Janakpur Dham - Nepal

Janakpur Dham - Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Janakpur Dham - Nepal, News & Media Website, Janakpur.

30/01/2026
Shout out to my newest followers! Excited to have you onboard! Sanvi Bhagat, Sonu Seluja Sonu Singh, Main Barish Bikash ...
18/05/2024

Shout out to my newest followers! Excited to have you onboard! Sanvi Bhagat, Sonu Seluja Sonu Singh, Main Barish Bikash Das, Shreeram Shah, Kader Annaba, Arbind Chaudhary, Rinkesh Mandal

09/08/2023

सोमबार राति देखिनै पानी परेसँगै नदीहरुमा आएको बाढीको कारण धनुषामा एक जनाको मृत्यु भएको छ, भने दुई जना वेपत्ता भएक....

04/08/2023

कुनै बेला ‘५२ कुट्टी ७२ कुण्ड’को नामले प्रख्यात जनकपुरधाममा पानीको अभाव हुन थालेको छ ।

Happy World Telecommunications And Information Society Day to all.....
17/05/2023

Happy World Telecommunications And Information Society Day to all.....

मधेश प्रदेशमा मधेशी दलहरुलाई धक्का, गठबन्धनमा धोकाजनकपुरधाम ।स्थानीय तहको चुनावमा मधेश प्रदेशमा मधेश केन्द्रित दलहरुलाई ...
17/05/2022

मधेश प्रदेशमा मधेशी दलहरुलाई धक्का, गठबन्धनमा धोका

जनकपुरधाम ।स्थानीय तहको चुनावमा मधेश प्रदेशमा मधेश केन्द्रित दलहरुलाई धक्का लाग्ने देखिएको छ ।मधेश प्रदेशमा रहेको १ सय ३६ पालिका छन् । ‘कोर मधेश’मा समेत मधेश केन्द्रित दलहरुले अग्रता लिन सकेको छैन् ।हुनत मतगणनामा भइरहेको ढिलाईले मधेश प्रदेशको कुनै पनि पालिकाको अन्तिम नतिजा घोषणा भएको छैन् ।
विगत चुनावमा मधेश केन्द्रित दलहरु जितेका पालिकामा समेत यस पटक ठूला दलहरुको कब्जा हुने संकेत देखिएको छ ।मधेश केन्द्रित दलका उम्मेदवारहरु कतिपय पालिकामा जमानत जोगाउनसमेत नसक्ने अवस्थामा देखिएका छन् । मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकामा गत वर्ष भारी मतान्तरले जित हात पारेका लालकिशोर साह सो भन्दा पनि धेरै बढी मतले पराजित हुने संकेत देखिएकोछ ।साहको मतमा सुधार नआए जमानत जोगाउन समेत मुश्किल हुन सक्छ । गत चुनावमा उनले नेपाली काँग्रेसका तत्कालीन उम्मेदवार मनोज साहलाई पराजित गरेका थिए ।जारी मतगणनामा स्वतन्त्र भएर चुनाव लडेका मनोज साहको वरिपरि पनि लालकिशोर साह देखिएका छैनन् । निवर्तमान मेयर रहेका साहलाई पाँच दलीय गठबन्धनले जनता समाजवादी पार्टी( जसपा)को कोटाबाट मेयरमा उम्मेदवार बनाएको थियो । मधेश प्रदेशका पालिकाहरु मध्ये दोह¥याउन चाहेका पालिकाका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्षहरु मध्ये अधिकांशको अवस्था कमजोर छ ।नयाँ उम्मेदवारहरुलाई मैदानमा उतारेका दलहरुको पक्षमा जनमत देखिएको छ । मधेश प्रदेशमा जनमत पार्टी पनि स्थापित हुने प्रयास गरेको छ ।प्रारम्भिक चरणको मतगणनामा नेपाली कांग्रेसले मधेश प्रदेशमा अग्रता लिएको छ ।नेकपा एमालेको स्थिति केही कमजोर देखिएको छ ।विगतमा जितेको जितपुर– सिमरा उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारहरुले अग्रता लिएका छन् । जसपाको अवस्था पनि उत्साहजनक देखिएको छैन् ।जनकपुरधाम उपमहानगरपालिकामा जसपाको मेयरका प्रत्याशी धेरै पछाडि छुटेका छन् ।तर वीरगञ्ज महानगरपालिकामा जसपाबाट मेयरका उम्मेदवार राजेशमान सिंहले अग्रता लिएका छन् ।

जसपा छाडेर एमालेबाट मेयरमा उठेका निवर्तमान मेयर विजय सरावगी दोब्बर भन्दा बढी मतान्तरले पछाडि परेका छन् । तर कलैया उपमहानगरपालिकामा निवर्तमान मेयर राजेशकुमार राय यादवलाई नेकपा एमालेका उम्मेदवार विनोद साहले निकै पछाडि छाडेका छन् । राति ७ बजे सम्मको मतगणना अनुसार यादव ८ सय बढी मतले पछाडि परेका छन् । तर उपमेयरमा जसपाका उम्मेदवार प्रमोद गुप्ताले एमालेका उम्मेदवार रोशन प्रविणको भन्दा २ सय मतले अगाडि छन् । बारा जिल्लामा नेपाली कांग्रेस निजगढ नगरपालिका, कोलहवी, आदर्शकोतवाल, सुवर्ण गाउँपालिकामा अगाडि छन्् । लोकतान्त्रिक समाजवादी पार्टी( लोसपा)ेपनि बारा जिल्लाको ५ वटा पालिकामा अगाडि रहेको छ ।एमाले भने कलैयाउपमहानगरपालिका र प्रसौनी गाउँपालिकामा मात्र अगाडि रहेका छन् । जसपा करैयामाई र बारागढी नगरपालिकामा अगाडि छन् । माओवादी केन्द्र जीतपुर सिमरामा भने अगाडि रहेको छ । पाँच दलीय गठबन्धनमा धोका भएकाले जसपालाई अनपेक्षित क्षति भएको छ ।लोसपालाई भने त्यो भन्दा पनि बढी नोक्सान भइरहेको देखिन्छ । विगतको चुनावको आधी सिट ल्याउन पनि लोसपालाई मुश्किल देखिएको छ ।विगतमा २५ वटा पालिकामा लोसपाले जितेको थियो । जसपाको अवस्था भने लोसपाको भन्दा केही राम्रो देखिएको छ । विगतमा जितेको जलेश्वर नगरपालिकामा अहिले जसपाले अग्रता लिएको छ ।तर मटिहानीमा निवर्तमान मेयर हरिप्रसाद मण्डलले लोसपाको साख जोगाउने देखिएको छ ।मतगणनामा मण्डल फेरि अगाडि छन् ।

सप्तरीको राजविराज नगरपालिकामा जसपाका भीम यादवले फराकिलो अन्तर बनाएको छ ।निवर्तमान मेयर शम्भु यादव माओवादी केन्द्रबाट उम्मेदवार बनेका छन् ।

12/05/2022

काठमाडौं – वैशाख ३० गते देशभर स्थानीत तह निर्वाचन हुँदैछ । सहि तरिकाले मतदान नगरे मत बदर हुन्छ । मतदान गर्दा केही .....

INDO-NEPAL JOINT MILITARY TRAINING EXERCISE SURYA KIRAN BEGINS AT PITHORAGARH (UK)
07/05/2022

INDO-NEPAL JOINT MILITARY TRAINING EXERCISE SURYA KIRAN BEGINS AT PITHORAGARH (UK)

Address

Janakpur

Alerts

Be the first to know and let us send you an email when Janakpur Dham - Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share