RatnanagarOnline

RatnanagarOnline Moment by moment news, every moment

चितवनको सिद्धिमा निःशुल्क स्वास्थ्य शिविर : ५ सय २८ जना लाभान्वितकालिका, साउन २३ । चितवनको कालिकामा निःशुल्क स्वास्थ्य श...
08/08/2026

चितवनको सिद्धिमा निःशुल्क स्वास्थ्य शिविर : ५ सय २८ जना लाभान्वित

कालिका, साउन २३ । चितवनको कालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएकोछ । ग्रीन सोसाईटी नेपाल रत्ननगर- ७ सोैराहा. चितवनको आयोजना तथा शान्ति सेवा गृह तिलगंगा काठमाडौंको प्राविधिक सहयोगमा श्री राष्ट्रिय माध्यमिक विद्यालय मझवाङ्ग सिद्धिमा विशेषज्ञ चिकित्सकद्वारा मिनि अस्पताल सञ्चालन गरी निःशुल्क स्वास्थ्य शिविर गरेको हो ।

उक्त शिविरमा सुगर तथा प्रेसर, टिटानस भ्याक्सिन, जनरल हेल्थ, दन्त सेवा, फिजियो थेरापी, बालरोग बिशेषयज्ञ, स्त्रीरोग, रक्त परिक्षण, सामान्य जाँच, आँखा जाँच गरिएको थियो । शिविरमा ५सय २८ जनाको स्वास्थ्य परिक्षण गरिनुका साथै निःशुल्क रूपमा औषधि, ब्रस, मञ्जन, लिटो, सेनेटरी प्याड बितरण गरिएको ग्रीन शोसाईटी नेपालका महासचिव शिरलाल परियारले जानकारी दिनुभयो ।

कालिका वडा नं. १० र ११ बासीको स्थास्थ्य परिक्षण र बिभिन्न रोग लागेर अन्यत्र गएर चेक जाँच गर्न नपाएकाहरुको उपचार गर्ने उदेश्यले बृहत निःशुल्क स्वास्थ्य शिबिर राखिएको हो । घर छेउमै बिभिन्न रोगको परिक्षण गर्न पाउदा बिरामीहरुलाई सहज भएको उहाँको भनाई छ । शिविरमा काठमाडौंबाट ३० जना चिकित्सकको टोली आई स्थानीहरूको परिक्षण गरेको परियारले बताउनुभयो ।

कालिका नगरपालिकाका नगर प्रमुख बिनोद रेग्मीले दुर्गम गाउँ बस्तीका स्थानीयले रोग पालेर बस्नुपर्ने अवस्थाको अन्त्य गर्ने गरी विशेषरुपमा यो शिविरको आयोजना गरिदिनुहुने ग्रीन सोसाईटी नेपाल र शान्ति सेवा गृह तिलगंगा काठमाडौं लगाएत सम्पूर्ण टिमलाई धन्यवाद दिनुभयो ।

दुर्गम गाउँ बस्तीमा रोग पाल्दै बस्न बाध्य भएका स्थानीयहरुको सहजताका लागि शान्ति सेवा गृह तिलगंगा काठमाडौंले मझवाङ्ग विद्यालयमा विशेषज्ञ चिकित्सकद्वारा सो शिविर सञ्चालन गरेको शान्ति सेवा गृह तिलगंगा काठमाडौंका व्यवस्थापक बिजेन्द्र कुवरले बताउनुभयो ।

स्वास्थ्य जाँच गराउनेमा महिला, बालबालिका र ज्येष्ठ नागरिकको सङ्ख्या बढी भएको कुवरको भनाईछ । “यहाँ स्वास्थ्य जाँच गराउन आउनुभएकामध्ये धेरै जसो महिला, बालबालिका ज्येष्ठ नागरिक हुनुहुन्छ ।” उहाँले भन्नुभयो, “यो पालिका कालिकाको दुर्गम पालिका अन्तर्गत पर्ने हुँदा यहाँका विपन्न नागरिकको अस्पतालमा प्रत्यक्ष पहुँच नहुने हुँदा हामीले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका हौं ।”

कार्यक्रममा सामाजिक अभियन्ता केशव आचार्य, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष, बिद्यालयका प्राधानाध्यापक लगाएतको सहभागीता रहेको थियो ।

