Routine Of Rajgadh Bajar

Routine Of Rajgadh Bajar देश तथा विदेशका सम्पुर्ण समाचार,सुचना तथा अन्य सम्पुर्ण जानकारीका लागि हाम्रो पेज लाईक गर्नुहोला !

31/08/2026

चैतुवारी बजारदेखि राजगढ जाने सडकखण्डअन्तर्गत तलको टर्निङमा भर्खरै टेम्पो दुर्घटना भएको छ।

प्रत्यक्षदर्शीका अनुसार तीव्र गतिमा रहेको टेम्पो अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा टेम्पोमा सवार करिब ३ देखि ४ जना यात्रु घाइते भएका छन्।

घाइतेहरूको अवस्था तथा उपचार सम्बन्धी विस्तृत विवरण आउन बाँकी रहेको छ।

स्थानीयवासीहरूले उक्त सडकखण्डमा टेम्पो चालकहरूको लापरवाही र अत्यधिक गतिका कारण पटक–पटक दुर्घटना हुने गरेको बताएका छन्। सडकको घुम्ती तथा जोखिमयुक्त स्थानमा समेत तीव्र गतिमा सवारी चलाउने प्रवृत्तिका कारण दुर्घटनाको जोखिम बढ्दै गएको स्थानीयको गुनासो छ।

सम्बन्धित निकायले सडक सुरक्षा तथा सवारीको गति नियन्त्रणमा ध्यान दिनुपर्ने स्थानीयको माग रहेको छ।

Video: Bhakti Niraula

भोटेकोशी बाढीः दुई हजार ७४२ को उद्धार, ७८८ जनाको श'व फेला
31/08/2026

भोटेकोशी बाढीः दुई हजार ७४२ को उद्धार, ७८८ जनाको श'व फेला

होर्मुजमा फेरि तनाव : अमेरिकी हमलापछि इरानको जवाफी मिसाइल प्रहार, तेलको मूल्य बढ्यो
31/08/2026

होर्मुजमा फेरि तनाव : अमेरिकी हमलापछि इरानको जवाफी मिसाइल प्रहार, तेलको मूल्य बढ्यो

🚨 १० मिनेटको निर्णयले जोगायो ९०० विद्यार्थीको ज्याननुवाकोट । गत बुधबार आएको विनाशकारी बाढीबाट त्रिभुवन त्रिशूली माध्यमिक...
31/08/2026

🚨 १० मिनेटको निर्णयले जोगायो ९०० विद्यार्थीको ज्यान

नुवाकोट । गत बुधबार आएको विनाशकारी बाढीबाट त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयका करिब ९०० विद्यार्थीको ज्यान प्रधानाध्यापक राजेन्द्र दवाडीको समयमै लिइएको निर्णयका कारण जोगिएको छ।

बाढीको चेतावनी आएलगत्तै बिहान करिब ९:१० बजे विद्यालय खाली गराउँदै विद्यार्थीलाई सुरक्षित अग्लो स्थानमा सारिएको थियो। विद्यार्थी बोकेर विद्यालयतर्फ आउँदै गरेका बसलाई समेत फर्काएर सुरक्षित स्थानतर्फ पठाइएको थियो।

विद्यालय सुरक्षित स्थानमा सारेको करिब १० मिनेटमै भीषण बाढी आएको थियो। बाढीले विद्यालय भवनसहित आसपासको क्षेत्र हिलो र भग्नावशेषले पुरेको थियो।

प्रधानाध्यापक दवाडीका अनुसार, “१० मिनेट मात्र ढिला भएको भए विद्यार्थी र हामीमध्ये कोही पनि आज बोल्न सक्ने अवस्थामा हुने थिएनौँ।”

विद्यालयकी १६ वर्षीया छात्रा युनिशा अमात्यले पनि आफू र साथीहरू केवल १० सेकेन्डको अन्तरले बाँच्न सफल भएको बताएकी छन्।

समयमै सूचना पाएर तत्काल निर्णय लिन सकेकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको हो। प्रधानाध्यापक दवाडीले भविष्यमा यस्ता विपत्तिबाट जोगिन प्रभावकारी पूर्वचेतावनी प्रणाली आवश्यक रहेको बताएका छन्।

📌 समाचार स्रोत: प्रदेश खबर

सिलिगुडी घुम्न मोटरसाइकलमा निस्किएका झापाको भद्रपुरका मामा–भान्जाको भारतको बतासीमा भएको सवारी दुर्घ'टनामा मृ'त्यु भएको छ...
31/08/2026

सिलिगुडी घुम्न मोटरसाइकलमा निस्किएका झापाको भद्रपुरका मामा–भान्जाको भारतको बतासीमा भएको सवारी दुर्घ'टनामा मृ'त्यु भएको छ। भद्रपुर नगरपालिका–५ सुन्दरबस्तीका २५ वर्षीय विजय सहनी र उनका मामा ३१ वर्षीय अशोक सहनीको दुर्घ'टनामा मृ'त्यु भएको हो।

