Sajilo post

Sajilo post Official page of
www.sajilopost.com
For Contact Mobile No.-9800866555

आज राजदेवी माताको दर्शन संगै २०८३ साल संगै भदौ २४ गते बुधबारको राशिफल हेर्नुहोसमेष :  रोकिएका काम अघि बढ्ने संकेत छ। आफ्...
09/09/2026

आज राजदेवी माताको दर्शन संगै २०८३ साल संगै भदौ २४ गते बुधबारको राशिफल हेर्नुहोस

मेष : रोकिएका काम अघि बढ्ने संकेत छ। आफ्नो क्षमता देखाउने राम्रो अवसर मिल्न सक्छ। आर्थिक मामिलामा सोचेर निर्णय लिनुहोस्। प्रेम सम्बन्धमा मिठो कुराकानीले दूरी घटाउनेछ।

वृष : मेहनतको राम्रो परिणाम प्राप्त हुने दिन हो। काममा नयाँ जिम्मेवारी आउन सक्छ। अनावश्यक खर्च नियन्त्रण गर्दा आर्थिक पक्ष बलियो हुनेछ। परिवारको साथले मनमा सकारात्मक ऊर्जा थप्नेछ।

मिथुन : नयाँ व्यक्ति वा नयाँ अवसरसँग भेट हुन सक्छ। तपाईंको बोली र व्यवहारले अरूलाई प्रभावित पार्नेछ। व्यवसाय वा जागिरमा महत्वपूर्ण खबर सुन्न पाइनेछ। हतारमा निर्णय लिनुभन्दा केही समय सोच्नु राम्रो हुनेछ।

कर्कट : मनमा रहेका केही चिन्ता हट्दै जानेछन्। काममा तपाईंको मेहनतको प्रशंसा हुन सक्छ। आर्थिक लाभको सम्भावना रहे पनि जोखिमपूर्ण लगानीबाट बच्नुहोस्। मायामा विश्वास र समझदारी अझ बलियो बन्नेछ।

सिंह : नेतृत्व गर्ने क्षमता देखाउने अवसर मिल्नेछ। काममा प्रतिस्पर्धीलाई पछि पार्ने सम्भावना छ। अचानक प्राप्त हुने खबरले उत्साहित बनाउन सक्छ। अहंकारभन्दा नम्रता अपनाउँदा सम्बन्ध अझ राम्रो हुनेछ।

कन्या : योजना बनाएर अघि बढ्दा ठूलो उपलब्धि हात लाग्न सक्छ। अधुरा काम पूरा गर्ने अनुकूल समय छ। पैसाको कारोबार गर्दा कागजात राम्रोसँग जाँच गर्नुहोस्। स्वास्थ्य र आरामलाई बेवास्ता नगर्नुहोस्।

तुला : तपाईंको पक्षमा परिस्थिति बन्दै जानेछ। नयाँ सम्बन्ध वा सहकार्यले भविष्यमा फाइदा दिन सक्छ। आम्दानीको नयाँ बाटोबारे सोच आउनेछ। प्रेममा पुरानो गलतफहमी हटेर आत्मीयता बढ्नेछ।

वृश्चिक : तपाईंले गरेको एउटा महत्वपूर्ण निर्णयले दिशा बदल्न सक्छ। गोप्य रूपमा गरेको मेहनतको परिणाम देखिन थाल्नेछ। आर्थिक विषयमा अरूको भर पर्नुभन्दा आफैं निर्णय गर्नुहोस्। नकारात्मक सोच त्याग्दा दिन अझ सकारात्मक बन्नेछ।

धनु : नयाँ अवसर पछ्याउने समय हो। टाढाको यात्रा वा नयाँ ठाउँसँग सम्बन्धित काम बन्न सक्छ। आर्थिक रूपमा लाभदायक प्रस्ताव आउन सक्छ, तर राम्ररी बुझेर मात्र स्वीकार गर्नुहोस्। प्रेममा खुलेर भावना व्यक्त गर्दा सम्बन्ध अझ मिठो हुनेछ।

मकर : जिम्मेवारी बढे पनि त्यसलाई सफलतापूर्वक पूरा गर्न सक्नुहुनेछ। वरिष्ठ व्यक्तिबाट महत्वपूर्ण सहयोग वा सुझाव पाइनेछ। बचततर्फ ध्यान दिनु आज विशेष लाभदायक हुनेछ। परिवारमा तपाईंको निर्णयको सम्मान बढ्नेछ।

कुम्भ : नयाँ सोच र सिर्जनात्मकताले तपाईंलाई अरूभन्दा अगाडि पुर्‍याउन सक्छ। काममा अचानक राम्रो अवसर प्राप्त हुन सक्छ। आर्थिक पक्षमा सुधारको संकेत देखिन्छ। पुरानो सम्बन्धमा फेरि आत्मीयता बढ्ने सम्भावना छ।

