Kalaiyatoday

Kalaiyatoday Page for publishing local news and articles .

08/06/2025

वीरगन्ज सडक दुर्घटनामा एक भारतीयको मृत्यु, तीन घाइते

बीरगन्ज,जेठ-२५

वीरगन्जमा भएको एक कार दुर्घटनामा एक भारतीय नागरिकको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्। तीमध्ये दुईको अवस्था गम्भीर रहेको छ। कार अनियन्त्रित भई सडक डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो।

मृत्यु हुने व्यक्ति भारत बिहारको बेतिया नरकटियागन्ज निवासी ३० वर्षीय बिटु सर्राफ हुन्। घाइतेहरूमा सोही ठाउँका ४० वर्षीय गणेश सर्राफ, २० वर्षीय रतन सर्राफ र अर्का २१ वर्षीय बिटु सर्राफ छन्। प्रहरीका अनुसार, गणेश सर्राफ र २१ वर्षीय बिटु सर्राफको अवस्था गम्भीर छ।

दुर्घटना आइतबार दिउँसो ३ बजेर १० मिनेटको समयमा भएको हो। त्यसपछि गम्भीर अवस्थामा रहेका घाइतेहरूलाई तुरुन्तै एलएस न्युरो अस्पताल, परवानीपुरमा उपचारका लागि लगिएको थियो। अस्पतालमा उपचारकै क्रममा दिउँसो ३ बजेर ५० मिनेटमा ३० वर्षीय बिटु सर्राफको मृत्यु भएको घोषणा गरिएको हो।

दुर्घटना वीरगन्ज महानगरपालिका–१४ स्थित रेनुका पेट्रोल पम्प नजिक पिपरामा भएको हो। उनीहरू सवार बिआर ५५ बि ९१०४ नम्बरको भारतीय कार अनियन्त्रित भएर सडकको डिभाइडरमा ठोक्किएको थियो।

प्रहरीका अनुसार, ती व्यक्ति सवार कार अनियन्त्रित भएपछि सडक डिभाइडरमा ठोक्किएको हो। उच्च गतिमा कार चलाउने क्रममा चालकले नियन्त्रण गुमाएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। यद्यपि, घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी डीएसपी सुवास भट्टले जनाएका छन्।

यो दुखद दुर्घटनाले नेपाली–भारतीय सिमानाका यात्रुहरूका लागि ट्राफिक नियमको कडाइ र सतर्कता आवश्यक भएको देखाएको छ।

जनमत प्रेस संघ बाराको विस्तारित बैठक सम्पन्न, अनिल पण्डेयको नेतृत्वमा नयाँ कार्यसमिति गठनकलैया,जेठ २४जनमत पार्टी निकट प्...
07/06/2025

जनमत प्रेस संघ बाराको विस्तारित बैठक सम्पन्न, अनिल पण्डेयको नेतृत्वमा नयाँ कार्यसमिति गठन
कलैया,जेठ २४
जनमत पार्टी निकट प्रेस जनमत संघ बाराको विस्तारित बैठक कलैयामा सम्पन्न भएको छ। बैठकले अनिल पण्डेयको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति पुनर्गठन गर्ने निर्णय गरेको छ। नयाँ कार्यसमितिमा विभिन्न क्षेत्रका प्रतिनिधिहरूलाई समेट्दै संगठनलाई अझ सबल, सशक्त र व्यवस्थित बनाउने लक्ष्य राखिएको छ।

संगठनको नेतृत्व सम्हाल्नुभएका अनिल पण्डेयले आगामी दिनमा पत्रकारहरूको हक–अधिकारको संरक्षण, प्रेस स्वतन्त्रताको पक्षमा आवाज उठाउने तथा जनमत पार्टीको विचारलाई जनस्तरसम्म पुर्‍याउने प्रतिवद्धता जनाएका छन्। उनले प्रेस जनमत संघलाई एकीकृत, व्यावसायिक र उत्तरदायी संस्थाका रूपमा अगाडि बढाउने बताएका छन्।