नेपाल मत्स्य विकास संघको अध्यक्षमा पुनः निरन्जन थापा निर्विरोध निर्वाचितखैरहनी, साउन २३ । नेपाल मत्स्य विकास संघको प्रथम...
08/08/2026

नेपाल मत्स्य विकास संघको अध्यक्षमा पुनः निरन्जन थापा निर्विरोध निर्वाचित

खैरहनी, साउन २३ ।
नेपाल मत्स्य विकास संघको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशनले पुनः निरन्जन थापाको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ। चितवनको खैरहनीमा गरिएको अधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

अधिवेशनले वरिष्ठ उपाध्यक्षमा सागर न्यौपाने, महासचिवमा इन्द्रमणि भुसाल र कोषाध्यक्षमा भवानी शंकर यादवलाई निर्विरोध निर्वाचित गरेको छ। त्यसैगरी प्रादेशिक नेतृत्वतर्फ कोशी प्रदेश अध्यक्षमा लक्ष्मीप्रसाद शिवाकोटी, मधेश प्रदेश अध्यक्षमा विरेन्द्र प्रसाद चौधरी, बागमती प्रदेश अध्यक्षमा रमेश पाण्डे, गण्डकी प्रदेश अध्यक्षमा यादव पौडेल, लुम्बिनी प्रदेश अध्यक्षमा शशिधर भूषाल, सुदूरपश्चिम प्रदेश अध्यक्षमा हरिराम चौधरी चयन भएका छन्। संघको केन्द्रीय सदस्यहरूमा दीपक थापा र विवेक पौड्याल, श्याम सुन्दर कुशवाह, ढक बहादुर थापा, कृष्ण गिरी, तिर्थराज घिमिरे, प्रदिप कुमार शाह, अरुण कुमार सिंह, सुवास कुर्मि र कमलेश कुमार शाह निर्वाचित भएका छन्।

‘एकताबद्ध मत्स्यपालक किसान, नेपालको समृद्धिमा दिगो योगदान’ भन्ने मूल नाराका साथ आयोजित अधिवेशनको उद्घाटन शुक्रबार कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले गरेकी थिइन्। हाल नेपालमा ३० हजार हेक्टरभन्दा बढी जलक्षेत्रमा माछापालन भइरहेको छ भने १ लाख ७५ हजारभन्दा बढी निजी व्यावसायिक पोखरीहरू सञ्चालनमा छन्। खर्बौैँ रुपैयाँको लगानी रहेको यस क्षेत्रबाट ४० हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन्। वार्षिक करिब २ लाख मेट्रिक टन माछा उत्पादन गर्दै आएको यस क्षेत्रले देशको कुल कृषि गार्हस्थ्य उत्पादनमा १.८ प्रतिशत योगदान पुर्‍याएको छ।

08/08/2026

भजनको क्रेज : रत्ननगरस्थित हरिहर मन्दिरमा आयोजित 'भक्ति भजन नेपाल' (बिबिएन) को भजन कार्यक्रम ।

चोरी-तस्करीबाट हुने माछाको आयात रोक्न गृह मन्त्रालयसँग सहकार्य भइरहेको छ : कृषिमन्त्री चौधरीचितवन, साउन २३ । कृषि, वन तथ...
08/08/2026

चोरी-तस्करीबाट हुने माछाको आयात रोक्न गृह मन्त्रालयसँग सहकार्य भइरहेको छ : कृषिमन्त्री चौधरी

चितवन, साउन २३ ।
कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले मुलुकको प्राकृतिक जलस्रोतको समुचित सदुपयोग गर्दै मत्स्यपालनलाई राष्ट्रिय अर्थतन्त्रको महत्त्वपूर्ण र आत्मनिर्भर आधारका रूपमा विकास गर्ने बताउनुभएको छ।

नेपाल मत्स्य विकास सङ्घको खैरहनी, चितवनमा आयोजित प्रथम साधारणसभा तथा अधिवेशनलाई शुक्रबार सम्बोधन गर्दै मन्त्री चौधरीले कृषि र वन क्षेत्रको विकासबिना मुलुकको समृद्धि असम्भव रहेको उल्लेख गर्नुभयो। किसानको अनुहारमा खुसी ल्याउन मन्त्रालयले नीतिगत र प्रशासनिक सुधार गरिरहेको उहाँको भनाइ थियो।

