20/08/2026
लखनपुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटनसँगै बर्थिङ सेन्टर सेवा शुभारम्भ
झापा । कमल गाउँपालिका–६ स्थित लखनपुर स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन, जग्गादाता सम्मान तथा बर्थिङ सेन्टर सेवा शुभारम्भ गरिएको छ।
स्थानीय नागरिकलाई सहज, गुणस्तरीय तथा भरपर्दो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएको स्वास्थ्य चौकीको नवनिर्मित भवन एक कार्यक्रमबीच कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले उद्घाटन गर्नुभएको हो।
कार्यक्रमको औपचारिक उद्घाटन अध्यक्ष राईले पानसमा बत्ती बालेर गर्नुभएको थियो। त्यसैगरी नवनिर्मित भवनको रिबन काटेर उद्घाटन गरिएको थियो भने भवन निर्माणसँग सम्बन्धित शिलालेखको पर्दासमेत अध्यक्ष राईले हटाउनुभएको थियो।
कार्यक्रममा कमल गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दिपक प्रसाद दाहालले स्वागत मन्तव्य राख्दै लखनपुर स्वास्थ्य चौकीको सेवा विस्तारसँगै स्थानीय नागरिकले स्वास्थ्य उपचारका लागि टाढा जानुपर्ने बाध्यता क्रमशः अन्त्य हुँदै गएको बताउनुभयो। उहाँले बर्थिङ सेन्टर सेवा सञ्चालनमा आएसँगै विशेषगरी गर्भवती तथा सुत्केरी महिलालाई स्थानीयस्तरमै सुरक्षित र सहज प्रसूति सेवा उपलब्ध हुने विश्वास व्यक्त गर्नुभयो।
नवनिर्मित भवनसँगै स्वास्थ्य चौकीबाट प्रदान हुँदै आएका स्वास्थ्य सेवामा थप सहजता आउने अपेक्षा गरिएको छ। पर्याप्त तथा व्यवस्थित पूर्वाधारले स्वास्थ्यकर्मीलाई सेवा प्रवाह गर्न सहज हुने र सेवाग्राहीले पनि सुरक्षित तथा अनुकूल वातावरणमा स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण बनेको छ।
कार्यक्रममा स्वास्थ्य संस्थाका लागि जग्गा उपलब्ध गराउने शान्तिराम कुइँकेल तथा स्व. चन्द्रकला कुइँकेल का काइला छोरा तुलसी प्रसाद कुइकेल लाई खादा दोसल्ला ओडाइ तथा सम्मान पत्र दिई सम्मान गरिएको थियो। स्वास्थ्य संस्था निर्माणका लागि जग्गा उपलब्ध गराएर स्थानीय समुदायको स्वास्थ्य सेवामा पुर्याएको योगदानको कदर गर्दै उहाँहरूलाई सम्मान गरिएको हो।
श्री वाणी मा वि का पुर्व प्र अ तथा समाजसेवी
स्थानिय कमल ६ निवासी दिलिप सङ्रौलाले नव निर्मित भवन उत्घाटन तथा बर्थिङ्ग सेन्टर को स्थापन सेवा बिस्ताअर भएकोमा तथा प्रदेश सरकार बाट अध्यक्ष हुकुम सिह राई को पहल मा स्वास्थ्य सामाग्री ल्याइ लखनपुर स्वास्थ्य चौकिमा सामाग्री उपकरण हस्तान्तरण गरेको साथै पलिकाले जग्गा दाताको नाम भवनको भित्तामा शिलालेख मा लेखेको तथा जग्गादाता लाऐ सम्मान गरेकोमा खुशी हुँदै शुभकामना व्यक्त गर्नु भयो ।साथै आगामी दिनमा सेवा प्रवाह चुस्त दुरुस्त गर्न सुझाब समेत दिनुभयो ।
