Routine of Jhapa 5

Routine of  Jhapa 5 Routine of Jhapa- 5

हत्यारा सरकार भन्दै सडकमा उत्रिए युवा। माइतीघरबाट वीर हस्पिटल जाँदै गर्दा भद्रकालीमा ब्यारिकेड लगाएर रोकियो। तस्बिरहरु- ...
10/07/2026

हत्यारा सरकार भन्दै सडकमा उत्रिए युवा। माइतीघरबाट वीर हस्पिटल जाँदै गर्दा भद्रकालीमा ब्यारिकेड लगाएर रोकियो। तस्बिरहरु- नेपाल फोटो लाइब्रेरी

10/07/2026

संसदमा प्रतिपक्षको भूमिका विरोध गर्ने मात्र हो त?

10/07/2026

"हामी सत्तापक्षभन्दा धेरै अनुभवी भएकाले काम गर्न सजिलो भएको छ।"

नेपाली कांग्रेसकी प्रमुख सचेतक बसना थापाले आफूहरू सत्तापक्षभन्दा अनुभवी भएकाले काम गर्न सहज भएको बताएकी छन्।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग नेपालका लागि नर्वेका राजदूत ड्याग्नी म्योसले शिष्टाचार भेट गरेकी छन्।भ...
09/07/2026

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग नेपालका लागि नर्वेका राजदूत ड्याग्नी म्योसले शिष्टाचार भेट गरेकी छन्।
भेटमा नेपाल–नर्वेबीचको स्वास्थ्य क्षेत्रको द्विपक्षीय सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो। साथै, नेपालको स्वास्थ्य प्रणाली सुदृढीकरण, स्वास्थ्य सूचना प्रणाली, मानसिक स्वास्थ्य, मातृ तथा बाल स्वास्थ्य तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रमलगायत क्षेत्रमा नर्वेले पुर्‍याउँदै आएको सहयोगको प्रशंसा गरिएको थियो।

मन्त्री मेहताले स्वास्थ्य पूर्वाधार विकास, स्वास्थ्य सेवाको डिजिटाइजेसन, जलवायु परिवर्तन र जनस्वास्थ्य, नसर्ने तथा मानसिक स्वास्थ्य सेवा, स्वास्थ्य पर्यटन तथा जडीबुटी क्षेत्रमा थप सहकार्यको अपेक्षा व्यक्त गरिन्। राजदूत म्योसले नेपाल सरकारका प्राथमिकताअनुसार आगामी दिनमा पनि स्वास्थ्यलगायत क्षेत्रमा नर्वे सरकारको सहयोग निरन्तर रहने प्रतिबद्धता जनाइन्

साझा यातायातको ‘ब्लु बस’ सेवा साउन १ देखि सुरु हुँदैछ।बसको रंग भने हरियै रहनेछ। महिला–मैत्री सेवाको पहिचानका लागि विशेष ...
08/07/2026

साझा यातायातको ‘ब्लु बस’ सेवा साउन १ देखि सुरु हुँदैछ।

बसको रंग भने हरियै रहनेछ। महिला–मैत्री सेवाको पहिचानका लागि विशेष स्टिकर प्रयोग गरिनेछ। प्रारम्भिक चरणमा ८ वटा विद्युतीय बस सञ्चालन हुनेछन्, जहाँ महिला यात्रुले निःशुल्क यात्रा गर्न सक्नेछन्।

एडीबीले सन् २०२९ सम्म नेपाललाई  २.४ अर्ब अमेरिकी डलर (करिब ३ खर्ब २० अर्ब रुपैयाँ) सहयोग गर्ने घोषणा गरेको छ।यो लगानी रो...
08/07/2026

एडीबीले सन् २०२९ सम्म नेपाललाई २.४ अर्ब अमेरिकी डलर (करिब ३ खर्ब २० अर्ब रुपैयाँ) सहयोग गर्ने घोषणा गरेको छ।

यो लगानी रोजगारी सिर्जना, निजी क्षेत्रको विकास र आर्थिक वृद्धिमा केन्द्रित हुनेछ। साथै, खानेपानी, सरसफाइ र सीमापार व्यापार सुधारका लागि १६ करोड ५० लाख अमेरिकी डलरको नयाँ ऋण सम्झौतामा पनि हस्ताक्षर भएको छ।

