Pathibhara FM 93.6MHz Damak, Jhapa

Pathibhara FM 93.6MHz Damak, Jhapa Pathibhara F.M. 93.6 MHz, Damak, Jhapa
Mobile no:9852666475,9702037905,9852637904

पुर्वान्चलको पहिलो १००० वाट क्षमता भएको रेडियो
मेरो आवाज मेरो रेडियो पाथीभरा एफ. एम.९३.६ मेगाहर्ज

11/12/2025

BBC Nepali

11/12/2025

प्रधानमन्त्री कार्कीलाई मातृभूमि पार्टीको आग्रह / सुशासन, भ्रष्टाचार नियन्त्रण र जेन–जी आन्दोलनका दमनकारीमाथि शीघ्र कारबाही गर्दै चुनाव तयारीभन्दा परिणाममुखी शासनमा ध्यान दिनु पर्नेमा जोड ।

कोप–३० मा नेपालले पर्वतीय एजेन्डा स्थापित गर्न सफल /हिमालको मुद्दा र हानि/नोक्सानी उठाउन निरन्तर प्रयास / अनुकूलन वित्त र तथ्याङ्कीय क्षमता अभिवृद्धि आवश्यक ।

अख्तियारद्वारा भिजिट भिसा तस्करी प्रकरणमा सहसचिव भट्टराई र अधिकृत अर्यालसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर / सह सचिवविरुद्ध ७९ लाख र अर्यालविरुद्ध ५ लाख बिगो माग ।

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा ‘गोल्ड कार्ड’ आप्रवासन भिसा सार्वजनिक / कम्तीमा १० लाख डलर भुक्तानी गर्ने विदेशीलाई अमेरिका प्रवेशको विशेष अवसर ।



एनपीएल दोस्रो क्वालिफायरमा लुम्बिनी लायन्सले विराटनगर किङ्सलाई १ सय ३५ रनको लक्ष्य / विजेताले फाइनलमा सुदूरपश्चिम रोयल्ससँग भिड्ने ।

10/12/2025

भदौ २३ र २४ का घटनाबारे जाँचबुझ आयोगमा एमाले अध्यक्ष ओलीले बयान दिनु पर्ने ,वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको भनाइ / महाधिवेशन अघि नेतृत्व हस्तान्तरण र उम्मेदवारीमा सोचविचार आवश्यक ।

समानुपातिक निर्वाचनका लागि १०० राजनीतिक दलले निर्वाचन आयोगमा निवेदन / आयोगले पुस १३ र १४ गते बन्द सूची पेश गर्ने / माघ ४ र २० गते प्रारम्भिक र अन्तिम सूची प्रकाशित गर्ने तयारी ।

म्यानमारको म्यावाडीमा जबर्जस्ती अनलाइन ठगीमा फसेका ४७ नेपाली श्रमिकको उद्धार / दुई महिलासहित १७–४१ वर्ष उमेर समूहका श्रमिक थाइल्यान्ड र म्यानमार सरकारको समन्वयमा नेपाल फर्काइयो ।

इन्डोनेसियाको जाकार्तामा ड्रोन उत्पादन कम्पनीको कार्यालय भवनमा आगलागी / ब्याट्री विष्फोटले सल्किएको आगोमा कम्तीमा २२ जनाको मृत्यु ।



सीमा विवादका कारण कम्बोडियाले थाइल्यान्डमा हुने दक्षिणपूर्वी एशियाली खेलकुदबाट टोली फिर्ता बोलायो / तीन दिनदेखि जारी झडपमा कम्तीमा १० जनाको मृत्यु र लाखौं विस्थापित ।

10/12/2025

सरकार र जेनजीबीच सम्झौतापत्रको मसौदा अन्तिम चरणमा / अभियन्ता सुदन गुरुङले हस्ताक्षर अघि युवाका मुद्दा र वैधता सुनिश्चित गर्न जोड ।

दाङ खानेपानी तथा सरसफाइ आयोजनामा भ्रष्टाचार आरोप / तत्कालीन प्रमुख भोलाप्रसाद थापा लगायत ६ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर / ११ लाख रुपैयाँ बिगो तोकियो ।