प्रत्यक्ष रूपमा किसानका समस्या बुझ्न हप्ताको तीन दिन (शुक्रबार, शनिबार र आइतबार) लाई ‘फिल्ड डे’का रूपमा छुट्याएर काम गरिरहेको जानकारी दिँदै मन्त्री चौधरीले प्राविधिक ज्ञानको कमी, समयमा सूचना नपुग्नु र सरकारी अनुदानबारे जानकारी नहुँदा किसानहरू समस्यामा परेको बताउनुभयो। "हामी जलस्रोतमा धनी छौँ, अन्य क्षेत्र जस्तै माछा उत्पादनमा पनि छिट्टै पूर्ण आत्मनिर्भर बन्नुपर्छ," उहाँले भन्नुभयो। मन्त्री चौधरीले उन्नत जातका भुरा, गुणस्तरीय दाना, आधुनिक प्रविधि, डिजिटल प्लेटफर्म र गुणस्तर प्रमाणीकरणमा सरकारले जोड दिएको स्पष्ट पार्नुभयो।

गैरकानुनी र चोरी-तस्करीका माध्यमबाट हुने माछा आयात रोक्न गृह मन्त्रालयलगायत सरोकारवाला निकायसँग निरन्तर समन्वय भइरहेको बताउँदै उहाँले अवैध आयात नियन्त्रण गरी स्वदेशी उत्पादनलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै किसानलाई प्रोत्साहन गर्न सहुलियतपूर्ण विद्युत् महसुल, मूल्य अभिवृद्धि कर (भ्याट) छुट र उत्पादनमा आधारित प्रत्यक्ष अनुदानका लागि नीतिगत पहल भइसकेको उहाँले जानकारी दिनुभयो।

कार्यक्रममा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले भारतबाट फर्मालिन र नाइट्रेट हालेर भित्र्याइने अखाद्य माछाको आयात रोकेर स्वदेशी किसानको उत्पादनलाई बजार दिनुपर्नेमा जोड दिनुभयो। यस्तै, नेपालका लागि बङ्गलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बङ्गलादेशले चार दशकमा माछा उत्पादन ६ गुणाले बढाएर वार्षिक ५१ लाख १५ हजार मेट्रिक टन पुर्‍याएको उदाहरण दिँदै नेपालमा पनि सही नीति र प्रोत्साहन भए मत्स्य क्षेत्रमा आत्मनिर्भर बन्न सक्ने धारणा राख्नुभयो।

पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार हाल नेपालमा वार्षिक करिब १ लाख ३१ हजार मेट्रिक टन माछा उत्पादन भइरहेको छ भने करिब रु. दुई करोड बराबरको स्वदेशी माछा निर्यातसमेत सुरु भइसकेको छ। उहाँले कालीमाटीजस्ता प्रमुख बजारमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिइने र अपुग भएमा मात्र वैधानिक आयातको व्यवस्था मिलाइने बताउनुभयो। केन्द्रीय मत्स्य प्रवर्द्धन तथा संरक्षण केन्द्रकी प्रमुख सरिता गौतमले जलजैविक विविधताको संरक्षण गर्दै पूर्वाधार विकासका काम तीव्रताका साथ अघि बढाइएको जानकारी दिनुभयो।

यसैगरी, कृषि तथा वन विज्ञान विश्वविद्यालयका डिन डा. शङ्करराज बर्सेला र नेपाल मत्स्य समाजकी अध्यक्ष डा. सुनिला राईले क्वारेन्टाइन नाकामा अखाद्य माछाको आयात नियन्त्रण गर्न र मत्स्य क्षेत्रको दिगो विकासका लागि प्राविधिक रूपमा दक्ष जनशक्ति (मत्स्य विकास अधिकृत) परिचालन गर्नुपर्नेमा जोड दिनुभयो।

देशभरका प्रतिनिधिको सहभागिता रहेको उक्त साधारणसभा तथा अधिवेशनले शनिबार नयाँ नेतृत्व चयन गर्ने संघका अध्यक्ष निरन्जन थापाले जानकारी दिए ।

सत्यको जीत निश्चित छ भन्दै बालेन्द्र शाहले भने– नआत्तिनुहोस् : नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल फेसब...
08/08/2026

