Himalaparikoaawaj saptahik Patrika

Himalaparikoaawaj saptahik Patrika स्वतन्त्र बिचार सत्य र निष्पक्ष समाचार
www.himalparikoaawaj.com खबर मात्र हैन खबरदारी पनी

https://www.himalparikoaawaj.com/2026/09/3861/
07/09/2026

https://www.himalparikoaawaj.com/2026/09/3861/

मुस्ताङ, भदौ २२ । स्थानीय तह र प्रदेश सरकारको निर्वाचन नजिकिँदै गर्दा मुस्ताङमा चुनावी प्रतिस्पर्धा फेरि खर्चिल....

06/09/2026

फोटोग्राफी र फोटोपत्रकारिताका माध्यमबाट समाज र देशलाई चिनाउँदै आएका पोखराका फोटोपत्रकार प्रेम थापा ‘मिलन युथ ए...

06/09/2026

मुस्ताङ, २० भदौ — रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि हिमाली जिल्ला मुस्ताङका बास.....

05/09/2026

मुस्ताङ, भदौ २० । ‘प्रविधिको सही प्रयोग र सजगताः मानव बेचबिखनरहित राष्ट्र निर्माणमा ऐक्यबद्धता’ भन्ने नारासहित ....

https://www.himalparikoaawaj.com/2026/09/3843/
05/09/2026

https://www.himalparikoaawaj.com/2026/09/3843/

मुस्ताङ, भदौ १९ । मानवीय सेवा, सामाजिक उत्तरदायित्व र स्वयंसेवी अभियानमा लामो समयदेखि सक्रिय समाजसेवी आशबहादुर थ...

04/09/2026

मुस्ताङ, १८ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको उद्धार तथा राहतका लागि मुस्ताङका ....

https://www.himalparikoaawaj.com/2026/09/3834/
04/09/2026

https://www.himalparikoaawaj.com/2026/09/3834/

पोखरा, भदौ १८ । समानताको संवैधानिक अधिकार प्राप्त भएको दशक बितिसक्दा पनि सामाजिक, आर्थिक र राजनीतिक अवसरमा अपेक्.....

https://www.himalparikoaawaj.com/2026/09/3822/
03/09/2026

https://www.himalparikoaawaj.com/2026/09/3822/

मुस्ताङ, १८ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले जनधनको ठूलो क्षति पुर्याएर देश शोकमा डुबिरहेका बेला म...

03/09/2026

२०८३ भाद्र १८ पोखरा
दलित समुदायका तर्फबाट कम्युनिष्ट पार्टीलाई प्रश्नहरू

१. वर्गविहीन समाजको सपना देखाउने कम्युनिष्ट पार्टीले आफ्नै संगठनभित्र जातीय विभेद र छुवाछूत अन्त्य गर्न कति इमानदार कदम चाल्यो?

२. दलितलाई चुनावको बेला ‘भोट बैंक’ र आन्दोलनका बेला ‘शक्तिको आधार’ बनाउने, तर सत्ता पाएपछि निर्णय गर्ने ठाउँमा किन सीमित गरिन्छ?

३. दलितको जनसंख्या र राजनीतिक योगदानअनुसार पार्टीको केन्द्रीय नेतृत्वदेखि स्थानीय तहसम्म समानुपातिक र निर्णायक प्रतिनिधित्व किन सुनिश्चित गरिँदैन?

४. दलितलाई केवल आरक्षण र समावेशिताको विषयमा सीमित गर्ने कि भूमि, शिक्षा, रोजगारी, उद्यम र आर्थिक स्वामित्वमा पनि वास्तविक पहुँच दिने?

५. जातीय विभेद अन्त्य गर्ने घोषणा पटक–पटक गर्ने कम्युनिष्ट पार्टीले आफ्नै नेता–कार्यकर्ता र समर्थकबीच हुने छुवाछूतविरुद्ध कति पटक कारबाही गरेको छ?

६. दलितमाथि हुने हिंसा, छुवाछूत र सामाजिक बहिष्कारका घटनामा पीडितको पक्षमा उभिने कि राजनीतिक समीकरणका कारण दोषीलाई संरक्षण गर्ने?

७. ‘समानता’ कम्युनिष्ट विचारको आधार हो भने दलित समुदायलाई पार्टीभित्र नेतृत्वको पहिलो पंक्तिमा पुग्न अझै किन संघर्ष गर्नुपर्छ?

८. दलितको गरिबीलाई केवल ‘वर्गीय समस्या’ भनेर जातीय उत्पीडनको ऐतिहासिक वास्तविकतालाई ओझेलमा पार्ने प्रयास किन गरिन्छ?

९. दलित समुदायको पुस्तौँदेखिको भूमिहीनता अन्त्य गर्न कम्युनिष्ट पार्टीले स्पष्ट भूमि नीति र कार्यान्वयनयोग्य कार्यक्रम कहिले ल्याउँछ?

१०. दलित युवालाई रोजगारी र सीपको अवसर दिने नाममा तालिम मात्र बाँड्ने कि उनीहरूलाई उत्पादन, उद्योग, व्यवसाय र बजारको स्वामित्वमा समेत पुर्‍याउने योजना छ?

११. दलित महिलामाथि जातीय र लैंगिक दुवै प्रकारको विभेद भइरहेको अवस्थामा उनीहरूलाई पार्टीको निर्णायक नेतृत्वमा पुर्‍याउन तपाईंहरूको ठोस नीति के हो?

१२. दलित बस्तीमा अझै शिक्षा, स्वास्थ्य, खानेपानी, सडक र रोजगारीको अभाव छ भने दशकौँदेखि शासनमा सहभागी भएका कम्युनिष्ट पार्टीहरूले आफ्नो उपलब्धिको हिसाब जनतासामु कहिले सार्वजनिक गर्ने?

१३. दलितको नाममा भाषण र घोषणापत्रमा प्रतिबद्धता लेख्नु मात्रै पर्याप्त हो, कि प्रत्येक निर्वाचन क्षेत्र र स्थानीय तहमा दलित समुदायका लागि छुट्टै परिणाममुखी योजना र बजेट सुनिश्चित गर्ने हिम्मत छ?

१४. जातीय विभेद गर्ने आफ्नै पार्टीका नेता, जनप्रतिनिधि वा कार्यकर्तामाथि राजनीतिक संरक्षण होइन, कानुनी र सांगठनिक कारबाही गर्ने सार्वजनिक प्रतिबद्धता गर्न तयार हुनुहुन्छ?

१५. अब दलित समुदायले तपाईंहरूको भाषण होइन, ‘कति दलित नेतृत्वमा पुगे, कति भूमिहीनले भूमि पाए, कति युवाले रोजगारी पाए र कति विभेदका घटना रोकिए’ भन्ने परिणाम माग्दा त्यसको जवाफ दिन तपाईंहरू तयार हुनुहुन्छ?

२०८३ भाद्र १८ पोखरा नेपाल दलित मोर्चाको गण्डकी प्रदेश एकता बैठक पाेखरामा भइरहेकाे छ ।
03/09/2026

२०८३ भाद्र १८ पोखरा
नेपाल दलित मोर्चाको गण्डकी प्रदेश एकता बैठक पाेखरामा भइरहेकाे छ ।

Address

Mustang
Jomoson
33100

Alerts

Be the first to know and let us send you an email when Himalaparikoaawaj saptahik Patrika posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Himalaparikoaawaj saptahik Patrika:

Shortcuts

Share