12/09/2025
मुलुकको पछिल्लो राजनीतिक परिस्थिति समाधान गर्न राष्ट्रपति र Gen Z का युवाहरूबीच भएको सहमति अनुसार महत्वपूर्ण निर्णयहरू सार्वजनिक भएका छन्। उक्त सहमति अनुसार संघीय संसद् विघटन गरिएको छ।
त्यसैगरी, मुलुकको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नयाँ प्रधानमन्त्रीको रूपमा चयन गरिएको छ। राष्ट्रपति कार्यालयले जानकारी दिएअनुसार, नयाँ प्रधानमन्त्री कार्कीले आज राती ९:०० बजे शपथग्रहण गर्ने कार्यक्रम तय भएको छ।
यो सहमति र निर्णयलाई हालको अस्थिर राजनीतिक अवस्थाबाट देशलाई नयाँ दिशातर्फ लैजाने प्रयासको रूपमा लिइएको छ।