Kalaiyatoday

Kalaiyatoday Page for publishing local news and articles .

08/06/2025

वीरगन्ज सडक दुर्घटनामा एक भारतीयको मृत्यु, तीन घाइते

बीरगन्ज,जेठ-२५

वीरगन्जमा भएको एक कार दुर्घटनामा एक भारतीय नागरिकको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्। तीमध्ये दुईको अवस्था गम्भीर रहेको छ। कार अनियन्त्रित भई सडक डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो।

मृत्यु हुने व्यक्ति भारत बिहारको बेतिया नरकटियागन्ज निवासी ३० वर्षीय बिटु सर्राफ हुन्। घाइतेहरूमा सोही ठाउँका ४० वर्षीय गणेश सर्राफ, २० वर्षीय रतन सर्राफ र अर्का २१ वर्षीय बिटु सर्राफ छन्। प्रहरीका अनुसार, गणेश सर्राफ र २१ वर्षीय बिटु सर्राफको अवस्था गम्भीर छ।

दुर्घटना आइतबार दिउँसो ३ बजेर १० मिनेटको समयमा भएको हो। त्यसपछि गम्भीर अवस्थामा रहेका घाइतेहरूलाई तुरुन्तै एलएस न्युरो अस्पताल, परवानीपुरमा उपचारका लागि लगिएको थियो। अस्पतालमा उपचारकै क्रममा दिउँसो ३ बजेर ५० मिनेटमा ३० वर्षीय बिटु सर्राफको मृत्यु भएको घोषणा गरिएको हो।

दुर्घटना वीरगन्ज महानगरपालिका–१४ स्थित रेनुका पेट्रोल पम्प नजिक पिपरामा भएको हो। उनीहरू सवार बिआर ५५ बि ९१०४ नम्बरको भारतीय कार अनियन्त्रित भएर सडकको डिभाइडरमा ठोक्किएको थियो।

प्रहरीका अनुसार, ती व्यक्ति सवार कार अनियन्त्रित भएपछि सडक डिभाइडरमा ठोक्किएको हो। उच्च गतिमा कार चलाउने क्रममा चालकले नियन्त्रण गुमाएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। यद्यपि, घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी डीएसपी सुवास भट्टले जनाएका छन्।

यो दुखद दुर्घटनाले नेपाली–भारतीय सिमानाका यात्रुहरूका लागि ट्राफिक नियमको कडाइ र सतर्कता आवश्यक भएको देखाएको छ।

जनमत प्रेस संघ बाराको विस्तारित बैठक सम्पन्न, अनिल पण्डेयको नेतृत्वमा नयाँ कार्यसमिति गठनकलैया,जेठ २४जनमत पार्टी निकट प्...
07/06/2025

जनमत प्रेस संघ बाराको विस्तारित बैठक सम्पन्न, अनिल पण्डेयको नेतृत्वमा नयाँ कार्यसमिति गठन
कलैया,जेठ २४
जनमत पार्टी निकट प्रेस जनमत संघ बाराको विस्तारित बैठक कलैयामा सम्पन्न भएको छ। बैठकले अनिल पण्डेयको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति पुनर्गठन गर्ने निर्णय गरेको छ। नयाँ कार्यसमितिमा विभिन्न क्षेत्रका प्रतिनिधिहरूलाई समेट्दै संगठनलाई अझ सबल, सशक्त र व्यवस्थित बनाउने लक्ष्य राखिएको छ।

संगठनको नेतृत्व सम्हाल्नुभएका अनिल पण्डेयले आगामी दिनमा पत्रकारहरूको हक–अधिकारको संरक्षण, प्रेस स्वतन्त्रताको पक्षमा आवाज उठाउने तथा जनमत पार्टीको विचारलाई जनस्तरसम्म पुर्‍याउने प्रतिवद्धता जनाएका छन्। उनले प्रेस जनमत संघलाई एकीकृत, व्यावसायिक र उत्तरदायी संस्थाका रूपमा अगाडि बढाउने बताएका छन्।

