Halkara News

Halkara News Online News Portal of Nepal
सत्य तथ्य खबरको हुलाकी– हल्कारान्यूज ! www.halkaranews.com

अन्तरिम सरकारका मन्त्री पहिलोपटक संसदमाराष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा कानून, न्याय तथा संसदीय मामिला...
07/11/2025

अन्तरिम सरकारका मन्त्री पहिलोपटक संसदमा

राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री माननीय अनिल कुमार सिन्हा उपस्थित भएका छन्। सिंहदरबारमा जारी बैठकमा राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरू र कार्यव्यवस्था समितिका सदस्यहरू लगायत उपस्थित रहेका छन्।

२०८२ कार्तिक २१, शुक्रबार

काठमाडौँमा विप्लव नेतृत्वको नेकपाले प्रदर्शन तथा जनसभा गरेको छ।
06/11/2025

काठमाडौँमा विप्लव नेतृत्वको नेकपाले प्रदर्शन तथा जनसभा गरेको छ।

05/11/2025

Live नेपाली कम्युनिष्ट पार्टी घोषणा सभालाई सम्बोधन गर्नुहुँदै संयोजक प्रचण्ड

05/11/2025

LIVE : नेपाली कम्युनिष्ट पार्टी घोषणा सभा

२०८२ कार्तिक १९, बुधबार

काठमाडौँको भृकुटीमण्डपमा नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलन उद्घाटन भएको छ। २०८२ कार्तिक १९, बुधबार      ...
05/11/2025

काठमाडौँको भृकुटीमण्डपमा नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलन उद्घाटन भएको छ।

२०८२ कार्तिक १९, बुधबार

राष्ट्र संकटमा हुँदाहुँदै पनि समाजवादी क्रान्तिको नजिक छ :  संयोजक प्रचण्डकाठमाडौं, कार्तिक १५। नेकपा (माओवादी केन्द्र) ...
01/11/2025

राष्ट्र संकटमा हुँदाहुँदै पनि समाजवादी क्रान्तिको नजिक छ : संयोजक प्रचण्ड

काठमाडौं, कार्तिक १५। नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्र गम्भीर संकटमा परेको भन्दै अहिलेको समय “साम्राज्यवाद र समाजवादी क्रान्तिबीचको टक्करको चरण” भएको बताउनु भएको छ।

शनिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा आयोजित शहीद प्रतिष्ठान नेपालको साधारण सभालाई सम्बोधन गर्दै, उहाँले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने जिम्मेवारी अझै अधुरो रहेको उल्लेख गर्दै त्यसका लागि सरकारमा हुँदा प्रयास र बाहिर हुँदा राज्यलाई निरन्तर सचेत गराउँदै आएको बताउनु भयो।

समाजवादी क्रान्ति नजिक, निराश हुनुपर्ने कारण नभएको बताउँदै उहाँले नेपालको वर्तमान परिस्थितिलाई “समाजवादी क्रान्तिको प्रारम्भिक संकेत”का रूपमा व्याख्या गर्नुभयो, र भन्नुभयो “२३ र २४ का घटनाक्रमले देखाएको छ- क्रान्ति अब टाढा छैन, बरु नजिक आएको छ। जनताको असन्तुष्टि र आक्रोश सही ढंगले संगठित गर्न सके समाजवादी क्रान्ति छोटो समयमै सम्भव छ।”

सम्बोधनको प्रारम्भमा प्रचण्डले शहीद परिवार र बेपत्ता योद्धाका आफन्तहरूको भावनालाई सम्मान गर्दै भन्नुभयो,“हरेक नेतृत्वले आश्वासन दिन्छ, तर परिणाम ढिलो हुँदा शहीद परिवारमा आक्रोश आउनु स्वाभाविक हो। म त्यो आवेगलाई जिम्मेवारीको बोधका रूपमा लिन्छु।”

