Dharampur, Jhapa

Dharampur, Jhapa Hamro Dharampur

01/07/2026
सिरहामा स्कुल बसले किच्दा बालिका र सहचालकको मृ*त्युसिरहाको लक्ष्मिपुरपतारी गाउँपालिका-२, पर्सामा बुधबार दिउँसो स्कुल बसल...
01/07/2026

सिरहामा स्कुल बसले किच्दा बालिका र सहचालकको मृ*त्यु
सिरहाको लक्ष्मिपुरपतारी गाउँपालिका-२, पर्सामा बुधबार दिउँसो स्कुल बसले किच्दा ५ वर्षीया बालिका र बसका सहचालकको घटनास्थलमै ज्यान गएको छ।
मृत्यु हुनेमा सप्तरीको बोधेबरसाइन-८ घर भई हाल मावलीमा बस्दै आएकी ५ वर्षीया समिक्षा कुमारी साह र लहान नगरपालिका-२२ का २५ वर्षीय सहचालक ओमप्रकाश यादव रहेका छन्।
प्रहरीका अनुसार, बुधबार अपराह्न करिब ४:१५ बजे विद्यार्थी छाडेर विद्यालयतर्फ फर्किँदै गरेको पायोनियर एजुकेशन एकेडेमीको 'को १ ख ३५९९' नम्बरको बसबाट बालिकालाई ओराल्ने क्रममा बस अगाडि बढ्दा पछाडिको चक्काले किचेर उक्त दुखद् दुर्घटना भएको हो।
दुर्घटनालगत्तै फरार रहेका बस चालकको तीव्र खोजी भइरहेको छ भने दुर्घटनामा संलग्न बसलाई इलाका प्रहरी कार्यालय महेशपुरपतारले नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको छ।
**(स्रोत: नेपाल प्रहरी)**

अचम्मको... गणितमा १ देखि १० सम्मका सबै अंकबाट कुनै संख्यालाई भाग गर्न सकिँदैन, तर यो अनौठो संख्या हेर्नुहोस्... वास्तवमा...
01/07/2026

अचम्मको... गणितमा १ देखि १० सम्मका सबै अंकबाट कुनै संख्यालाई भाग गर्न सकिँदैन, तर यो अनौठो संख्या हेर्नुहोस्...

वास्तवमा, शताब्दीयौंदेखि यो विश्वास गरिएको थियो कि त्यहाँ कुनै संख्या थिएन जुन १ देखि १० सम्मका सबै अंकहरूद्वारा विभाजित गर्न सकिन्छ। तर रामानुजनले यी संख्याहरूसँग खेल्दै यो मिथक तोडेका थिए । उनले एउटा संख्या पत्ता लगाए जसलाई १ देखि १० सम्मका सबै अंकले भाग गर्न सकिन्छ। यसको मतलब यो विभाजित गर्न सकिन्छ। यो संख्या २५२० हो। २५२० नम्बर वास्तवमा अन्य संख्याहरू जस्तै सामान्य संख्या होइन, यो संसारका गणितज्ञहरूलाई अझै चकित पार्ने संख्या हो। यो बिजोर संख्यालाई १ देखि १० सम्म प्रत्येक अंकले भाग गर्न सकिन्छ। यस्तो देखिन्छ कि यस्तो संख्या जसलाई एकाइ सम्म कुनै पनि अंकले भाग गर्दा बाँकी शून्य शेष छोड्छ, धेरै असम्भव / दुर्लभ छ।

अब तलको सत्यता हेरौं:-

२५२०÷१ = २५२०
२५२०÷२ = १२६०
२५२०÷३ = ८४०
२५२० ÷ ४ = ६३०
२५२०÷५ = ५०४
२५२०÷६ = ४२०
२५२० ÷ ७ = ३६०
२५२० ÷ ८ = ३१५
२५२० ÷ ९ = २८०
२५२० ÷ १० = २५२

महान गणितज्ञ अझै छक्क पर्छन्: २५२० वास्तवमा 《७ x ३० x १२ 》 को उत्पादन हो। उहाँ झनै छक्क पर्नु भयो जब प्रमुख गणितज्ञ द्वारा उनको ध्यानमा २५२० नम्बर वास्तवमा हिन्दू क्यालेन्डरमा फिट हुने एक मात्र संख्या हो, जुन उत्पादनले प्राप्त गरेको थियो: - हप्ताका दिनहरू (७) x दिनहरू महिना। (३०) x वर्षको महिना (१२) = २५२० यो वेदको गणनाको श्रेष्ठता हो।

जय सनातन धर्म, जय श्री राम, जय गोविन्द!!🌹
साभार < Ram kumar chaudhary

30/06/2026

तपाईँलाई थाहा छ कीचकबधको बारेमा?