मीन : आफ्नो अन्तर्ज्ञानमा विश्वास गरेर अघि बढ्नुहोस्। लामो समयदेखि प्रतीक्षा गरेको खबर आउन सक्छ। आर्थिक लाभ भए पनि खर्च बढ्न नदिनुहोस्। माया, परिवार र साथीभाइबाट भावनात्मक साथ पाइनेछ।
राशिफल - ज्योतिष गुरु बिबेक पाण्डे बाट
राशिफल जे जस्तो भएपनि तपाईंको आजको दिन शुभ रहोस् ।

व्यवसायभन्दा माथि मानवता, वर्ल्डलिंकद्वारा बाढीपीडितका लागि १ करोड १ लाख सहयोग
08/09/2026

व्यवसायभन्दा माथि मानवता, वर्ल्डलिंकद्वारा बाढीपीडितका लागि १ करोड १ लाख सहयोग

जनकपुरधाम उद्योग बाणिज्य संघद्वारा संकलित राहत सामग्री सार्वजनिक
08/09/2026

जनकपुरधाम उद्योग बाणिज्य संघद्वारा संकलित राहत सामग्री सार्वजनिक

बाढीबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले जनकपुरधाम उद्योग वाणिज्य संघले संकलन गरेको राहत सामग्री सार्वजन...
08/09/2026

बाढीबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले जनकपुरधाम उद्योग वाणिज्य संघले संकलन गरेको राहत सामग्री सार्वजनिक गरेको छ। संघले मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको उपस्थितिमा राहत सामग्री सार्वजनिक गरेको हो।
बाढी प्रभावित परिवारलाई तत्काल आवश्यक पर्ने खाद्यान्न, कपडा, जुत्ताचप्पल, भाँडाकुँडा तथा दैनिक उपभोग्य सामग्रीलाई प्राथमिकतामा राखेर राहत संकलन गरिएको संघले जनाएको छ।

08/09/2026

जनकपुरधाम उद्योग बाणिज्य संघद्वारा संकलित राहत सामग्री सार्वजनिकिकरणमा कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादव

व्यवसायभन्दा माथि मानवता, वर्ल्डलिंकद्वारा बाढीपीडितका लागि १ करोड १ लाख सहयोग
08/09/2026

व्यवसायभन्दा माथि मानवता, वर्ल्डलिंकद्वारा बाढीपीडितका लागि १ करोड १ लाख सहयोग

काठमाडौं/भदौ २३ गते । नेपालमा हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट ठूलो जनधनको क्षति भएको छ। विपद्को यस कठिन घडी....

08/09/2026

जनकपुरधाम उद्योग बाणिज्य संघद्वारा संकलित राहत सामग्री सार्वजनिकिकरणमा कार्यक्रममा जनकपुरधाम नगर प्रमुख मनोज कुमार साह

प्रथम जेएनजी आन्दोलन स्मृति दिवसमा मानव अधिकारसम्बन्धी अनुसन्धानात्मक पुस्तक आयोगलाई हस्तान्तरणजनकपुरधाम, भदौ २३ ।प्रथम ...
08/09/2026

प्रथम जेएनजी आन्दोलन स्मृति दिवसमा मानव अधिकारसम्बन्धी अनुसन्धानात्मक पुस्तक आयोगलाई हस्तान्तरण

जनकपुरधाम, भदौ २३ ।
प्रथम जेएनजी आन्दोलन स्मृति दिवसको अवसरमा एम्नेस्टी इन्टरनेसनल नेपाल, जनकपुरधाम (समूह–५७) ले मानव अधिकार संरक्षणसम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना राष्ट्रिय मानव अधिकार आयोग, मधेस प्रदेश कार्यालय, जनकपुरधाममा गरेको छ।
कार्यक्रममा नेपालमा प्रदर्शनकारीमाथि भएको दमनसम्बन्धी अनुसन्धानात्मक पुस्तक राष्ट्रिय मानव अधिकार आयोग, मधेश प्रदेश कार्यालय, जनकपुरधामलाई हस्तान्तरण गरिएको छ।
एम्नेस्टी इन्टरनेसनल नेपालले तयार पारेको “हामी त्यहाँ हाम्रो आवाज उठाउन सकेका थियौँ, मारिएका होइनौँ—प्रदर्शनकारीहरूको नेपालमा भएको घातक दमन” शीर्षकको अनुसन्धानात्मक सामग्री तथा जानकारीमूलक पुस्तक आयोगलाई हस्तान्तरण गरिएको हो। पुस्तकले प्रदर्शनका क्रममा भएका घटनाहरू, मानव अधिकारको अवस्था तथा दमनसम्बन्धी विषयलाई समेटेको छ।
कार्यक्रम एम्नेस्टी इन्टरनेसनल नेपाल, जनकपुरधामका अध्यक्ष श्री मनीष झा(श्रीओम)को अध्यक्षता तथा राष्ट्रिय मानव अधिकार आयोग, मधेश प्रदेश कार्यालय, जनकपुरधामका कार्यालय प्रमुख श्री बुद्धनारायण साहनीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। एम्नेस्टी इन्टरनेसनल, जनकपुरधामका सल्लाहकार प्राध्यापक डा. सुशील कुमार यादव विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका उपसचिव श्री जीवन न्यौपानेले आयोगको भूमिका, कार्यक्षेत्र तथा मानव अधिकार संरक्षणसम्बन्धी विषयमा जानकारी दिनुका साथै सहभागीहरूसँग अन्तरक्रिया गर्नुभएको थियो। एम्नेस्टी इन्टरनेसनलका बारेमा एम्नेस्टी इन्टरनेसनल नेपालका सल्लाहकार श्री कमल साहले मन्तव्य राख्नुभएको थियो।