उहाँले आफूले प्रधानमन्त्री हुँदा वा विपक्षमा हुँदा पनि शान्ति प्रक्रियाका बाँकी कार्य पूरा गर्न निरन्तर प्रयास गरिएको उल्लेख गर्नुभयो। “हाम्रो निरन्तरको प्रयासमा शहीद घोषणा, विधेयक निर्माण र आयोग गठन भएका छन्। तर ती आयोगहरूले अपेक्षित परिणाम दिन सकेका छैनन्,” उहाँले भन्नुभयो।

प्रचण्डले जनयुद्ध र जनआन्दोलनको क्रममा माओवादीले राखेका विचार र सन्दर्भ स्मरण गर्दै भन्नुभयो,“हामीले त्यतिबेलै भनेका थियौं- नेपाल गणतन्त्रमा जानेछ, तर त्यो जनताको गणतन्त्र हुनेछ वा प्रतिक्रियावादीहरूको भन्ने निर्णय पछि हुने टक्करबाट मात्र हुनेछ।”उहाँका अनुसार अहिले देश त्यही ऐतिहासिक मोडमा पुनः पुगेको छ। “हामी फेरि त्यस्तै टकरावको स्थितिमा छौं- क्रान्ति र प्रतिक्रान्ति आमनेसामने छन्,” उहाँले भन्नुभयो।

प्रचण्डले वर्तमान अवस्थालाई ‘राष्ट्रको स्वाधीनता, भौगोलिक अखण्डता र सार्वभौमसत्ता’माथिको गम्भीर चुनौतीको रूपमा चित्रण गर्नुभयो। “हामी अहिले साम्राज्यवादसँग सीधै आमनेसामने छौं। अब प्रश्न छ- समाजवादी क्रान्तिले साम्राज्यवादलाई रोक्ने हो कि साम्राज्यवादले नै हाम्रो स्वाधीनता निल्ने हो,” उहाँले भन्नुभयो।

उहाँले देशभक्त, वामपन्थी र क्रान्तिकारी सबै शक्तिलाई राष्ट्रिय स्वाधीनता र समाजवादी क्रान्तिको रक्षाका लागि एउटै मोर्चामा उभिन आह्वान समेत गर्नुभयो। गणतन्त्र ल्याउने शक्तिहरू क्रान्तिकारी मात्रै नभएर पुँजीवादी शक्तिहरुको समेत साथ र सहयोगबाट सम्भव भएको बताउनु भयो। इतिहासको समीक्षा गदै उहाँले भन्नुभयो,“संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन हामीले सामन्ती निरंकुश तन्त्रविरुद्ध विभिन्न शक्तिसँग सम्झौता गरेका थियौं। ती शक्तिहरू सबै क्रान्तिकारी थिएनन्। कतिपय दलाल र पुँजीवादी शक्तिहरूसँग पनि अस्थायी सम्झौता भएको थियो। त्यो गल्ती होइन, त्यस समयको वर्ग संघर्षको आवश्यक परिणाम थियो।”

तर, उहाँले जोड दिए, त्यही सम्झौताबाट आएका गणतन्त्रपछिका नेतृत्वहरूले जनताको अपेक्षाअनुसार काम गर्न नसक्दा जनआक्रोश बढेको बताउनुभयो। प्रचण्डले हालका आन्दोलनहरूमा सहभागी युवा पुस्ताको प्रशंसा गर्नुभयो र भन्नुभयो,“भ्रष्टाचारविरुद्ध सडकमा निस्केका युवाहरूले राजनीतिबाट टाढा भनिएका पुस्तालाई पुनः राजनीतिक रूपमा सचेत बनाएका छन्। उनीहरूले प्रत्यक्ष निर्वाचित कार्यकारी, भ्रष्टाचारविरोधी अभियान र अभिव्यक्ति स्वतन्त्रताको मुद्दा उठाएका छन्। यी युवाहरू नै क्रान्तिकारीका उत्तराधिकारी हुन्।”