25/06/2026

झापाको सीमावर्ती क्षेत्र झापा गाउँपालिका–४ टाघनडुब्बाबाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित तीन जनालाई नियन्त्रणमा लिएको छ। हिजो असार १० गते बेलुका साढे ४ बजेको समयमा प्रहरी चौकी टाघनडुब्बाबाट प्रहरी सहायक निरीक्षक कृष्ण गिरीको कमाण्डमा खटिएको विशेष गस्ती टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई शंकास्पद अवस्थामा फेला पारी पक्राउ गरेको हो।
​चेकजाँचका क्रममा भारतबाट आउँदै गरेको प्र १-०१-०१२ प ६३७९ नम्बरको मोटरसाइकललाई रोकेर हेर्दा उक्त मोटरसाइकलका चालक झापाको कमल गाउँपालिका वडा नम्बर ७ बस्ने २७ वर्षीय सनम धिमालको साथबाट लागुऔषध बरामद भएको थियो। उनले मोटरसाइकलको पछाडिको सिट कभरभित्र कालो प्लास्टिकको पोका बनाई लुकाएर ल्याएको प्लास्टिकसहित ९ ग्राम ८८ मिलिग्राम र प्लास्टिक बाहेक ६ ग्राम २३ मिलिग्राम ब्राउन सुगर जस्तो देखिने लिसैलो खैरो पदार्थ फेला परेको थियो। उक्त अवैध कार्यमा सोही मोटरसाइकलमा सवार कमल गाउँपालिका वडा नम्बर ६ का २० वर्षीय प्रदिप दासको समेत संलग्नता रहेको प्रहरीले जनाएको छ।
​यसैगरी, सोही स्थानमा पैदल आउँदै गरेका झापाकै हल्दीबारी गाउँपालिका वडा नम्बर ३ बस्ने यमबहादुर तामाङका १५ वर्षीय छोरा प्रितम तामाङको खानतलासी गर्दा उनको साथबाट पनि प्लास्टिकसहित १ ग्राम ६२ मिलिग्राम र प्लास्टिक बाहेक १ ग्राम ३१ मिलिग्राम ब्राउन सुगर फेला परेको छ। प्रहरीले बरामद गरिएको कुल लागुऔषध र मोटरसाइकलसहित तिनै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालयमा राखी थप कानुनी अनुसन्धान तथा कारबाहीको प्रक्रिया अगाडि बढाएको छ।

झापाको शिवसताक्षीमा भुस्याहा कुकुरको आतंकः एकैदिन तीन बालक घाइते​शिवसताक्षी, झापा ।झापाको शिवसताक्षी नगरपालिकामा भुस्याह...
22/06/2026

झापाको शिवसताक्षीमा भुस्याहा कुकुरको आतंकः एकैदिन तीन बालक घाइते
​शिवसताक्षी, झापा ।
झापाको शिवसताक्षी नगरपालिकामा भुस्याहा कुकुरको आतंक बढेको छ। सोमबार मात्रै नगरपालिकाका विभिन्न स्थानमा एउटै कुकुरको आक्रमणबाट तीन जना बालक तथा किशोर घाइते भएका छन्। दिनदहाडै श्रृंखलाबद्ध रूपमा आक्रमण हुन थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्।
​यसरी भयो आक्रमणः
​पहिलो घटना (बिहान): शिवसताक्षीको ढुंगेल चोक क्षेत्रमा एउटा कालो कुकुरले ८ वर्षीय बालकलाई आक्रमण गरेको थियो। उनको आँखामुनिको भागमा चोट लागेको छ भने थप उपचारका लागि भद्रपुर लगिएको छ।
​दोस्रो घटना (साँझ): झिलझिलेस्थित पुरानो सिनेमा हल जाने बाटोमा विद्यालयबाट फर्किँदै गरेका अर्का बालकमाथि सोही कुकुरले आक्रमण गर्‍यो। सेभेनसिज स्कुलमा कक्षा २ मा अध्ययनरत ती बालकको मुखमा चोट लागेको छ। उनलाई उपचारका लागि बी एन्ड सी अस्पताल लगिएको छ।
​तेस्रो घटना: झिलझिलेकै कभर्ड हलमा कराते प्रशिक्षण लिइरहेका १७ वर्षीय किशोरलाई पनि त्यही कुकुरले गालामा टोकेर घाइते बनाएको छ। आक्रमणलगत्तै कुकुर त्यहाँबाट भागेको स्थानीयले बताएका छन्।
एकैदिन तीन फरक स्थानमा आक्रमण भएपछि विशेष सावधानी अपनाउन अपिल गरिएको छ। विशेषगरी बालबालिकालाई एक्लै हिँडडुल गर्न नदिन र छाडा, शंकास्पद वा आक्रामक कुकुर देखेमा सुरक्षित दूरी कायम गर्न अभिभावकलाई आग्रह गरिएको छ।
स्थानीयवासीले उक्त आक्रामक कुकुर तत्काल खोजी गरी नियन्त्रणमा लिन सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका छन्। थप मानवीय क्षति हुन नदिन नगरपालिका र सरोकारवाला निकायले तत्काल अनुसन्धान गरी रोकथामका प्रभावकारी कदम चाल्नुपर्ने उनीहरूको जोडदार माग छ।