सरकारले देशभर भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्रसारण तथा वितरण प्रणाली सुधारलाई प्राथमिकता दिएको छ।ऊर्जामन्त्री...
08/07/2026

सरकारले देशभर भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्न प्रसारण तथा वितरण प्रणाली सुधारलाई प्राथमिकता दिएको छ।

ऊर्जामन्त्री वीराज भक्त श्रेष्ठका अनुसार यसका लागि ४६ अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। आगामी आर्थिक वर्षभित्र १२ वटा प्रसारण लाइन निर्माण सम्पन्न गर्ने, १,०४० मेगावाट नयाँ विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थप्ने र १५,७७६ हेक्टर कृषियोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गर्ने लक्ष्य सरकारको छ। साथै, निजी कम्पनीलाई विद्युत् व्यापार गर्न पनि अनुमति दिइनेछ।

सरकारले आगामी आर्थिक वर्षका लागि भूकम्प पुनर्निर्माणमा ५ अर्ब रुपैयाँ विनियोजन गरेको छ।जाजरकोट र रुकुम पश्चिमका क्षतिग्र...
08/07/2026

सरकारले आगामी आर्थिक वर्षका लागि भूकम्प पुनर्निर्माणमा ५ अर्ब रुपैयाँ विनियोजन गरेको छ।

जाजरकोट र रुकुम पश्चिमका क्षतिग्रस्त निजी घर तथा सरकारी भवन पुनर्निर्माणलाई प्राथमिकता दिइनेछ। प्राविधिक अध्ययनअनुसार ४१,२९७ घर पुनर्निर्माण, ११,९९६ घर रेट्रोफिटिङ र २१,९९४ घरमा सामान्य मर्मत आवश्यक रहेको छ।

प्रधानमन्त्री बालेन शाहसँग एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दाले भेटवार्ता गरेका छन् । तस्वीरहरु : प्रधा...
07/07/2026

प्रधानमन्त्री बालेन शाहसँग एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दाले भेटवार्ता गरेका छन् । तस्वीरहरु : प्रधानमन्त्रीको सचिवालय

नेपाल सरकार र Asian Development Bank (ADB) को संयुक्त पहलमा शिक्षकहरूका लागि AI र डिजिटल सीपसम्बन्धी पाइलट अनलाइन तालिम ...
07/07/2026

नेपाल सरकार र Asian Development Bank (ADB) को संयुक्त पहलमा शिक्षकहरूका लागि AI र डिजिटल सीपसम्बन्धी पाइलट अनलाइन तालिम कार्यक्रम सुरु गरिएको छ। यस कार्यक्रमको उद्देश्य शिक्षकहरूलाई आधुनिक प्रविधिसँग परिचित गराउँदै डिजिटल युगअनुकूल शिक्षण सीप विकास गर्नु हो।

शिक्षा मन्त्री सस्मित पोखरेल र एडीबीका अध्यक्ष मासातो कान्डाले काठमाडौंस्थित विश्व निकेतन माध्यमिक विद्यालयमा कार्यक्रमको शुभारम्भ गरेका हुन्। सो अवसरमा उनीहरूले एडीबीको सहयोगमा निर्माण भएका विद्यालयका पूर्वाधारको समेत अवलोकन गरेका थिए।

मन्त्री पोखरेलले नेपालको शिक्षा क्षेत्रमा करिब पाँच दशकदेखि निरन्तर सहयोग पुर्‍याएकोमा एडीबीप्रति आभार व्यक्त गर्दै डिजिटल शिक्षाको विस्तारका लागि यस्तो सहकार्य महत्त्वपूर्ण हुने बताए।

सरकारले पाइलट कार्यक्रम सफल भएमा आगामी दिनमा देशभरका शिक्षकलाई AI र डिजिटल सीपसम्बन्धी तालिम विस्तार गर्ने लक्ष्य राखेको छ।

Address

Jhapa
Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Jhapa 5 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share