Nayapaper

Nayapaper Official page : सत्यतथ्य समाचारको लागि कृपया यो पेज Like / Follow गर्नुहोस्। www.nayapaper.com

29/09/2025

सहयोगको अपिल 🙏
झापाको जिल्ला अर्जुनधारा नगरपालिका -५ निवासी १७ वर्षिय अनुष राजवंशी हाल मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भएका छन् । अहिले उनको विर्तासिटी अस्पताल बिर्तामोडमा आइसियुमा उपचार भईरहेको छ । घरको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले उपचारमा ठूलो कठिनाई आइपरेको परिवारको गुनासो छ ।
यस कठिन घडीमा परिवारलाई साथ दिई, सकेको आर्थिक सहयोग गरिदिनुहुन हृदयदेखि नै सबैमा हार्दिक अपिल गर्दछौं।

👉 सहयोग गर्न चाहनुहुने महानुभावहरूले बिरामीकी दिदी अस्मिता राजवंशीको ग्लोबल आइएमई बैंक खाता नं : 02307010131216 मा रकम जम्मा गरिदिनु हुन अनुरोध छ ।
थप जानकारीको लागि : दिदी 980-6082449

तपाईँहरूको सानो सहयोगले पनि अनुषको जीवन बचाउन ठूलो योगदान पुग्नेछ। सेवा नै धर्म हो 🙏

निर्धारित मितिमा निर्वाचन गराउन सरकार प्रतिबद्ध छः प्रधानमन्त्री
29/09/2025

निर्धारित मितिमा निर्वाचन गराउन सरकार प्रतिबद्ध छः प्रधानमन्त्री

काठमाडौं, १३ असोजः प्रधानमन्त्री सुशीला कार्कीले निर्धारित मितिमा निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताउनु....

दसैं नेपाली समाजमा मेलमिलाप र पुनर्मिलनको पर्वः सभामुख घिमिरे
29/09/2025

दसैं नेपाली समाजमा मेलमिलाप र पुनर्मिलनको पर्वः सभामुख घिमिरे

काठमाडौँ, १३ असोजः प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले दसैं नेपाली समाजमा मेलमिलाप र पुनर्मिलनको पर्वका रूपम...

चीनका पूर्व कृषिमन्त्री ताङ रेन्जियानलाई भ्रष्टाचार आरोपमा मृत्युदण्डको फैसला भएको छ । जिलिन प्रान्तमा रहेको चाङ्चुन जन ...
29/09/2025

चीनका पूर्व कृषिमन्त्री ताङ रेन्जियानलाई भ्रष्टाचार आरोपमा मृत्युदण्डको फैसला भएको छ । जिलिन प्रान्तमा रहेको चाङ्चुन जन अदालतले विज्ञप्ति निकालेर ताङलाई भ्रष्टाचार आरोपमा मृत्युदण्डको फैसला भएको जानकारी गराएको समाचारसंस्था एएफपीले जनाएको छ ।

राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना
29/09/2025

राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

काठमाडौँ, १३ असोज : राष्ट्रपति रामचन्द्र पौडेलले तोकिएको निर्वाचन समयमै सम्पन्न गरी जनप्रतिनिधिमूलक संसद् र सरक....

जीप दुर्घटना : दुईजनाको मृत्यु, २४ घाइते
29/09/2025

जीप दुर्घटना : दुईजनाको मृत्यु, २४ घाइते

अर्घाखाँची १३ असोज : अर्घाखाँचीको सन्धिखर्क ९ टारीमा जीप ( फोर्स गाडी ) दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २...

29/09/2025

गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा गम्भीर घाइते भएका नुवाकोटका लक्ष्मण राईको मृत्यु भएको छ ।
पञ्चकन्या गाउँपालिका–२ घर भएका राईको गएराति १२ बजे मृत्यु भएको हो ।

बिर्तामोड–४ स्थित लिटल फ्लावर्स इग्लिस स्कूलले इलाका प्रहरी कार्यालय अनारमनीलाई एक थान मोटरसाइकल प्रदान गरेको छ।
29/09/2025

बिर्तामोड–४ स्थित लिटल फ्लावर्स इग्लिस स्कूलले इलाका प्रहरी कार्यालय अनारमनीलाई एक थान मोटरसाइकल प्रदान गरेको छ।

बिर्तामोड, १३ असोज : बिर्तामोड–४ स्थित लिटल फ्लावर्स इग्लिस स्कूलले इलाका प्रहरी कार्यालय अनारमनीलाई एक थान मोटर...

▪️पूर्व राजा शाहद्वारा दसैँको शुभकामनाकाठमाडौँ, १३ असोज : पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीको उपलक्ष्यमा सबै नेपाली...
29/09/2025

▪️पूर्व राजा शाहद्वारा दसैँको शुभकामना

काठमाडौँ, १३ असोज : पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीको उपलक्ष्यमा सबै नेपालीहरुमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले एक सन्देशमार्फत उहाँले आम शुभेच्छुक नागरिक समुदायलाई आफूबाट विगतमा झैँ बृहत रुपमा टीका जमरा प्रदान नहुने समेत जानकारी गराउनुभएको छ । पूर्वराजा शाहले पूर्वजहरुले नेपालको एकता, अखण्डता, सार्वभौमिकता र सम्प्रभुताको रक्षा गर्न दिएका त्याग र बलिदान नै हाम्रो अस्तित्व, स्वाभिमान र गौरवशाली संस्कृतिको मेरुदण्ड भएको उल्लेख गर्नुभएको छ ।

युवा पुस्ता भविष्यका आधारस्तम्भ भएको र उनीहरुमा निहीत देशभक्तिको भावना, उर्जाशक्ति र नवीन सोचले मात्र राष्ट्रलाई बलियो, समृद्ध र आत्मनिर्भर बनाउने बाटोमा लैजाने उहाँको भनाइ छ ।

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरि...
29/09/2025

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४२ रुपैयाँ २६ पैसा निर्धारण गरिएको छ ।

काठमाडौँ, १३ असोज : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अ...

प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधिअनुसार शुभ सा...
28/09/2025

प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ ।

काठमाडौँ, १३ असोज : प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा ....

कांग्रेस नेतृ आरजु देउवाका भाइ भूषण राणामाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले छानबिन थालेको छ।सिआइबीको टोल...
28/09/2025

कांग्रेस नेतृ आरजु देउवाका भाइ भूषण राणामाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले छानबिन थालेको छ।
सिआइबीको टोली आइतबार दिउँसो गएर जावलाखेलस्थित उनको घरमा गएर बुझ्ने काम गरेको छ ।
स्रोतका अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउवादम्पतीको घरमा जलेको पैसामाथि पनि अनुसन्धान गरिरहेको छ। भूषण ठुला सरकारी ठेक्का र नियुक्तिसम्बन्धी डिलमा संलग्न हुने आरोप लाग्दै आएको छ।

Address

Birtamod Municipality
Jhapa District
57204

Alerts

Be the first to know and let us send you an email when Nayapaper posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nayapaper:

Share