Damak Town

Damak Town सत्य खवर, सधैं नजिक ! समाजमा भएका समसामयिक विषय उठाउनु । व्यवसाय दर्ता नम्बर - ०५-१८-०१२७

यदि तपाईंलाई जागिरको आवस्यक छ भने हामीलाई सम्जिनु होला तर तपाईं सङ bike र bike को लाइसेन्स हुनुपर्ने छ र तपाईंको बसेबास ...
25/10/2025

यदि तपाईंलाई जागिरको आवस्यक छ भने हामीलाई सम्जिनु होला तर तपाईं सङ bike र bike को लाइसेन्स हुनुपर्ने छ र तपाईंको बसेबास दमक वरिपरि भएको हुदा राम्रो हुने छ।
सम्पर्क नम्बर : 9700490066/9705417506

25/10/2025

लायन्स क्लब दमकद्वारा १५ वर्षिय बराललाई आँखा अप्रेसनका लागि नगद रु. ७२ हजार सहयोग हस्तान्तरण

Lion Bhim Poudel

हेप्पी नेपालका स्वयंसेवक राजेन्द्र गुरुङ्ग सुरक्षित अवस्थामा फेलादमक । हेप्पी नेपालमा उपचारपछि स्वयंसेवकका रूपमा कार्यरत...
25/10/2025

हेप्पी नेपालका स्वयंसेवक राजेन्द्र गुरुङ्ग सुरक्षित अवस्थामा फेला

दमक । हेप्पी नेपालमा उपचारपछि स्वयंसेवकका रूपमा कार्यरत रहेका राजेन्द्र गुरुङ्ग २०८२ असोज २५ गतेदेखि हराइरहेका थिए। निरन्तर खोजतलास र विभिन्न निकाय, समुदायजन तथा सञ्चारमाध्यमहरूको सहयोगपछि उहाँ सुनसरीको धरानमा सुरक्षित अवस्थामा फेला परेका छन्।

हेप्पी नेपालका अध्यक्ष कुमार गुरुङ्ग स्वयं धरान पुगेर फेला परेका गुरुङ्गलाई सुरक्षित रूपमा ल्याई उहाँकी बहिनी मुना गुरुङ्गलाई औपचारिक रूपमा बुझाएको संस्थाले जनाएको छ।

गुरुङ्गको खोजीमा सहयोग र साथ प्रदान गर्ने प्रहरी प्रशासन, सञ्चारकर्मी, समाजसेवी, सामाजिक सञ्जालका प्रयोगकर्ता तथा सबै शुभेच्छुहरूलाई हेप्पी नेपाल परिवारले धन्यवाद व्यक्त गरेको छ।

मोरङको केराबारीबाट हराएकी १४ वर्षीया किशोरी सुरक्षित भेटिनमोरङ । मोरङ जिल्लाको केराबारी गाउँपालिका–३ स्थित आफ्नै घरबाट ह...
25/10/2025

मोरङको केराबारीबाट हराएकी १४ वर्षीया किशोरी सुरक्षित भेटिन

मोरङ । मोरङ जिल्लाको केराबारी गाउँपालिका–३ स्थित आफ्नै घरबाट हराएकी १४ वर्षीया रेनुका मगरलाई प्रहरीले सुरक्षित अवस्थामा फेला पारेको छ।

चन्द्र बहादुर मगरकी छोरी रेनुका मगर यही कात्तिक ५ गतेदेखि घरबाट हराई बेपत्ता भएकी थिइन्। सो सम्बन्धमा ६ गते इलाका प्रहरी कार्यालय बेलबारीमा परिवारले हुलिया निवेदन पेस गरी खोजतलास प्रक्रिया सुरु गरिएको थियो।

प्रहरीको निरन्तर खोजतलासका क्रममा रेनुकालाई आज सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–५ स्थित क्षेत्रमा फेला पारिएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ। इटहरीस्थित इलाका प्रहरी कार्यालयसँग समन्वय गरी रेनुकालाई नियन्त्रणमा लिएर आवश्यक प्रक्रिया पूरा गरी उनको परिवारलाई जिम्मा गरिएको प्रहरी स्रोतले जनाएको छ।

लायन्स क्लब दमकद्वारा विस्णु बराललाई आँखाको अप्रेसनका लागि ७२ हजार सहयोग हस्तान्तरण https://damaktown.comLion Bhim Poude...
25/10/2025

लायन्स क्लब दमकद्वारा विस्णु बराललाई आँखाको अप्रेसनका लागि ७२ हजार सहयोग हस्तान्तरण
https://damaktown.com

Lion Bhim Poudel

दमक । लायन्स क्लब दमक एरिया–२ को आयोजनामा दमक–५, चाँदनी टोलमा डेरा गरी बस्दै आएका बिष्णु प्रसाद बराललाई आँखा अप्र....

