Modification Jomsom

Modification Jomsom Who said Heaven is myth, visit Mustang once.
- 8th wonder of World.
- Surrounded by beautiful mesmerizing snow-mountains.
- Tourist destination place.

मुक्तिनाथ र मुस्ताङ क्षेत्रमा हरेक वर्ष विशेषगरी मार्चदेखि मे र सेप्टेम्बरदेखि नोभेम्बर महिनामा भारतीय तथा आन्तरिक पर्यट...
29/05/2026

मुक्तिनाथ र मुस्ताङ क्षेत्रमा हरेक वर्ष विशेषगरी मार्चदेखि मे र सेप्टेम्बरदेखि नोभेम्बर महिनामा भारतीय तथा आन्तरिक पर्यटकहरूको ठूलो भिड लाग्ने गर्दछ। धार्मिक आस्था र प्राकृतिक सौन्दर्यका कारण यहाँ आउने पर्यटकहरूको यो चापले गर्दा स्थानीय होटल, यातायात र व्यापार व्यवसायलाई ठूलो आर्थिक टेवा पुग्ने गरेको होटल मेजेस्टिका प्रोपाईटर निशान तुलाचनले बताउनु भयो । तस्विर अनिल परियार , कुन्जो ।

29/05/2026

मुक्तिनाथ र मुस्ताङ क्षेत्रमा हरेक वर्ष विशेषगरी मार्चदेखि मे र सेप्टेम्बरदेखि नोभेम्बर महिनामा भारतीय तथा आन्तरिक पर्यटकहरूको ठूलो भिड लाग्ने गर्दछ। धार्मिक आस्था र प्राकृतिक सौन्दर्यका कारण यहाँ आउने पर्यटकहरूको यो चापले गर्दा स्थानीय होटल, यातायात र व्यापार व्यवसायलाई ठूलो आर्थिक टेवा पुग्ने गरेको होटल मेजेस्टिका प्रोपाईटर निशान तुलाचनले बताउनु भयो । तस्विर अनिल परियार , मुस्ताङ ।

के हो त प्राण प्रतिष्ठान चाहे हिन्दू परम्परा होस् या बौद्ध, प्राण प्रतिष्ठाको मुख्य मर्म एउटै छ:जबसम्म मूर्तिको प्राण प्...
29/05/2026

के हो त प्राण प्रतिष्ठान

चाहे हिन्दू परम्परा होस् या बौद्ध, प्राण प्रतिष्ठाको मुख्य मर्म एउटै छ:
जबसम्म मूर्तिको प्राण प्रतिष्ठा वा रम्ने हुँदैन, तब सम्म त्यसलाई केवल ढुङ्गा, माटो, धातु वा एउटा कला कृति मात्र मानिन्छ। तर, भित्र 'शोङ' भरेर विधिवत् रूपमा यो संस्कार सम्पन्न गरिसकेपछि उक्त मूर्ति साक्षात भगवान् वा बुद्धको जीवन्त रूप बन्दछ र पूर्ण रूपमा बुद्व धर्ममा पूजनीय योग्य हुन्छ।
घरपझोङ गाउँपालिकाले निर्माण गरेको शालिग्राम विश्वकै सबैभन्दा ठूलो हो। यति ठूलो र ऐतिहासिक संरचनाको प्राण प्रतिष्ठा पनि उत्तिकै उच्च र विशिष्ट गुरुबाट गराउनु आवश्यक थियो। त्यसैले हिन्दू जगत्‌कै सर्वोच्च गुरु जगद्गुरु शंकराचार्य श्री विधुशेखर भारती महाराजमार्फत यो अनुष्ठान गराएर गाउँपालिकाले यसको धार्मिक गरिमालाई शिखरमा पुर्‍याएको छ।

प्राण प्रतिष्ठा र बौद्ध परम्परा (रम्ने)
हिन्दू धर्ममा जस्तै बौद्ध धर्ममा पनि मूर्ति, छोर्तेन वा गुम्बाहरू निर्माण गरिसकेपछि तिनलाई पवित्र बनाउन प्राण प्रतिष्ठा गरिन्छ।
हिमाली भेग र तिब्बती बौद्ध परम्परामा प्राण प्रतिष्ठाको विधिलाई 'रम्ने' भनिन्छ। उच्च लामा वा रिन्पोछेद्वारा विशेष मन्त्रोच्चारण र पूजापाठ गरेर मूर्ति वा छोर्तेनमा बुद्धत्व वा दिव्य ऊर्जा भर्ने काम यसै विधिमार्फत गरिन्छ।
बौद्ध मूर्ति वा छोर्तेनको भित्री भाग खाली राखिएको हुन्छ। प्राण प्रतिष्ठा (रम्ने) गर्नुअघि त्यसको भित्र बहुमूल्य धातुहरू (सुन, चाँदी, तामा), मन्त्र लेखिएका कागजका रोलहरू ,बहुमूल्य जडीबुटी, र पवित्र धुलिकणहरू भरिन्छ। यसरी भित्र राखिने पवित्र र बहुमूल्य सामग्रीहरूलाई तिब्बती ,थकाली भाषामा 'शोङ भनिन्छ।