बैठकले निवर्तमान अध्यक्ष अमरेश पाण्डेय र उमेश दुबेलाई संघको केन्द्रीय सदस्यका लागि सिफारिस गर्ने निर्णय पनि गरेको छ। संगठनमा योगदान पुर्याउँदै आएको नेतृत्वलाई राष्ट्रिय स्तरमा प्रतिनिधित्व गराउने उद्देश्यले उनीहरूलाई अगाडि बढाइएको हो।

बैठकमा जनमत पार्टी बाराका जिल्ला अध्यक्ष शिवनाथ पटेल, पार्टीका अगुवा नेता प्रभु पटेल, ओमप्रकाश साह, सन्तोष पटेल, विजय पटेललगायतको उपस्थिति रहेको थियो। उनीहरूले संघको नयाँ नेतृत्वलाई शुभकामना दिँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्ने कार्यमा सधैं सहयोग रहने प्रतिबद्धता जनाएका थिए।

बैठकमा आगामी दिनमा सञ्चालन गरिने कार्यक्रम, तालिम, पत्रकार हितका योजना तथा संगठन विस्तार सम्बन्धमा समेत विस्तृत छलफल भएको थियो। बैठकले प्रेस जनमत संघलाई एक सशक्त र प्रभावशाली मञ्चको रूपमा स्थापित गर्ने रणनीति तय गरेको छ।

02/06/2025

सिन्डिकेट कानुनभन्दा बलियो ? सरकारको मौनताले गम्भीर प्रश्न उठायो

काठमाडौं, जेठ १९ –
नेपाल सरकारले स्थल र हवाई यातायातलाई ‘अत्यावश्यक सेवा’को सूचीमा राखेको छ। ऐन अनुसार यस्तो सेवामा हड्ताल वा अवरोध गर्नेलाई ६ महिनासम्म कैद, र त्यसमा उक्साउनेलाई १ वर्षसम्म सजायको व्यवस्था छ। तर सोमबार देशभर सार्वजनिक यातायात बन्द हुँदा हजारौं नागरिक बिचल्लीमा परे।

बिरामीहरू उपचारका लागि पुग्न सकेनन्, विद्यार्थीहरू स्कुल–कलेज पुग्न अलमलिए, विमानस्थल जाने यात्रु बाटोमै रोकिए। तर यता गृह मन्त्रालय कानुन कार्यान्वयन गर्नुको सट्टा मौन रह्यो।

नेपाल यातायात व्यवसायी महासंघको नेतृत्वमा भएको यो हड्ताल स्पष्ट रूपमा कानुनको उल्लंघन हो। तर सरकार व्यवसायीहरूको सिन्डिकेटका अगाडि लाचार देखियो। अत्यावश्यक सेवा ठप्प पार्ने काम न नागरिकप्रति उत्तरदायित्वपूर्ण हो, न त यो कानुनी हिसाबले जायज।

ऐनको स्पष्ट व्यवस्था हुँदाहुँदै पनि सरकार र गृह प्रशासन किन टुलुटुलु हेरेर बसिरहेको छ ?

अब नागरिकहरू बीच प्रश्न उठ्न थालेको छ—के ऐन केवल कागजमा मात्र सीमित हो ? कि त्यो साना र साधारण नागरिकका लागि मात्र हो ?

यदि सरकारले यस्ता अवैध हड्ताल र सिन्डिकेटविरुद्ध कारबाही गर्न सक्दैन भने यसले स्पष्ट संकेत दिन्छ: सिन्डिकेट अब कानुनभन्दा बलियो भइसकेको छ।

प्रश्न यतिबेला अत्यन्त गम्भीर बनेको छ—सरकार कानुनको पालक हो कि सिन्डिकेटको दर्शक ?

