Halkara News

Halkara News Online News Portal of Nepal
सत्य तथ्य खबरको हुलाकी– हल्कारान्यूज ! www.halkaranews.com

ट्रेड युनियन खारेजी विरुद्धको रिटमा संवैधानिक इजलासका न्यायाधीशहरूबीच किन बाझियो राय ?काठमाडौँ, वैशाख २९ । निजामती कर्मच...
12/05/2026

ट्रेड युनियन खारेजी विरुद्धको रिटमा संवैधानिक इजलासका न्यायाधीशहरूबीच किन बाझियो राय ?

काठमाडौँ, वैशाख २९ । निजामती कर्मचारी ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णयविरूद्ध दायर भएको रिटमा संवैधानिक इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

सोमबार संवैधानिक इजलासको बहुमत न्यायाधीशहरूले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै अन्तरिम आदेशका लागि जेठ ६ गते बोलाउने आदेश गरेको हो।

अब यसबीच निजामती कर्मचारी ट्रेड युनियनलाई यथास्थितिमै राख्नुपर्ने भएको छ।

कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी र हरिप्रसाद फुयालले कारण देखाऊ आदेश समेत जारी गरेका छन्। उनीहरूले संविधानले स्वतन्त्रताको हक र ट्रेड युनियन खोल्ने हक प्रदान गरेको बताउँदै अल्पकालीन अन्तरिम आदश दिएका हुन्।

'संविधानको स्वतन्त्रताको हकले दिएको संघ-संस्था खोल्ने, ट्रेड युनियन खोल्ने, त्यसमा सहभागी हुने तथा सामूहिक सौदाबाजी गर्ने हकको संवैधानिक प्रत्याभूतिसँग जोडिएको भन्ने निवेदक मागदाबी तथा विद्वान कानुन व्यवसायीहरूको जिकिर रहेको सन्दर्भलाई विचार गर्दा हाललाई केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३ को दफा १० कार्यान्वयन नगर्नू/नगराउनू भनी अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ,’ आदेशमा भनिएको छ।

न्यायाधीशहरू विनोद शर्मा र शारंगा सुवेदीले भने फरक मत राखेका छन्। उनीहरूले अल्पकालीन अन्तरिम आदेश जारी गर्ने विषयमा असहमति जनाएका छन्। यद्यपि अध्यादेश ऐन सरह मान्य हुने र उक्त अध्यादेश संघीय संसदमा पेस भई स्वीकार गर्ने वा नगर्ने भन्ने प्रक्रिया बाँकी रहेको भन्ने उल्लेख गरिएको छ।

त्यस्तै, यस विषयमा दुवै पक्षसँग छलफलमा बोलाउने र कारण देखाऊ आदेशमा सहमत रहेको बताएको छ।

'राष्ट्रपतिले जारी गरेको अध्यादेश ऐन सरह मान्य हुने एवं उक्त अध्यादेश संघीय संसदमा पेस भई संसदबाट स्वीकार गर्ने/नगर्ने भन्ने प्रक्रिया बाँकी नै रहेको,' आदेशमा भनिएको छ, 'आजैदेखि संघीय अधिवेशन समेत आह्वान भइसकेको भन्ने न्यायिक जानकारीमा रहने विषय भएको एवं तत्काल रिट निवेदकलाई अपूरणीय क्षति पुग्ने अवस्था नदेखिएको सन्दर्भमा उक्त अध्यादेश अनुसारको संशोधित व्यवस्था कार्यान्वयन रोक्न पर्ने/नपर्ने सम्बन्धमा दुवै पक्षसँग छलफल गरी टुंगोमा पुग्न मनासिब देखिँदा कारण देखाऊ आदेश जारी गर्ने र छलफलमा झिकाउने बहुमतको रायमा सहमति रहेको छ।'

तर अल्पकालीन अन्तरिम आदेश गर्ने हदसम्म सहमति नरहेको उनीहरूले उल्लेख गरेका छन्।

'... अहिले नै एकपक्षीय सुनुवाइबाट अल्पकालीन अन्तरिम आदेश जारी गर्ने हदसम्म सहमति नरहेकाले प्रस्तुत फरक राय व्यक्त गर्दछौं,' उनीहरूले भनेका छन्।

संवैधानिक इजलासमा बहुमतको राय मान्य हुन्छ।

मध्यरातमा दुई बस आपसमा ठोक्किए...काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बैरेनीमा दुईवटा बस ठोक्किँदा १२ जना घाइते भए...
12/05/2026

मध्यरातमा दुई बस आपसमा ठोक्किए...

