Jhapa Express

Jhapa Express सुचना विभाग दर्ता नं. - ३२५५ - २०७८/०७९
कम्पनी दर्ता नं. - २८४७०० - २०७८/०७९
Jhapa Express Media Private Limited

14/09/2026

केरादेखि कालो बेसारसम्म : बहुखेतीमा भविष्य खोज्दै चन्द्रप्रसाद बस्नेत

नारी सम्मान ,समाजको पहिचानहरितालिका तीजको शुभकामना।
14/09/2026

नारी सम्मान ,समाजको पहिचान
हरितालिका तीजको शुभकामना।

13/09/2026

१४ वर्षदेखि कन्काई पुलको प्रतीक्षा, ठेकेदारलाई २ अर्ब जरिवाना,सास्ती भने जनताले भोग्दै

12/09/2026

ब्राउन सुगरसहित झापाको पेच्करटोलबाट दुई जना पक्राउ

झापा गाउँपालिकामा महिलामाथि जबर्जस्ती करणीको आरोप, एक जना पक्राउझापा एक्सप्रेस — झापा गाउँपालिका–७ स्थित मदरगाछ टोलमा एक...
11/09/2026

झापा गाउँपालिकामा महिलामाथि जबर्जस्ती करणीको आरोप, एक जना पक्राउ

झापा एक्सप्रेस — झापा गाउँपालिका–७ स्थित मदरगाछ टोलमा एक महिलामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार ३५ वर्षीय सन्त गणेशले ३८ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको आरोप लागेको हो। प्रहरीका अनुसार घटना भदौ २० गते राति करिब ९ बजे भएको बताइएको छ।

प्रहरीको विवरणअनुसार पीडित महिला खाना खाइसकेपछि घरबाहिर रहेको ट्युवेलमा भाँडा माझिरहेको अवस्थामा आरोपितले मादक पदार्थ सेवन गरी जबर्जस्ती करणी गरेको आरोप छ।

घटनाबारे पीडितले भदौ २५ गते साँझ करिब ५ः३० बजे जिल्ला प्रहरी कार्यालय झापामा लिखित जाहेरी दिएपछि प्रहरीले तत्काल अनुसन्धान अघि बढाएको हो। जाहेरीपछि शरणामती प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो।

प्रहरी टोलीले आरोपितलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापा ल्याउने तयारी गरिरहेको जनाएको छ। पीडित महिलालाई स्वास्थ्य तथा शारीरिक परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको र अनुसन्धानका क्रममा प्राप्त हुने तथ्यका आधारमा थप विवरण सार्वजनिक गरिने प्रहरीले जनाएको छ।

10/09/2026

लमजुङमा उद्दार गरेर ल्याएको चितुवा पिंजडाबाट फुत्किएपछि
भिडियो: आश गुरुङ (लमजुङ)

08/09/2026

रातारात गायब भएको होइन एटलान्टिक महासागर, अर्जेन्टिनाको समुद्र किन यसरी पछाडि हट्यो?

इन्डोनेसियामा ज्वालामुखी विस्फोट भएपछि हजारौँ मानिसलाई घर छाड्न आदेश दिइएको छ। ज्वालामुखीको केही भाग समुद्रमा खसेर सुनाम...
08/09/2026

इन्डोनेसियामा ज्वालामुखी विस्फोट भएपछि हजारौँ मानिसलाई घर छाड्न आदेश दिइएको छ। ज्वालामुखीको केही भाग समुद्रमा खसेर सुनामी आउन सक्ने आशंकापछि अधिकारीहरूले उच्च सतर्कता अपनाएका हुन्।

उत्तरी सुलावेसीको रुआङ पर्वतमा रहेको ७२५ मिटर अग्लो ज्वालामुखी २४ घण्टाभित्र कम्तीमा पाँचपटक विस्फोट भएको इन्डोनेसियाको ज्वालामुखी तथा भूगर्भीय विपद् न्यूनीकरण केन्द्रले जनाएको छ।

विस्फोटपछि ज्वालामुखीबाट ठूलो मात्रामा खरानी आकाशतर्फ उडेको छ। अधिकारीहरूले पर्वतको केही भाग समुद्रमा खसेमा सुनामी आउन सक्ने भन्दै जोखिम क्षेत्रमा रहेका मानिसलाई तत्काल सुरक्षित स्थानमा जान निर्देशन दिएका छन्।

जोखिम क्षेत्रबाट कम्तीमा ३.७ माइल टाढा रहन भनिएको छ। ज्वालामुखी नजिकैको मानाडोस्थित साम रतुलाङ्गी विमानस्थलसमेत बन्द गरिएको छ। विमानस्थल बन्द हुँदा अहिलेसम्म नौ वटा उडान प्रभावित भएका छन्।

जोखिममा रहेका करिब ११ हजार मानिसलाई क्षेत्र खाली गर्न आदेश दिइएको छ। विशेषगरी ज्वालामुखीको उत्तरपूर्वमा पर्ने तागुलान्दाङ टापुका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने तयारी गरिएको छ।

उनीहरूलाई नजिकको शहरमा लैजाने तयारी छ, जहाँ पुग्न डुंगाबाट करिब ६ घण्टा लाग्ने बताइएको छ।

इन्डोनेसिया प्रशान्त महासागर आसपासको ‘रिङ अफ फायर’ क्षेत्रमा पर्ने भएकाले त्यहाँ ज्वालामुखी तथा भूकम्पीय गतिविधि नियमित देखिन्छ। करिब २७ करोड जनसंख्या भएको यस देशमा १२० वटा सक्रिय ज्वालामुखी रहेको बताइएको छ।

अधिकारीहरूलाई सन् २०१८ को घटनाले समेत चिन्तित बनाएको छ। त्यसबेला इन्डोनेसियाको अनाक क्राकाटाउ ज्वालामुखीको केही भाग समुद्रमा खस्दा सुनामी आएको थियो। उक्त घटनामा सुमात्रा र जाभाका तटीय क्षेत्रमा ठूलो क्षति हुनुका साथै ४३० जनाको मृत्यु भएको थियो।

हाल रुआङ ज्वालामुखीबाट उत्पन्न जोखिमलाई ध्यानमा राख्दै उद्धार तथा विस्थापन कार्यलाई तीव्र पारिएको छ।

यही भाद्र २६ गते शुक्रबार डाक्टरको विशेषज्ञ सेवा लिनुहोस।प्रधान मेडिसिन एण्ड डायग्नेष्टिक सेन्टर,सुरुङ्गामाछाला, कपाल, च...
08/09/2026

यही भाद्र २६ गते शुक्रबार डाक्टरको विशेषज्ञ सेवा लिनुहोस।

प्रधान मेडिसिन एण्ड डायग्नेष्टिक सेन्टर,सुरुङ्गामा

छाला, कपाल, चाया–पोतो, डन्डीफोर, यौन तथा सौन्दर्यसम्बन्धी कुनै समस्या छ? विशेषज्ञ डाक्टरसँग प्रत्यक्ष परामर्श लिनुहोस्।

फोनबाटै नाम दर्ता तथा Appointment लिन सकिनेछ।

07/09/2026

कैदीबन्दीले दिए बेडबिस्तारा, मृतकको सम्झनामा बालियो दीप

Address

Jhapa District
57200

Alerts

Be the first to know and let us send you an email when Jhapa Express posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jhapa Express:

Shortcuts

Share