माणदेखि कार्यान्वयन तहसम्म युवाको सहभागिता विषयक युवा सहभागिता संवाद कार्यक्रम सम्पन्न भएको छ। युएनएफपीए (UNFPA), राष्ट्रिय युवा परिषदको मधेस प्रदेश युवा सञ्जाल तथा खेलकुद तथा समाज कल्याण मन्त्रालय मधेस प्रदेशको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो।

24/12/2025

राष्ट्रिय जनगणना २०७८ को तथ्यांक प्रतिवेदनअनुसार मधेश प्रदेशमा दलित समुदायको सामाजिक–आर्थिक अवस्था अत्यन्त कमजोर रहेको देखिएको छ। आर्थिक तथा भौतिक सूचकहरू कमजोर भए पनि दलित समुदायमा बच्चा जन्माउने दर भने औसतभन्दा बढी रहेको तथ्यांकले देखाएको छ।

बंगलादेश घटनाविरुद्ध रामानन्दीय वैष्णव संघले भोली जनकपुरधाममा बिरोध रैली निकाल्ने
24/12/2025

बंगलादेश घटनाविरुद्ध रामानन्दीय वैष्णव संघले भोली जनकपुरधाममा बिरोध रैली निकाल्ने

जनकपुरधाम/पुस ९ गते। बंगलादेशमा हिन्दु युवा दिपुचन्द्र दासको बर्बरतापूर्ण हत्या भएको घटनाप्रति रामानन्दीय वैष....

Address

Janakpur

Alerts

Be the first to know and let us send you an email when Sajilo post posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share