Routine Of Jhapa Banda

Routine Of Jhapa Banda झापा र पूर्वी नेपालको ताजा समाचार, उपयोगी जानकारी, तथा विविध रोचक सामग्रीका लागि हाम्रो पेजलाई Like वा Follow गर्नुहोस्।
हरेक अपडेट तपाईंको पहुँचमा!🙏

📢 राष्ट्रिय परिचयपत्र तथा राहदानी सेवाग्राहीहरूका लागि विशेष सूचना ।जिल्ला प्रशासन कार्यालय झापाले शून्य बाकी आवेदन (Zer...
12/09/2026

📢 राष्ट्रिय परिचयपत्र तथा राहदानी सेवाग्राहीहरूका लागि विशेष सूचना ।
जिल्ला प्रशासन कार्यालय झापाले शून्य बाकी आवेदन (Zeroing the Backlog) अभियान सुरु गर्दै असोज १५ गते सम्मका लागि राष्ट्रिय परिचय पत्र र राहदानी को सेवा सार्वजनिक बिदाको दिन समेत गरी बिहान ०७:०० बजे देखि बेलुकी ०६:०० बजे सम्म संचालन गर्ने भएको छ ।

11/09/2026

“चीनले एउटै मिसा*इल मात्र हान्यो भने हामी नेपालीहरू ध्व*स्त हुने अवस्थामा छौँ” भन्ने अभिव्यक्ति पनि सार्वजनिक रूपमा आएको छ।

एकातिर रास्वपाका समर्थकहरूलाई ‘घण्टे’ भन्दै लक्षित गर्ने, ‘छाला चिल्ने’ जस्ता शब्द प्रयोग गर्ने र खुला चेतावनी दिने अभिव्यक्ति, अर्कोतिर देशको सुरक्षासँग जोडिएको यस्तो संवेदनशील टिप्पणी—नगेन्द्र संग्रौला Nagendra Sangraula जस्ता जिम्मेवार जनप्रतिनिधि तथा राजनीतिक नेताबाट यस्ता अभिव्यक्ति आउनु कत्तिको उचित हो?

राजनीति गरौँ, तर शब्द र जिम्मेवारी दुवैको मर्यादा राखौँ। जनप्रतिनिधिको बोली व्यक्तिगत मात्र हुँदैन, त्यसले समाजमा पनि प्रभाव पार्छ।

11/09/2026

विर्तामोड नगरपालिकाका उपमेयर तथा एमाले नेता आफैंले रास्वपाका समर्थकहरूलाई ‘घण्टे’ भन्दै सम्बोधन गर्ने र ‘छाला चिल्ने’ जस्ता अभिव्यक्ति प्रयोग गर्दै खुला चेतावनी दिएको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।

जनप्रतिनिधि तथा जिम्मेवार राजनीतिक नेताबाट फरक राजनीतिक विचार राख्ने नागरिकलाई यसरी होच्याउने र चेतावनी दिने भाषा प्रयोग हुनु गम्भीर विषय हो। विचारको विरोध विचारबाटै गरौँ—गाली, अपमान र धम्कीबाट होइन।

जनताको मत र राजनीतिक आस्थालाई सम्मान गर्ने संस्कार नै लोकतन्त्रको आधार हो।

09/09/2026

Mention your iphone 18 gift dine sathi😁: Apple is launching new iPhone 18 series tonight😃

२०८२ भदौ २४ गते राष्ट्रमाथि भएको आक्रमण—तस्बिर आफैं बोल्छ। भन्दै महेश बस्नेतले जलेको घरको तस्बिर सार्वजनिक गर्दै आजको जे...
09/09/2026

२०८२ भदौ २४ गते राष्ट्रमाथि भएको आक्रमण—तस्बिर आफैं बोल्छ। भन्दै महेश बस्नेतले जलेको घरको तस्बिर सार्वजनिक गर्दै आजको जेन–जी आन्दोलनको अवस्था चित्रण गरेका छन्।

भायानेटद्वारा बाढी प्रभावितका लागि रु. २० लाख सहयोगकाठमाडौं — भायानेट कम्युनिकेसन्स लिमिटेडले हालै आएको बाढीबाट प्रभावित...
07/09/2026

भायानेटद्वारा बाढी प्रभावितका लागि रु. २० लाख सहयोग

काठमाडौं — भायानेट कम्युनिकेसन्स लिमिटेडले हालै आएको बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. २० लाख योगदान गरेको छ।

बाढीका कारण प्रभावित परिवार तथा समुदायलाई तत्काल राहत तथा आवश्यक सहयोग उपलब्ध गराउने प्रयासस्वरूप भायानेटले उक्त रकम योगदान गरेको हो।