सत्यको जीत निश्चित छ भन्दै बालेन्द्र शाहले भने– नआत्तिनुहोस्

: नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत धैर्य, सत्यता र सङ्घर्षको महत्त्व दर्शाउँदै एक सन्देश सार्वजनिक गर्नुभएको छ। प्रधानमन्त्री शाहले सही समय आउन केही समय लाग्ने उल्लेख गर्दै ढिला भए पनि परिणाम गलत नहुने भएकाले नआत्तिन नागरिकलाई आग्रह गर्नुभएको छ। बाहिर सुनिएका र देखिएका कुराभन्दा कहिलेकाहीँ वास्तविकता फरक हुने भन्दै उहाँले सतही हल्लाका पछाडि नलाग्न सङ्केत गर्नुभएको छ। जीवन र यात्रामा कहिलेकाहीँ एक्लै पनि लड्नुपर्ने परिस्थिति आउने र यो आफ्ना लागि पहिलो अनुभव नभएको उल्लेख गर्दै उहाँले जुनसुकै चुनौतीको सामना गर्न आफू सक्षम र प्रतिबद्ध रहेको प्रस्ट पार्नुभएको छ।

आजको राशिफल (शनिबार, २३ साउन २०८३ / 08 August 2026)मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)रचनात्मक र फलदायी दिन रहनेछ। र...
08/08/2026

आजको राशिफल (शनिबार, २३ साउन २०८३ / 08 August 2026)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
रचनात्मक र फलदायी दिन रहनेछ। रोकिएका कामहरू क्रमशः बन्दै जानेछन्। व्यापार-व्यवसायमा नयाँ अवसर मिल्नेछ भने साथीभाइ तथा आफन्तको सहयोग प्राप्त हुनेछ। स्वास्थ्य सामान्य रहनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
काममा थोरै ढिलासुस्ती हुनसक्ने भएकाले सचेत रहनुहोला। आर्थिक लेनदेन गर्दा विशेष सावधानी अपनाउनु पर्नेछ। हतारमा निर्णय नलिनुहोला। साँझतिर पारिवारिक वातावरणमा रमाउने अवसर मिल्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
प्रतिस्पर्धीहरूलाई पछाडि पार्दै सफलता हात पार्न सकिनेछ। नयाँ योजना बनाउन आजको दिन उत्तम छ। सामाजिक कार्यमा रुचि बढ्नेछ। आम्दानीका नयाँ स्रोतहरू पहिचान हुन सक्छन्।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
मनमा सकारात्मक विचार आउनेछन्। रोकिएका धन संकलन हुने योग छ। कार्यक्षेत्रमा सहकर्मीहरूको साथ मिल्नेछ। परिवारमा खुसीको माहोल छाउनेछ र छोटो दूरीको यात्राको सम्भावना छ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टु टे)
जोस-जाँगरमा वृद्धि हुनेछ। नयाँ क्षेत्रमा लगानी गर्ने योजना हुनसक्छ। बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ भने शुभ समाचार सुन्न पाइनेछ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
आर्थिक मामिलामा संयम अपनाउनुहोला। अनावश्यक खर्च बढ्न सक्छ। व्यापारमा सोचेजस्तो लाभ नमिले पनि धैर्य राख्नु हितकर हुनेछ। पारिवारिक सहयोगले समस्या समाधानमा मद्दत पुग्नेछ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते)
आम्दानीका नयाँ बाटा खुल्नेछन्। नजिकका साथीभाइसँग भेटघाट र रमाइलो हुनेछ। लामो समयदेखि अड्किएका काम बन्नाले मन प्रसन्न रहनेछ। छोटो तथा फलदायी यात्राको योग छ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
कार्यक्षेत्रमा प्रशंसनीय काम गर्ने अवसर प्राप्त हुनेछ। मान-सम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ। नयाँ जिम्मेवारी सम्हाल्नुपर्ने हुनसक्छ। स्वास्थ्य अवस्था राम्रो रहनेछ।

