News Nepalhub

News Nepalhub News Around The Globe News Around The Globe.
(2)

दरखोलामा निर्माण भएको ३६६ मिटर लामो पुलम्याग्दीको धवलागिरि गाउँपालिका–३ मा रहेको दरखोला माथि निर्माण भएको तीन सय ६६ मिटर...
11/07/2025

दरखोलामा निर्माण भएको ३६६ मिटर लामो पुल

म्याग्दीको धवलागिरि गाउँपालिका–३ मा रहेको दरखोला माथि निर्माण भएको तीन सय ६६ मिटर लामो झोलुङ्गे पुल । स्थानीय पूर्वाधार आयोजना कास्कीमार्फत निर्माण भएको यो आयोजनाबाट धवलागिरि गाउँपालिकाको ३ र ४ नम्बर वडाका बासिन्दा लाभान्वित भएका छन् ।

तस्बिरः सन्तोष गौतम/रासस

संयुक्त राष्ट्र सङ्घले शुक्रबार जानकारी दिएको अनुसार गाजामा मानवीय सहायता प्राप्त गर्ने प्रयासमा मे महिनाको अन्तिम साता ...
11/07/2025

संयुक्त राष्ट्र सङ्घले शुक्रबार जानकारी दिएको अनुसार गाजामा मानवीय सहायता प्राप्त गर्ने प्रयासमा मे महिनाको अन्तिम साता यता करिब ८०० जनाको ज्यान गएको छ ।

11/07/2025

काठमाडौंमा प्यालेस्टाइन र इरानमाथिको आक्रमणको विरोधमा नेकपा माओवादी केन्द्रलगायतका दलहरूको प्रदर्शन ।

राजनीति मेरो प्राणमै छ : सांसद जबराराष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले राजनीति आफ्नो प्राणमै रहेको ...
11/07/2025

राजनीति मेरो प्राणमै छ : सांसद जबरा

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले राजनीति आफ्नो प्राणमै रहेको बताएका छन् । शुक्रबार काठमाडौँमा आफ्नो ८४ औँ जन्मदिनको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले राजनीति आफ्नो प्राणमै रहेको बताएका छन् । शुक्रबार काठमाडौँमा आफ्नो ८४ औँ जन्मदिनको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

गण्डकीको बजेट खर्च ६९ प्रतिशतगण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष ०८१/८२ मा ६९.५४ प्रतिशत बजेट खर्च गरेको छ । चालु आर्...
11/07/2025

गण्डकीको बजेट खर्च ६९ प्रतिशत

गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष ०८१/८२ मा ६९.५४ प्रतिशत बजेट खर्च गरेको छ । चालु आर्थिक वर्षका लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैयाँ विनियोजन गरिएकोमा भुक्तानीको अन्तिम दिन असार २५ सम्म २२ अर्ब ९३ करोड ४० लाख ८१ हजार ६ सय ७ रुपैयाँ खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयको तथ्यांक छ ।

सात महिनापछि बसेको काठमाडौं महानगरको कार्यपालिका बैठक १ मिनेट ८ सेकेन्डमै सकियोकाठमाडौँ महानगरपालिकाका बैठक एक मिनेटमा स...
11/07/2025

सात महिनापछि बसेको काठमाडौं महानगरको कार्यपालिका बैठक १ मिनेट ८ सेकेन्डमै सकियो

काठमाडौँ महानगरपालिकाका बैठक एक मिनेटमा सकिएको छ । महानगर प्रमुख बालेन शाहको अध्यक्षातामा शुक्रबार बसेको कार्यपालिका बैठक एक मिनेटमै सकिएको हो ।

नगर सभा २९ गते र त्यसका लागि ११ बजे कार्यपालिका बैठक तोकेको घोषणा गर्दै महानगर प्रमुख शाह बैठक कक्षबाट बाहिरिएका हुन् ।

धौलीगंगा बाँधको ढोका खोलिने, सतर्क रहन आग्रहभारतस्थित धौलीगंगा जलविद्युत परियोजनाको बाँधको ढोका केही समयका लागि खोलिने भ...
11/07/2025

