नेपाली जन प्रगतिशिल मन्च युके

  • Home
  • Nepal
  • Kalimati
  • नेपाली जन प्रगतिशिल मन्च युके

नेपाली जन प्रगतिशिल मन्च युके Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from नेपाली जन प्रगतिशिल मन्च युके, News & Media Website, Kalimati.

पूर्व प्रधानमन्त्री प्रचण्डज्यू,बिगतमा ३२ सिटको असहज सन्तुलनबाट नेतृत्व सम्हाल्नुभयो, तर असम्भव जस्तै देखिने कामलाई सम्भ...
14/07/2025

पूर्व प्रधानमन्त्री प्रचण्डज्यू,

बिगतमा ३२ सिटको असहज सन्तुलनबाट नेतृत्व सम्हाल्नुभयो, तर असम्भव जस्तै देखिने कामलाई सम्भव बनाउनुभयो। आर्थिक संकटतर्फ लम्किरहेको मुलुकलाई तपाईंको नेतृत्वमा सम्हालिँदै इतिहासकै उच्च विदेशी मुद्रा सञ्चिति — १२.७५ अर्ब अमेरिकी डलर — सम्म पुर्‍याउनुभयो।

सन् २०२३ मा १.९% मा थलिएर बसेको अर्थतन्त्रलाई २०२४ मा ३.३% मा उकास्नुभयो। २०२५ मा ४.६% को आर्थिक वृद्धि प्रक्षेपण बनाउनुभएको नीतिगत स्थायित्वको प्रमाण हो।

विद्युत् निर्यातबाट मासिक ३०० करोड रुपैयाँभन्दा बढी राजस्व सुनिश्चित गर्नुभयो। ३२ सिटकै आधारमा शक्तिशाली भ्रष्टहरूलाई कारवाही गर्ने साहस देखाउनुभयो — गिरिबन्धु र भुटानी शरणार्थी काण्डमा कठोर कदम चाल्दा कुर्सी हल्लियो र अन्ततः ढल्यो।

तर राजनीति जित्नुभयो।
पद गुमाएर पनि नेतृत्वको गरिमा उचाल्नुभयो।

तर अहिले सत्तामा छन् ती, जसको चौतर्फी आलोचना छ —
भ्रष्टाचार, तस्करी, भिजिट भिसाको नाममा मानव बेचबिखन, ठूला निर्णयहरू सेटिङमा हुने, फाफिया र नातावादको हावी — यस्तो सरकारसँग अब जनताले आशा गर्न कठिन भएको छ।

स्वरोजगारको नाममा कार्यकर्तामार्फत ढुकुटी रित्याउने काम फेरि नहोस्। अनुत्पादक 'सेता टावर' फेरि नबनुन्। 'पानीजहाज कार्यालय'को नाममा बजेट दुरुपयोग गर्ने दिनहरू नफर्कुन्।

कुल्मानको घाँटी समात्ने काम भयो। न्यायालयमा कार्यकर्ता भर्ने काम भयो। भिजिट भिसामा सेटिङ गरेर कमिसन खाने काम भयो — देशलाई फेरि श्रीलंका बनाउने संकेतहरू देखिन थालेका छन्।

पूर्व प्रधानमन्त्रीज्यू, तपाईंको नेतृत्व साँच्चिकै सम्झन लायक रह्यो।
जति गर्नुभयो, त्यो अत्यन्त प्रशंसनीय छ।
धन्यवाद। कुर्सी गुमाएर पनि राजनीति जित्नुभयो।
प्रचण्डलाई सम्मान – अहिलेको सत्तालाई चेतावनी।
\

14/07/2025
12/07/2025
प्रधानन्यायाधीशको 'डील' सर्वोच्चबाट सदर! Chief Justice's 'Deal', Supreme Court Upholds?
12/07/2025

प्रधानन्यायाधीशको 'डील' सर्वोच्चबाट सदर! Chief Justice's 'Deal', Supreme Court Upholds?

प्रधानन्यायाधीशको 'भ्रष्टाचार' सर्वोच्चबाट सदर! Chief Justice's 'Deal', Supreme Court Upholds?प्रधानन्यायाधीशको ‘भ्रष्टाचार’लाई सर्वोच्च.....

12/07/2025
12/07/2025

मेरो जीवनसाथी तथा नेकपा (माओवादी केन्द्र) की सल्लाहकार कमरेड सीता दाहालको दोस्रो स्मृति दिवसको अवसरमा म कमरेड सीताप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछु।

सीताले परिवर्तन र जनताको पक्षमा निरन्तर संघर्ष गरिरहिन । उनको निष्ठा र आदर्शले हामी सबैलाई जनताको पक्षमा संघर्ष गर्न प्रेरित गरिरहनेछ !