एकता र समाजवादी क्रान्तिको तयारीकै माध्यमबाट संकट पार गर्न सकिने उहाँको भनाई थियो ।प्रचण्डले सबै वामपन्थी, देशभक्त र क्रान्तिकारी शक्तिहरूबीच वृहद् एकताको आवश्यकता औंल्याउँदै भन्नुभयो,“अब प्रतिक्रान्तिको भयानक खतरा देखिँदै छ। त्यसलाई परास्त गर्न जनताको तागत र एकता अपरिहार्य छ। क्रान्ति कहिल्यै सहज हुँदैन, प्रतिक्रान्तिको सामना गर्दै अघि बढ्नु नै यसको नियम हो।”

उहाँले शहीद प्रतिष्ठान नेपाल लाई शहीद, बेपत्ता र घाइते योद्धाहरूका परिवारहरूलाई अझ व्यापक रूपमा संगठित गर्न र शान्ति प्रक्रियाका बाँकी कामहरूको खोजीमा सक्रिय हुन निर्देशन समेत दिनुभयो। संयोजक प्रचण्डले भन्नुभयो,“म विश्वास गर्छु- यो साधारण सभाले फेरि जनताको तागतलाई केन्द्रित गर्नेछ, सबै कम्युनिस्ट र देशभक्त शक्तिहरूलाई एकताबद्ध गर्नेछ। म संरक्षकको हैसियतले यो अभियानमा सहयोग गर्नेछु।”

गाउँले जीवन।
31/10/2025

गाउँले जीवन।

जेनजी युवाहरू मित्र र दुश्मन छुट्याउनुस्- माओवादी संयोजक प्रचण्डकाठमाडौं, कार्तिक १ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी क...
18/10/2025

जेनजी युवाहरू मित्र र दुश्मन छुट्याउनुस्- माओवादी संयोजक प्रचण्ड

काठमाडौं, कार्तिक १ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जुनसुकै क्रान्तिमा आफ्नो मित्र शक्ति र दुश्मन शक्ति छुट्याउन नसक्दा बलिदानका उपलब्धिहरुलाई संस्थागत गर्न नसकिने उल्लेख गर्दै आफ्नो मित्र शक्ति चिन्न आग्रह गर्नुभएको छ।

नेकपा (माओवादी केन्द्र) केन्द्रीय कार्यालय, पेरिसडाँडामा अखिल नेपाल ट्रेड युनियन महासंघद्वारा आयोजित शुभ दीपावली, नेपाल संवत् र छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले जेनजी युवाहरुलाई भन्नुभयो “तपाईहरु आफ्नो मित्र, दुश्मन को हो छुट्टयाउनु होला । हामीलाई पनि पहिल्यै आतंककारी भनिएको थियो ”

जनताको हक, हित र अधिकारका लागि लड्नेहरुलाई आतंककारी भन्ने प्रवृत्ति यसअघि पनि रहँदै आएको उल्लेख गर्दै संयोजक प्रचण्डले भन्नुभयो “एउटा विचारले भन्छ- तपाईंहरुको आन्दोलनलाई आतंककारी। यो त हामीलाई पनि भनिएको थियो। उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायको हकमा लड्दा हामीलाई आतंककारी भनिएको थियो। आज फेरि तपाईहरुलाई पनि त्यस्तै शब्दमा ब्याख्या गरिएको छ। यस्तो प्रवृत्तिबाट सतर्क हुन जरुरी छ।”

उहाँले थप भन्नुभयो, “क्रान्तिमा सबैभन्दा महत्वपूर्ण कुरा के हो भने आफ्नो मित्र र शत्रु छुट्याउन जान्नु। जसले तपाईंलाई माया गर्छ, साथ दिन्छ — उसलाई चिन्न सक्नु पर्छ। दुश्मनलाई साथी ठानियो भने क्रान्ति असफल हुन्छ।”

