New Nepali Creators Of YouTube

New Nepali Creators Of YouTube Hey guys Welcome to Our Products and service industries . Guys Don't Forget Fallow This Page Thanks हामी आफैले बनाउने छौ हाम्रो देश

Monetization new policy now only need 500 subscriber and watchtime 3K
16/09/2024

Monetization new policy now only need 500 subscriber and watchtime 3K

08/09/2024

आदर्श तेस्रो तीज फोटो /नृत्य प्रतियोगिता–२०८१
Name: Riyansi Baduwal
Grade : LKG
Contestant: 05
आउँदै गरेको हिन्दू नारीहरुको महान चाड हरितालिका तीजको सम्पूर्ण अभिभावक एवम् विद्यार्थी भाइबहिनीहरुलाई अग्रीम शुभकामना व्यक्त गर्दछौँ । यसै अवसरमा आदर्श सामुदायिक बिद्या मन्दिरले फेरि एक पटक कक्षा नर्सरी देखि कक्षा ५ सम्मका विद्यार्थीहरुलाई फोटो प्रतियोगिता र ६ देखि १० कक्षासम्मका विद्यार्थीहरुलाई तीज नृत्य प्रतियोगिता आयोजना गर्न लागेको हुनाले यस स्कुलमा अध्ययनरत विद्यार्थीहरुलाई सहभागिताको लागि हार्दिक अनुरोध गदछौँ ।
नृत्य प्रतियोगिताका नियमहरु : (६ देखि १० सम्मका छात्रा विद्यार्थीहरुलाई तीज गीत र ईच्छुक छात्र विद्यार्थीहरुलाई लोक भाकाका गीत)
१. यस प्रतियोगितामा आदर्श सामुदायिक बिद्या मन्दिरका विद्यार्थीले मात्र भाग लिन पाउनेछन्।
२. प्रतियोगीले फोटो पठाउँदा नेपाली संस्कृति झल्कने पहिरनको प्रयोग गर्नुपर्नेछ ।
३. प्रतियोगिताको फोटो र भिडियो भाद्र ९ गते आइतबार देखि भाद्र २३ गते सम्म पठाईसक्नु पर्ने छ ।
४. भिडियो र फोटोहरु whatsapp numbers 9868299544, 9848688742, 9868760882, 9800660099 मा नाम, थर, कक्षा र ठेगाना सहित पठाउनु पर्नेछ ।
५. विजेता घोषणा बिद्यालयको फेसबुक पेजमा फोटो र भिडियोको लाइक, कमेन्ट, मेन्सन सेयरको तथा प्रस्तुतीको आधारमा हुनेछ ।
६. १ लाइक = १ भोट, १ कमेन्ट र १ मेन्सन=३ भोट, र १ सेयर = ५ भोटमा साथै एउटा अकाउण्टबाट १ सेयर र १ कमेन्ट भन्दा बढी गरेमा मान्यता हुने छैन ।
७. विद्यार्थीले पठाएका भिडियो बाट ४०% मुल्याङ्कन र ६०% लाइक, सेयर, कमेन्ट तथा मेन्सनको आधारमा हुनेछ ।
८. लाइक, कमेन्ट, सेयर तथा मेन्सनको मान्यता २०८१ भाद्र २५ गते साँझ ६:०० बजे सम्मलाई दिइने छ ।
९. भिडियोमा स्पष्ट अनुहार देखिने नृत्यलाई मात्र मान्यता दिइने छ । साथै भिडियो २ देखि ३ मिनेट सम्मको मात्र हुनुपर्नेछ ।
१०. विजेताको नाम भाद्र २८ गते स्कुलको फेसबुक पेज मार्फत घोषणा गरिने छ ।
११. बिजेतालाई नगद पुरस्कार सहित प्रमाण पत्रले सम्मान गरिने छ ।
१२. स्कुलको पेज लाइक गरेको व्यक्तिको कमेन्ट, लाइक, मेन्सन र सेयरलाई मात्र मान्यता दिइनेछ। साथै माथिका सबै नियमहरु राम्रो सङग अध्ययन गरेर मात्रै यो प्रतियोगितामा सहभागी हुन पनि अनुरोध गरिन्छ।
पुरस्कारहरु :
१) नृत्य प्रतियोगिता
प्रथम पुरस्कार – रु. २,५०० र प्रमाण पत्र
द्धितीय पुरस्कार –रु. २,००० र प्रमाण पत्र
तृतीय पुरस्कार –रु. १,५०० र प्रमाण पत्र
सान्त्वना पुरस्कार –रु. ५०० र प्रमाण पत्र
२) फोटो प्रतियोगिता
प्रथम पुरस्कार – रु. १,५०० र प्रमाण पत्र
द्धितीय पुरस्कार –रु. १,००० र प्रमाण पत्र
तृतीय पुरस्कार –रु.५०० र प्रमाण पत्र

Address

Kailali
10900

Alerts

Be the first to know and let us send you an email when New Nepali Creators Of YouTube posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share