19/04/2025
21/07/2021
23/05/2021

एकोहोरो प्रेम सम्बन्धका कारण दुई नाबालकहरुको हत्या
नाबालकहरुको हत्या अभियोगमा प्रहरीद्वारा एक प्रकाउ
जेष्ठ ९, बारा, कलैया
कलैया उपमहानगरपालिका वडा नंं. ११ स्थीत मदर्शा सलफिया कन्जलुमकोे निर्माणधीन भवनमा गत सोमबार एकै परिवारका दुई दाजु भाईको घाटी रेटी हत्या गरिएको अभियोगमा बारा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिक वडा नं.७ रंगपुर टोल निवासी अब्दुल रहिम मियाँका २५ वर्षिय छोरा फरमुल्लाह अंसारी रहेको बारा प्रहरीले जनाएको छ ।
मृतकहरुका बाबु अब्दुल गफार अंंसारी बिगत तीन बर्षदेखि बैदेशिक रोजगारीको क्रममा कतारमा रहेको र सोहि समयमा सहयोगहरु अदान प्रदान हुदै गर्दा अभियुक्त फरमुल्लाह अंसारी र मृतकहरुकी आमा बिच घनिष्टता र हिमचिम बढदै गएको समेत बारा प्रहरीले जनाएको छ । नातामा अभियुक्तका भाउजु पर्ने मृतक नाबालकहरुका आमालाई अभियुक्तले छोराहरुलाई घरमा नै छाडी छोरीहरुलाई मात्र साथमा लिई भागी भारततिर गई बसौं भनी बारम्बार दवाब दिने गरेको समेत प्रहरीले जनाएको छ । मृतक नाबालकहरुकी आमाले छोराहरुलाई छाडन नमानेको र छोराहरुकै कारण अभियुक्त र मृतक बालकहरुकी आमा बिचको सम्वन्ध कामयावी हुन नसकेको समेत प्रहरी अनुसन्धानबाट खुलेको छ ।
पछिल्लो समयमा मृतक नाबालकहरुकी आमा बच्चाहरुकै कराण अभियुक्तबाट टाडा हुदै गएको र अभियुक्तले मृतक नाबालकहरुकी आमासंग ऋण लिने गरेको समेत प्रहरीले जनाएको छ । मृतक नाबालकहरुलाई आफनी आमा र अभियुक्त बिचको सम्बन्धको विषयमा थाहा भएको र यो सालको ईदमा बुवा विदेशबाट घरमा आउदा सबै कुराहरु बुवालाई भनि दिन्छु भनि मृतक नाबालकहरुले भन्ने गरेको समेत प्रहरी अनुसन्धानबाट खुलेको छ ।
मृतक नाबालकहरुको आमा पछिल्लो समय अभियुक्तबाट टाढिदै गएको अवस्था,अभियुक्तको एकोहोरो प्रेम, प्रेममा आसक्ति,नाबालकहरुकै कारण निजहरु बिचको घनिष्ट सम्वन्ध बाहिरिने डर, भागेर जाने सन्दर्भमा बच्चाहरु बाधक देखिएको र ऋण पचाउने उदेश्य समेत रहेकोले अभियुक्तले नाबलकहरुको हत्या गर्नु पर्ने कारणहरु रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक गौतम मिश्रले जानकारी गराए ।
घटनाको सत्य तथ्य पता लगाउन बारा प्रहरीले प्रहरी नायब उपरिक्षक गौतम मिश्रको कमाण्डमा ९ सदस्य अनुसन्धान टोली गठन गरेको थियो । घटनाको सम्वन्धमा विभिन्न ५० जना व्यक्तिहरुसंग जाच बुझ गरेको र अनुसन्धानलाई प्रभावकारी बनाउन पोलीग्राफ प्रविधिको समेत प्रयोग गरिएको बारा प्रहरीले जनाएको छ । अनुसन्धानको क्रममा बारा प्रहरीले अभियुक्तको घरकोठाबाट शंकास्पद रुपमा रहको चक्कु र रगत जस्तो पदार्थ लागेको अभियुक्तले लगाउने कम्मर पेटी समेत बरामद गरेको जानकारी गराएको छ ।

