LIVE Program sida Kura Parsta Bichar Online Media

LIVE Program sida Kura Parsta Bichar Online Media Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from LIVE Program sida Kura Parsta Bichar Online Media, Digital creator, Kathmandu, Kailali.

08/12/2025

सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा नेपाल सरकारका प्रवक्ता जगदीश खरेलको एउटा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै उनको व्यवहारप्रति व्यापक आलोचना सुरु भएको छ। हालै सार्वजनिक गरिएको भिडियोमा उनि सरकारी गाडीभित्र बसेका देखिन्छन्, र ढोका खोल्न सेना जवान पुगे पनि उनले ढोका नखोली जवानले पूर्ण सलाम गरेपछि मात्र बाहिर निस्किएको देखिन्छ।

सञ्चार क्षेत्रबाट राजनीतिमा प्रवेश गरेका खरेललाई आम नागरिकले ‘नयाँ शैली’, ‘सादगी’ र ‘व्यवहारिक विनम्रता’ को प्रतीकका रूपमा हेर्ने गरेका थिए। तर भिडियोले उनी पनि पुराना नेताहरूको जस्तै ‘भीआइपी संस्कृतिमा डुब्दै गएको’ भन्दै आलोचनाको नयाँ तरंग फैलिएको छ।

सामाजिक सञ्जालमा धेरैले प्रश्न गर्दै लेखेका छन्, “सञ्चारकर्मीबाट मन्त्री बनेको मान्छेबाट यस्तो अहंकारी व्यवहार अपेक्षित थिएन।” कतिपयले यो दृश्यलाई सत्ता र जिम्मेवारीसँग आएको अनावश्यक तमझम् र ‘फौजी सम्मानको गलत प्रयोग’ को रूपमा व्याख्या गरेका छन्।

आलोचकहरूको भनाइमा, जनताले परिवर्तनको आशा बोकेका नेताबाट व्यवहारमै भिन्नता देखिनुपर्ने हो, तर मन्त्री खरेलको यस्तो प्रस्तुतिले ‘पुरानै राजनीतिक संस्कार’ दोहोरिएको संकेत गरेको छ। यस घटनापछि राजनीतिक शिष्टाचारबारे फेरि बहस चर्किएको छ।

02/01/2025
26/10/2024
26/10/2024
03/10/2024

एउटा काहालीलाग्दो घटना : काभ्रेमा लास भेटिएको हनीट्र्याप केस : यौनलालच देखाई ५० वर्षिय व्यक्तिलाई कोठामा बोलाई अन्य केटाहरु ल्याएर कुटपिट गरी अपहरण गरेको भनी परिवारसँग फिरौती रकम पाँच लाख असुली गरेपछि हत्'या गरेर लासलाई काभ्रे लगेर फाल्ने सिन्धुपाल्चोक कि मुख्य योजनाकार २१ वर्षीया युवती मनिषा महत सहित 'हनीट्र्याप' टोलिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

असोज ५ गते १० बजे मनिषाले मेरो नागरिकताको प्रतिलिपी बनाउन जान सहयोग गर्नु पर्‍यो भनी फोन गरेर काठमाडौँको कीर्तिपुर नगरपालिका ५ बस्ने ५० वर्षका विनोद खड्गीलाई खाना खान बोलाउँछिन्।

बोलाएको डेढ घण्टापछि विनोद गाडीमा मनिषाको डेरामा पुग्छन्। शिवम् र मनिषा खाना पकाउँदै गर्दा विनोद अण्डा र रक्सी खाँदै बैठक कोठामा बस्छन्। खाना तयार भएपछि हतारहतार खाएर शिवम् बाहिर जान्छन्। विनोदले खाना खाइरहेको समयमा मनिषा खुर्सानी किन्ने बहानामा बाहिर जान्छिन् र अन्सुलाई फोन गरी भन्छिन्, ‘सबै तयार छ अबको ५ मिनेटमा हिमालय गेटबाट हिँड्नू।’ हिमालय गेटमा अन्सु, शिवम, सरिन, रिकेश, प्रतिक र आशिष जम्मा भएका थिए। प्रतिक र शिवम स्कुटरमा मनिषाको डेरातर्फ बाटो लाग्छन्।

उनीहरूले पहिल्यै योजना बनाइसकेका हुन्छन्। मनिषाको कोठामा पुगेर ढोका खोल्ने वित्तिकै विनोदलाई कुट्ने सल्लाह हुन्छ। उनीहरूले त्यहाँ पुगेपछि पूर्वयोजना अनुसार नै विनोदलाई लात्ती, मुड्कीले शरीरका संवेदनशील भागमा पनि प्रहार गरी सख्त घाइते बनाउँछन्।

त्यसपछि उनीहरूले सुरु गर्छन् फिरौती रकमको बार्गेनिङ। सुरुमा सबैले ३० लाख माग्ने कुरा हुन्छ। तर मनिषाले ३० लाख बढी भयो भन्दै १० लाखसम्म माग गर्छिन्। विनोदले मसँग त्यति पैसा छैन, ५ लाखसम्म हुन्छ भने म दिन तयार छु भन्छन्।

विनोदले सुरुमा आफ्नै मोबाइलबाट फोन गर्न खोज्छन्। तर मोबाइल ह्याङ भएको कारणले अन्सुको फोनमा विनोदको सिम हालेर आफ्नो बधशालामा काम गर्ने कर्मचारी प्रदीप थापा मगरलाई फोन गर्छन्। तत्काल ५ लाख रूपैयाँ चाहियो, भक्तपुरको राधेराधे भाटभटेनी अगाडि आर १५ मोटरसाइकलमा आउने व्यक्तिलाई उक्त रकम दिनु भन्छन्।