देशको समसामयिक राजनीतिक संकट समाधान गर्न सबै राष्ट्रवादी, लोकतान्त्रिक र क्रान्तिकारी शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता उहाँले औंल्याउनुभएको छ।संयोजक प्रचण्डले भन्नुभयो, “हामी यतिबेला अत्यन्त जटिल परिस्थितिबाट गुज्रिरहेका छौं। संविधान र लोकतन्त्र जोगाउने अहिलेको सबैभन्दा सहज, समावेशी र राष्ट्रहितको विकल्प भनेकै आगामी माघ २१ गते तोकिएको निर्वाचन हो। यसलाई सफल पार्न सबै दल, नागरिक समाज, बुद्धिजीवी, पत्रकार लगायत सबै पक्षको ऐक्यबद्धता आवश्यक छ।”

संयोजक प्रचण्डले वर्तमान संविधान केही हदसम्म ट्रयाकबाट चिप्लिएको उल्लेख गर्दै त्यसलाई ट्रयाकमा ल्याउने उपाय भनेकै संविधान संशोधन भएको बताउनुभयो। “निर्वाचनबाट आउने नयाँ संसदले संविधान परिमार्जन गर्ने प्रक्रियामा प्रवेश गर्नुपर्छ। जनताको अपेक्षा पूरा गर्न हामी तयार छौं,” उहाँले भन्नुभयो।

उहाँले आगामी माघ २१ गतेको निर्वाचन संविधानसम्मत र लोकतान्त्रिक प्रक्रियाको हिस्सा भएको बताउँदै, “निर्वाचन नगरीकन देशमा अर्को अराजकता आउन सक्छ। त्यसैले सबैले राष्ट्रिय सहमतिका साथ चुनाव सम्पन्न गराउनु जरुरी छ,” भन्नुभयो।

संयोजक प्रचण्डले संसद पटक–पटक विघटन गर्नेहरूले अहिले संसद पुनःस्थापनाको कुरा गर्नु हास्यास्पद भएको बताउनुभयो। “केपी ओली प्रधानमन्त्री हुँदा संसद विघटन भयो, राष्ट्रपतिको भूमिकाले त्यो संकट अझ चर्कियो। अहिले उनीहरुकै समूहले संसदको कुरा गर्नु विडम्बनापूर्ण हो,” उहाँको टिप्पणी थियो।

उहाँले समाजवादी मोर्चामा आबद्ध बाम शक्तिहरूबीच चाँडै औपचारिक एकता घोषणा हुने जानकारी दिंदै भन्नुभयो, “हामीले बृहद बामपन्थी एकताको आवश्यकता महसुस गरेका छौं। तर त्यसले मात्र पुग्दैन। लोकतन्त्रवादी र राष्ट्रवादी सबै शक्तिहरू पनि राष्ट्रिय संकटको सामना गर्न एकजुट हुन जरुरी छ।”

प्रचण्डले जेनेरेसन जेडलाई क्रान्तिकारी आन्दोलनको उत्तराधिकारीको रूपमा सम्बोधन गर्दै भन्नुभयो, “२३ गते भएको आन्दोलनले देखायो — हाम्रो युवा पुस्ताले आफ्नो राजनीतिक उपस्थिति प्रमाणित गरिसकेको छ। उनीहरू अरूका होइनन्, क्रान्तिकारीका उत्तराधिकारी हुन्। उनीहरूमाथि अपमानजनक टिप्पणी गरिनु हुन्न।”

आधुनिक प्रविधि र युवा पुस्ताको क्षमतालाई सहि दिशामा परिचालन गर्न सक्नुपर्ने बताउँदै उहाँले भन्नुभयो, “डिजिटाइजेसनको युगमा तपाईंहरुको टेक्निकल क्षमता र हाम्रो विचारको अनुभवलाई एउटै ठाँउमा जोड्न सके, दुनियाँको कुनै शक्तिले हामीलाई हराउन सक्दैन।”
‘अन्तरिम सरकार निर्वाचन गर्न गम्भीर छ ।’

उहाँले वर्तमान अन्तरिम सरकार (सुशिला कार्की नेतृत्वमा) निर्वाचन गर्न गम्भीर रहेको र अन्तर्राष्ट्रिय समुदायले पनि निर्वाचन सफल बनाउन सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