21/06/2026

बारामा बस दुर्घटना: ११ जना घाइते, एकको अवस्था गम्भीर
​बारा — जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–१० स्थित नितनपुर चोकमा शनिबार यात्रुवाहक बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ।
​वीरगञ्जबाट सप्तरीतर्फ जाँदै गरेको ना ७ ख २३५ नम्बरको बस शनिबार बिहान करिब ११ बजे वीरगञ्ज–पथलैया सडकखण्डमा दुर्घटनामा परेको हो। तीव्र गतिका कारण ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई बस सडकमै पल्टिएको थियो।
​दुर्घटनामा परी घाइते हुनेहरूमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ का एउटै परिवारका तीन सदस्य ४२ वर्षीय कमलेश यादव, उनकी श्रीमती ३४ वर्षीया रुबी यादव र १५ वर्षीया छोरी शिवानी यादव रहेका छन्।
​यसैगरी, दुर्घटनामा पर्सा वीरगञ्ज महानगरपालिका–१३ का ६४ वर्षीय रामनरेश प्रसाद, सप्तरी कञ्चनरुप नगरपालिका–१ का ४७ वर्षीय बसका सहचालक नरेश पंजियार, पर्सा पकाहा मैनपुर गाउँपालिका–५ का २८ वर्षीय धनञ्जय प्रसाद चौरसिया र पर्सा बहुदरमाई नगरपालिका–२ की ३४ वर्षीया सुनिता यादव घाइते भएका छन्। अन्य घाइतेहरूमा सिराहा कर्जन्हा नगरपालिका–११ का ६२ वर्षीय चिनीलाल श्रेष्ठ, बारा जितपुरसिमरा उपमहानगरपालिका–३ का ४० वर्षीय चन्द्र तामाङ, रौतहट चन्द्रपुर नगरपालिका–६ की ४५ वर्षीया दिपा घिमिरे र ठेगाना नखुलेका अन्दाजी ४० वर्षीय अमित कुमार गुप्ता रहेका छन्।
​घाइते यात्रुहरूको हाल वीरगञ्जस्थित नेशनल मेडिकल कलेज, तराई अस्पताल तथा अन्य स्थानीय स्वास्थ्य संस्थाहरूमा उपचार भइरहेको छ। प्रहरीका अनुसार दुर्घटनालगत्तै बसका चालक फरार रहेकाले उनको तीव्र खोजी भइरहेको छ भने घटनाको थप अनुसन्धान जारी छ।

झापामा दुःखद घट्ना: हराएकी ५ वर्षीया सोनिया खोलामा मृत भेटिइन्झापा । झापाको कन्काई नगरपालिका–८ मा एक परिवारमा कहिल्यै नि...
20/06/2026

झापामा दुःखद घट्ना: हराएकी ५ वर्षीया सोनिया खोलामा मृत भेटिइन्

झापा । झापाको कन्काई नगरपालिका–८ मा एक परिवारमा कहिल्यै निको नहुने गहिरो चोट परेको छ। आज दिउँसो अचानक हराएकी ५ वर्षीया बालिका सोनिया रसाइली कहिल्यै नफर्कने गरी अस्ताएकी छिन्।

कुलबहादुर रसाइलीकी सानी छोरी सोनिया दिउँसो घरमा नदेखिएपछि आत्तिएकी आमा अमृताले ३ बजे नै दुर्गापुर प्रहरी पोस्टमा गुहार मागेकी थिइन्। फूल जस्तै छोरी हराएपछि छटपटिएकी आमाको सूचनाका आधारमा प्रहरी सहायक निरीक्षक दीर्घबहादुर कार्कीको कमाण्डमा टोली तुरुन्तै खोजतलासमा खटियो।

तर, नियति क्रुर बनिदियो। खोजी गर्ने क्रममा गाउँकै बिरिङ खोलामा सोनिया डुबेको अवस्थामा फेला परिन्– तर जीवित होइन, मृत अवस्थामा। गाउँलाई नै सोकमग्न बनाउने यो घटनापछि प्रहरीले शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ। जिल्ला प्रहरी कार्यालय झापाले घटना कसरी घट्यो भन्नेबारे विस्तृत अनुसन्धान गरिरहेको बताएको छ।

15/06/2026

Danger

Address

Jhapa
Jhapa District
57200

Alerts

Be the first to know and let us send you an email when Dharampur, Jhapa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dharampur, Jhapa:

Shortcuts

Share