20/05/2021

बालक हत्या प्रकरण, घटनाको घोर निन्दा
जेष्ठ ६, बारा, कलैया
कलैया उपमहानगरपालिका वडा नंं. ७ रंगपुर स्थीत मदर्शा सल्फिया कन्जुल उलूमको निर्माणधीन भवनमा एकै परिवारका दुई दाजु भाईको घाटी रेटी हत्या भएको थियो । स्थानीय अब्दुल गफार अंसारीका ९ वर्षीय छोरा उसमान अंसारी र ७ बर्षिय छोरा अमिन अंसारीको घाटी रेटी हत्या भएको अवस्थामा मंलगवार शव फेला परेको थियो ।
हत्याको घटनाले गाँउनै शोक मग्न रहेको अवस्था छ भने हत्यारा पता नलाग्दा स्थानियको मनमा भय र त्रासको बातावरण रहेको छ ।
स्थानीयको खबर पश्चात घटना स्थल पुगेका बारा प्रहरीको टोलीले ब्यापक अनुसन्धान थालेको छ । अनुसन्धानको क्रममा बारा प्रहरीले स्थानीय २६ वर्षिय एक युवकलाई नियन्त्रणमा लिएको छ । मंगलबार नै ती युवकलाई नियन्त्रणमा लिएपनि हत्याको बारेमा विस्तृत थप जानकारी आउन सकेको छैन । घटनाको बारेमा थप जानकारी लिन खोज्दा घटना बारे विस्तृत अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक गौतम मिश्रले जानकारी गराए ।
नेपाल विधार्थी संघ जिल्ला कार्य समिति बाराका अध्यक्ष राकेश पाण्डेय, राष्ट्रिय युवा संघ नेपाल बाराका अध्यक्ष पुरुषोतम साह, नेकपा एमाले बाराका सचिव महमद समिर, नेपाल मुस्लिम संघ बारा क्षेत्र नं.३ का सचिव एजाज मन्सुर लगायत विभिन्न संघ संगठनहरुले प्रेस विज्ञप्ति जारी घटनाको घोर विरोध गरेका छन् । घटनामा संग्लन रहेका अपराधीहरुलाई यथासिग्र खोजतलास गरी घटनाको निस्पक्ष छानविन गरी अपराधिहरुमाथी कडा भन्दा कडा कारवाहीको लागि सम्वन्धित निकायसंग माग गरेका छन् ।
विज्ञप्तिमा घटनाले बालबालिकमा असुरक्षा महसुस भएको तथा शान्ति सुरक्षाको प्रत्याभुति हुननसकेको र स-सना बालबालिकाहरु घरबाट निस्कने, खेल्न जाने वातावरण समेत नरहेकोले बाल अधिकारको गंम्भिर हनन् हनुका साथै सरकारको उदासिनताप्रर्ति घोर निन्दा गरिएको छ ।

19/05/2021

श्रीमतीको हत्या गरी फरार रहेका श्रीमान पक्राउ
जेष्ठ ५, बारा,कलैया
जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.३ बजनी छिमेकी टोलकी ४५ वर्षिया पार्वती कार्कीको हत्या आरोपमा उनका ५६ वर्षिय श्रीमान हरि बहादुर कार्की पक्राउ परेका छन् ।

बिशेष सुराखीको आधारमा उनलाई ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएका प्रहरी टोलीले जितपुर सिमरा उपमहानगरपालिका वडा न.२ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ । उनी बिगत केही दिनदेखी सोही स्थानमा लुकिछिपी बस्दै आएकाथिए ।

गत बैशाख ९ गते उनले आफ्नो श्रीमती पार्वती कार्कीलाई आफ्नै घरको माथिल्लो तल्लामा ईट्टले टाउकोमा प्रहार गरी हत्या गरी फरार रहेका थिए ।

पक्राउ परेका कार्कीलाई कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरिक्षक गौतम मिश्रले जानकारी गराए ।

