NEPAL TAK

NEPAL TAK YOUTH VISION TRUTH MISSION

04/12/2025
सरकार पिच्छेको कर आतंकले मुलुकको अर्थतन्त्र ध्वस्त : प्रभु साह कर आतंकले सर्वसधारणदेखी उधोगी, व्यापारी सबै पीडित भए : प्...
04/12/2025

सरकार पिच्छेको कर आतंकले मुलुकको अर्थतन्त्र ध्वस्त : प्रभु साह
कर आतंकले सर्वसधारणदेखी उधोगी, व्यापारी सबै पीडित भए : प्रभु साह
रौतहट, १८ मंसिर ।
आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकार पिच्छेको कर आतंकले मुलुकको अर्थतन्त्र ध्वस्त भएको टिप्पणी गरेका छन् । कर आतंकले सर्वसधारणदेखी उधोगी, व्यापारी सबै आतंकित हुनुका साथै पीडित भएको उनले बताए ।
रौतहटको गौरमा आज (बिहीबार) रौतहट क्षेत्र नं. १ को क्षेत्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले सरकारको मनोमानी कर आतंकले महंगी बढेको बताएका छन् । उनले करको नाममा हरेक क्षेत्रमा सरकारले आतंक मचाएको आरोप लगाए ।
‘सरकार पिच्छेको सरकारले हरेक बस्तुमा करमाथि कर लगाउने र नागरिकलाई लुटने काम गरिरहेको छ’, आजपा साहले भने, ‘हामीभन्दा ठुलो देश भारत र चीनमा कुनै पनि समान सस्तोमा पाउने तर नेपालमा किन त्यही समान महंगोमा पाउने ? भारतमा २ लाखमा पाउने मोटरसाईकल नेपालमा किन पाँच लाख तिर्नुपर्ने ? सरकारको करमाथि कर लगाउने, असुल्ने र राज्यको ढुकुटी सिद्धयाउने कामले महंगी बढेको हो ।’
सीमावर्ती क्षेत्रका नागरिकलाई शान्ति सुरक्षा दिन असफल भएको सरकारले करछलीको नाममा निजि सम्पती लुटिरहेको उनले गम्भिर आरोप लगाए । शान्ति सुरक्षा कायम गर्न सरकार असफल भएको बताउदै उनले अहिले सबै क्षेत्रमा सरकारकारी कर आतंक मचाइएको बताए ।

‘अहिले सरकारी कर आतंक मचिएको छ । हरेक बस्तुमा मनपरी कर आतंक रहेको छ । त्यसकारण उधोग, व्यापार चौपट हुने अवस्थामा पुगेको छ । सर्वसधारणले उपभोग गर्ने बस्तुहरु कर आतंककै कारण महंगो भएको छ,’ आजपा अध्यक्ष साहले भने, ‘गाउँ शहरदेखी सिमावर्ती क्षेत्रका सर्वसधारण नागरिक कर आतंकले पीडित भएका छन ।’

भेलाबाट उमाशंकर साहको नेतृत्वमा १ सय ५१ सदस्यीय निर्वाचन परिचालन समिति समेत गठन भएको छ ।

Prabhu Sah NEPAL TAK Nepal Tak Nepal Tak Media

29/11/2025
29/11/2025
सुशील र ओली दुवैले मुलुकलाई महासंकटमा पुर्याए, तोकिएकै मितिमा निर्वाचन गर : प्रभु साहअहिले मुलुकमा देखिएको संकटको एक मात...
29/11/2025

सुशील र ओली दुवैले मुलुकलाई महासंकटमा पुर्याए, तोकिएकै मितिमा निर्वाचन गर : प्रभु साह

अहिले मुलुकमा देखिएको संकटको एक मात्र निकास भनेको निर्वाचन हो : प्रभु साह

भक्तपुर, १३ मंसिर । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले अहिले मुलुकमा देखिएको संकटको एक मात्र निकास भनेको निर्वाचन भएको बताएका छन ।

भ्रष्टाचारीलाई खबरदारी गर्ने उदेश्यले आज भक्तपुरको राधेराधेमा आयोजित आजपाको भक्तपुर निर्वाचन क्षेत्र नं. २ को क्षेत्रीय भेलालाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले तोकिएकै समयमा निर्वाचन गराउनुपर्ने बताए ।