अन्तर्राष्ट्रिय बजारमा १२ वर्षयताकै ठूलो गिरावटसँगै मंगलबार सुनको मूल्य ६.३% ले घटेर प्रतिऔंस ४,३८१ डलरबाट ४,०८२ डलरमा झ...
25/10/2025

अन्तर्राष्ट्रिय बजारमा १२ वर्षयताकै ठूलो गिरावटसँगै मंगलबार सुनको मूल्य ६.३% ले घटेर प्रतिऔंस ४,३८१ डलरबाट ४,०८२ डलरमा झरेको छ। यो २०१३ अप्रिलयताकै सबैभन्दा ठूलो गिरावट हो। नेपालमा सार्वजनिक बिदा भएकाले नयाँ मूल्य तोकिएको छैन, तर अनुमान अनुसार एकैदिनमा करिब १८ हजार रुपैयाँले सुन सस्तो हुने सम्भावना छ। यसअघि सरकारी ऋण वृद्धि, अमेरिकी डलरको कमजोरी, ट्रम्पको व्यापार युद्ध र केन्द्रीय बैंकहरूको खरिदका कारण सुनको मूल्य लगातार बढ्दै आएको थियो।

इटहरीमा सडक दुर्घटना : श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइतेसुनसरी । इटहरी उपमहानगरपालिका–१२ संविधान चोक नजिक कोशी लोकम...
25/10/2025

इटहरीमा सडक दुर्घटना : श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

सुनसरी । इटहरी उपमहानगरपालिका–१२ संविधान चोक नजिक कोशी लोकमार्गमा शुक्रबार साँझ भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने उनकी श्रीमती गम्भीर घाइते भएकी छन्।

इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको यात्रुवाहक बस (प्र १–०१–००१ ख ४२६८) अनियन्त्रित भई सोही दिशातर्फ जाँदै गरेको अटो (को २ ह ५६९४) लाई ठक्कर दिँदै विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल (प्र. २–०२–००१ प १६१२) सँग ठोक्किएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक इनरुवा नगरपालिका–७ का ४७ वर्षीय गोकुलराज भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ।
सोही मोटरसाइकलमा सवार उनकी श्रीमती ३६ वर्षीया गीता श्रेष्ठ गम्भीर घाइते भएकी छन्। उनीहरू दुवै पति–पत्नी रहेको प्रहरीले पुष्टि गरेको छ।

घाइते गीतालाई तत्काल उपचारका लागि विराट मेडिकल कलेज शिक्षण अस्पताल बूढीगंगा, मोरङ पठाइएको थियो। अस्पतालका अनुसार गोकुलराजको उपचारका क्रममा मृत्यु भएको र गीताको भेन्टिलेटरमा उपचार भइरहेको छ।

मृतकको शव पोष्टमार्टमपछि उनकी छोरी सोनी प्रधानले बुझेकी छन्। दुर्घटनामा बस चालक धरान–८ का ५८ वर्षीय लोकनाथ भट्टराईलाई इलाका प्रहरी कार्यालय दुहवीले नियन्त्रणमा लिएको छ भने अटो चालक इटहरी–५ का २४ वर्षीय सृजन कुमार राई पनि प्रहरी नियन्त्रणमा रहेका छन्।

रुकुम पश्चिममा जिप दुर्घटना ८ जनाको मृत्यु, १० घाइते  https://damaktown.com
25/10/2025

रुकुम पश्चिममा जिप दुर्घटना ८ जनाको मृत्यु, १० घाइते https://damaktown.com

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–७ लिस्नेस्थित भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या आ.....

25/10/2025

भेडा पनि कति माया लाग्ने हुन्छन् है ❤️
हरियो घाँसमा रमाउँदै—शान्त जीवनको साँचो अर्थ यही हो 🌿
#भेडा #गाउँजीवन

25/10/2025

फोनमा पत्नीको नाम मोटी भनेर सेभ गर्दा सम्बन्ध विच्छेद, क्षतिपूर्ति तिर्न अदालतको आदेश 🤔

लेटाङकी १३ वर्षीया अंशु गौतमको शव बीभत्स अवस्थामा फेला, हत्या भएको आशंकाकरिब दुई सातादेखि हराइरहेकी लेटाङ नगरपालिका-२ फड...
25/10/2025

लेटाङकी १३ वर्षीया अंशु गौतमको शव बीभत्स अवस्थामा फेला, हत्या भएको आशंका

करिब दुई सातादेखि हराइरहेकी लेटाङ नगरपालिका-२ फडानीकी १३ वर्षीया बालिका अंशु गौतमको शव शुक्रवार बिहान बेलबारी-चिसाङ साझेदारी बन क्षेत्रमा विक्षिप्त अवस्थामा फेला परेको छ । लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत अंशुको शव अत्यन्तै बीभत्स ढङ्गले हत्या गरेर फालिएको अवस्थामा स्थानीयवासीले घाँस काट्ने क्रममा देखेका थिए ।

25/10/2025

इरानले त्रिदेशीय वुमेन्स कपमा शुक्रबार नेपाललाई पराजित गर्दै उपाधि जितेको छ । भारत पनि सम्मिलित प्रतियोगितामा लगातार दोस्रो खेल जितेपछि इरान च्याम्पियन भएको हो । भारतको सिलोङस्थित जवाहरलाल नेहरू स्टेडियममा इरानले नेपाललाई ३–० ले हराएको हो ।

Address

दमक
Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when Damak Town posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share