18/05/2021

एकै परिवारका दुई दाजु भाईको घाटी रेटी हत्या
जेष्ठ-४, कलैया,बारा
कलैया उपमहानगरपालिका वडा नम्बर ७ रंगपुर स्थीत मदर्सामा एकै परिवारका दुई दाजु भाईको घाटी रेटी हत्या भएको छ । स्थानीय अब्दुल गफार अंसारीका ९ वर्षीय छोरा उसमानअसारी र ७ वर्षीय छोरा अमिन अंसारीको घाँटी रेटी हत्या गरिएको अवस्थामा शव फेला परेका हो ।
सोमबार बालककी आमा छिमेकीको अन्तिम संस्कारमा गएकी थिईन । सांझ बालकहरू घरमा नआएपछि बालकहरूको खोजी गरिएको थियो भने मंगलबार बालकहरूको घाटी रेटी हत्या गरिएको अवस्थामा शव फेला परेको स्थानियहरूले जानकरी गराएका छन ।
घटनास्थलमा प्रहरी उपरीक्षक दिपेन्द्र शाही र प्रहरी नायब उपरीक्षक गौतम मिश्र पुगेका छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मृतक बालकका बाबु अब्दुल गफार अंसारी तीन वर्ष देखी बैदेशिक रोजगारीको सिलसिलामा कतारमा छन् । उनीहरुकी एक दिदी छन् ।

स्थानिय उघोग दर्ता,संचालन,व्यवस्थापन र नियमन सम्बन्धि कानूनहरूको मस्यौदामाथि छलफल सम्पन्न कलैया,चैत्र ३१कलैया उपमहानगरपा...
15/04/2021

स्थानिय उघोग दर्ता,संचालन,व्यवस्थापन र नियमन सम्बन्धि कानूनहरूको मस्यौदामाथि छलफल सम्पन्न
कलैया,चैत्र ३१
कलैया उपमहानगरपालिकामा स्थानिय उघोग दर्ता ,संचालन,ब्यवस्थापन र नियमन सम्बन्धि कानूनहरूको मस्यौदामाथि छलफल कार्यक्रम सम्पन्न भएको छ ।
कलैया उपमहानगरपालिकाको आयोजनामा उपभोक्ता हित संरक्षण मंच नेपालको प्राविधिक सहयोगमा र दि एशिया फाउण्डेशनको सहकार्यमा स्थानीय उधोग ब्यवस्थापन र नियमन सम्बन्धी कानूनहरूको मस्यौदा बिघयकमाथि छलफल कार्यक्रम सम्पन्न भएको हो ।
कलैया उपमहानगरपालिका नगर प्रमुख राजेश राय यादवको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । उपभोक्ता हित संरक्षण मंच नेपालका केन्द्रिय सदस्य अधिवक्ता जया प्रदान पौडेलले कलैया उपमहानगरपालिकाको स्थानीय उघोग दर्ता ,संचालन ,व्यवस्थापन र नियमन सम्बन्धि विधेयक २०७७,स्थानीय उघोग दर्ता,संचालन ,व्यवस्थापन र नियमन सम्बन्धि नियमावली मस्यौदा बिघयक २०७७ बारे बिस्तृत रूपमा प्रस्तुत गरेका थिए । कार्यक्रममा मंचका कानून अनुसन्धान अधिकृत सुबिन पाण्डेले सहजिकरण गरेका थिए ।
कार्यक्रममा कलैया उपमहानगरपालिका कार्य पालिका सदस्यहरूले मस्यौदामा धेरै कुरा समेटिए पनि स्थानिय स्तरमा उधोग दर्ता गर्दा देखिने समस्याहरूलाई समेटि ऐन ,नियमावली बनाउदा ऐन कार्यान्वयनमा ल्याउनु सजिलो हुने बताएका छन ।
कार्यक्रम समापन क्रममा नगर प्रमुख राजेश राय यादवले ऐनको अभावमा अधिकांश कार्यहरू संचालनमा ल्याउनु कठिनाई भएको जानकारी गराए । ऐन निर्माण पश्च्यात उपमहानगरपालिकामा संचालित उघोगहरूको अनुगमन,नियमनमा सहजता हुने बताए ।
कार्यक्रममा कलैया नगरपालिकाका नगर प्रमुख राजेश राय यादव,उप प्रमुख रहिमा खातुन र प्रमुख प्रशासकीय अधिकृत प्रह्लाद बर्णवाल लाई स्थानिय उघोग दर्ता,संचालन,व्यवस्थापन र नियमन सम्बन्धी बिधयक सम्बन्धी कानूनको मस्यौदा हस्तान्तरणा गरिएको छ ।
कार्यक्रममा कलैया उपमहानगरपालिका कार्यपालिका सदस्यहरू, दि एशिया फाउण्डेशनका प्रदेश २ का कार्यक्रम संयोजक नेजबुल्लाह अंसारी,उपभोक्ता हित संरक्षण मंचका कार्यक्रम अधिकृत सौगात अर्याल,मंचका स्नथानिय कार्यक्रम अधिकृत निबेश तिमिल्सिना लगायतको सहभागिता रहेकोले थियो ।

