26/10/2025
लोहारपट्टी वडा नं. ४ का युवाहरूको हार्दिक अनुरोध -विकास, शिक्षा, सरसफाइ र सडक समस्या समाधानको माग
लोहारपट्टी नगरपालिका वडा नं. ४ का समस्या समाधानका मागसहित सचेत युवाहरूको ज्ञापनपत्र
लोहारपट्टी नगरपालिका वडा नं. ४ भित्रका शैक्षिक, सामाजिक, वातावरणीय र विकाससम्बन्धी समस्या लामो समयदेखि समाधान नभएको भन्दै सचेत युवाहरूले नगरपालिका समक्ष तत्काल ध्यानाकर्षण गराएका छन्।
उनीहरूले भनेका छन् कि यस्ता समस्याले आम नागरिक, विद्यार्थी र कृषकहरूको जीवनस्तरमा गम्भीर असर पारेको छ। त्यसैले अबिलम्ब ठोस कदम चाल्न नगरपालिका र सम्बन्धित निकायलाई आग्रह गरिएको छ।
ज्ञापनपत्रमा उल्लेखित मुख्य मागहरू यसप्रकार छन्:
१. नाला निर्माण र अतिक्रमण हटाउने — वडा नं. ४ को मूल बाटोमा तत्काल पानीको निकास हुने गरी नाला निर्माण गर्न, बाटोको अतिक्रमण हटाउन र सडक विभागसँग समन्वय गरी बाटो पिच गर्ने व्यवस्था गर्न माग।
२.विद्यालय व्यवस्थापन सुधार — वडा अन्तर्गतका विद्यालयहरूमा व्यवस्थापन समिति गठनका लागि पारदर्शी प्रक्रिया अघि बढाउन र शिक्षक–कर्मचारीलाई नियमित उपस्थिति सुनिश्चित गर्न आग्रह।
३.सडक बत्ती (Street Light) विस्तार र मर्मत — गाउँका प्रमुख ठाउँहरूमा नयाँ बत्ती जडान गर्न तथा बिग्रिएका बत्तीहरूको मर्मत गर्ने माग।
४. फोहर व्यवस्थापन र सरसफाइ -बजार क्षेत्र, चौक, मठ–मन्दिर नजिक Dust Bin राख्न, हप्तामा एकपटक फोहर संकलन गरी Dumping Site मा व्यवस्थापन गर्न माग।
५.सार्वजनिक शौचालय निर्माण — बजार क्षेत्रमा सुविधा सम्पन्न सार्वजनिक शौचालय निर्माण गर्न माग।
६. कृषकलाई सहज सेवा — वडा अन्तर्गतका सबै कृषकलाई मल, बीउ र आवश्यक सामग्री समान रूपमा उपलब्ध गराउन व्यवस्था मिलाउन आग्रह।
७. बिगही नदी पुल छिटो सम्पन्न गराउन पहल — वडा नं. ४ को खुट्टा र पिपराढी जोड्ने बिगही नदी पुलको निर्माण कार्य छिटो सम्पन्न गराउन विशेष पहल गर्न अनुरोध।
सचेत युवाहरूले चेतावनी दिएका छन् कि यदि माथि उल्लेखित मागहरूमा नगरपालिका कार्यालयले तत्काल ठोस कदम नचाले, आम नागरिकको समस्या प्रती बेवास्ता गर्ने निकायलाई जिम्मेवार ठहरिनेछ।