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बैरेनीमा दुईवटा बस ठोक्किँदा १२ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ।

काठमाडौंबाट पोखरा र वीरगञ्जतर्फ गइरहेका बस गएराति आपसमा ठोक्किएका हुन्। घाइतेहरुलाई प्रहरीले राति नै उद्धार गरी अस्पताल पठाएको थियो।

आपसमा ठोक्किएका बस र घाइतेहरुको विस्तृत विवरण खुल्न बाँकी छ।

आज संसदमा प्रधानमन्त्री बालेन शाहका दुइटा गतिविधि तपाईंलाई कस्तो लाग्यो?-संसदमा प्रधानमन्त्रीहरू उपस्थित हुँदा अनिवार्य ...
11/05/2026

आज संसदमा प्रधानमन्त्री बालेन शाहका दुइटा गतिविधि तपाईंलाई कस्तो लाग्यो?
-
संसदमा प्रधानमन्त्रीहरू उपस्थित हुँदा अनिवार्य रूपमा औपचारिक पोसाक लगाउने चलन छ।

संसदको मर्यादा र परम्परा त्यही हो।

त्यसमाथि आज महत्त्वपूर्ण दिन थियो — राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम पढ्ने दिन।

तर आज प्रधानमन्त्री टिसर्टमाथि कोट र सेतो 'स्निकर्स' जुत्तामा संसद पुगे।

उनी केहीबेर बसे र राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम पढ्दापढ्दै बीचैमा उठेर हिँडे।

नेपालको संसदीय इतिहासमा यो अशोभनीय काम पहिलो पटक भएको हो।

प्रधानमन्त्रीको पोसाक र उनी बीचैमा उठेर हिँडेको तपाईंलाई कस्तो लागेको छ? के भन्नुहुन्छ? कमेन्ट गर्नुहोस्।
***nshahnews ***nsarkar

फूटबल महासङ्‍ग्रामः फिफा विश्वकप २०२६ बारे सम्पूर्ण जानकारीअमेरिका, क्यानडा र मेक्सिकोमा जुन १२ अर्थात् जेठ २९ गते उद्घा...
11/05/2026

फूटबल महासङ्‍ग्रामः फिफा विश्वकप २०२६ बारे सम्पूर्ण जानकारी

अमेरिका, क्यानडा र मेक्सिकोमा जुन १२ अर्थात् जेठ २९ गते उद्घाटन हुने फिफा विश्वकप २०२६ सुरु हुन अब एक महिना मात्रै बाँकी छ। विश्व फुटबलको महाकुम्भको रुपमा रहे पनि यस पटक फिफा विश्वकपको खासै चर्चा हुन सकेको छैन।

पश्चिम एसिया युद्धको असर, इरानले विश्वकप नखेल्ने धम्की अनि अमेरिकामा फरक ‘टाइमजोन’ मा हुने खेलले गर्दा विश्वकपको रमझम खासै देखिएको छैन। तर यस पटकको विश्वकप अहिलेसम्मकै ठूलो हुनेछ।

३९ दिन चल्ने विश्वकपमा कूल १०४ खेल हुनेछन् भने अहिलेसम्मकै धेरै ४८ वटा टिमले विश्वकप खेल्नेछन्।

विश्वकप कहाँ र कहिले आयोजना हुँदैछ?

