26/10/2025
पहिलो निर्णयमै जिते युवाको मन
नवनियुक्त खेलकुद मन्त्री बब्लु गुप्ताले बालेन शाहको सिको गरेका छन् । युवा तथा खेलकुद मन्त्रीको सपथ खाएका गुप्ताले पदभार ग्रहणका क्रममा मन्त्रालय मातहतका सबै निकायको बैठक लाइभ गर्ने पहिलो निर्णय गरेका छन् । यसअघि काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित बालेन शाहले कार्यपालिका बैठक लाइभ गर्ने निर्णय गरेका थिए ।