प्राप्त विवरणअनुसार विजयले भदौ ११ गते जन्मदिन मनाएका थिए। फुर्सदको समय सदुपयोग गर्दै उनी मामा अशोकसँगै सोमबार बिहान करिब ७ बजे मोटरसाइकलमा सिलिगुडी घुम्न घरबाट निस्किएका थिए।

सिलिगुडी जाने क्रममा भारतको पश्चिम बंगालस्थित बतासी अधिकारी बाइपास रोडअन्तर्गत केलाबारी क्षेत्रमा तीव्र गतिमा आएको आर्टिका कारले उनीहरू सवार मोटरसाइकललाई ठक्क'र दिएको थियो। कारको ठ'क्क'रबाट विजयको घट'नास्थलमै मृ'त्यु भएको थियो। दुर्घ'टनामा ग''म्भीर घा'इते भएका अशोकलाई उप'चारका लागि अस्पताल लगिएको थियो। उ'पचारकै क्रममा उनको पनि मृ'त्यु भएको बताइएको छ। दुर्घ'टनापछि कार चालक फ'रार भएका थिए। भारतीय सञ्चारमाध्यमका अनुसार प्रहरीले फ'रार चालकलाई पक्रा'उ गरेको छ। प'क्राउ परेका चालकलाई सोमबार अदालतमा पेस गरिएको जनाइएको छ।

एकै परिवारका मामा–भान्जाको भारतमा भएको दुर्घटनामा मृ'त्यु भएपछि भद्रपुर–५ सुन्दरबस्ती शो'कमा डुबेको छ।

30/08/2026

Beautiful View Of Bahradashi Danda ❤️🌻

रसुवा भोटेकोशीका बाढीपीडितहरुको नाममा जथाभावी आर्थिक एवं अन्य राहत सामग्री संकलन गर्ने क्रियाकलाप नगर्न जिल्ला प्रशासन क...
30/08/2026

रसुवा भोटेकोशीका बाढीपीडितहरुको नाममा जथाभावी आर्थिक एवं अन्य राहत सामग्री संकलन गर्ने क्रियाकलाप नगर्न जिल्ला प्रशासन कार्यालय झापाले चेतावनी दिएको छ ।

झापामा विभिन्न व्यक्ति र संघ संस्थाहरुले बाढी प्रभावितहरुको नाममा राहत संकलन गर्न थालेपछि जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी त्यस्तो चेतावनी दिएको हो । यो सूचना विपरितको कार्य कुनै व्यक्ति वा संघ संस्थाले गरेको पाइएमा नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालय , जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेडक्वार्टर झापामा जानकारी गराउन अनुरोध गरिएको छ ।

कार्यालयले आर्थिक सहयोग गर्न चाहनु हुने इच्छुक व्यक्ति, संघ संस्थाहरुले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खाता नं. यकिन गरेर मात्र सहयोग रकम जम्मा गर्न अनुरोध गरेको छ ।

30/08/2026

🛒 बिर्तामोड भाटभटेनीमा ग्राहकको घुइँचो!

🛒 बिर्तामोड भाटभटेनीमा ग्राहकको घुइँचो!झापाको बिर्तामोडस्थित भाटभटेनी सुपरमार्केट भदौ १४ गते आइतबारदेखि औपचारिक रूपमा पू...
30/08/2026

🛒 बिर्तामोड भाटभटेनीमा ग्राहकको घुइँचो!

झापाको बिर्तामोडस्थित भाटभटेनी सुपरमार्केट भदौ १४ गते आइतबारदेखि औपचारिक रूपमा पूर्ण सञ्चालनमा आएको छ। सञ्चालनको सुरुवातसँगै किनमेलका लागि ग्राहकको उल्लेख्य भीड देखिएको छ।

बिर्तामोडमा भाटभटेनीको आगमनसँगै स्थानीय उपभोक्तामाझ उत्साह थपिएको छ। 🎉

#बिर्तामोड #भाटभटेनी

राहत कोषमा १ लाख २० हजार रुपैयाँ सहयोग गरेको देखाउँदै नक्कली भौचर तथा स्टेटमेन्ट बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेको आरोप...
30/08/2026

राहत कोषमा १ लाख २० हजार रुपैयाँ सहयोग गरेको देखाउँदै नक्कली भौचर तथा स्टेटमेन्ट बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा रामेछापका एक युवक पक्राउ परेका छन्। 😯

Address

Rajgadh
Jhapa District
57209

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Rajgadh Bajar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine Of Rajgadh Bajar:

Shortcuts

Share