फिफा विश्वकप २०२६ यस पटक उत्तर अमेरिका महादेशको तीन राष्ट्र अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुनेछ। यो विश्वकप जुन ११ देखि जुलाई १९ सम्म चल्नेछ।

विश्वकपका खेलहरु अमेरिकाको ११, मेक्सिकोको ३ र क्यानडाको २ गरी कूल १६ शहरको स्टेडियममा हुनेछ। विश्वकपको उद्घाटन खेल मेक्सिको सिटीको प्रसिद्ध अज्टेका रंगशालामा हुनेछ भने फाइनल खेल न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा जुलाई १९ मा हुनेछ।

विश्वकप हुने मैदानहरू

विश्वकपका खेलहरु कूल १६ मैदानमा हुनेछ। अमेरिकाको एटलान्टा स्टेडियम, बोस्टन स्टेडियम, डलास स्टेडियम, ह्युस्टन स्टेडियम, क्यान्सस सिटी स्टेडियम, लस एन्जलस स्टेडियम, मायमी स्टेडियम, न्यूयोर्क–न्यु जर्सी स्टेडियम, फिलाडेल्फिया स्टेडियम, सान फ्रान्सिस्को बे एरिया स्टेडियम, सियाटल स्टेडियममा खेल हुनेछ।

यस्तै मेक्सिकोको एज्टेका स्टेडियम, ग्वाडालाजारा स्टेडियम र मोन्टेरे स्टेडियमा तथा क्यानडाको टोरन्टो स्टेडियम र बिसी प्लेस भ्यानकुभर स्टेडियममा खेल हुनेछ।

विश्वकपमा कति खेल हुनेछ?

फिफा विश्वकप २०२६ मा कूल १०४ खेल हुनेछ। समूह चरणमा कुल ७२ खेल हुनेछ। यस्तै राउण्ड अफ ३२ मा १६ खेल, प्रिक्वाटरफाइनलमा ८ खेल, क्वाटरफाइनलमा ४ खेल, सेमिफाइनलमा २ खेल तथा फाइनल र तेस्रो स्थानको लागि एक-एक खेल हुनेछ।

विश्वकपको पुरस्कार राशी कति छ?

फिफा विश्वकप २०२६ को पुरस्कार राशिमा इतिहासकै ठूलो वृद्धि भएको छ, जसले यसलाई अहिलेसम्मकै सबैभन्दा धनी प्रतियोगिता बनाएको छ। फिफा काउन्सिलले सन् २०२६ को संस्करणका लागि करिब ६५५ मिलियन (६५ करोड ५० लाख) अमेरिकी डलर भन्दा बढीको कीर्तिमानी पुरस्कार कोष स्वीकृत गरेको छ, जुन २०२२ को कतार विश्वकपको तुलनामा करिब ५० प्रतिशत बढी हो।

फिफा विश्वकप २०२६ को उपाधि जित्ने टोलीले ५ करोड अमेरिकी डलर (रु.७ अर्बभन्दा बढी) प्राप्त गर्नेछ, अघिल्लो विश्वकप विजेताले ४ करोड २० लाख अमेरिकी डलर पाएको थियो।

यस्तै उपविजेताले ३ करोड ३० लाख डलर, तेस्रो स्थानले २ करोड ९० लाख डलर र चौथो स्थानले २ करोड ७० लाख डलर पाउने छन्।

क्वार्टरफाइनलबाट बाहिरिने टोलीले १ करोड ९० लाख डलर, अन्तिम १६ बाट बाहिरिने टोलीले १ करोड ५० लाख डलर र राउन्ड अफ ३२ बाट बाहिरिने टोलीले १ करोड १० लाख डलर डलर पाउने छन्।

समूह चरणमै बाहिरिने टोलीले पनि ९० लाख डलर पाउनेछ भने विश्वकपमा छनोट भएका प्रत्येक राष्ट्रलाई तयारी खर्चका लागि थप १५ लाख डलर दिइनेछ। विश्वकप खेल्ने प्रत्येक टोलीले कम्तीमा १ करोड ५ लाख डलर पाउने निश्चित छ।

नेपालको कुन समयमा विश्वकपक खेल हुनेछ?

उत्तर अमेरिकाको तीन राष्ट्रमा फिफा विश्वकप २०२६ का खेलहरु आयोजना हुँदा आयोजक देशको टाइम जोन फरक पर्नेछ। जसले गर्दा नेपाल लगायत एसियाली राष्ट्रमा विश्वकपका खेलहरु प्राय रातिको समयमा हुनेछ। नेपालमा मध्यराति १२:४५ देखि बिहान १:४५, २:४५, ३:४५, ४:४५, ५:४५, ६:४५, ७:४५, ८:४५ र ९:४५ बजे खेलहरू हुनेछन्। यस्तै राति ९:४५ र १०:४५ बजे पनि खेल हुनेछ।

नेपालमा विश्वकप कसरी हेर्ने?

