Damak Town

Damak Town सुचना विभाग दर्ता : ५३४७ -२०८२/२०८३
www.damaktown.com
tiktok.com/

पर्यटन वन तथा वातावरण मन्त्री खिनु लङ्वा लिम्बूले इलामको सूर्योदय नगरपालिका–२ पशुपतिनगरमा पर्यटन सुचना केन्द्रको निरिक्ष...
09/09/2026

पर्यटन वन तथा वातावरण मन्त्री खिनु लङ्वा लिम्बूले इलामको सूर्योदय नगरपालिका–२ पशुपतिनगरमा पर्यटन सुचना केन्द्रको निरिक्षण गर्नुहुँदै ।

भोटेकोशी बाढीपछि टुटेको यातायात जोडिँदै, देवीघाटमा एक्रो ब्रिज जडान सम्पन्ननुवाकोट। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बा...
09/09/2026

भोटेकोशी बाढीपछि टुटेको यातायात जोडिँदै, देवीघाटमा एक्रो ब्रिज जडान सम्पन्न

नुवाकोट। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पक्की पुल बगाएपछि ठप्प बनेको नुवाकोटको देवीघाट क्षेत्रमा यातायात सहज बनाउन नेपाली सेनाले ५ दिन अगाडि सुरु गरेको एक्रो ब्रिज जडानको कार्य केही बेर अघि सम्पन्न भएको छ। सेनाको टोलीले निरन्तर खटिएर पुल जडान पूरा गरेको हो।

नयाँ पुल जडान भएसँगै भोलिदेखि पैदलयात्रीहरूका लागि आवतजावत खुला गरिने भएको छ भने पर्सिदेखि सवारी साधनहरू समेत सञ्चालनमा आउने छन्।

यसअघि भोटेकोशीको बाढीले यहाँ रहेको पक्की पुल बगाएपछि नुवाकोट र आसपासका क्षेत्रको यातायात सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो।

सेनाले छोटो समयमै पुल जडान गरेपछि स्थानीयवासी, व्यापारी तथा यात्रुहरूलाई राहत मिलेको छ।

जेई खोप अभियानमा कमलको सक्रियता, अध्यक्ष राई भन्छन्– ‘कोही पनि नछुटून्’
09/09/2026

जेई खोप अभियानमा कमलको सक्रियता, अध्यक्ष राई भन्छन्– ‘कोही पनि नछुटून्’

कमल, झापा । झापामा जापानी इन्सेफ्लाइटिस (जेई) को संक्रमणसँगै मृत्युसमेत बढेपछि जोखिम न्यूनीकरणका लागि जिल्लामै व...

09/09/2026

चिलिमेमा नेपाली सेनाको उद्धार तथा पुनर्निर्माण तीव्र

रसुवास्थित चिलिमे जलविद्युत् आयोजनामा बाढीपछि नेपाली सेनाले खोज, उद्धार र पहुँचमार्ग पुनर्निर्माण तीव्र बनाएको छ। सर्भिस टनेलसम्मको सडक खुलाउने कामसँगै आवतजावतका लागि रोप टाँगिएको छ।
भदौ १० गतेदेखि जारी खोजीमा हालसम्म २ शव फेला परेका छन्। भदौ १४ देखि नेपाली र भारतीय सेनाको विशेषज्ञ टोलीले संयुक्त खोजी गर्दै सुरुङभित्र १०५ मिटरसम्म प्रवेश गरेको छ। दलदल हटाउन एस्काभेटर प्रयोग गरी खोजी कार्य जारी छ।

कमल गाँउपालिका २ नं वडा मार्फत भूमि आयोगका लागी भूमिहिन दलित / भूमिहिन सुकुम्बासी शीर्षकहरुमा फाराम भर्नुहुने व्यक्तिहरु...
09/09/2026

कमल गाँउपालिका २ नं वडा मार्फत भूमि आयोगका लागी भूमिहिन दलित / भूमिहिन सुकुम्बासी शीर्षकहरुमा फाराम भर्नुहुने व्यक्तिहरुको ७ दिने दावी बिरोध सम्बन्धी सूचना प्रकाशित गरिएको छ । २ नं. वडा कार्यालय, कमल गाउँपालिका, तोपगाछी, झापा भिम बहादुर कार्की Ashesh Bhattarai

धेरै दिनपछि को वर्षापछि केर्खा बजार।तस्वीरहरु: उसब दाहाल
09/09/2026

धेरै दिनपछि को वर्षापछि केर्खा बजार।

तस्वीरहरु: उसब दाहाल

09/09/2026

पानी पर्दा कतिले यसरी बोरा/ प्लास्टिक ओढनु भयो

09/09/2026

बनेपामा मुसलधारे पानी

कमल गाउँपालिकाका कर्मचारी पर्शुराम तिम्सिनालाई सम्मानसहित बिदाइकमल । झापा, साविक तोपगाछी गाउँ पञ्चायतमा वि.सं. २०४६ सालद...
09/09/2026

कमल गाउँपालिकाका कर्मचारी पर्शुराम तिम्सिनालाई सम्मानसहित बिदाइ

कमल । झापा, साविक तोपगाछी गाउँ पञ्चायतमा वि.सं. २०४६ सालदेखि स्थायी नियुक्ति भई कमल गाउँपालिकामा अविच्छिन्न रूपमा सेवा गर्दै आउनुभएका सहायक पाँचौँ पर्शुराम तिम्सिनालाई स्वेच्छिक अवकाशको अवसरमा सम्मानसहित बिदाइ गरिएको छ।

कमल गाउँपालिकाले उहाँले लामो समयसम्म पुर्‍याउनुभएको योगदानको उच्च मूल्याङ्कन गर्दै एक कार्यक्रमबीच प्रशंसा–पत्र तथा नगदसहित सम्मान गर्दै बिदाइ गरेको हो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार ढकालले प्रशंसा–पत्र प्रदान गर्दै तिम्सिनाको दीर्घकालीन सेवाप्रति सम्मान व्यक्त गर्नुभयो। कार्यक्रममा गाउँपालिकाका कर्मचारीलगायतको उपस्थिति रहेको थियो।
बिदाइका क्रममा तिम्सिनाको अवकाशपछिको जीवन सुखद, स्वस्थ, सक्रिय, गतिशील तथा ऊर्जामय रहोस् भन्ने शुभकामना व्यक्त गरिएको थियो।

तिम्सिनाले २०४६ सालदेखि निरन्तर सरकारी सेवामा रही साविक तोपगाछी गाउँ पञ्चायत हुँदै कमल गाउँपालिकाको सेवा प्रवाहमा योगदान पुर्‍याउनुभएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत केशव कुमार ढकालले बताउनुभयो।
Keshab Kumar Dhakal कमल गाउँपालिका Kamal Rural Municipality

इलाका प्रशासन कार्यालय दमकले राहदानी र राष्ट्रिय परिचयपत्रको फारम नि:शुल्क भरिदिने
09/09/2026

इलाका प्रशासन कार्यालय दमकले राहदानी र राष्ट्रिय परिचयपत्रको फारम नि:शुल्क भरिदिने

Address

दमक
Jhapa District

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Damak Town posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

l="false"> Add listing
  • Login
  • Subscribe

    We will notify you when anything happens in Jhapa District.