संयोजक प्रचण्डले पुनः सबैलाई मिलेर राष्ट्रिय सहमतिका आधारमा अघि बढ्न आह्वान गर्दै भन्नुभयो, “देश र जनताको भविष्य सुनिश्चित गर्न हामी सबैले सहकार्य गर्नुपर्छ। निराश हुने कुनै कारण छैन। हामीले धेरै संघर्ष गरेर यहाँसम्म आएका छौं, अब जित हामीले नै गर्नुपर्छ।”

कार्यक्रममा माओवादी केन्द्रका नेताहरु, ट्रेड युनियनका नेता कार्यकताहरू, विभिन्न संघसंस्थाका सदस्यहरू, बुद्धिजीवी, पत्रकार तथा युवा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले भारत र श्रीलंकामा हुने T-20 Worldcup 2026 मा भारतमा गएर भारतसँग खेल...
18/10/2025

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले भारत र श्रीलंकामा हुने T-20 Worldcup 2026 मा भारतमा गएर भारतसँग खेल्न मन लागेका बताएका छन्।

रोहितले भारत, अष्ट्रेलिया र इङ्ल्यान्डको नाम लिदै भारतमा भारतविरूद्ध खेल्न पाउनु निकै रमाइलो हुने बताए। रोहितले भने, "भारत र अष्ट्रेलियाविरुद्ध खेल्ने इच्छा छ। इङ्ल्यान्डले पनि निकै राम्रो गरिरहेको छ।"

18/10/2025

रातो र चन्द्र सूर्य जङ्गी निशान हाम्रो...

राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष नारायण प्रसाद दाहाल स्वीट्जरल्यान्डको जेनेभा पुग्नुभएको छ। अन्तर व्यवस्थापिका संघ (आइप...
18/10/2025

राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष नारायण प्रसाद दाहाल स्वीट्जरल्यान्डको जेनेभा पुग्नुभएको छ। अन्तर व्यवस्थापिका संघ (आइपियू) को १५१ अ‍ौँ महासभामा सहभागी हुन जेनेभा पुग्नुभएका अध्यक्ष दाहाललाई जेनेभास्थित नेपाली नियोगका प्रमुख तथा राजदूत रामप्रसाद सुवेदीले जेनेभा अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको छ।

घरेलु क्रिकेटमा लगातार २ शतक हानेर चर्चामा आएका सोमपाल अब अर्को अन्तर्राष्ट्रिय कीर्तिमान नजिक छन्। नेपाल टी-२० विश्वकपम...
17/10/2025

घरेलु क्रिकेटमा लगातार २ शतक हानेर चर्चामा आएका सोमपाल अब अर्को अन्तर्राष्ट्रिय कीर्तिमान नजिक छन्। नेपाल टी-२० विश्वकपमा छनोट भएसँगै सोमपाल तेस्रो पटक विश्वकप खेल्ने एक्ला नेपाली खेलाडी हुने छन्। २०१४ मा विश्वकप खेल्दा सोमपाल टोलीका जुनियर खेलाडी थिए। तर अब खेल्ने विश्वकपमा उनै सोमपाल टोलीका सबैभन्दा सिनियर खेलाडी हुने छन्। गुल्मीमा जन्मेका सोमपालको बाल्यकाल भारतमा बितेको थियो। बुवा कामका सिलसिलामा पञ्जाव पुगेपछि सोमपाल पनि उतै पुगेका थिए। भारतमै क्रिकेट सिकेका सोमपाल २०१३ को अन्त्यतिर नेपाल आएका थिए।

Address

Kalimati

Alerts

Be the first to know and let us send you an email when Halkara News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Halkara News:

Share

Halkara News

Nepali Online NEWS Portal, News, Views, information and Entertainment website in Nepal. follow in twitter https://twitter.com/NewsHalkara

Visit this official page: www.facebook.com/halkaranews

Visit our website : www.halkaranews.com