फिफा विश्वकप २०२६ को खेलहरु नेपालमा पनि प्रत्यक्ष प्रशारण हुने पक्का भइसकेको छ। नेपालमा हिमालय स्पोर्ट्स टिभी र डीगो एफमार्फत् विश्वकपका खेलहरु हेर्न सकिनेछ। नेपालमा एस मिडिया प्रो ले फिफा विश्वकप २०२६ को प्रशारण अधिकार खरिद गरेको थियो। त्यसबाट हिमालय स्पोर्ट्स र ओटीटीमा डीगोले खेलहरु प्रशारण गर्ने सम्झौता भएको हो।

के इरानले विश्वकप खेल्ला?

फिफा विश्वकप २०२६ को चर्चा हुने बित्तिकै अहिले इरानले विश्वकप खेल्छ कि खेल्दैन भन्ने मुख्य प्रश्न बनेको छ। अमेरिका र इजरायल मिलेर इरानमा हमला गरेपछि इरानले तत्काल प्रतिक्रिया जनाउँदै विश्वकप नखेल्ने अडान लिएको थियो।

तर पछिल्लो समयमा इरान विश्वकप खेल्न लचक भएको छ र त्यसका लागि इरानले १० शर्त राखेको छ। यदि ती शर्त पूरा भएमा इरानले विश्वकप खेल्नेछ। यसबारे आयोजक फिफा र आयोजक राष्ट्रहरुले केही प्रतिक्रिया दिएका छैनन्।

इरानले खेलाडी, प्रशिक्षक र अफिसियलहरूलाई बिना अवरोध भिसा दिनुपर्ने, इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्ससँग सम्बन्धित व्यक्तिहरूलाई पनि प्रवेश अनुमति दिनुपर्ने माग राखेको छ।

इरानले आफ्नो राष्ट्रिय झण्डा र राष्ट्रिय गानको सम्मान हुनुपर्ने साथै विमानस्थल, होटल र रंगशालामा थप सुरक्षा व्यवस्था मिलाउनु पर्ने लगायत माग पनि गरेको छ।

विश्वकपको उपाधि दाबेदार टिम को–को हुन्?

हरेक पटक विश्वकपमा उपाधिका लागि केही चर्चित टिमहरु दाबेदारको रुपमा रहने गर्छन्। त्यसमा यसअघि विश्वकप जितिसकेका केही पुराना टिम र पहिलो पटक विश्वकप उपाधि जित्ने लक्ष्यमा रहेका टिमहरु छन्।

साविक विजेता अर्जेन्टिना लगातार दोस्रो पटक उपाधि जित्ने लक्ष्यमा छ भने सर्वाधिक ५ पटकको विजेता ब्राजिल २४ वर्षदेखिको विश्वकप उपाधि खडेरी तोड्ने दाउमा छ।

यस्तै युरोपेली राष्ट्रहरु फ्रान्ससँगै स्पेन र जर्मनी पनि उपाधि थप्ने लक्ष्यमा छन्। यस बाहेक सन् १९६६ मा एक पटक मात्र विश्वकप जितेको इंग्ल्यान्ड पनि विश्वकपको सदाबहार दाबेदार रहेपनि उपाधि जित्न सकेको छैन।

यस बाहेक विश्वकप जित्न बाँकी रहेका पोर्चुगल, बेल्जियम र नेदरल्यान्ड्स जस्ता राष्ट्रहरु पनि विश्वकप उपाधिको दाबेदारको रुपमा रहने गर्छन्। पुराना पावर हाउस टिमहरु अर्जेन्टिना, ब्राजिल, जर्मनीसँगै स्पेन, इंग्ल्यान्ड सदाबहार दाबेदारको रुपमा छन्। यस्तै पोर्चुगल, नेदरल्यान्ड्स, क्रोएसिया, बेल्जियम जस्ता राष्ट्रहरु पनि ठूला टिमलाई टक्कर दिन तयार छन्।

यी हुन् सहभागी ४८ टोली

यस पटक फिफा विश्वकपमा अहिलेसम्मकै धेरै ४८ टिमले प्रतिस्पर्धा गर्ने भएपछि हरेक महादेशबाट टिम संख्या पनि बढेको छ। यसअघि ३२ टिमले विश्वकप खेल्दै आएका थिए।

