23/09/2025
महेन्द्र सहनी
०७ असोज, कलैया
बाराको करयामाई गाउँपालिकामा आज नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा नागेन्द्र यादव हाजिर भएका छन् ।करैयामाई गाउँपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरि यादवलाई गाउँपालिका अध्यक्ष शम्भु प्रसाद यादवले टिका,खादा र माला सहित स्वागतका साथ हाजिर गराएका हुन्। गाउँपालिका अध्यक्ष यादवले स्वागत कार्यक्रममा केहि दिन अघि मन्त्रालयले २२९ जना कर्मचारीलाई सरूवा गरेको क्रममा यस गाउँपालिकामा पनि निमित्त प्रशासकीय अधिकृतको ठाउँमा प्रमुख प्रशसकीय अधिकृतलाई पठाएकोले मन्त्रालयलाई धन्यवाद दिनुभयो। आज जेन जी ले देशमा आमूल परिवर्तन ल्याएको हुँदा अबको आउने दिनमा यस पालिकामा पनि सम्पूर्ण जनता तथा जेन जी कै ईच्छा र चाहना अनुरूप सम्पूर्ण कार्यहरू गर्न हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत लगायत सबै कर्मचारीलाई अनुरोध गर्नुभयो। विगतका दिनमा हामी जन प्रातिनिधि तथा कर्मचारीहरूसंग भएका कमी कमजोरी एवम गलतीहरूलाई आगामी दिनमा सुधार गरि सबै सेवाग्राहीलाई मुस्कान सहितको सेवा दिन निर्देशन समेत दिनुभयो। यस पालिकामा रहेका सबै कार्यहरू पार्दशी, जवाफदेही, सुशासित र भ्रष्टाचारमुक्त पालिका बनाउन हामी सम्पूर्ण कर्मचारी तथा जनप्रतिनिधिहरू प्रमुख प्रशासकीय अधिकृतलाई सघाउने प्रतिबधता समेत व्यक्त गर्नुभय।
यसैगरी उक्त कार्यक्रममा आज हाजिर हुनुभएका प्रमुख प्रशासकीय अधिकृतले हाम्रो देशमा बनेको तीनवटै सरकारमध्ये सबैभन्दा बढी जिम्मेवारी बोकेको साथै जनता अर्थात सेवाग्राहीका लागि सबैभन्दा नजिकको सरकार भनेको हाम्रो स्थानीय सरकार नै भएको हुँदा हामीले गर्ने राम्रो नराम्रो कार्यको मूल्यांकन प्रत्यक्ष रूपमा गरिरहेका हुन्छन्। त्यस्कारण हामीले गर्ने हरेक क्रियाकलाप जनताप्रति उत्तरदायित्व भएर काम गर्नुपर्छ भन्ने भाव व्यक्त गर्नुभयो। स्थानीय सरकार संचालन ऎनले गरेको व्यवस्था अनुसार जुन यहाँको सरकार वा कार्यपालिका बोर्डले निर्णय गर्छ,सोही निर्णयलाई कार्वान्वयन गर्ने अधिकार मात्रै प्रमुखको प्रशासकीय अधिकृतको कर्तव्य हो भन्ने कुरा समेत दर्शाउनुभयो। उक्त अवसरमा गाउँपालिका उपाध्यक्ष सुनैना कुमारी चौधरी, निमित्त प्रमुख प्रशसकीय अधिकृत विरेन्द्र महतो, योजना शाखा प्रमुख बिरेन्द्र याईवा,वडा नम्बर १ का वडा अध्यक्ष सोनालाल साह, वडा नम्बर ६ का वडाअध्यक्ष राजकुमार चौधरी, गाउँपालिकाका कर्मचारी लगायतको उपस्थिति रहेको थियो।