03/09/2025
अब सङ्गीतकार खोजौँ न!
म Nepal Idol जस्तो प्रतिभाको खोजी गर्ने कार्यक्रमको ठूलो प्रशंसक र संभव भएसम्म दर्शक पनि हुँ। Nepal Idol त झन विश्व स्तरको उत्पादन हुँदै हो।
यो पटकको Nepal Idol मा brilliant talent हरू उजागर भए।
तर सङ्गीतकार brilliant भएन भने गायकको आवाज 'मर्छ' भन्दा अतिशयोक्ति नहोला।
नेपाली सङ्गीतमा brilliant गायकको त्यति अभाव छैन। अपवादलाई छोडेर, नेपाली सङ्गीतमा brillaint सङ्गीतकारको अभाव छ।
त्यसैले हिजोआज बेजोड आवाज भएको गायकले गाएका गीतमा समेत 'जीवन्तता र अमरत्व' भेट्टाउन कठिन छ।
Nepal Idol जस्ता reality show का Director/Producer हरूले अब गायनमा होइन, संगीतकारको खोजीमा केन्द्रीत कार्यक्रम गरे कसो होला?
नत्र विशिष्ट आवाजहरूले समेत 'ऐतिहासिकता' गुमाउने छन्।
यस पटककी विजयी गङ्गा सोनाम तथा सम्पूर्ण सहभागीहरूलाई धेरैधेरै वधाई तथा शुभकामना!
Copy from Rabindra Mishra