जसमा युरोपबाट सर्वाधिक १६ टिम छनोट हुँदा अफ्रिकाबाट १०, एसियाबाट ९ टिमले विश्वकप खेल्नेछन्। यस्तै उत्तर तथा मध्य अमेरिका र ल्याटिन अमेरिकाबाट ६-६ तथा ओसिया क्षेत्रबाट १ टिम छन्। टिम संख्या बढ्दा ओसियानाबाट एक टिम सोझै छनोट हुने प्रावधान छ।

युरोपबाट अष्ट्रिया, बेल्जियम, बोस्निया एण्ड हर्जगोभिना, क्रोएसिया, चेक रिपब्लिक, इंग्ल्याण्ड, फ्रान्स, जर्मनी, नेदरल्यान्ड्स, नर्वे, पोर्चुगल, स्कटल्यान्ड, स्पेन, स्वीडेन, स्वीट्जरल्यान्ड र टर्किएले विश्वकप खेल्नेछन्।

अफ्रिकाबाट अल्जेरिया, केप भर्डे, इजिप्ट, घाना, आइभोरी कोस्ट, मोरक्को, सेनेगल, दक्षिण अफ्रिका र ट्युनिसिया छनोट भएका छन्।

एसियाबाट अस्ट्रेलिया, इरान, इरान, जापान, जोर्डन, कतार, साउदी अरेबिया, दक्षिण कोरिया र उज्बेकिस्तान छनोट भएका छन्।

उत्तर तथा मध्य अमेरिकाबाट आयोजक अमेरिका, मेक्सिको र क्यानडासहित कुरासाओ, हैटी र पनामा तथा दक्षिण अमेरिकाबाट अर्जेन्टिना, ब्राजिल, कोलम्बिया, इक्वेडोर, पाराग्वे र उरुग्वे विश्वकपमा छनोट भएका छन्। ओसियानाबाट न्युजिल्यान्डले विश्वकप खेल्दैछ।

समुह विभाजन र फर्म्याट

यसअघि विश्वकपमा सहभागी टिमलाई ८ समूहमा विभाजन गरेर खेलाइन्थ्यो। यसपटक भने ४८ टिमलाई विभिन्न १२ समूहमा विभाजन गरिएको छ। हरेक समूहमा ४-४ टिम समावेश छन्।

यसअघि समूह चरणको खेलपछि समूह विजेता र उपविजेता नकआउट चरणमा पुग्थे। यस पटक भने १२ समुहको शीर्ष दुई टोलीसँगै तेस्रो हुनेमध्ये उत्कृष्ट ८ टोली गरी कुल ३२ टोली नकआउट चरणमा प्रवेश गर्नेछन्।

टिम संख्या बढ्दा यस पटक नआउट चरणमा राउण्ड अफ ३२ पनि थपिएको छ। त्यसपछि प्रि क्वाटरफाइनल हुँदै क्वाटरफाइनल, सेमिफाइनल र फाइनल खेल हुनेछ।

समूह ए : मेक्सिको, दक्षिण अफ्रिका, दक्षिण कोरिया, चेक रिपब्लिक
समूह बी : क्यानडा, बोस्निया एण्ड हर्जगोभिना, कतार, स्वीट्जरल्यान्ड
समूह सी : ब्राजिल, मोरोक्को, हाइटी, स्कटल्यान्ड
समुह डी : अमेरिका, पाराग्वे, अस्ट्रेलिया, टर्किए
समूह इ : जर्मनी, कुराकाओ, आइभरीकोस्ट, इक्वेडर
समूह एफ : नेदरल्यान्ड्स, जापान, स्वीडेन, ट्युनिसिया
समूह जी : बेल्जियम, इजिप्ट, इरान, न्युजिल्यान्ड
समूह एच : स्पेन, केप भर्डे, साउदी अरेबिया, उरुग्वे
समूह आई : फ्रान्स, सेनेगल, इराक, नर्वे
समूह जे : अर्जेन्टिना, अल्जेरिया, अस्ट्रिया, जोर्डन
समूह के : पोर्चुगल, डीआर कंगो, उज्वेकिस्तान, कोलोम्बिया
समूह एल : इंग्ल्यान्ड, क्रोएसिया, घाना, पानामा

कति छन् नयाँ टिम?

