Routine Of Jhapa Gaupalika

Routine Of Jhapa Gaupalika 😊 झापा गाउँपालिकाको सम्पूर्ण खबरका लागि हामी लाई follow गर्नुहोला । 😊

सरकारले Gen-Z आ!न्दोलनका क्रममा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ। 😲
22/09/2025

सरकारले Gen-Z आ!न्दोलनका क्रममा भएको घटनाको छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ। 😲

महावीर पुन भन्छन्, " मेरो पहिलो घोषणा - कसैले पनि "लौ बधाई छ भनेर फोन नगर्नु होला र बधाई दिन खादा माला लिएर नआउनु होला ।...
22/09/2025

महावीर पुन भन्छन्, " मेरो पहिलो घोषणा - कसैले पनि "लौ बधाई छ भनेर फोन नगर्नु होला र बधाई दिन खादा माला लिएर नआउनु होला । बरु शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा ५ महिना भित्र गर्न सकिने र गर्ने पर्ने ठोस काम र आईडिया छ भने मेरो WhatsApp मा पठाउनु होला। मलाई कसैले पनि मन्त्री नभन्नु होला। कसैलाई मन्त्री नै भन्न साहै रहर छ भने 'कवाडी वैज्ञानिक मन्त्री' भन्नु होला।

नेपालीहरूका महान चाड बडा दशैं को सुरुवात,शक्ति, समृद्धि र शुभताको प्रतीक घटस्थापनायस अवसरमा सम्पूर्णलाई मंगलमय शुभकामना।...
22/09/2025

नेपालीहरूका महान चाड बडा दशैं को सुरुवात,
शक्ति, समृद्धि र शुभताको प्रतीक घटस्थापना
यस अवसरमा सम्पूर्णलाई मंगलमय शुभकामना। 🙏🌺
#घटस्थापना #बडादशैं #दशैं२०८२ #शुभकामना

हमासले सार्वजनिक गर्‍यो विपिनसहित ४८ बन्दीको ‘बिदाइ तस्बिर’इजरायली सेनाले गाजाको सबैभन्दा ठूलो सहरी केन्द्रलाई ध्वस्त पा...
20/09/2025

हमासले सार्वजनिक गर्‍यो विपिनसहित ४८ बन्दीको ‘बिदाइ तस्बिर’

इजरायली सेनाले गाजाको सबैभन्दा ठूलो सहरी केन्द्रलाई ध्वस्त पार्दै आफ्नो कब्जामा लिने प्रयास जारी राखेको बेला हमासले गाजामा रहेका ४८ जना बन्दीको ‘बिदाइ तस्बिर’ सार्वजनिक गरेको छ। जसमा नेपाली युवा विपिन जोशीको पनि तस्बिर छ।

हमासको सशस्त्र समूह ‘कसम ब्रिगेड’ले शनिबार अनलाइनमा एउटा संयुक्त तस्बिर सार्वजनिक गरेको हो। उक्त तस्बिरमा जीवित र मृत दुवै बन्दीहरूको अनुहार देखाइएको अलजजिराले जनाएको छ।

प्रत्येक तस्बिरमा सन् १९८६ मा लेबनानमा बेपत्ता भएका इजरायली वायुसेनाका कप्तान रोन अरादको सन्दर्भ दिँदै ‘रोन अराद’ लेखिएको छ। अरादको लडाकु विमानमा बम विस्फोट भएपछि उनलाई पहिले अमाल आन्दोलन र पछि हिजबुल्लाहले नियन्त्रणमा लिएको थियो। उनको मृत्यु भएको विश्वास गरिए पनि आधिकारिक रूपमा भने पुष्टि भएको छैन।

हमासले जारी गरेको तस्बिरसँगै एक सन्देश पनि संलग्न छ, जसमा भनिएको छ, ‘नेतान्याहुको अस्वीकार र जमिरेको समर्पणका कारण गाजा सहरमा सैन्य कारबाही सुरु हुँदा यो एक बिदाइ तस्बिर हो।’

यो सन्देश इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा नरसंहार युद्ध अन्त्य गर्न हमाससँग कुनै पनि सम्झौता गर्न बारम्बार गरेको अस्वीकार र इजरायली सेना प्रमुख इयाल जमिरेले गाजा सहरलाई ‘कब्जा’ गर्ने सरकारको योजनाप्रति सार्वजनिक रूपमा आपत्ति जनाए पनि भूमि र हवाई आक्रमणको नेतृत्व गरेको घटनासँग सम्बन्धित छ।

इजरायली अधिकारीहरूका अनुसार, गाजामा अझै करिब २० बन्दी जीवित रहेको विश्वास गरिएको छ, जबकि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० भन्दा कम जीवित हुन सक्ने बताएका छन्। ट्रम्प र नेतान्याहु दुवैले जीवित र मृत सबै बन्दीहरूलाई फिर्ता ल्याउने र हमासलाई ‘ध्वस्त’ पार्ने वाचा गर्दै आएका छन्।