04/11/2019

सूचना ।।।।
कलैयाबाट बिरगंज जाने बाटोमा मेरो पर्स सहित मोटरसाइकलको बुल्लु बुक,लाईसेंस,एटियम कार्ड हराएकोले पाउनुहुने मानवभावले मेरो मोबाइल नम्बरमा सम्पर्क गरि मलाई दिनहुन वा नजिकैको प्रहरी कार्यालयमा बुझाईदिनहुन अनुरोध गर्दछु ।
आशिस पुडासैनि
मोबाइल नम्बर 9860444737

12/11/2013

मधेशवादी दलले मधेशी जनतालाई धोका दिएको
नेता फरमुला मंसुर
कार्तिक २६ गते,
टुडे सम्वाददाता / मधेशवादी दलले नै मधेशी जनतालाई धोका दिएकोले आव सम्पूर्ण मधेशवासीहरुलाई नेपाली काँग्रेसमा भोट हाल्नको लागि बारा क्षेत्र नं. ३ का नेपाली काँग्रेसका उमेदवार फरमुला मंसुरले आग्रह गर्नु भयो । बाराको कलैया बार्ड नं. ९, १० र ११ मा चुनाव प्रचार भेलालाई सम्वोधन गर्दै नेता मंसुरले यस्तो बताउनु भयो ।
मधेशी जनताले एउटा मधेशी पार्टीलाई भोट दिए तर १३ वटा मधेशी पार्टी भएर आएकाले त्यस्तो पार्टीहरुबाट मधेशी जनताको हीत नहुने उहाँको भनाई थियो । गत संविधान सभाको चुनावमा एउटा पार्टीको झण्डा र चुनाव चिन्ह बोकेर चुनावमा आउने मधेशवादी पार्टी अहिले अर्कै झण्डा र चुनाव चिन्ह बोकेर आएकोले त्यस्तो पार्टीहरुसंग सावधान रहन समेत उहाँले आग्रह गर्नु भयो ।
मधेशवादी दलहरुले मधेशको हीत नगरी आफ्नो स्वार्थ सिद्ध गरेको, हिजोका दिनमा समाजमा द्वन्द फैलाउने, जातको नाममा, धर्मको नाममा राजनीति गर्ने र समाजलाई विखण्डन गर्ने कार्य गरेका मधेशवादी दलका नेताहरुसंग जनतालाई सर्तक रहन समेत नेता मंसुरले आग्रह गर्नु भयो ।
मधेशवादी दलहरुले नै मधेशमा भ्रष्टाचार फैलाएकोको ले बारा क्षेत्र नं. ३ का ४४ उमेदवारहरुमा आफ्ूm स्वच्छ र निश्पच्छ उमेदवार रहेको उहाँले दावी समेत गर्नु भयो । पदमा वास्दा समेत आपूmले कहिल्यै पदको दुरउपयोग नगरेकोले ४४ वटै उमेदवारहरुको परिक्षण गरी भोट हाल्न समेत आग्रह गर्नु भयो । हिन्दु र मुसलमानको अनुसार संविधान नवने मन्दिर र मसजितमा कसले पुजा र प्रर्थना गर्ने समेत उहाँले बताउँनु भयो ।
प्रयाग प्रसाद विकलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन दिव्यनाथ श्रेष्ठ, पणिता काफ्लेले गर्नु भएको थियो मने कार्यक्रममा अमरबाहादुर तन्दुकार, जयचन्द्र चौरसीया, रामचन्द्र कुर्मी लगायतका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

Address

Bairiya/7
Kalaiya
44400

Alerts

Be the first to know and let us send you an email when Kalaiyatoday posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kalaiyatoday:

Share