29/05/2026

प्राकृतिक सौन्दर्य, अनुपम संस्कृति र प्रसिद्ध धार्मिक स्थलहरूको संगम रहेको मुस्ताङमा यतिबेला आन्तरिक तथा बाह्य पर्यटकहरूको उत्साहजनक घुइँचो लागेको छ। अनुकूल मौसम र हिमाल पारिको जिल्लाको रमणीय दृश्य अवलोकनका लागि दैनिक हजारौँको संख्यामा पर्यटकहरू मुस्ताङ भित्रिने क्रम जारी छ।पर्यटकको संख्यामा भएको यो उल्लेख्य वृद्धिले स्थानीय अर्थतन्त्रमा ठूलो टेवा पुर्‍याए पनि यसले एउटा गम्भीर वातावरणीय चुनौती समेत निम्त्याएको छ। बढ्दो पर्यटकको चापसँगै प्लास्टिक, बोतल र अन्य फोहोरमैलाको परिमाण पनि तीव्र रूपमा बढेको छ, जसको उचित व्यवस्थापन यतिबेला स्थानीय तह र संरक्षणकर्मीहरूका लागि मुख्य चुनौती बनेको छ।
विशेष गरी पदमार्गहरू, पर्यटकीय स्थल र कालीगण्डकी नदी किनार वरपर फोहोरको मात्रा बढ्दै जाँदा यहाँको संवेदनशील पारिस्थितिक प्रणाली (Ecosystem) मा नकारात्मक असर पर्ने खतरा बढेको छ।
पछिल्ला दिनहरूको तथ्याङ्क अनुसार दैनिक करिब ३ हजारको हाराहारीमा विदेशी पर्यटकहरू मात्रै मुस्ताङ भित्रिरहेका छन्। यसका साथै नेपालका विभिन्न जिल्लाबाट आउने आन्तरिक पर्यटकहरूको संख्या पनि उत्तिकै ठूलो रहेको छ। मुक्तिनाथ दर्शन, कागबेनी, जोमसोम, मार्फा, ठिनी गाउँ र माथिल्लो मुस्ताङ (लोमान्थाङ) सम्म पुग्ने पर्यटकहरूको चापले यहाँका होटल तथा पर्यटन व्यवसायीहरू उत्साहित भएका छन्।

28/05/2026

वन्यजन्तु मार्न राखिएका १०५ थान अवैध पासो फेला पारी नष्ट

मुस्ताङको घरपझोङ गाउँपालिका अन्तर्गत पर्ने संवेदनशील वन क्षेत्रमा वन्यजन्तुको अवैध शिकार नियन्त्रण गर्ने उद्देश्यका साथ एक विशेष र वृहत् वन गस्ती सफलतापूर्वक सम्पन्न भएको छ।

इलाका संरक्षण कार्यालय, जोमसोम र संरक्षण क्षेत्र व्यवस्थापन समिति, जोमसोमको संयुक्त आयोजना तथा नेतृत्वमा यो अभियान सञ्चालन गरिएको इलाका संरक्षण कार्यालयका प्रमुख राजेश गुप्ताले बताउनुभयो। जैविक विविधता र दुर्लभ वन्यजन्तुको संरक्षणका लागि चालिएको यस कदममा ठिनी र जोमसोमका स्थानीय समुदायका प्रतिनिधिहरू, संरक्षणकर्मीहरू तथा जिल्ला प्रहरी कार्यालय, मुस्ताङका सुरक्षाकर्मीहरूको समेत सक्रिय एवं उल्लेखनीय सहभागिता रहेको थियो

गस्तीका क्रममा वन्यजन्तुको आवतजावत हुने मुख्य मार्ग तथा झाडीहरूमा लुकाएर राखिएका फेला पारिएको प्राकृतिक स्रोत संरक्षण सहायक दीपक ओलीले जानकारी दिनुभयो।

बरामद गरिएका यी पासोहरू मुख्य गरी बहुमूल्य एवं संकटापन्न कस्तुरी मृगलाई पासोमा पारेर अवैध शिकार गर्ने नियतले शिकारीहरूले थापेका थिए। गस्ती टोलीले ती सबै अवैध पासोहरूलाई तत्कालै सङ्कलन गरी घटनास्थलमै पूर्ण रूपमा नष्ट गरेको छ।

वन र वन्यजन्तुको रक्षाका लागि आगामी दिनमा गस्तीलाई अझ बढी प्रभावकारी बनाउने योजना बनाइएको छ। शङ्कास्पद वन क्षेत्रहरूमा यस्ता संयुक्त गस्ती कार्यक्रमहरूलाई आगामी दिनमा पनि निरन्तरता दिइने कार्यालयले जनाएको छ।