धनु (ये, यो, भ, भी, भू, धा, फा, ढा, भे)
भाग्यले साथ दिनेछ। धर्म-कर्म र आध्यात्मिक कार्यमा रुचि बढ्नेछ। रोकिएका शैक्षिक वा वैदेशिक कार्य अघि बढ्नेछन्। टाढाको यात्राको सम्भावना छ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
काम गर्दा ध्यान केन्द्रित गर्नुपर्नेछ। स्वास्थ्यको ख्याल राख्नुहोला। गोपनीयता जोगाउनु बुद्धिमानी हुनेछ। साँझपख भने स्थितिमा सुधार आउनेछ र नयाँ ऊर्जा प्राप्त हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा)
व्यापार तथा साझेदारिका काममा राम्रो फाइदा हुनेछ। जीवनसाथी वा प्रियजनको सहयोगले कामहरू सजिलै सम्पन्न हुनेछन्। यात्रा र मनोरञ्जनात्मक गतिविधिमा समय बित्नेछ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
प्रतिस्पर्धामा सफलता मिल्नेछ। शत्रु र अवरोधहरू हट्नेछन्। मेहनतको उचित फल पाइने समय छ। आर्थिक स्थिति बलियो रहनेछ भने नयाँ कामको थालनी गर्न सकिनेछ।

जगन्नाथ थपलिया अझै अस्पतालमै , कामज्वरो आउन थाल्यो : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गुण्डुस्थित निवासमा भएको तना...
07/08/2026

जगन्नाथ थपलिया अझै अस्पतालमै , कामज्वरो आउन थाल्यो : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गुण्डुस्थित निवासमा भएको तनावपूर्ण छलफलका क्रममा मुर्छा परेर ढलेका बाग्मती प्रदेश संसदीय दलका प्रमुख जगन्नाथ थपलिया अझै अस्पतालमै छन् । उनको स्वास्थ्यमा सुधार आउनुको साटो समस्या थपिँदै गएको छ । ओली निवासबाट साउन १९ गते मध्यरात भक्तपुरको ठीमी अस्पताल लगिएका थपलियालाई त्यहाँबाट बिहान डिस्चार्ज गरिएको थियो । तर सञ्चो नभएपछि सोही दिन वीर अस्पताल भर्ना गरियो । थपलिया अझै पनि वीरमै उपचाररत छन् । उनलाई वीरको क्याबिनमा राखिएको छ ।

आजको राशिफल: २०८३ साउन २२ गते, शुक्रबारमेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आजको दिन शुभ फलदायी रहनेछ। रोकिएका कामहरू ...
07/08/2026

आजको राशिफल: २०८३ साउन २२ गते, शुक्रबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिन शुभ फलदायी रहनेछ। रोकिएका कामहरू बन्नेछन् भने नयाँ कामको थालनी गर्न अनुकूल समय छ। व्यापार-व्यवसायमा आर्थिक लाभ हुनेछ। पारिवारिक सुख र साथीभाइको सहयोग मिल्नेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
स्वास्थ्यमा केही उतारचढाव आउन सक्ने भएकाले खानपानमा ध्यान दिनुहोला। अनावश्यक खर्च बढ्न सक्छ। कार्यक्षेत्रमा धैर्यता र संयमता अपनाउनु उचित हुनेछ। मध्याह्नपछि स्थितिमा सुधार आउनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन्। मनमा प्रसन्नता छाउनेछ र अधुरा कामहरू पूरा हुनेछन्। अध्ययन-अध्यापनमा प्रगति हुनेछ। प्रेम सम्बन्ध अझ प्रगाढ बन्ने समय छ।

कर्कट (ही, हू, हे, हो, डा, डि, डु, डे, डो)
सामाजिक र सरकारी काममा सफलता मिल्नेछ। मान-सम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ। नोकरी वा व्यवसायमा पदोन्नति वा विशेष लाभको योग छ। परिवारमा खुसीको वातावरण रहनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धार्मिक र सांस्कृतिक कार्यमा रुचि बढ्नेछ। लामो दूरीको यात्रा वा वैदेशिक कार्यमा सफलता मिल्नेछ। भाग्यले साथ दिनेछ, जसले गर्दा सोचेका कामहरू सहजै सम्पन्न हुनेछन्।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आजको दिन केही चुनौतीपूर्ण हुन सक्छ। स्वास्थ्य र गोपनीयतामा ध्यान दिनुहोला। बाटो काट्दा वा सवारी साधन चलाउँदा सावधानी अपनाउनुहोला। साँझपख स्थिति सहज बन्दै जानेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यापार तथा साझेदारीका कामबाट राम्रो फाइदा हुनेछ। जीवनसाथीको पूर्ण सहयोग र माया प्राप्त हुनेछ। यात्राको सम्भावना छ। रमाइलो र मनोरञ्जनात्मक गतिविधिमा समय बित्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रतिस्पर्धीहरूलाई पछाडि पार्दै काममा सफलता मिल्नेछ। पुराना रोग वा ऋणबाट मुक्ति पाउने योग छ। मेहनतको उचित प्रतिफल पाइनेछ। स्वास्थ्य सबल रहनेछ।