यसपटक विश्वकपमा चार नयाँ टिम छन्। एसियाबाट जोर्डन र उज्वेकिस्तान, अफ्रिकाबाट केप भर्डे तथा उत्तर तथा मध्य अमेरिकाबाट कुराकाओ पहिलो पटक विश्वकपमा छनोट भएका हुन्। चारै टोलीले आफ्नो महादेशको छनोट चरण पार गर्दै विश्वकपमा स्थान बनाएका हुन्।

अहिलेसम्मको विश्वकप विजेता टिम र धेरै पटक विजेता

सन् १९२४ मा उरुग्वेबाट सुरु भएको फिफा विश्वकप अहिलेसम्म २२ संस्करण सम्पन्न भइसक्दा ८ राष्ट्र विजेता बनेका छन् जसमा युरोपबाट ५ राष्ट्रले विश्वकप जित्दा दक्षिण अमेरिकाबाट ३ राष्ट्रले उपाधि जितेका छन्। यी दुई महादेश बाहेक अन्य महादेशका टिमले विश्वकप जित्न सकेको छैन।

जसमा ब्राजिलले सर्वाधिक ५ पटक विश्वकप जित्दा युरोपियन राष्ट्र जर्मनी र इटलीले समान ४ पटक जितेको छ। यस्तै अर्जेन्टिनाले ३, उरुग्वे र फ्रान्सले २-२ तथा इंग्ल्याण्ड र स्पेनले १-१ पटक उपाधि जितेका छन्।

ब्राजिलले सन् १९५८, १९६२, १९७०, १९९४ २००२ मा विश्वकप जितेको थियो। यस्तै जर्मनीले १९५४, १९७४, १९९० र २०१४ मा विश्वकप जितेको थियो। इटलीले १९३४, १९३८, १९८२ र २००६ मा जितेको थियो।

अर्जेन्टिनाले १९७८, १९८६ र २०२२ मा जितेको थियो भने उरुग्वेले सन् १९३० को पहिलो संस्करण र १९५० मा जितेको थियो। फ्रान्सले १९९८ र २०१८, इंग्ल्यान्डले १९६६ र स्पेनले २०१० मा विश्वकप जितेको थियो।

एसइई नतिजा सार्वजनिक, यी वेवसाइटबाट हेर्न सकिन्छ रिजल्टकाठमाडौं, वैशाख २८ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा पर...
11/05/2026

एसइई नतिजा सार्वजनिक, यी वेवसाइटबाट हेर्न सकिन्छ रिजल्ट

काठमाडौं, वैशाख २८ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा पत्रकार सम्मेलन आयोजना गरेर बोर्डले सोमबार साँझ नतिजा सार्वजनिक गरेको हो। नतिजा अनुसार ६५.९८ विद्यार्थी उत्तीर्ण भएका छन्।

नतिजा भने केहीबेर पछि मात्रै वेबसाइटमा देख्न सकिने जनाइएको छ।

एसईई परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो। यसपटक परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गरिएकाले छिटो नतिजा सार्वजनिक गर्न लागिएको हो।

यस वर्ष एसईई परीक्षामा ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले फारम भरेका थिए। नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षाका लागि फारम भरेका थिए।

जसमा दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना छन्।

नतिजा निम्न लिखित वेवसाइटबाट हेर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

राष्ट्रपतिले सम्बोधन गर्दागर्दै बैकठबाट बाहिरिए प्रधानमन्त्री बालेन------काठमाडौँ, वैशाख २८ । राष्ट्रपतिले नीति तथा कार्...
11/05/2026