प्रधानमन्त्री सुशील कार्की र एमाले अध्यक्ष केपी ओली दुवैले मुलुकलाई महासंकटमा पुर्याएको उनको आरोप छ । प्रधानमन्त्री कार्कीले जेन–जी आन्दोलनको मर्म र भावनालाई कुल्चिएको र एमाले नेतृत्वले त सत्ताको दुरूपयोग गरेर जेन–जी आन्दोलनमा बर्बर दमन गरेको भन्दै दुवै जनाले जेन–जी आन्दोलनमाथि गम्भीर धोका दिएको उनले बताए ।

`जेनजी बिद्रोहले यो ब्यवस्थाको अन्त्य खोजेको थियो, भ्रष्टाचारीलाई कारबाही खोजेको थियो । तर यो सुशीलाको सरकारले यो मागनै पूरा गर्न सकेन,´ आजपा अध्यक्ष साहले भने, `जेनजी बिद्रोहको बलमा सरकारमा जने तर जेनजीलाई थुन्ने, पक्राउ गर्ने उनीहरुको माग पनि पूरा नगर्ने । यो सरकार पुर्णरुपमा असफल भएको छ ।´

आजपा अध्यक्ष साहले जेन–जी आन्दोलन भएको भदौ २३ गते सुशीला कार्की, ओमप्रकाश अर्याल, कुलमान घिसिङलगायतको भूमिका हेरिनुपर्ने र २४ भदौमा उनीहरुको सडकमा जबरजस्त उपस्थिति र चहलपहलपनि नियाल्दा जेन–जी युवाहरुको बलमा भएको जनविद्रोहको अपहरण गरिएको आरोप लगाए ।

जेनजी आन्दोलन हुँदा सुशीला देखी कुलमान, ओमप्रकाश, अनिल सिन्हा लगायतका छोराछोरी कहाँ थिए ? यिनिहरुका छोराछोरीको के योगदान छ ? भन्दै उनले प्रश्न गरे । सरकारमा भएकाहरूलाई जेनजी आन्दोलन प्रती कुनै मोहमाया नभएको टिप्पणी साहले गरे ।

गृहमन्त्री अर्यालको कार्यक्षमतामाथि प्रश्न उठाउँदै आजपा अध्यक्ष साहले यस्तो गृहमन्त्री राखेर शान्ति, सुरक्षाको वातावरण बन्न नसक्ने बताए । अहिले जाँचबुझ आयोगको टिओआर अनुसार काम नभएको र आयोगको कार्यअवधि नै सकिन लाग्दासमेत हत्यारा र दोषीहरुसँग बयानसमेत लिन नसकिएको भन्दै आयोगपनि निकम्मा भएको उनको आरोप छ ।

उनले सुशीला सरकारलाई शान्ति, सु–व्यवस्था र अमनचयन कायम गर्ने कुरामा ध्यान दिँदै २१ फागुनको निर्वाचन सफल बनाउनमात्रै सम्पूर्ण तागत लगाउन सुझाव दिए ।

आजपा भक्तपुर क्षेत्र नं. २ का क्षेत्रीय अध्यक्ष नरेश खड्गीको अध्यक्षतामा सम्पन्न भेलामा आजपा सहअध्यक्ष एंव संविधान सभाका सदस्य तिलक थापामगर, संगठन बिभाग प्रमुख त्रिभुवन साह, कार्यालय सदस्य सुधीर यादव, प्रवक्ता चन्द्रभुषण साह लगायतको सहभागिता रहेको सचिवालय सदस्य सुभाष साहले जनाएका छन ।

यसैगरी भेलाले नरेश खड्गीको अध्यक्षता ५१ सदस्यीय भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं. २ को क्षेत्रीय कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा दिनेश साह, कुन्ती थापामगर, मनोज यादव, सचीवमा कोशिला कुमारी , सहसचिवमा निर्मला मगर, उषा शर्मा, कोषाध्यक्षमा सुभी धिमाल लगायतका रहेको इन्चार्ज लखिन्द्र साहले जनाएका छन् ।

यसैगरी, आजै काठमाडौंको चौमतिमा गार्मेन्ट ब्यवसायीसंग आजपा अध्यक्ष साहले भेटघाट गरेका छन् । भेटघाटमा उनले सरकार पिच्छेको मनोमानी कर आतंकले नेपालको अर्थतन्त्र धरासायी बन्दै गएको बताए । रौतहटको मौलापुर नगरपालिका जस्तै नेपालमा पनि कर फ्री हुनुपर्ने उनले बताए ।
Prabhu Sah NEPAL TAK

Welcome to Nepal Tak portal and FB page 🙏
28/11/2025

Welcome to Nepal Tak portal and FB page 🙏

Address

Janakpur
44510

Alerts

Be the first to know and let us send you an email when NEPAL TAK posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NEPAL TAK:

Share

Category