
18/09/2025
पूर्वमिस नेपाल श्रृंखला खतिवडाले नेपो-बेबी ट्रेन्ड र अनफलो अभियानबारे सामाजिक सञ्जालमा धारणा राख्दै आफूमाथि लागेको आरोप खण्डन गरेकी छन्।श्रृंखलाले आफूले हार्वर्डमा अध्ययनका लागि ९६ लाख रुपैयाँ आफैं कमाएको र कुनै भ्रष्टाचारमा संलग्न नभएको बताएकी छन्।उनले सबै ब्रान्ड सम्झौताको कागजात गुगल ड्राइभमा सार्वजनिक गरी आरोप षड्यन्त्र भएको र प्रमाण नभएको उल्लेख गरेकी छन्।
Drive link: https://drive.google.com/.../1kG2pgMa0zpNQ...