हमासले इजरायली आक्रमण र भूमिगत आक्रमण बढ्दै जाँदा बन्दीहरूको जीवन जोखिममा पर्ने बारम्बार चेतावनी दिँदै आएको छ। हमासले केही बन्दीहरू इजरायली बमबारीबाट मारिएको पनि दाबी गरेको छ। प्यालेस्टिनी सशस्त्र समूहले बन्दीहरू गाजा सहरको ‘विभिन्न छिमेकहरूमा छरिएर रहेका’ दाबी गरेको छ।

गाजा स्वास्थ्य मन्त्रालयका अनुसार, अक्टोबर २०२३ मा युद्ध सुरु भएदेखि इजरायलको आक्रमणमा कम्तीमा ६५ हजार २०८ प्यालेस्टिनीको मृत्यु भएको छ र १ लाख ६६ हजार २७१ जना घाइते भएका छन्।

यसैगरी, इजरायलले हमाससँगको युद्धविराम तोडेको मार्च १८ देखि हालसम्म १२ हजार ६५३ जना मारिएका छन् र ५४ हजार २३० जना घाइते भएका छन्।

गाजामा जारी भोकमरीका कारण पछिल्लो २४ घण्टामा कम्तीमा चार जना सहायता खोज्नेहरूको मृत्यु भएको छ र १८ जना घाइते भएका छन्।

यससँगै, सहायता खोज्ने प्यालेस्टिनीहरूको कुल मृत्यु २ हजार ५१८ पुगेको छ। गाजा सहरलाई इजरायलले युद्ध क्षेत्र घोषणा गरेपछि त्यहाँका दर्जनौं घरमा आक्रमण गरी ध्वस्त पारिएको छ, जसका कारण हजारौं मानिस विस्थापित भएका छन्।

Breaking : गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले विदेशमा रहेका नेपालीहरूले पनि मतदान गर्न पाउनुपर्ने सर्वोच्च अदालतको आ...
18/09/2025

Breaking : गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले विदेशमा रहेका नेपालीहरूले पनि मतदान गर्न पाउनुपर्ने सर्वोच्च अदालतको आदेशलाई यसपटक सम्भव बनाउन आफू लाग्ने बताएका छन् ।

विदेशमा रहेका नेपालीहरूले समानुपातिकमा भएपनि मतदान गर्न पाउनुपर्ने र " नो भोट " बारे पनि गृह तथा कानुनमन्त्री ओमप्रकाश अ...
18/09/2025

विदेशमा रहेका नेपालीहरूले समानुपातिकमा भएपनि मतदान गर्न पाउनुपर्ने र " नो भोट " बारे पनि गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन आयोगमा छलफल गरेका छन्।

File Pic. RSS

देशमा संसद भवन जलिरहेको थियो, धेरै गाडीहरु जलिरहेका थिए तर उनीहरुले बाटोमा राखेको मेरो बाइक जलाएनन्, एकजनाले त अझ पानी स...
18/09/2025

देशमा संसद भवन जलिरहेको थियो, धेरै गाडीहरु जलिरहेका थिए तर उनीहरुले बाटोमा राखेको मेरो बाइक जलाएनन्, एकजनाले त अझ पानी समेत खानुस भनेर बाइकमा राखिदिए । यो हो नेपाल र नेपालीको पहिचान । YouTuber Wehatethecold

बाटोमा लडिरहेको अवस्थामा मृत फेलाझापा गाउँपालिकामा एक ब्यक्ती बाटोमा लडिरहेको अवस्थामा मृत फेला परेका छन् ।झापा-६ स्थित ...
18/09/2025

बाटोमा लडिरहेको अवस्थामा मृत फेला

झापा गाउँपालिकामा एक ब्यक्ती बाटोमा लडिरहेको अवस्थामा मृत फेला परेका छन् ।झापा-६ स्थित चन्द्रबस्तीमा सोही ठाउँका अन्दाजी ४२ वर्षीय रबी सोरेन बाटोमा लडिरहेको अवस्थामा मृत फेला परेका हुन् ।

माधक पदार्थ सेवन गरेर बाटोमै सुतेका उनको सुतेकै ठाउँमा मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ।हाल उनको शबलाई पोस्ट्माटम गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।
Source: Jhapa Express

🙏✨ विश्वकर्मा पूजा 2082 को शुभकामना ✨🙏
17/09/2025

🙏✨ विश्वकर्मा पूजा 2082 को शुभकामना ✨🙏

भोलि 1 गते बुधबार सार्वजनिक बिदा सम्बन्धी सूचना।
16/09/2025

भोलि 1 गते बुधबार सार्वजनिक बिदा सम्बन्धी सूचना।

16/09/2025

डियर हर्क साम्पाङ,
तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एक तर्फी नै सही, तर मेरो माया साँचो हो ।
You are my true love. ❤️

जेनजी आन्दोलनमा ज्यान गुमाएका जेनजी सहिदको शवयात्रा ! 🌹Photo. NPL
16/09/2025

जेनजी आन्दोलनमा ज्यान गुमाएका जेनजी सहिदको शवयात्रा ! 🌹

Photo. NPL

Address

झापा
Jhapa District

Alerts

Be the first to know and let us send you an email when Routine Of Jhapa Gaupalika posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine Of Jhapa Gaupalika:

Share