Routine Of Arjundhara

Routine Of Arjundhara Stay informed with Arjundhara! Your trusted source for the latest news, current events, and trending updates. Bringing you real stories as they happen
(2)

नेपाली संगीतमा अमिट छाप छोडेकी आशा भोसलेको ९२ वर्षको उमेरमा निधन,
12/04/2026

नेपाली संगीतमा अमिट छाप छोडेकी आशा भोसलेको ९२ वर्षको उमेरमा निधन,

Big News 😮:🚨🚨👉नेपाल सरकारले बन्द अवस्थामा रहेका ७ सरकारी उद्योगहरूलाई PPP (Public-Private Partnership) मोडेलमार्फत पुनः ...
12/04/2026

Big News 😮:
🚨🚨👉नेपाल सरकारले बन्द अवस्थामा रहेका ७ सरकारी उद्योगहरूलाई PPP (Public-Private Partnership) मोडेलमार्फत पुनः सञ्चालन गर्ने प्रक्रिया अघि बढाएको छ।

अर्थ मन्त्रालयले पहिलो चरणमा ती उद्योगहरूको अडिट तथा मूल्यांकन कार्य सुरु गरिसकेको छ।

पुनः सञ्चालनका लागि छनोट गरिएका उद्योगहरू:
१. गोरखकाली रबर उद्योग
२. जनकपुर चुरोट कारखाना
३. बुटवल धागो कारखाना
४. नेपाल मेटल कम्पनी
५. नेपाल ओरिण्ड एण्ड म्याग्नेसाइट
६. हेटौडा कपडा उद्योग
७. उदयपुर सिमेन्ट उद्योग

तपाई विरुद्ध कतै कुनै उजुरी वा निवेदन परेको त छैन ?सुनिश्चित गर्नको लागि एक पटक QR Code Scan गर्नुहोस् ।         #नेपालप...
01/04/2026

तपाई विरुद्ध कतै कुनै उजुरी वा निवेदन परेको त छैन ?
सुनिश्चित गर्नको लागि एक पटक QR Code Scan गर्नुहोस् ।

#नेपालप्रहरी

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई प*क्राउ गरेसँगै झापाको बिर्तामोडमा अहिले साँझमा एमालेका कार्यकर्ताले रिहाइको माग ग...
28/03/2026

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई प*क्राउ गरेसँगै झापाको बिर्तामोडमा अहिले साँझमा एमालेका कार्यकर्ताले रिहाइको माग गर्दै रा*के जु*लुस प्र*दर्शन गरेका छन । 😳😲

अब बालेन कसरी प्रधानमन्त्री हुन्छन् त?“नेपालको संविधानको धारा ७६ (१): राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय ...
27/03/2026

अब बालेन कसरी प्रधानमन्त्री हुन्छन् त?

“नेपालको संविधानको धारा ७६ (१): राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछन् र निजको अध्यक्षत मन्त्रिपरिषदको गठन हुने” कानुन अनुसार:

संसदीय दलको नेता भएकाले बालेन शाहले बहुमत समर्थन देखाएर राष्ट्रपति समक्ष प्रधानमन्त्रीका लागि दाबी गर्न सक्छन् त्यसैले संसदमा चुनाव गर्न पनि पर्दैन।

संसदमा अब एउटै बेञ्चमा कांग्रेस, एमाले र नेकपा
26/03/2026

संसदमा अब एउटै बेञ्चमा कांग्रेस, एमाले र नेकपा

सपथ ग्रहण समारोहमा मौलिक नेवारी पहिरनमा सिंहदरबार पुगेका रास्वपा सांसद बिराजभक्त श्रेष्ठ
26/03/2026

सपथ ग्रहण समारोहमा मौलिक नेवारी पहिरनमा सिंहदरबार पुगेका रास्वपा सांसद बिराजभक्त श्रेष्ठ

थारु भेषभूषामा शपथ लिन सिंहदरबार पुगे असोक कुमार चौधरीसुनसरी निर्वाचन क्षेत्र नं. ३ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य अ...
26/03/2026

थारु भेषभूषामा शपथ लिन सिंहदरबार पुगे असोक कुमार चौधरी

सुनसरी निर्वाचन क्षेत्र नं. ३ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य असोक कुमार चौधरी थारु समुदायको परम्परागत भेषभूषामा शपथ लिन सिंहदरबार पुगेका छन् । उनी शपथ ग्रहणका लागि सिंहदरबारस्थित संघीय संसद् भवनको सभाहलमा उपस्थित भएका हुन् । आज दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित सांसदहरूलाई शपथ गराउँदैछन् । संसद् सचिवालयका अनुसार आज हुने शपथ कार्यक्रममा ६३ जना सांसदले नेपालीबाहेक आफ्नै मातृभाषामा शपथ लिने तयारी गरेका छन् ।