विशेष अतिथि प्राध्यापक डा. सुशील कुमार यादवले मानव अधिकार संरक्षण, जेएनजी आन्दोलनको स्मरण तथा यसको महत्त्वबारे धारणा राख्नुभएको थियो। सो अवसरमा उहाँले नयाँ सदस्यहरू डा. बिनय कुमार झा र श्री उदय नारायण यादवलाई एम्नेस्टी इन्टरनेसनलको सदस्यता कार्ड हस्तान्तरण गर्नुभएको थियो।

कार्यक्रममा एम्नेस्टी इन्टरनेसनल, जनकपुरधामका सचिव श्री अम्बिका प्रसाद कर्ण, जनकपुर उपमहानगरपालिकाका कार्यकारिणी समिति सदस्य श्रीमती फुलकुमारी साह, जिरोमाइल कमिटीका अध्यक्ष श्री शिवशंकर मिश्र, श्री सञ्जीव महासेठ, सह-प्राध्यापक डा. बिनय झा, राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत श्री किरण प्रसाद घिमिरे तथा एम्नेस्टी इन्टरनेसनलका सदस्य लेक्चरर श्री उदयचन्द्र यादब, श्री कैलास प्रसाद महतो लगायतले मन्तव्य राख्नुभएको थियो।

वक्ताहरूले एम्नेस्टी इन्टरनेसनलको उद्देश्य, मानव अधिकार संरक्षणमा यसको भूमिका तथा जेएनजी आन्दोलनका प्रमुख कारणबारे चर्चा गरेका थिए। उनीहरूले आन्दोलनका क्रममा भएका घटनाहरूको स्मरण गर्दै मानव अधिकारको वर्तमान अवस्थाबारे समेत धारणा राखेका थिए।

कार्यक्रमका सभापति तथा एम्नेस्टी इन्टरनेसनल, जनकपुरधामका अध्यक्ष श्री मनीष झा(श्रीओम)ले जेएनजी आन्दोलनको पृष्ठभूमि, यसको आवश्यकता र स्मरणको महत्त्वबारे मन्तव्य राख्दै कार्यक्रम समापन भएको घोषणा गर्नुभएको थियो।

कार्यक्रमको प्रारम्भमा GEN-Z सहिदहरुको स्मृतिमा १ मिनेट मौनधारण एवं घाइतेहरुको सीघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रार्थना गरिएको थियो।
अन्त्यमा एम्नेस्टी इन्टरनेसनल, जनकपुरधामको तर्फबाट सहभागी सम्पूर्ण सदस्यहरूलाई मानव अधिकारसम्बन्धी हाते पुस्तिका हस्तान्तरण गरिएको थियो।

महोत्तरीका ९ जना अझै बे*प*त्ता, ८ जना सम्पर्कमा आए (हेर्नुहोस नामावली सहित)
08/09/2026

महोत्तरीका ९ जना अझै बे*प*त्ता, ८ जना सम्पर्कमा आए (हेर्नुहोस नामावली सहित)

जनकपुरधाम/भदौ २३ गते । रसुवाको भोटेकोशीसहितका विभिन्न नदीहरूमा आएको विनाशकारी बाढीका कारण महोत्तरीका ९ जना नाग.....

जनकपुरधाम उद्योग बाणिज्य संघद्वारा संकलित राहत सामग्री सार्वजनिक
08/09/2026

जनकपुरधाम उद्योग बाणिज्य संघद्वारा संकलित राहत सामग्री सार्वजनिक

जनकपुरधाम/भदौ २३ गते । बाढीबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले जनकपुरधाम उद्योग वाणिज्य संघले...

Address

Janakpur

Alerts

Be the first to know and let us send you an email when Sajilo post posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share