सहकारी ऐन २०७४ अनुसार एउटै व्यक्ति एउटै सहकारीमा मात्र सञ्चालक हुन पाउने व्यवस्था कार्यान्वयन गर्न सहकारी विभागले निर्देशन / नियमनकारी निकायलाई अनुगमन र निरीक्षण गर्न आग्रह ।

अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लागू / उल्लङ्घन गर्ने प्लेटफर्ममा ४ करोड ९५ लाख डलर जरिवाना / बालबालिकालाई हानिकारक सामग्रीबाट जोगाउने प्रयास ।



सुदूरपश्चिम लगातार दोश्रो पटक एनपीएलको फाइनलमा प्रवेश / विराटनगर ७७ रनले पराजित ।

10/12/2025

kayakairan

09/12/2025

भारतले चुनाव सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त / गृहमन्त्री अर्यालसँगको भेटमा स्रोत–साधन र सुरक्षा सामग्री उपलब्ध गराउने आश्वासन दिनुकासाथै भूकम्पपछिको पुनर्निर्माणमा पनि सहकार्य गर्ने ।

राप्रपादले राजसंस्था, राजनीतिक दल र जेनजी पुस्ताबीच नयाँ समझदारीको माग गर्यो / निर्वाचनअघि सम्झौता नभए देशले निकास नपाउने चेतावनी / सर्वपक्षीय सम्मेलनमार्फत समाधान खोज्न प्रधानमन्त्रीलाई आग्रह ।

दमक नगरपालिकामा रोकिएको बजार तथा खाद्य सुरक्षा अनुगमन पुनः सुरु / होटल–खाजाघरको स्वच्छता र म्याद जाँचियो / व्यवसायीलाई स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न निर्देशन ।

सुडान गृहयुद्धमा वायुसेनाको आक्रमणमा कम्तीमा १,७०० सर्वसाधारणको मृत्यु / ३८४ घटनाको विश्लेषणमा एसएएफ जिम्मेवार / प्रतिद्वन्द्वी आरएसएफ ड्रोन आक्रमणमा निर्भर ।



एनपीएल क्रिकेटको प्लेअफ आजदेखि शुरू / पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स भिड्दै ।

08/12/2025

फागुन २१ को प्रतिनिधिसभा चुनावका लागि १ सय १४ दलले भाग लिने / १ सय ७ चुनाव चिह्नमा समूह र व्यक्तिगत दलहरू समावेश ।

राष्ट्रपति पौडेलको प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसका आठ सांसदले सर्वोच्चमा रिट दायर / प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति असंवैधानिक ठहराउने माग ।

चार महिने छोराको हत्याको आरोपमा प्रहरी सहायक निरीक्षक पुष्कर कार्की काठमाण्डौमा पक्राउ / घटनाको अनुसन्धान जारी ।

भारतको गोवामा रात्रि क्लबमा आगलागी हुँदा २५ जनाको मृत्यु / चार नेपाली नागरिक पनि मारिए / क्लबका प्रमुख अधिकारीहरू पक्राउ ।



बङ्गलादेशका पूर्वकप्तान शकिब अल हसनले टेस्ट र टी–२०बाट सन्न्यास फिर्ता लिँदै / तीनै फर्म्याटमा खेल्ने इच्छा व्यक्त ।

08/12/2025

आगामी फागुन २१ को प्रतिनिधिसभा चुनावका लागि समानुपातिक प्रणालीमा पहिलो दिनमै ३३ दल दर्ता / एकल र संयुक्त गरी ११४ दल प्रतिस्पर्धामा उत्रँदै ।

पोखरा क्षेत्रीय विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार / अख्तियारले ५५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर ।

मधेश प्रदेश सरकारले एमाले नेतृत्वको पूर्व मन्त्रिपरिषदका सबै निर्णय बदर / मुख्यमन्त्री कृष्ण यादवको नेतृत्वमा नयाँ मन्त्रिपरिषद शपथ ग्रहण ।