तस्बिर : सामाजिक सञ्जाल ।
Ashok Kumar Chaudhary

🚨 ठूलो समाचार: Gen-Z आन्दोलनमा भ्रामक सूचना फैलाएको आरोप!जाँचबुझ आयोगको पछिल्लो प्रतिवेदनले टंक दाहाल, सुजन ढकाल, शिव पर...
26/03/2026

🚨 ठूलो समाचार: Gen-Z आन्दोलनमा भ्रामक सूचना फैलाएको आरोप!
जाँचबुझ आयोगको पछिल्लो प्रतिवेदनले टंक दाहाल, सुजन ढकाल, शिव परियार, हिमेश पन्त र भाग्य न्यौपाने जस्ता चर्चित व्यक्तित्वहरूले भ्रामक सूचना फैलाएको ठहर गरेको छ।
मुख्य कुराहरू:
• अन्योल सिर्जना: आन्दोलनको संवेदनशील समयमा अपुष्ट सूचना दिँदा जनमानसमा गलत सन्देश गएको आयोगको निष्कर्ष।
• थप अनुसन्धान: उनीहरूको गतिविधिमाथि सुक्ष्म निगरानी भइरहेको र कानुनी प्रक्रिया अघि बढ्ने सम्भावना।
• चेतावनी: सामाजिक सञ्जालको शक्तिसँगै जिम्मेवारी पनि आउँछ। तथ्य जाँच नगरी केही पनि सेयर नगर्नुहोला।

आजबाट काठमाडौंमा सेतो मछिन्द्रनाथ जात्रा सुरु भएको छ । मच्छिन्द्र बहालदेखि आर्याअवलोकितेश्वरलाई खटमा राखि तीनधारा पाठशाल...
26/03/2026

आजबाट काठमाडौंमा सेतो मछिन्द्रनाथ जात्रा सुरु भएको छ । मच्छिन्द्र बहालदेखि आर्याअवलोकितेश्वरलाई खटमा राखि तीनधारा पाठशालामा तयार गरिएको रथमा विराजमान गराएपछि जात्रा सुरु भएको हो ।
सेतो मच्छिन्द्रनाथको रथयात्रा वर्षा र सहकालका देवता मानिने आर्याअवलोकितेश्वरको मुर्तिको रथयात्रा गरी मनाइने जात्रा हो।
काठमाडौँ उपत्यकाका वृद्धवृद्धालाई दर्शन गराउन रथलाई नगर परिक्रमा गराउने चलन छ। करुणामय र आर्याअवलोकितेश्वरको नामबाट पनि चिनिने सेतो मच्छिन्द्रनाथलाई जनबहालबाट नगरपरिक्रमा गराई जमलमा बनाइएको रथमा प्रतिस्थापन गराइएपछि नगर परिक्रमा गर्ने प्रचलन छ। अन्तिम दिन लगनटोलस्थित मच्छिन्द्रनाथकी आमालाई तीन पटक परिक्रमा गराएपछि रथयात्रा सम्पन्न हुन्छ।
सेतो मछिन्द्रनाथको रथ मच्छिन्द्र बहालदेखि तीनधारा पाठशाला, जमल, रत्नपार्क, भोटाहिटी हुँदै असन, बालकुमारी, केल टोल, इन्द्रचोक मखन हुँदै हनुमान ढोका, चिंकमुगल, जैशीदेवल, ज्याबहाल हुँदै लगनसम्म लगिन्छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

बालेन सरकार बन्ने भएपछि ज्योति मगर व्यङ्ग गर्दै सोध्छिन् - "अब माइतीघरतिर आन्दोलन र जाम त हुदैन होला नि है?"
26/03/2026

बालेन सरकार बन्ने भएपछि ज्योति मगर व्यङ्ग गर्दै सोध्छिन् - "अब माइतीघरतिर आन्दोलन र जाम त हुदैन होला नि है?"

आशा लाग्दा प्रतिपक्ष नेताहरू ❤️🙏
26/03/2026

आशा लाग्दा प्रतिपक्ष नेताहरू ❤️🙏

Address

Arjundhara
Jhapa District
57205

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Arjundhara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine Of Arjundhara:

Share