FM Plus 89.1 Mhz Gauradaha, Jhapa

FM Plus 89.1 Mhz Gauradaha, Jhapa एफ.एम प्लस ८९.१ मेघाहर्ज गौरादह झापाको आधिकारिक फेसबुक पेजमा यहाँलाई स्वागत छ |

यातायात व्यवस्था विभागले लामो समयदेखि रोकेको सार्वजनिक यात्रुवाहक सवारी साधनको दर्ता खुला गरेको छ ।
16/09/2026

यातायात व्यवस्था विभागले लामो समयदेखि रोकेको सार्वजनिक यात्रुवाहक सवारी साधनको दर्ता खुला गरेको छ ।

सर्वोच्च अदालतको निर्माणाधीन नयाँ भवनमा पुनः आगलागी भएको छ। आज भएको आगलागीबाट भवनभित्र रहेका कम्तीमा तीन वटा फाँटमा क्षत...
16/09/2026

सर्वोच्च अदालतको निर्माणाधीन नयाँ भवनमा पुनः आगलागी भएको छ। आज भएको आगलागीबाट भवनभित्र रहेका कम्तीमा तीन वटा फाँटमा क्षति पुगेको छ।
आगलागीको खबर पाउनासाथ प्रहरी तथा दमकलको टोली पुगेर आगो नियन्त्रणमा लिएको थियो। प्रारम्भिक अनुसन्धान अनुसार आगलागी बिजुली सर्ट (सर्ट सर्किट) का कारण भएको सर्वाेच्च अदालतका प्रवक्ता अर्जुन काेइरालाले बताए।

सर्वोच्च अदालतको नयाँ भवनमा छोटो समयमै आगलागी भएको यो दोस्रो घटना हो। यसअघि भदौ १७ गते राति पनि सोही भवनको अभिलेख शाखामा आगलागी भएको थियो।

अघिल्लो वर्ष भदौ २४ गते देशव्यापी रूपमा भएको ‘जेन जी’ आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीपछि सर्वोच्च अदालतको मुख्य भवनमा क्षति पुगेको थियो। अदालतले त्यसयता आफ्ना दैनिक प्रशासनिक तथा न्यायिक कामकारबाही ‘एनेक्स’ (संलग्न) भवनबाट सञ्चालन गर्दै आएको छ।

पेट्रोलियम पदार्थको भाउ यथावत्भाद्र ३० –इण्डियन आयल कर्पोरेसन (आइओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आए पनि नेप...
16/09/2026

पेट्रोलियम पदार्थको भाउ यथावत्
भाद्र ३० –इण्डियन आयल कर्पोरेसन (आइओसी) बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आए पनि नेपाल आयल निगमले खुद्रा बिक्री मूल्य भने यथावत् राख्ने निर्णय गरेको छ ।

भोटेकोशी नदीमा आएको बाढीका कारण सिर्जना भएको कठिन अवस्थालाई ध्यानमा राखेर निगम सञ्चालक समितिको निर्णयअनुसार साविकको मूल्य नै कायम राखिएको हो ।

मध्यपूर्वमा चलिरहेको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा भने पेट्रोलियम पदार्थको भाउमा उतारचढाव हुने गरेको छ । आइओसीबाट प्राप्त पछिल्लो खरिद मूल्यअनुसार पेट्रोलमा प्रति लिटर १२ रुपैयाँ ४० पैसा र डिजेलमा प्रति लिटर ४ रुपैयाँ ६८ पैसा बढेर आएको छ ।

तर पेट्रोल, डिजेल तथा मट्टितेलको खुद्रा बिक्री मूल्य साविककै सरह पहिलो वर्गमा प्रति लिटर १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९९ रुपैयाँ र तेस्रो वर्गमा २०० रुपैयाँ नै कायम छ ।

पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज, दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाण्डौ, पोखरा र दिपायल पर्छन् ।

खाना पकाउने ग्यासको भाउ पनि प्रति सिलिन्डर २ हजार ६० रुपैयाँ यथावत् राखिएको निगमले जनाएको छ ।

रास्वपाद्वारा सर्वदलीय बैठक आह्वानभाद्र ३० ,काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आह्वानम...
16/09/2026

रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान
भाद्र ३० ,काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आह्वानमा भोलि सर्वदलीय बैठक बस्ने भएको छ ।
रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बुधबार बिहान ११ः०० बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ ।
बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल हुने जनाइएको छ ।
बैठकमा शीर्ष नेतृत्वको सहभागिता रहने रास्वपाले जनाएको छ ।

 #शुभ_बिहानीआज मिति २०८३ भदौ ३१ गते बुधबार  कार्यक्रम "शुभ बिहानी" मा आजको दिनको शुभकामना सुभेच्छा कमेन्ट गर्न सक्नुहुने...
16/09/2026

#शुभ_बिहानी
आज मिति २०८३ भदौ ३१ गते बुधबार
कार्यक्रम "शुभ बिहानी" मा आजको दिनको शुभकामना सुभेच्छा कमेन्ट गर्न सक्नुहुनेछ । साथै ९८४९२२३३९० , ९८०७९९२०६८ मा कल तथा म्यासेज पनि गर्न सक्नुहुन्छ |

15/09/2026

गौरादह नगरपालिकाको अत्यन्त जरुरी सुचना

प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर राख्न प्रमुख प्रतिपक्षी दलको आग्रह३० भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसल...
15/09/2026

प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर राख्न प्रमुख प्रतिपक्षी दलको आग्रह
३० भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम राख्न र बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत, पुनर्निर्माणका लागि संसदीय उच्चस्तरीय समिति गठन गर्ने विषयमा ध्यानाकर्षण गराएको छ ।

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल (डिपी) अर्यालसँग मंगलबार भएको भेटमा प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङदेम्बेले ती विषयमा ध्यानाकर्षण गराएका हुन् । नेता आङदेम्बेका अनुसार विगतमा तय भएर हुन नसकेको प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम कार्यसूचीमा राख्न सरकारसँग समन्वय गर्न सभामुख अर्याललाई ध्यानाकर्षण गराएको बताए ।

आइतबारको सार्वजनिक बिदा कटौती गर्न राप्रपा सांसद भाटको माग३० भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सा...
15/09/2026

आइतबारको सार्वजनिक बिदा कटौती गर्न राप्रपा सांसद भाटको माग
३० भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ताहिर अली भाटले आइतबार दिँदै आएको सार्वजनिक बिदा कटौती गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उनले सातामा दुई दिन बिदा दिने सरकारको निर्णयले शैक्षिक संस्थाहरूमा अध्ययन अध्यापन प्रभावित भएको बताए ।

 #शुभ_बिहानीआज मिति २०८३ भाद्र ३० गते मंगलबार कार्यक्रम "शुभ बिहानी" मा आजको दिनको शुभकामना सुभेच्छा कमेन्ट गर्न सक्नुहु...
15/09/2026

#शुभ_बिहानी
आज मिति २०८३ भाद्र ३० गते मंगलबार
कार्यक्रम "शुभ बिहानी" मा आजको दिनको शुभकामना सुभेच्छा कमेन्ट गर्न सक्नुहुनेछ । साथै ९८४९२२३३९० , ९८०७९९२०६८ मा कल तथा म्यासेज पनि गर्न सक्नुहुन्छ |

 #शुभ_बिहानीआज मिति २०८३ भाद्र २९ गते सोमबार  कार्यक्रम "शुभ बिहानी" मा आजको दिनको शुभकामना सुभेच्छा कमेन्ट गर्न सक्नुहु...
14/09/2026

#शुभ_बिहानी
आज मिति २०८३ भाद्र २९ गते सोमबार
कार्यक्रम "शुभ बिहानी" मा आजको दिनको शुभकामना सुभेच्छा कमेन्ट गर्न सक्नुहुनेछ । साथै ९८४९२२३३९० , ९८०७९९२०६८ मा कल तथा म्यासेज पनि गर्न सक्नुहुन्छ |

Address

Gauradaha
Jhapa
57200

Opening Hours

Monday 05:00 - 22:00
Tuesday 05:00 - 22:00
Wednesday 05:00 - 22:00
Thursday 05:00 - 22:00
Friday 05:00 - 22:00
Saturday 05:00 - 22:00
Sunday 05:00 - 22:00

Telephone

+9779849223390

Alerts

Be the first to know and let us send you an email when FM Plus 89.1 Mhz Gauradaha, Jhapa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to FM Plus 89.1 Mhz Gauradaha, Jhapa:

Shortcuts

Share

Category