यस्तै जग्गादाता तुलसी प्रसाद कुइकेल ले आफ्ना अग्रज पिता हजुर बुवा हरुले जोडेको जग्गाको बल्ल मुल्यांकन भएको र भवन बनेकोमा पालिका लाई धन्यबाद दिदै आगामी दिन म यश स्वास्थ्य चौकी बाट सेवा बिस्तार होस साथै सडक को गुणस्तर लखनपुर स्वास्थ्य चौकी सम्म राम्रो होस भनी कामना सुझाब ब्यक्त दिनुभयो ।
प्र प्र अ केशव कुमार ढकाल ले स्वास्थ्य चौकिको स्तर उन्नतीमा हाम्रो ध्यान छ भनी बताउनु भयो ।
कमल गाउपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले सेवा विस्तार मा कसरत गरिने बताउनु भयो ।
कार्यक्रममा बोल्दै कमल गाउँपालिका अध्यक्ष तथा कार्यक्रम का प्रमुख अतिथी हुकुमसिंह राईले स्वास्थ्य क्षेत्रलाई गाउँपालिकाले उच्च प्राथमिकतामा राख्दै आएको बताउनुभयो। उहाँले भौतिक पूर्वाधार निर्माणसँगै स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवालाई समेत थप प्रभावकारी र गुणस्तरीय बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।
अध्यक्ष राईले स्थानीय नागरिकले आधारभूत स्वास्थ्य सेवा लिनकै लागि टाढा धाउनुपर्ने अवस्थाको अन्त्य गर्दै गाउँमै आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउनेतर्फ गाउँपालिका निरन्तर अघि बढिरहेको बताउनुभयो। बर्थिङ सेन्टर सञ्चालनले स्थानीय महिलालाई सुरक्षित प्रसूति सेवामा पहुँच बढाउने विश्वाससमेत उहाँले व्यक्त गर्नुभयो।
अध्यक्ष राइले एक्स रे सेवा बिस्तार गरिने , डाक्टर सहित को सेवा यहि लखनपुर स्वास्थ्य चौकी बाट दिने, स्वास्थ्य बिमा कार्यक्रम सन्चालन का लागि पकृया अगाडि बढाइने जानकारी दिनु भयो ।
साथै अध्यक्ष राइले टिटानस/रेविज लगायत का खोप हान्नकालागी दमक अन्यन्त्र जानू पर्ने अवस्था अन्त्य गरेर लखनपुर स्वास्थ्य चौकिमा यो सेवा पाउने अवस्था ल्याउछौ ।यहाँ आउने थोरै बाकी सडक पनि चाडो स्तर उन्नती गरिने प्रतिवद्दता ब्यक्त गर्नु भयो । स्वास्थ्य चौकी भवन २५७१८४३८ रुपैयामा ३ वर्ष मा बनेको अध्यक्ष राई ले जानकारी दिनु भयो ।
कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी, स्थानीयवासी, महिला स्वास्थ्य स्वयम् सेविका, जग्गादाता, पत्रकार तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
लखनपुर स्वास्थ्य चौकीको नयाँ भवन निर्माण तथा बर्थिङ सेन्टर सेवा सञ्चालनसँगै कमल गाउँपालिका–६ सहित आसपासका नागरिकले थप व्यवस्थित, सुरक्षित र सहज स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ।
“खुसी राखौँ बालबालिकाको मुहार, बालमैत्री कमल समृद्धिको आधार” भन्ने भावनालाई आत्मसात् गर्दै गाउँपालिकाले स्वास्थ्य तथा सामाजिक विकासका क्षेत्रमा पूर्वाधारसँगै सेवाको गुणस्तर अभिवृद्धिलाई प्राथमिकतामा राखेको जनाएको छ।
कमल ६ वडा अध्यक्ष नगेन्द्र भट्टराई को अध्यक्ष ता मा भएको कार्यक्रम मा सबै उपस्थित महानुभव हरु तथा लखनपुर स्वास्थ्य चौकी यो अवस्था सम्म ल्याउन सहयोग गर्नुहुने सबै सहयोगी मन हरुलाइ धन्यबाद दिदै अध्यक्ष भट्टराई ले कार्यक्रम सम्पन्न गर्नुभएको थियो ।