शिकारी र तस्करहरूको गतिविधिमाथि कडा निगरानी राख्न घैतुङ जङ्गल तथा वरपरका क्षेत्रहरूमा आधुनिक जासुसी क्यामेरा (ट्रेपिङ क्यामेरा) , स्पाई क्यामारा हरू जडान गर्ने तयारी भइरहेको संरक्षण सहायक दीपक ओलीले बताउनुभयो। यस प्रविधिको प्रयोगले अवैध गतिविधिमा संलग्नहरूलाई पहिचान गरी कानूनी दायरामा ल्याउन ठूलो मद्दत पुग्ने विश्वास गरिएको छ।

आदि शंकराचार्यले हिन्दू सनातन धर्म र अद्वैत वेदान्त दर्शनको संरक्षणका लागि भारतका चार दिशामा चार प्रमुख पीठ (मठ) स्थापना...
28/05/2026

आदि शंकराचार्यले हिन्दू सनातन धर्म र अद्वैत वेदान्त दर्शनको संरक्षणका लागि भारतका चार दिशामा चार प्रमुख पीठ (मठ) स्थापना गर्नुभएको थियो। बौद्ध, जैन र विभिन्न वैदिक दर्शनबीच ठूला दार्शनिक बहसहरू चलिरहेको र नालन्दा जस्ता केन्द्रहरूबाट बौद्ध धर्मको प्रचार भइरहेको समयमा उहाँले वैदिक परम्परालाई मजबुत बनाउन यी पीठहरू स्थापना गर्नुभयो:
दक्षिण: शृंगेरी शारदा पीठ
उत्तर: ज्योतिर्मठ
पूर्व: गोवर्धन मठ
पश्चिम: द्वारका शारदा पीठ
यी पीठहरूले आजसम्म पनि वेद, उपनिषद् र सनातन धर्मको शिक्षा जोगाउने काम गरिरहेका छन्। बौद्ध धर्ममा 'रिन्पोछे' वा उच्च लामालाई जस्तै, हिन्दू सनातन परम्परामा "जगद्गुरु शंकराचार्य" लाई सर्वोच्च आध्यात्मिक गुरु मानिन्छ।
जगद्गुरुको मुस्ताङ भ्रमण र यसको महत्त्व
हाल मुस्ताङ भ्रमणमा रहनुभएका जगद्गुरु श्री विधुशेखर भारती महाराज दक्षिण भारतको शृंगेरी शारदा पीठका वर्तमान शंकराचार्य हुनुहुन्छ। कालिगण्डकी क्षेत्रको शालिग्राम परम्परा र घरपझोङ गाउँपालिकामा हालै निर्मित विश्वकै ठूलो शालिग्रामका कारण उहाँको यो भ्रमण धार्मिक र सांस्कृतिक दृष्टिले निकै महत्त्वपूर्ण मानिएको छ।
हिन्दू धर्मगुरु तथा विशिष्ट व्यक्तित्वहरूको मुक्तिनाथ भ्रमणको इतिहासमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र जगद्गुरु शंकराचार्यको भ्रमणलाई अहिलेसम्मकै ठूलो र महत्त्वपूर्ण मानिएको छ। यस भ्रमणले आगामी दिनमा भारतीय हिन्दू धार्मिक पर्यटकहरूको संख्या उल्लेख्य रूपमा बढ्ने विश्वास घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचनले व्यक्त गर्नुभएको छ। तस्विर आशिस भन्डारी ,जोमसोम ।

28/05/2026

जोमसोम कालिगण्डकी नदी क्षेत्रमा निर्माण गरिएको विश्वकै ठुलो शालिग्रामको प्राण प्रतिष्ठा जगद्गुरु शंकराचार्य श्री विधुशेखर भारती महाराज द्वारा हिजो सम्पन्न गरिएको छ। उक्त धार्मिक समारोहमा वैदिक विधिअनुसार पूजा–आरतीसहित शालिग्रामको प्राण प्रतिष्ठा गरिएको हो। भिडियो आशिस भन्डारी ।

27/05/2026

अबको Season Yarshagumba को है Guyz . If needed remember us . sms है ।9846219611

26/05/2026

Information from District Police Office Myagdi. पहिरो सम्बन्धी सुचना लिएर मात्र यात्रा गर्न अनुरोध ।।।
बेनी जोमसोम सडक खण्ड अन्तर्गत रघगंगा गा.पा.०१ उपल्लो बैसरी स्थित अबरुद्ध सडक समन्वय गरी खुलाँउने कार्य गर्दै प्रहरी । Video Source District Police Office Myagdi.

24/05/2026

संरक्षण व्यवस्थापन समिति मुक्तिनाथले रिसाम्बा खर्क क्षेत्रमा आजदेखि समितिबाट पुर्जी काटेर यार्चागुम्बा संकलन गर्न अनुमति दिएको जनाएको छ।

17/05/2026

ल है हाम्रो जिल्ला मुस्ताङमा स्याउ , आलुको लागि प्रागारिक मल आएको छ । चाहएमा यस नं मा 9851113030 सम्पर्क गर्नु होला ।

Address

Jomoson

Alerts

Be the first to know and let us send you an email when Modification Jomsom posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Modification Jomsom:

Share