23/10/2025
रबि लामिछाने प्रकरण: जसले नाङ्ग्यायो राज्य संयन्त्रको कुरुप अनुहार !
रबि लामिछानेको मुद्दाले नेपाली राजनीति, प्रशासन, न्यायपालिका र मिडिया सबैको वास्तविक अनूहार उजागर गरिदिएको छ। कुनै पनि निर्दोष नागरिकमाथि आरोप लगाएर कसरी योजनाबद्ध रूपमा सक्ने प्रयास हुन्छ भन्ने कुरा यो घटनाले खुलस्त पारेको छ। यहाँ पाँचवटा पक्षहरू छन्, जो यस प्रकरणमा पूर्णतः नाङ्गिएका छन्:
१.) गगन थापा – युवाको राजनीति समाप्त पार्ने खेलाडी
गगन थापा स्वयं युवा पुस्ताको प्रतिनिधि भएर उदाएका व्यक्ति हुन्। तर जब अर्को युवा शक्ति, अर्थात् रवि लामिछाने, जनताको माया बटुल्दै अघि बढ्न थाले, उनीमाथि झुटा प्रमाणको आधारमा हमला गर्नु गगनको दोहोरो चरित्रको प्रमाण हो। राजनीति प्रतिस्पर्धा स्वाभाविक हो, तर त्यसमा झुट, षड्यन्त्र र चरित्र हत्या हुनु आफैँमा लज्जास्पद हो।
२.) केपी शर्मा ओली – पुरानो सत्ता संरचना जोगाउन प्रतिसोधको राजनीति
एकातिर ओलीले "नयाँ पुस्ता आउनुपर्छ" भन्ने भाषण दिन्छन्, अर्कातिर जब त्यही पुस्ताले जनमत बटुल्छ, उनी त्यसलाई दबाउन तल्लो स्तरको राजनीति गर्न पछाडि पर्दैनन्। रवि लामिछानेले भ्रष्टाचारविरुद्ध आवाज उठाएपछि ओलीले आफूप्रति खतराको आभास गर्दै उनलाई सक्ने षड्यन्त्रमा भूमिका खेलेको देखिन्छ।
३.) नेपाली मिडिया – सत्ता र प्रचारको भाडा बनेको संचार
रवि लामिछाने स्वयं पत्रकारिता पृष्ठभूमिबाट आएका व्यक्ति हुन्। तर जब उनीमाथि मुद्दा लगाइयो, अधिकांश मिडियाले अनुसन्धान नगरी सरकारको पक्षमा रिपोर्टिङ गर्न थाले। निष्पक्षताको नारा बोकेको मिडिया सत्ता र पैसाको संरक्षणमा कति गिर्छ भन्ने यो घटनाले देखायो।
४. नेपाल प्रहरी – राजनीतिक इसारामा नाच्ने संयन्त्र
नेपाल प्रहरी कानुनको पालना गर्ने संस्थान हो, तर रवि लामिछानेको प्रकरणमा प्रहरी प्रशासनले जाँचबुझ नगरी राजनीतिक निर्देशनअनुसार काम गर्यो। जसरी कागज, फोटोकपी र भ्रामक बयानहरू आधार बनाएर फसाउने प्रयास गरियो, त्यो लोकतन्त्रमा प्रहरीको दुरुपयोगको ज्वलन्त उदाहरण हो।
५.)अदालत – न्याय होइन, आदेश पालना गर्ने संयन्त्र
अन्तिम आशाको थलो मानिने अदालत पनि यस प्रकरणमा स्वतन्त्र नभएको प्रमाणित भयो। सरकारको इसारामा चलेको फैसलाले देखायो कि आजको मितिमा नेपालको न्यायालयमा पनि निष्पक्षता गुम्दै गएको छ। जब अदालत स्वयं पीडित होइन, सत्ताको संरक्षक बन्न थाल्छ, तब न्याय मर्छ।
निष्कर्ष:
रवि लामिछानेको प्रकरण केवल एक व्यक्तिको मुद्दा होइन, यो नेपालको राज्यसंयन्त्रले जनताको चेतनालाई कसरी दबाउँछ भन्ने प्रमाण हो। यो एक चेतावनी हो, जसले देखायो कि सच्चा परिवर्तनको लागि लड्न तयार भएका व्यक्तिहरूलाई सत्ताधारीहरूले कसरी तह लगाउन खोज्छन्। तर, यो पनि प्रमाणित भयो कि जब जनताले साथ दिन्छ, तब सत्य लुक्दैन, केवल समय लाग्छ।
#साभार