राष्ट्रपतिले सम्बोधन गर्दागर्दै बैकठबाट बाहिरिए प्रधानमन्त्री बालेन
------
काठमाडौँ, वैशाख २८ । राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री बालेन शाह उठेर हिँडेको विषयमा प्रतिपक्षी दल नेकपा एमालेले प्रश्न उठाएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले दिउँसो ४ बजेको प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री बालेन्द्र शाह बैठकबाट बाहिरिएका थिए। सामान्यतया राष्ट्रपति सहभागी हुने बैठकमा राष्ट्रपति बाहिरिएपछि मात्र अन्य व्यक्तिहरुलाई बाहिरिन सभामुखले आग्रह गर्दछन्। तर प्रधानमन्त्री शाह भने राष्ट्रपतिले आफैले हस्तान्तरण गरेको नीति तथा कार्यक्रम वाचन गरिरहँदा बैठकबाट उठेर हिडेँका थिए।

त्यसलगत्तै साँझ ६ बजेको प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेका सांसद गुरूप्रसाद बरालले प्रधानमन्त्री संयुक्त बैठकबाट जुरुक्क उठेर हिडेकोमा आपत्ति जनाए।

उनले प्रधानमन्त्री उठेर हिड्नुले नीति तथा कार्यक्रममा अपनत्व भए/नभएको प्रष्ट पार्न माग गरे। साथै, बरालले प्रधानमन्त्री शाहले राष्ट्रिय पोशाक नलगाएको विषयमा पनि प्रश्न उठाए।

'राष्ट्रिय पोशाकको परिपालन गर्नु पर्छ कि पर्दैन। सभामुखमार्फत रूलिङ माग गर्दछु,' बरालले भने, 'राष्ट्रपतिले नीति तथा कार्यक्रम सम्बोधन गर्नु भएको छ। बीचमै बहिष्कार गरेर हिँडेको हामीले देख्यौं। यसले उहाँको नीति तथा कार्यक्रम माथिको अपनत्व के हो बुझ्न चाहन्छु।'

बरालले अपनत्वमा प्रश्न उठाएपछि विपक्षी दलका सांसदहरूले टेबल ठोकेर समर्थन जनाएका थिए।

त्यस्तै, राष्ट्रपतिले सम्बोधन गरिरहँदा प्रधानमन्त्रीले अर्का मन्त्रीसँग लगातार संवाद गरेको भिडिओ रेकर्डबाट हटाउन समेत बरालले माग गरे।

सभामुख डोलप्रसाद अर्यालले उक्त विषयमा बुझ्न सचिवालयलाई निर्देशन दिएका छन्।

प्रतिनिधि सभाको साँझ ६ बजेको बैठकमा प्रधानमन्त्री शाहले राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रम टेबल गरेका थिए। तर सम्बोधनको प्रति टेबल गर्दा प्रधानमन्त्री शाह एक शब्द पनि बोलेनन्। महासचिव पद्मप्रसाद पाण्डेयको सिट अगाडि लगेर सम्बोधनको प्रति राखिदिए र आफ्नो कुर्सीमा पनि नगई बैठकबाट बाहरिए।

प्रधानमन्त्री शाह बैठक कक्षबाट फटाफट बाहिरिएको देखेपछि सांसदहरूबीच हाँसो फैलिएको थियो। सांसदहरूको बीचमा हाँसो फैलिएपछि सभामुख डोलप्रसाद अर्यालले समेत बैठक अगाडि बढाएनन्। केही बेर रोकिए।

राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले कुर्सीबाट उठेरै प्रधानमन्त्री बाहिरिएको ढोकातर्फ हेरेका थिए। विपक्षी सांसदहरूले हाँसोको पात्र बनाएको देखेपछि सभापति रवि लामिछाने लगायतका अन्य सांसदहरूले असहज महसुस गरेका थिए।

चैत १३ गते प्रधानमन्त्रीको शपथ लिएका शाहले प्रतिनिधि सभाको बैठकमा अहिलेसम्म सम्बोधन गरेका छैनन्।

उनले संसदीय व्यवस्था र परम्परामा खासै रूचि देखाएका छैनन्। संसदको पहिलो अधिवेशनमा प्रधानमन्त्री शाह एक शब्द पनि बोलेका थिएनन्।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक समेत दलको नेताको अनुपस्थितिमै बसेको थियो। उनले पार्टीका सांसदहरूलाई दलको बैठकमा समेत सम्बोधन गरेका छैनन्।
***nsarkar ***n

11/05/2026

वालेन्द्र शाह नेतृत्वको सरकारले पहिलो पटक आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो।

संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम पढेर सुनाएका हुन्।

***nsarkar

11/05/2026

वैकल्पिक व्यवस्था नगरी सुकुम्बासी बस्तीमा डोजर लगाउँदा आत्म-हत्या गरेका इन्द्र तामाङहरूलाई मर्न बाध्य बनाएको अभियोगमा सरकारलाई मुद्दा किन नलगाउने?
- नेकपा प्रमुख सचेतक युवराज दुलाल

१० वर्षमा ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यआयोजना प्रभावितलाई मुआब्जा होइन शेयर दिने सरकारको तयारीकाठमाडौं । ...
11/05/2026

१० वर्षमा ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य
आयोजना प्रभावितलाई मुआब्जा होइन शेयर दिने सरकारको तयारी

काठमाडौं । सरकारले आगामी दशकमा ३० हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य लिएको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा सोही विषयलाई समेटिएको छ।

संसदमा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले भने ‘आगामी दशकमा ३० हजार मेगावाट विद्युत् उत्पादन लक्ष्य हासिल गर्न ऊर्जा बन्ड निष्कासन तथा वातावरण सम्बन्धी कानुन परिमार्जन गरी एकद्वार प्रणाली लागु गरिनेछ।’

आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई मुआब्जाको सट्टा सेयर लगानीको विकल्प प्रदान गरिने पनि सरकारले नीति तथा कार्यक्रममा समेटेको छ। विद्युत् उत्पादन, प्रशारण, वितरण र व्यापारमा निजी क्षेत्रको सहभागिता सुनिश्चित गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

‘ऊर्जामा आधारित उद्योग प्रवर्द्धन गर्दै आन्तरिक खपतमा व्यापक वृद्धि गरिनेछ’ नीति तथा कार्यक्रममा भनिएको छ ‘अन्तरदेशीय ऊर्जा व्यापार सम्झौतालाई दीर्घकालीन लगानी आकर्षितको माध्यम बनाइनेछ ।’

राष्ट्रिय ग्रीड नपुगेका क्षेत्रमा लघु आयोजना, सोलार तथा वायु ऊर्जा विस्तार गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
***nsarkar ***nshahnews

समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ताको घोषणाकाठमाडौं । सरकारले आगामी आर्थिक वर्ष समस्याग्रस्त सहकारी संस्थामा जनत...
11/05/2026

समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ताको घोषणा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष समस्याग्रस्त सहकारी संस्थामा जनताले जम्मा गरेको बचत एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गरी फिर्ता गर्ने घोषणा गरेको छ।

त्यस्तो कोषमा सहकारीको कर्जा अशुली गरी जम्मा गर्ने र त्यो रकम बचत फिर्ताका लागि प्रयोग गरिने घोषणा सरकारले गरेको हो।

राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संसदको संयुक्त सभामा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यस्तो घोषणा गरिएको हो।

सरकारले अहिले नै समस्याग्रस्त सहकारीको बचत फिर्ता गर्न रिभल्भिङ कोष स्थापना गरिसकेको छ। यो कोषमा सरकारले बिऊ पुँजीका रुपमा २५ करोड रुपैयाँ विनियोजन गरेको छ। सो कोषमा समस्याग्रस्त सहकारीको कर्जा अशुलीको रकम तथा सम्पत्ति विक्रीको पैसा सम्मा गर्ने व्यवस्था गरिएको छ।

साथै सरकारले सहकारी संस्थाको नियमन र प्रभावकारी व्यवस्थापन गर्न राष्ट्रिय सहकारी नियमन प्राधिकरणको सुदृढीकरण गरिने घोषणा पनि राष्ट्रपतिले संघीय संसदको संयुक्त बैठकमा घोषणा गरेको नीति तथा कार्यक्रममा उल्लेख छ।
***nsarkar

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्‍घीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्।बैठकको शुरुवातम...
11/05/2026

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्‍घीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्।

बैठकको शुरुवातमा प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको नीति तथा कार्यक्रमको प्रति राष्ट्रपतिलाई बुझाएका थिए। सोही प्रति राष्ट्रपति पौडेलले संयुक्त बैठकमा वाचन गरेका हुन्।
***nsarkar

Address

Kalimati

Alerts

Be the first to know and let us send you an email when Halkara News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Halkara News:

Share