धौलीगंगा बाँधको ढोका खोलिने, सतर्क रहन आग्रह

भारतस्थित धौलीगंगा जलविद्युत परियोजनाको बाँधको ढोका केही समयका लागि खोलिने भएपछि महाकाली नदीको जलसतह बढ्ने भएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको नेपाल बाढी सूचना केन्द्रले आज शुक्रबार राती १२ बजेदेखि भोली अपराह्न १२ बजेसम्म सिल्ट सरसफाइ कार्यका लागि ढोका खोलिने भएकाले महाकाली नदीको जलसतह बढ्ने जनाएको हो ।

इरानमाथि भएको हमलाविरूद्ध माओवादी सहित १२ दलको विरोध प्रदर्शननेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी पार्टी सहित ...
11/07/2025

इरानमाथि भएको हमलाविरूद्ध माओवादी सहित १२ दलको विरोध प्रदर्शन

नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी पार्टी सहित १२ कम्युनिष्ट पार्टीहरूले प्यालेस्टाइनी जनतामाथि (गाँजा) क्षेत्रमा इजरायलद्वारा भइरहेको नरसंहार र हाल इरानमाथि भएको हमलाका विरुद्ध विरोध प्रदर्शन गरेका हुन् ।

इटालीबाट फर्किइन् परराष्ट्रमन्त्री राणापरराष्ट्रमन्त्री डा. आरजु राणा देउवा इटालीबाट स्वदेश फर्केकी छन् । इटालीको रोममा ...
11/07/2025

इटालीबाट फर्किइन् परराष्ट्रमन्त्री राणा

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा इटालीबाट स्वदेश फर्केकी छन् । इटालीको रोममा आयोजित खाद्य तथा कृषि सङ्गठन (एफएओ) को ४४ औँ अधिवेशन तथा सोही क्रममा आयोजित मन्त्रीस्तरीय सम्मेलनमा भाग लिएर उनी शुक्रबार स्वदेश फर्केकी हुन् ।

विदेश जाने नेपालीलाई ३ हजार डलर सटही सुविधानेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत विदेशी विनिमय व्यवस्थापनमा नयाँ व्यव...
11/07/2025

विदेश जाने नेपालीलाई ३ हजार डलर सटही सुविधा

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत विदेशी विनिमय व्यवस्थापनमा नयाँ व्यवस्था गरेको छ । शुक्रबार राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै नयाँ व्यवस्था गरेको हो ।

मौद्रिक नीति जारी गर्दै गभर्नर डा.विश्वनाथ पौडेलले विदेशी लगानी आकर्षण गर्न वाणिज्य बैंकमार्फत विदेशी विनिमय जोखिम व्यवस्थापन गर्ने व्यवस्था मिलाइने बताए । उनले आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिमा सहजीकरण हुने गरी ‘नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८’ लाई संशोधन गरिने उल्लेख गरे ।

पूर्वमन्त्री बालाराम घर्तीको निधनराप्रपाका संस्थापक नेता तथा पूर्वमन्त्री बालाराम घर्ती मगरको निधन भएको छ । उनको शुक्रबा...
11/07/2025

पूर्वमन्त्री बालाराम घर्तीको निधन

राप्रपाका संस्थापक नेता तथा पूर्वमन्त्री बालाराम घर्ती मगरको निधन भएको छ । उनको शुक्रबार बिहान निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

बालुवाटारमा नेविसंघको प्रदर्शन, नेताहरू पक्राउनेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति काठमाडौँले बालुवाटारमा गरेको विरोध ...
11/07/2025

बालुवाटारमा नेविसंघको प्रदर्शन, नेताहरू पक्राउ

नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति काठमाडौँले बालुवाटारमा गरेको विरोध प्रदर्शनमा नेताहरू पक्राउ परेका छन्। विद्यालय भर्नाको बेला दोहोरो भर्ना बन्द, छात्रवृत्तिको पारदर्शी व्यवस्था र न्यायोचित वितरण हुनुपर्ने, प्रतिस्पर्धात्मक शिक्षक नियुक्ति र विद्यार्थी मैत्री विद्यालय शिक्षा ऐन तत्काल जारी हुनु पर्ने र विश्वविद्यालयमा योग्यतामा अधारित नियुक्ति हुनुपर्नेलगायतका मागसहित नेविसंघले बालुवाटारमा आन्दोलन गरेको थियो ।

त्यस क्रममा प्रहरीले हस्तक्षेप गरेर ६ विद्यार्थी पक्राउ परेका छन् ।

Address

Kalimati

Alerts

Be the first to know and let us send you an email when News Nepalhub posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share