यस विपद्को कठिन घडीमा बाढीबाट प्रभावित सम्पूर्ण परिवार तथा समुदायप्रति भायानेटले हार्दिक ऐक्यबद्धता र समर्थन व्यक्त गरेको छ। साथै, प्रभावितहरूको शीघ्र राहत, उद्धार तथा पुनःस्थापनाका लागि आवश्यक सहयोगमा निरन्तर साथ दिने प्रतिबद्धता कम्पनीले जनाएको छ।

भायानेटले विपद्का समयमा प्रभावित समुदायको सहयोग र सामाजिक उत्तरदायित्वप्रति आफ्नो प्रतिबद्धता निरन्तर कायम राख्ने जनाएको छ।

06/09/2026

विशेषज्ञ डाक्टर आउनेबारे सूचना
सन्तान प्राप्तिको पर्खाइमा हुनुहुन्छ? 💗
महिला तथा प्रसूति सम्बन्धी समस्या छ?
देशका विभिन्न स्थानमा सफल सेवा प्रदान गरिसक्नुभएकी चर्चित IVF Specialist डा. चेतना श्रेष्ठ यही शनिबार बुढासुब्बा मेडिकल सेन्टर प्रा.लि. एण्ड डेनिस फार्मेसीमा विशेष परामर्शका लागि आउँदै हुनुहुन्छ। 👩‍⚕️
🩺 विशेष सेवा:
• Infertility Consultation
• IVF / IUI सम्बन्धी परामर्श
• Gynecology & Obstetrics
• महिला तथा प्रसूति सम्बन्धी विशेषज्ञ परामर्श
📍 शनिश्चरे रोड, पाथीभरा टोल, रोड नं. ४
📞 नाम दर्ताका लागि: 023-531662
👉 समयमै नाम दर्ता गराई विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्।

बिर्तामोड नगरपालिकामा रहेको वन स्टप महल अगाडि थुप्रिएको फोहोरको यो दृश्यले नगरपालिकाको सरसफाइ व्यवस्थापनप्रति गम्भीर प्र...
05/09/2026

बिर्तामोड नगरपालिकामा रहेको वन स्टप महल अगाडि थुप्रिएको फोहोरको यो दृश्यले नगरपालिकाको सरसफाइ व्यवस्थापनप्रति गम्भीर प्रश्न उठाएको छ। जनताको स्वास्थ्य र स्वच्छ वातावरणका लागि नगरपालिकाको ध्यान र बजेट यस्ता समस्याको दीर्घकालीन समाधानतर्फ केन्द्रित रहोस् !!
Pc : Madhav kuram Jha

बुद्धशान्तिमा कर्मचारी भर्ना विवाद, १:१० प्रारम्भिक छनोटप्रति आवेदकको आपत्तिबुधबारे, झापा । बुद्धशान्ति गाउँपालिकाले सहा...
04/09/2026

बुद्धशान्तिमा कर्मचारी भर्ना विवाद, १:१० प्रारम्भिक छनोटप्रति आवेदकको आपत्ति

बुधबारे, झापा । बुद्धशान्ति गाउँपालिकाले सहायक कम्प्युटर अपरेटर पदका लागि गरेको १:१० अनुपातको प्रारम्भिक छनोट प्रक्रियाप्रति आवेदकहरूले आपत्ति जनाएका छन्।

फाराम भरेर परीक्षा शुल्क बुझाएका अधिकांश आवेदकलाई लिखित परीक्षाबाट वञ्चित गरिएको भन्दै उनीहरूले छनोटको आधार र मापदण्ड पारदर्शी रूपमा सार्वजनिक गर्न माग गरेका छन्।

आवेदकहरूले आवेदन र शुल्क लिइसकेपछि सीमित उम्मेदवारलाई मात्र परीक्षामा सहभागी गराउनु न्यायोचित नभएको बताएका छन्। उनीहरूले प्रारम्भिक छनोटको स्पष्ट आधार सार्वजनिक गर्न गाउँपालिकासँग माग गरेका छन्।

गाउँपालिकाको सूचनाअनुसार प्रारम्भिक छनोटमा परेका उम्मेदवारको लिखित परीक्षा २०८३/०५/२५ गते बिहान ८ बजे गाउँ कार्यपालिकाको कार्यालय, बुधबारेमा हुनेछ।

04/09/2026

श्री कृष्ण जन्माष्टमीको शुभकामना 💝
जय श्री कृष्ण 🕉️💝

Address

Jhapa District
57200

Alerts

Be the first to know and let us send you an email when Routine Of Jhapa Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine Of Jhapa Banda:

Shortcuts

Share