आज उनको स्मृतिमा हाम्रो परिवार र पार्टीलाई सदभाव ब्यक्त गर्नुहुने संपुर्णप्रति आभार सहित धन्यवाद ब्यक्त गर्दछु !

सामाजिक सञ्जालमा भाइरल  "प्रश्न यो होइन कि गधा कसरी त्यहाँ पुग्यो, प्रश्न यो हो कि कसले, किन र कसरी पुर्‍यायो?"यो व्यङ्ग...
06/07/2025

सामाजिक सञ्जालमा भाइरल "प्रश्न यो होइन कि गधा कसरी त्यहाँ पुग्यो, प्रश्न यो हो कि कसले, किन र कसरी पुर्‍यायो?"

यो व्यङ्ग्य नेपाली जनताले पटक पटक अशक्षम ,भस्ट नेताहरुलाइ कुर्सीमा पुर्याउने गरेको प्रति लक्षित देखिन्छ, जसले कार्यकर्ता पोस्ने र जनतालाई प्रताडित गर्ने गरेको आरोप छन्। हालका प्रधानमन्त्री के पि ओलि २/३ सम्सदका साथ प्रधानमन्त्री हुन तर जन अपेक्षा अनुसारकाम भने भने सुन्य छ।।अघिल्लो सरकारले गरेका काम हरु उद्घाटन गर्ने र कार्यकर्ता पोस्ने काम ,विवादास्पद नियुक्ति दिने, असक्षम मन्त्री र "गफ तन्त्र" को बोलबाला देखिएको छ।

गधा यहाँ प्रतीक हो — भ्रष्टाचार, बिचौलियाको बोलबाला भएको सरकार र अयोग्यहरूको नेतृत्व। कुलमान घिसिङ् जस्ता योग्य व्यक्तिहरूलाई बर्खास्त गरिन्छ भने, भजन्मन्डली, झोले, झोले तन्त्रले भरिएका कार्यकर्ताहरूलाई संवैधानिक अङ्गहरूमा नियुक्त गरिन्छ।
कुनै समय एमालेबाट सांसद बनेकी सपना प्रधान मल्ल हाल पार्टीकै सिफारिसमा न्यायाधीश बन्न सफल भएकि थिइन उनले हालै दिएको संवैधानिक नियुक्तिसम्बन्धी फैसला ओली पक्षमा परेको छ, जसले सम्सद विघटन गरेर अध्यादेश मार्फत गरेका गैरसंबैधानिक नियुक्तिहरुलाइ अदालतबाट मान्यता दिइन !

जनता आजित छन्, तर दुःखको कुरा — भोट फेरि त्यहीँ दललाई दिन्छन्।
जनता आजित छन्, तर भेडा पनि छन् — गधालाई त्यहाँ पुर्‍याउनेहरू पनि उनीहरू नै हुन्।

अन्ततः प्रश्न यो हो कि गधा त्यहा पुग्यो कसरी पुग्यो होइन कि कस्ले पुर्यायो भन्ने हो !

प्रधानमन्त्री ओलीको स्पेन भ्रमणमा मानव तस्करीको आशंका, अडियो टेप लीककाठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीको हालैको स्प...
06/07/2025

प्रधानमन्त्री ओलीको स्पेन भ्रमणमा मानव तस्करीको आशंका, अडियो टेप लीक
काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीको हालैको स्पेन भ्रमण विवादास्पद बन्दै गएको छ। एक प्रतिनिधिमण्डल सदस्य र स्पेनस्थित एक गैरआवासीय नेपाली (NRN) बीचको टेलिफोन वार्ताको अडियो टेप लीक भएपछि मानव तस्करीको आशंका उब्जिएको छ।

अडियोमा प्रतिनिधि सदस्यले स्पेनमै बस्ने योजना बनाएको र त्यसका लागि आर्थिक लेनदेन भएको कुरा खुलेको छ। सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेका छन्, भने राजनीतिक दलहरूले सरकारी भ्रमणको आडमा हुने अवैध क्रियाकलापको छानबिन माग गरेका छन्।

सरकारले अझै आधिकारिक प्रतिक्रिया दिएको छैन। तर यो प्रकरणले नेपालको कूटनीतिक छविमा धक्का पुर्‍याएको विश्लेषकहरू बताउँछन् । # #रास्वपाlvideochallenge

Address

Kalimati

Website

Alerts

Be the first to know and let us send you an email when नेपाली जन प्रगतिशिल मन्च युके posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share