photography tips & trick

Call Directions Website Contact the business

photography tips & trick The best moments in life aren't even planned..

Old vibs timeless golden energy❤️‍🩹   is gold
12/09/2026

Old vibs timeless golden energy❤️‍🩹 is gold

हाम्रो सर्लाही जिल्लाबाट गएको टोली बाढीपीडित दाजुभाइ–दिदीबहिनीहरूको घरदैलोमै पुगेर राहत तथा सहयोग गरिरहेको छ। 🤝🇳🇵बाढीले ...
03/09/2026

हाम्रो सर्लाही जिल्लाबाट गएको टोली बाढीपीडित दाजुभाइ–दिदीबहिनीहरूको घरदैलोमै पुगेर राहत तथा सहयोग गरिरहेको छ। 🤝🇳🇵
बाढीले दिएको दुःखमा सहयोगको हात मात्र होइन, साथ, सहानुभूति र हौसला पनि दिँदै टोली निरन्तर सेवामा जुटिरहेको छ। ❤️🙏
सर्लाहीको टोली जहाँ दुःख, त्यहाँ सहयोग!
मानवता नै सबैभन्दा ठूलो धर्म हो। 🙏❤️🇳🇵

मलंगवा वार्ड नं. २, हनुमान चोक, भारत–नेपाल सीमामा २५ फिट उचाइको हाम्रो राष्ट्रिय ध्वजा फहराउने अवशर प्राप्त हुँदा मन अत्...
24/03/2026

मलंगवा वार्ड नं. २, हनुमान चोक, भारत–नेपाल सीमामा २५ फिट उचाइको हाम्रो राष्ट्रिय ध्वजा फहराउने अवशर प्राप्त हुँदा मन अत्यन्तै गौरवान्वित भएको छ 🇳🇵

यो केवल एउटा झण्डा होइन, यो हाम्रो स्वाभिमान, हाम्रो पहिचान र हाम्रो राष्ट्रिय एकताको प्रतीक हो। सीमामा लहराइरहेको यो झण्डाले हामी सबै नेपालीलाई देशप्रेम र जिम्मेवारीको भावना अझ मजबुत बनाउने विश्वास लिएको छु।

यस महत्वपूर्ण कार्यमा साथ, सहयोग र प्रेरणा दिने सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दछु। आउनुहोस्, हामी सबै मिलेर आफ्नो देश, आफ्नो माटो र आफ्नो पहिचानको रक्षा गरौं।

फागु पूर्णिमाको हार्दिक शुभकामना! रङहरूको पर्वले हाम्रो समाजमा सद्भाव, एकता र सकारात्मक ऊर्जा फैलाओस्। रङ जस्तै विविध सो...
02/03/2026

फागु पूर्णिमाको हार्दिक शुभकामना!

रङहरूको पर्वले हाम्रो समाजमा सद्भाव, एकता र सकारात्मक ऊर्जा फैलाओस्। रङ जस्तै विविध सोचलाई सम्मान गर्दै, अबिर जस्तै पवित्र भावना बोकेर परिवर्तन र सुशासनतर्फ अघि बढौं।

युवा शक्ति, जनताको भरोसा र उज्यालो भविष्यका लागि—यसपालिको होली सचेतना, एकता र जिम्मेवारीको सन्देश बनोस्।

Happy Holi!

02/03/2026

प्रिय सर्लाही क्षेत्र नं. २ का दाजुभाइ तथा दिदीबहिनीहरू,

आजबाट औपचारिक चुनाव प्रचार–प्रसार कार्यक्रम समापन भएको छ। यो अभियानभरि हामीले घरदैलो, भेटघाट र जनसम्पर्कमार्फत तपाईंहरूका आवाज, अपेक्षा र सुझावलाई नजिकबाट सुन्ने अवसर पायौं। तपाईंहरूको माया, विश्वास र साथले हामीलाई अझ जिम्मेवार बनाएको छ।

अब निर्णयको घडी तपाईंहरूको हातमा छ। विकास, सुशासन र सम्मानजनक भविष्यको यात्रालाई अघि बढाउन घण्टी चिह्नमा अमूल्य मत दिई विजयी बनाउनुहुनेछ भन्ने पूर्ण विश्वास लिएका छौं। तपाईंहरूको मतले सर्लाही क्षेत्र नं. २ को भविष्य निर्धारण गर्नेछ।

मतदानको दिन शान्तिपूर्ण, सचेत र जिम्मेवार ढंगले मतदान केन्द्रमा गई आफ्नो मतको सही सदुपयोग गर्नुहोस्।

चुपचाप घण्टी छाप!
जय घण्टी!
जय नेपाल!

मलंगवा वडा नं. १० का समाजसेवी तथा चर्चित व्यक्तित्व कामिल मिकरानीजीको असमायिक निधनको खबर सुन्दा म अत्यन्तै मर्माहत भएको ...
02/03/2026

मलंगवा वडा नं. १० का समाजसेवी तथा चर्चित व्यक्तित्व कामिल मिकरानीजीको असमायिक निधनको खबर सुन्दा म अत्यन्तै मर्माहत भएको छु। समाज र समुदायका लागि उहाँले पुर्याएको योगदान सधैं सम्झनामा रहनेछ। कामिल मिकरानीजीको अपूरणीय क्षतिप्रति मेरो गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्ति तथा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछु।

02/03/2026

यो पटकको चुनावमा जनताको विश्वासको प्रतीक घण्टी चिह्न!
सकारात्मक प्रतिक्रिया र जनमतले प्रमाणित, विकास र इमान्दार नेतृत्वको चिह्न।
आफ्नो मतको सही प्रयोग गरौं — घण्टीमा मोहर, परिवर्तनको आधार।

02/03/2026

घण्टी चिह्नको पक्षमा जनताको अभूतपूर्व समर्थन र सकारात्मक सार्वजनिक समीक्षा देखिएको छ।

विकास, पारदर्शिता र इमानदार नेतृत्वको प्रतीक घण्टी चिह्न आज जनविश्वासको आधार बनेको छ।

यसपाली आफ्नो अमूल्य मत सही ठाउँमा प्रयोग गरौं — घण्टी चिह्नमा स्पष्ट मोहर लगाऔं।

भोली बिहान ७ बजे हरिपुर्वा मा जनसम्पर्क अभियान कार्यक्रम राखिएको छ।आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थित भई आफ्नो स...
27/02/2026

भोली बिहान ७ बजे हरिपुर्वा मा जनसम्पर्क अभियान कार्यक्रम राखिएको छ।

आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थित भई आफ्नो साथ, समर्थन र सुझावमार्फत अभियानलाई अझ सशक्त बनाउन हार्दिक अनुरोध गर्दछौं।

आउनुहोस्, प्रत्यक्ष भेटघाट गर्दै विकास र समृद्धिको यात्रामा हातेमालो गरौं।

फागुन २१ मा हाम्रो प्रतिनिधि सभा उम्मेदवार रबिन महतोलाई भारी मतले विजयी बनाऔं।घण्टी चिह्नमा मोहर लगाएर आफ्नो मतको सही सद...
27/02/2026

फागुन २१ मा हाम्रो प्रतिनिधि सभा उम्मेदवार रबिन महतोलाई भारी मतले विजयी बनाऔं।
घण्टी चिह्नमा मोहर लगाएर आफ्नो मतको सही सदुपयोग गरौं।
सकारात्मक परिवर्तनको लागि सबैले एकजुट भएर अघि बढौं।

Address

Janakpur
45600

Alerts

Be the first to know and let us send you an email when photography tips & trick posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to photography tips & trick:

Shortcuts

Share