Chetana Sanchar

Chetana Sanchar सगरमाथान्युज पूर्वको एक न्युज र्पोटल हो ।
(2)

26/05/2026

शिरीष राताे कि निलाे ?

26/05/2026

मध्यरातिको हावाहुरीले रुख ढाल्दा भद्रपुर रोडस्थित स्टेन्ड छेउका व्यवसायी प्रभावित भएका छन् ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।उनी वीरगञ्जबाट पक्राउ परेका हुन् । प्रहरी स्रोतका अनुसार, उनलाई वीरगञ्ज...
18/05/2026

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।

उनी वीरगञ्जबाट पक्राउ परेका हुन् । प्रहरी स्रोतका अनुसार, उनलाई वीरगञ्जको दियोलो होटलबाट पक्राउ गरिएको हो ।

उनलाई ‘माथिको आदेश’ भन्दै प्रहरीले पक्राउ गरेको हो । प्रहरी स्रोतले उनी पक्राउ परेको पुष्टि गरे पनि कुन कसुरमा पक्राउ गरिएको भन्नेबारे थाहा नभएको बताएको छ ।

राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउन महाअभियान नेपालका संयोजक समेत रहेका प्रसाईं सोमबार सिमरा विमानस्थल हुँदै वीरगञ्ज पुगेका थिए ।

वीरगञ्जमा मंगलबार हुने कार्यक्रममा सहभागी हुन उनी त्यहाँ पुगेका हुन् ।

सो क्रममा उनले विमानस्थलमै सञ्चारकर्मीहरूसँग कुराकानी पनि गरेका थिए । वर्तमान सरकार र रास्वपा सांसदहरूमाथि उनले विभिन्न आलोचनासहितका टिप्पणी सञ्चारकर्मीसँग गरेका थिए ।

18/05/2026

अमिशा पराजुलीको दुखेसोः मैले समाजबाट न न्यायँ पाइँन, प्रहरीले समेत अन्याय गर्यो
भिडियो नेपाल हव एचडि

16/05/2026

बिर्तामोड नगरपालिकामा पहिलो पटक ‘उप–मेयर कप वडा स्तरीय भलिबल प्रतियोगिता’ आयोजना हुने भएको छ । दुर्गा माध्यमिक विध्यालयकाे खेलमैदान गरामनीमा जेठ ३ र ४ गते सञ्चालन हुने प्रतियोगितामा नगरका १० वटै वडाका टिम सहभागी हुने आयोजकले जनाएको छ ।
बिर्तामोड–९ खेलकुद विकास समितिले बिहीबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा समितिका अध्यक्ष विश्वदिप राजवंशीले प्रतियोगिताबारे जानकारी दिएका हुन् । उनका अनुसार बिर्तामोड नगरपालिकाको सहआयोजनामा हुन लागेको प्रतियोगिताले नगरभित्रको खेल गतिविधिलाई थप चलायमान बनाउने विश्वास लिइएको छ ।
प्रतियोगिताको विजेता टोलीले नगद १ लाख १ सय रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५१ हजार १ सय रुपैयाँ हात पार्नेछ ।
राजवंशीले राष्ट्रिय खेल भलिबललाई स्थानीय तहसम्म थप लोकप्रिय बनाउने, युवालाई खेलमार्फत अनुशासित र सक्रिय बनाउने तथा नगरभित्र लुकेका प्रतिभावान खेलाडीलाई उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।
पत्रकार सम्मेलनमा वडा नं. ९ का वडाध्यक्ष हरिप्रसाद चम्लागाई, नगर खेलकुद विकास समितिका उपाध्यक्ष सन्तोष गुरुङ तथा अफिसियल मिलन लिम्बुलगायतले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

14/05/2026
रातमा मोहनमाया माध्यमिक बिद्यालयकाे दृश्य
12/05/2026

रातमा मोहनमाया माध्यमिक बिद्यालयकाे दृश्य

12/05/2026

बिर्तामोडस्थित कृषिथाेक काे टहरामा यसरी चलाईएकाे थियाे डाेजर

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा...
10/05/2026

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी पूरा गरेको छ।

नतिजा प्रकाशनसँगै परीक्षार्थीहरूले सहज रूपमा आफ्नो प्राप्तांक थाहा पाउन सकून् भन्ने उद्देश्यले बोर्डले विभिन्न आधिकारिक माध्यमहरूको सूची समेत सार्वजनिक गरेको छ।

Address

Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when Chetana Sanchar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Chetana Sanchar:

Share