22/07/2025
जेसिज सप्ताह २०२५ को आज दोश्रो दिन (श्रावण ६ गते ) पनि सतासीधाम जेसीजले विभिन्न कार्यक्रम संचालन गरेको छ । आजको पहिलो कार्यक्रम अन्तर्गत ब्याटमिन्टन प्रतियोगिता बिहान् ६ बजे देखि सतासीधाम जेसीजको भवन दुधेमा सेमिफाइनल सम्मको खेल समाप्त भएको जानकारी सो कार्यक्रमका सम्योजक जेसि सचिन श्रेष्ठले जानकारी दिनुभएको छ। त्यसैगरी दोस्रो कार्यक्रम ट्राफिक सचेतना सामाग्री हस्तान्तरण तथा जेब्रा क्रस निर्माण सिवसताक्षी १० माइधार प्रहरी बिट अघि विभिन्न संघ सस्थाको उपस्थितिमा विशेष कार्यक्रम गरि सम्पन्न भएको कार्यक्रम सम्योजक जेसि सरु अधिकारी खत्रीले जानकारी दिनु भयो। सो कार्यक्रममा सिवसताक्षी वडा न . १० का जनप्रतिनिधि दिपक कुमार पोख्रेल, कार्यक्रम मुल सम्योजक जेसि रिता कोइराला, कार्यक्रम सम्योजक जेसि सरु अधिकारी खत्री, माइबेनि महिला बचत तथा ऋण सहकारी अध्यक्ष रोहिता भट्टराई र झिलझिले ईलाका ट्राफिक बरिस्ठ हवल्दारले मन्तव्य रख्नुभएको थियो ।
भोलि ७ श्रावण लागूपदार्थ दुव्र्यसनी विरुद्ध जनचेतनामूलक कार्यक्रम सतासीधाम वाड न. ९ र ११दुधे मा बिहान १० बजे बाट शुरु हुने जानकारी सतासीधाम जेसीज अध्यक्ष बर्ष-२०२५ पदम कुँवरले जानकारी दिनुभएको छ।