धनु (ये, यो, भ, भि, भु, धा, फा, ढा, भे)
सिर्जनात्मक र बौद्धिक कार्यमा रुचि बढ्नेछ। विद्यार्थी वर्गका लागि आजको दिन निकै उत्तम छ। सन्तान पक्षबाट शुभ समाचार सुन्न पाइनेछ। व्यापारमा मध्यम लाभ हुनेछ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
पारिवारिक विषयलाई लिएर मनमा केही अशान्ति वा द्वविधा हुन सक्छ। घर-जग्गा वा सवारी साधनसम्बन्धी काम गर्दा विचार पुर्‍याउनुहोला। आमाको स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आफ्नो पराक्रम र हिम्मतले कामहरू फत्ते हुनेछन्। भाइबहन र आफन्तबाट सहयोग प्राप्त हुनेछ। छोटो दूरीको फलदायी यात्रा हुन सक्छ। नयाँ योजना बनाउन आजको दिन अनुकूल छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आर्थिक दृष्टिकोणले आजको दिन शुभ छ। रोकिराखेको धन फिर्ता आउन सक्छ। बोलीको प्रभाव बढ्नेछ, जसका कारण जटिल कामहरू पनि बोलीकै भरमा सुल्झिनेछन्। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ।

सिंगापुरबाट साउन २६ मा स्वदेश फर्किँदै पूर्वप्रधानमन्त्री देउवा : पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति श...
06/08/2026

सिंगापुरबाट साउन २६ मा स्वदेश फर्किँदै पूर्वप्रधानमन्त्री देउवा : पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साउन २६ गते राति ९:४५ बजे काठमाडौं फर्किने भएका छन्। देउवानिकट कांग्रेस नेताका अनुसार उनी त्यसदिन एक्लै फर्किँदैछन् भने परिवारका अन्य सदस्य केही समयपछि मात्रै फर्किनेछन्। स्वास्थ्य उपचारका लागि गत फागुन १३ गते सिंगापुर गएका देउवा चैत ७ गते हङकङ पुगेका थिए। केही समय हङकङमा बसेपछि उनी पुनः सिंगापुर फर्किएका थिए। अहिले उनी सिंगापुरबाटै काठमाडौं फर्किन लागेका हुन्।
काठमाडौं फर्किएपछि देउवाले साउन २९ गते आयोजना हुने राष्ट्रिय भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

पूर्वी चितवनमा खाना पकाउने ग्यासको सास्ती: खाली सिलिन्डर बोक्दै उद्योग पुगेपछि मिल्यो ग्यासरत्ननगर, साउन २१ । पूर्वी चित...
06/08/2026

पूर्वी चितवनमा खाना पकाउने ग्यासको सास्ती: खाली सिलिन्डर बोक्दै उद्योग पुगेपछि मिल्यो ग्यास

रत्ननगर, साउन २१ ।
पूर्वी चितवनमा खाना पकाउने एलपी ग्यासको चरम अभाव भएपछि आज उपभोक्ताहरू खाली सिलिन्डर बोकेरै उद्योग परिसर पुग्न बाध्य भएका छन्। खैरेनीस्थित बाबा ग्यास उद्योगमा ग्यास लिन बिहानैदेखि सर्वसाधारणको लामो लाइन लागेको थियो। बजारका डिपो र खुद्रा बिक्री केन्द्रहरूमा ग्यास नपाएर सास्ती खेपेका उपभोक्ताहरूको समस्यालाई ध्यानमा राख्दै बाबा ग्यासले उद्योग परिसरबाटै भरिएका सिलिन्डर वितरण गरेको छ। खाली सिलिन्डर लिएर लाइनमा बसेका उपभोक्ताहरूलाई कम्पनीले सिधै ग्यास उपलब्ध गराएपछि उनीहरूले ठूलो राहत महसुस गरेका छन्।

Address

Ratnanagar, Chitwan
Jhawani
44204

Alerts

Be the first to know and let us send you an email when RatnanagarOnline posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to RatnanagarOnline:

Shortcuts

Share