चितवन सेरोफेरो

चितवन सेरोफेरो हाम्रो चितवन राम्रो चितवन
(1)

भरतपुरको चौविसकोठीमा आज देखि पुन: राष्ट्रिय झन्डा फहराईएको छ ।
19/09/2026

भरतपुरको चौविसकोठीमा आज देखि पुन: राष्ट्रिय झन्डा फहराईएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको चर्चित जंगली भाले हात्ती ‘रोनाल्डो’ मृत अवस्थामा भेटिएको छ। रोनाल्डो विषहजारी पोस्ट नजिकै मृत ...
19/09/2026

चितवन राष्ट्रिय निकुञ्जको चर्चित जंगली भाले हात्ती ‘रोनाल्डो’ मृत अवस्थामा भेटिएको छ। रोनाल्डो विषहजारी पोस्ट नजिकै मृत भेटिएको हो।
रोनाल्डोको मृत्युको कारण भने खुलिसकेको छैन। घटनाबारे चितवन राष्ट्रिय निकुञ्जको टोलीले स्थलगत अनुसन्धान गरिरहेको छ। मृत्युको कारण अनुसन्धानपछि मात्रै यकिन हुने निकुञ्जका संरक्षण अधिकृत तथा सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए ।

रोनाल्डोको मृत्युसँगै सौराहा–खोरसोर क्षेत्रको चर्चित जंगली भाले हात्तीको एउटा परिचित कथा समाप्त भएको छ। मृत्युको वास्तविक कारण भने निकुञ्जको अनुसन्धानपछि मात्रै स्पष्ट हुने जनाएको छ ।

कृष्णभिरको अवरोध हटेसगै पृथ्वी राजमार्गमा दोहोरो यतायात सञ्चालनमा आयो ।
17/09/2026

कृष्णभिरको अवरोध हटेसगै पृथ्वी राजमार्गमा दोहोरो यतायात सञ्चालनमा आयो ।

रत्ननगर वडा नं १ सौराहाचोक स्थित नेपाल माविको जग्गामा बनाइएका अबैध संरचना डोजर लगाएर भत्काइएको छ । पटक पटक सुचना जारी गर...
16/09/2026

रत्ननगर वडा नं १ सौराहाचोक स्थित नेपाल माविको जग्गामा बनाइएका अबैध संरचना डोजर लगाएर भत्काइएको छ ।
पटक पटक सुचना जारी गरी विद्यालय प्रशासनले संरचना भत्काउन गरेको आग्रहलाई अटेर गरेपछि डोजर लगाएर अबैध संरचना भत्काइएको प्रधानाध्यापक बुद्धिराज सुवेदीले बताउनुभयो । व्यवसायीहरुले सटर पछाडि संरचना निर्माण गरेका थिए ।

पहिलो प्याकेजमा मकवानपुरभित्र पर्ने ४० किमि खण्ड, लोथर देखि टिकौलीसम्मको २६ किमिलाई दोस्रो र टिकौलीदेखि गोन्द्राङसम्मको ...
13/09/2026

पहिलो प्याकेजमा मकवानपुरभित्र पर्ने ४० किमि खण्ड, लोथर देखि टिकौलीसम्मको २६ किमिलाई दोस्रो र टिकौलीदेखि गोन्द्राङसम्मको ४ किमिलाई तेस्रो प्याकेजमा राखिएको छ। चितवनको टिकौली जंगलमा भने दुई किमि लामो फ्लाइओभर निर्माण गरिनेछ। वन्यजन्तुलाई ध्यानमा राखेर फ्लाइओभर निर्माण गर्न लागिएको हो । फ्लाइओभरको दुवैतर्फ एक–एक लेन यात्रुलाई हिँड्न र साइकल चलाउन मिल्ने बनाइने आयोजनाको भनाइ छ । बाँकी चार लेनमध्ये दुई–दुई लेनमा दुवैतर्फ सवारी ओहोरदोहोर गर्नेछन् ।

फ्लाइओभरमा ६७ पिलर रहनेछन्। फ्लाइओभर माथिबाट सवारीसाधन गुड्नेछन्। त्यसको तलबाट वन्यजन्तु ओहोरदोहोर गर्न मिल्नेछ। राप्ती, लोथर र मनोहरीमा ठूला–ठूला पक्की पुल निर्माण गरिनेछ। सडक खण्डमा पर्ने बस्तीमा चार लेनको सडक बन्नेछ। यस्तै एक–एक लेन सर्भिस लेन निर्माण गरिनेछ। सहरी क्षेत्रमा भने चार लेन सडक, थप दुई–दुई लेनको सर्भिस लेन, नाली, फुटपाथ बनाइनेछ।

जंगल क्षेत्रमा भने सडक चार लेन बनाइनेछ। ठेक्का सम्झौता भएको साढे तीन वर्षभित्र सबै काम सकिसक्नुपर्नेछ। ठेक्का आह्वान १९ भदौमा गरिएको हो। ठेक्का प्रक्रिया पूरा गरी सम्झौता गरेर काम सुरु हुन सात महिनाभन्दा बढी लाग्ने छ ।

भरतपुरको बसन्त चोकमा ईभी कारमा आगलागी हुँदा मृत्यु भएका व्यक्ति नारायणी विद्या मन्दिर, शिवघाटका पूर्व सञ्चालक अमर पराजुल...
11/09/2026

भरतपुरको बसन्त चोकमा ईभी कारमा आगलागी हुँदा मृत्यु भएका व्यक्ति नारायणी विद्या मन्दिर, शिवघाटका पूर्व सञ्चालक अमर पराजुली रहेको चितवन प्रहरीले जनाएको छ।
मृतकका आफन्तका अनुसार पराजुली आज बिहान आगलागी भएको कार लिएर हेटौँडाबाट भरतपुरतर्फ निस्किएका थिए। 😔

देवघाट 😍
06/09/2026

देवघाट 😍

शहीद स्मृति बहुमुखी क्याम्पस। रत्ननगर
01/09/2026

शहीद स्मृति बहुमुखी क्याम्पस।
रत्ननगर

एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवनका निर्देशक घनानाथ अर्यालले भाेटेकाेशी बाढीबाट प्रभावितकाे उद्दार, राहत तथा पुन...
31/08/2026

एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवनका निर्देशक घनानाथ अर्यालले भाेटेकाेशी बाढीबाट प्रभावितकाे उद्दार, राहत तथा पुनर्थापनामा सघाउन व्यक्तिगत रु.५ लाख सहयाेग गरेका छन् । उनले उक्त रकम प्रधानमन्त्री दैवी प्रकाेप उद्दार काेषकाे ग्लाेबल आईएमई बैंकमा रहेकाे खातामा जम्मा गरेकाे जानकारी दिएका छन् ।

सतर्क रहनु होला।
30/08/2026

सतर्क रहनु होला।

Address

Jhawani
44600

Telephone

+9779855087424

Website

Alerts

Be the first to know and let us send you an email when चितवन सेरोफेरो posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to चितवन सेरोफेरो:

Shortcuts

Share