पश्चिम अफ्रिकी देश बेनिनमा सैनिक समूहले राष्ट्रपति प्याट्रिस ट्यालोनलाई अपदस्थ गर्ने प्रयास / संविधान निलम्बन र हवाई क्षेत्र बन्द गर्ने घोषणा / तर अधिकांश सेना अझै सरकारको पक्षमा ।



दोस्रो संस्करणको एनपीएल क्रिकेटमा लिग चरणका सबै खेल समाप्त / कर्णाली याक्सले अन्तिम खेलमा जनकपुरलाई ३ रनले पराजित ।

07/12/2025

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रधानमन्त्री सुशीला कार्कीलाई स्वच्छ, निष्पक्ष र भयरहित चुनाव समयमै सम्पन्न गर्न आग्रह / सरकारका कामप्रति सकारात्मकता व्यक्त ।

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादव र तीन मन्त्रीले शपथ ग्रहण / आउँदो मङ्सिर २४ गते विश्वासको मत लिने तयारी ।

पोखरा क्षेत्रीय विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार / अख्तियारले ५५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर ।

सुडानको कालोगीमा किन्डरगार्टनसहित अस्पताल र सरकारी भवनमा आक्रमण / ४६ बालबालिकासहित ११६ जनाको मृत्यु ।



नेपाल प्रिमियर लिग क्रिकेटमा कर्णाली याक्सले जनकपुर बल्ट्सलाई १ सय ३० रनको लक्ष्य दियो / दुवै टोली प्लेअफबाट बाहिर / क्वालिफायरमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स भिड्ने ।

07/12/2025

जेनजी आन्दोलनका घाइते १५ दिनदेखि सडकमै / छ बुँदे माग पूरा नभएसम्म दबाब जारी राख्ने चेतावनी / घाइते र सहिद परिवारको माग सम्बोधनमा सरकार गम्भीर ।

एमाले अध्यक्ष ओलीद्वारा प्रधानमन्त्री कार्कीमाथि आफूलाई गिरफ्तार गर्न दबाब दिएको आरोप / भ्रष्टाचार विभाग प्रमुखको सरुवा औँल्याउँदै, सरकारको सीमाभन्दा बाहिरको काममा ध्यान नदिन आग्रह ।

एसियाली विकास बैंकको सहयोगमा पूर्व–पश्चिम राजमार्ग छ खण्डमा विस्तार / स्तरोन्नत राजमार्गले देशभरि लाखौं जनतालाई प्रत्यक्ष लाभ दिने अनुमान ।

पाकिस्तान र अफगानिस्तान सीमा क्षेत्रमा तालिबानबीच फेरि झडप / चारको जनाको मृत्यु / तीन जना घाइते ।



एनपीएल क्रिकेटमा पोखरा एभेन्जर्सले चितवन राइनोजलाई ८ विकेटले हरायो / विराटनगर किङ्स क्वालिफायरमा प्रवेश / लिग चरणको अन्तिम खेल आज जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच हुने ।

Address

Damak
Jhapa
57217

Opening Hours

Monday 05:00 - 23:00
Tuesday 05:00 - 23:00
Wednesday 05:00 - 23:00
Thursday 05:00 - 23:00
Friday 05:00 - 23:00
Saturday 05:00 - 23:00
Sunday 05:00 - 23:00

Telephone

+9779852666475

Alerts

Be the first to know and let us send you an email when Pathibhara FM 93.6MHz Damak, Jhapa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category

Our Story

पाथीभरा एफ एम ९३.६ मेगाहर्ज मिति २०६३ साल पौष ५ गते झापा जिल्लाको दमक नगर पालिकामा स्थापना भई आफ्नो प्रसारण सुरु गरेको हो । पूर्वाञ्चलकै पहिलो १००० वाट क्षमता भएको यस पाथीभरा एफ. एम. ९३.६ मेगाहर्जले इलामको मूर्तिडॉडाबाट रिपिटर टावर स्थापना गरी प्रदेश नं. १ का सबै जिल्लाहरु साथै भारतका केहि भु–भागसम्म सूचना, समाचार, संगीत र मनोरञ्जन प्रदान गर्न सफल भएको छ ।