साँझ ५ बजेर १० मिनेटमा पैसा लिएर प्रदीप उक्त स्थानमा पुग्छन्। आशिष पासवान विनोदले पठाएको मानिस म नै हुँ भनेर प्रदीपसँग रकम माग्छन्। प्रदीपले विनोदलाई फोन गरेर फेरि निश्चित गर्छन् र ५ लाख रूपैयाँ दिन्छन्।

१५/२० मिनेटपछि आशिष पैसा लिएर मनिषाको कोठामा पुग्छन्। उनले अन्सुलाई पैसा दिन्छन्।

त्यसपछि मनिषा, अन्सु, शिवम्, आशिष र प्रतीक मिलेर यसले हामीलाई भोलिको दिनमा छोड्दैन यसलाई मारेर फालिदिऊँ भनी योजना बनाउँछन्। आशिषले गाडी चलाउँछन्। अन्सु र शिवमले गाडीको बिचमा विनोदलाई राख्छन्।

मनिषाले गेट खोल्छिन्। गाडीको ढोका खोलेर घर वरिपरि रेक्की पनि मनिषाले गर्छिन्। प्रतीकले गाडीको अगाडि स्कुटरबाट एस्कोर्ट गर्दै जाने सल्लाह उनीहरूको हुन्छ। त्यही अनुसार राति १० बजे मनिषाको कोठाबाट भक्तपुरको सूर्यविनायक नगरपालिका ७ स्थित गणेश मन्दिर हुँदै गुन्डु तर्फ जान्छन्। गुन्डु जाने बाटोमा गाडी रोकेर विनोदको छातीमा ढुङ्गाले हान्छन्। त्यहीँ उनको हत्या गरेर साँगा, धुलिखेल हुँदै पाँचखालस्थित ४९ किलो पुर्‍याएर सडकबाट ८ मिटर तल झाडीमा विनोदको शव फालिदिन्छन्।

News Source : Nepalkhabar

तीन किशोर खेलाडी गुमेपछि शोकमा हेटौंडा । 😢 #हार्दिक_श्रद्धाञ्जली💔😭
30/09/2024

तीन किशोर खेलाडी गुमेपछि शोकमा हेटौंडा । 😢
#हार्दिक_श्रद्धाञ्जली💔😭

17/08/2024

सम्पुर्णले भिडियो मनपरे share like r page लाई Follow गर्नु होला।
मानव र दानव बीचको भिन्नता: आमा आमाको छवि हो।

🙏🏼सिंह दम्पती तीन दिनदेखि भोकै थिए
जङ्गलमा कुनै सिकार फेला परेन
राजा र रानी घना रुखको छायामा सुतिरहेका छन्
मैले एउटा प्राणीलाई हेरें र खाना भेट्टाएँ।

सिंहीले आफ्नो मुख उठाई र उनको सुगन्ध सुँघ्यो।
आवाजको दिशामा पूरा बल लगाएर दौडियो
गाईको नवजात बाछो एक्लै उभिएको थियो
मृत्यु आएको देखेर आमा चर्को स्वरले चिच्याउनुभयो

सिंही पनि बच्चाको अगाडि छिटो दौडिन् ।
सबै प्रयासमा उनले गल्ती पनि गरे
नवजात शिशुले पनि आमालाई पुकारा गरिरहन्छ
केही समयमै निर्दोषको आन्द्रा फुल्यो ।

दुबैको मनमा अचानक परिवर्तन भयो ।
बच्चा आफैले सिंहीलाई आमा-आमा भने।
आमा नै हो भनेर दुध माग्थे
गरीब केटा दूध पिउनको लागि स्तन खोज्दै थियो।

उसले मुखले सिंहलाई आक्रमण गरिरहेको थियो ।
आमाको माया जित्यो तर भाँडो हार्यो
सिंहीले पनि मार्ने विचार त्यागिन्
के मानिसले आमा शब्दको पीडा बुझ्न सकेन?

यस्तो चमत्कार मैले कहिल्यै देखेको वा सुनेको छैन।
भोकी सिंहीले तीन दिनको आहार त्यागिन्
उनीसँग पशु प्रेम खेल खेल्न थाले
अचानक उसलाई आफ्नो बच्चा जस्तै माया गर्न थाल्यो।

खोज्दै गर्दा सिंह सिंही सम्म पुग्यो ।
भोको पेटमा खुसीको लहर दौडियो
सिंहले हान्यो र बच्चा तिर दौडियो
सिंहीले बच्चालाई मुखमा राखेर आफ्नो घाँटी झुकाइदिइन् ।

सिंहलाई धम्की दिंदै सिंही रिसाई
यो पनि दुखी आमाको छोरा हो
आमा मरेमा कति रुने होला ?
कहिलेकाहीँ जनावरहरूले पनि मानवता बेजोड देखाउँछन्।

जंगलका राजा पनि चुप लागे
चकचकीत सिंहीणीले आफ्नो मालिकसँग लडाइँ गरिन्
यो मायालु जोडी तीन दिन भोकै र तिर्खाएको थियो
पापी पेट हार्यो, आमाको माया जित्यो।

भोको सिंहलाई पनि दुःख लाग्यो।
हामीलाई शिक्षित मान्छे भनिन्छ
आमा - आमा शब्दको आवाजले मात्र
भन त हाम्रा छोराछोरी किन राक्षस बन्छन् ?
*अद्भुत, अविस्मरणीय,*
*भिडियो अवश्य हेर्नुहोला*

20/07/2024

Address

Kathmandu
Kailali

Website

Alerts

Be the first to know and let us send you an email when LIVE Program sida Kura Parsta Bichar Online Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share