बैठकले निवर्तमान अध्यक्ष अमरेश पाण्डेय र उमेश दुबेलाई संघको केन्द्रीय सदस्यका लागि सिफारिस गर्ने निर्णय पनि गरेको छ। संगठनमा योगदान पुर्याउँदै आएको नेतृत्वलाई राष्ट्रिय स्तरमा प्रतिनिधित्व गराउने उद्देश्यले उनीहरूलाई अगाडि बढाइएको हो।

बैठकमा जनमत पार्टी बाराका जिल्ला अध्यक्ष शिवनाथ पटेल, पार्टीका अगुवा नेता प्रभु पटेल, ओमप्रकाश साह, सन्तोष पटेल, विजय पटेललगायतको उपस्थिति रहेको थियो। उनीहरूले संघको नयाँ नेतृत्वलाई शुभकामना दिँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्ने कार्यमा सधैं सहयोग रहने प्रतिबद्धता जनाएका थिए।

बैठकमा आगामी दिनमा सञ्चालन गरिने कार्यक्रम, तालिम, पत्रकार हितका योजना तथा संगठन विस्तार सम्बन्धमा समेत विस्तृत छलफल भएको थियो। बैठकले प्रेस जनमत संघलाई एक सशक्त र प्रभावशाली मञ्चको रूपमा स्थापित गर्ने रणनीति तय गरेको छ।

02/06/2025

सिन्डिकेट कानुनभन्दा बलियो ? सरकारको मौनताले गम्भीर प्रश्न उठायो

काठमाडौं, जेठ १९ –
नेपाल सरकारले स्थल र हवाई यातायातलाई ‘अत्यावश्यक सेवा’को सूचीमा राखेको छ। ऐन अनुसार यस्तो सेवामा हड्ताल वा अवरोध गर्नेलाई ६ महिनासम्म कैद, र त्यसमा उक्साउनेलाई १ वर्षसम्म सजायको व्यवस्था छ। तर सोमबार देशभर सार्वजनिक यातायात बन्द हुँदा हजारौं नागरिक बिचल्लीमा परे।

बिरामीहरू उपचारका लागि पुग्न सकेनन्, विद्यार्थीहरू स्कुल–कलेज पुग्न अलमलिए, विमानस्थल जाने यात्रु बाटोमै रोकिए। तर यता गृह मन्त्रालय कानुन कार्यान्वयन गर्नुको सट्टा मौन रह्यो।

नेपाल यातायात व्यवसायी महासंघको नेतृत्वमा भएको यो हड्ताल स्पष्ट रूपमा कानुनको उल्लंघन हो। तर सरकार व्यवसायीहरूको सिन्डिकेटका अगाडि लाचार देखियो। अत्यावश्यक सेवा ठप्प पार्ने काम न नागरिकप्रति उत्तरदायित्वपूर्ण हो, न त यो कानुनी हिसाबले जायज।

ऐनको स्पष्ट व्यवस्था हुँदाहुँदै पनि सरकार र गृह प्रशासन किन टुलुटुलु हेरेर बसिरहेको छ ?

अब नागरिकहरू बीच प्रश्न उठ्न थालेको छ—के ऐन केवल कागजमा मात्र सीमित हो ? कि त्यो साना र साधारण नागरिकका लागि मात्र हो ?

यदि सरकारले यस्ता अवैध हड्ताल र सिन्डिकेटविरुद्ध कारबाही गर्न सक्दैन भने यसले स्पष्ट संकेत दिन्छ: सिन्डिकेट अब कानुनभन्दा बलियो भइसकेको छ।

प्रश्न यतिबेला अत्यन्त गम्भीर बनेको छ—सरकार कानुनको पालक हो कि सिन्डिकेटको दर्शक ?

19/04/2025

Address

Kalaiya

Alerts

Be the first to know and let us send you an email when Kalaiyatoday posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kalaiyatoday:

Share