16/10/2025
सभामुख घिमिरे को हुन के गरेका थिए पूरा पढ्नुहोला साथै जनचेतनाको लागि शेर गर्नुहोला। महाकाली जस्तो राष्ट्रघाती सन्धीको पक्षमा हस्ताक्षर गरेर राष्ट्रघात गरेका अहिलेका सभामुख देवराज घिमिरेले संसद पुनस्थापना भए मात्रै Gen Z का माग पूरा गर्न सकिन्छ भन्न भ्याएछन। धेरैलाई थाहा छ, उनी सभामुख मात्रै होइनन एमालेका कार्यकर्ता पनि थिए, सायद त्यसकै साएड इफेक्ट होला यो पनि। एमालेले २०५४ साल असोज ४ गते बहुमतद्वारा महाकाली जस्तो राष्ट्रघाती सन्धी अनुमोदन गर्ने निर्णय गरेको थियो। तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवाले भारत भ्रमणको बेला गरेको सन्धी राष्ट्रघाती भएको स्पष्ट छ। महाकाली जस्तो राष्ट्रघाती सन्धीमा हस्ताक्षर गरेर राष्ट्रघात गर्ने मध्ये अहिलेका सभामुख पनि एक निर्णायक पात्र थिए। उक्त सन्धी अनुमोदन गर्ने वा नगर्ने बारे नेकपा एमालेमा ठुलो विवाद चलेको थियो। अन्ततः केन्द्रीय समितिको बैठकबाट आन्तरिक मतदानबाट उक्ति विवाद निर्क्योल गर्ने निर्णय भयो। मतदान गर्दा सन्धिको पक्ष र विपक्षमा १६/१६ मत परेको थियो। तेतिबेला अष्ट लक्ष्मी शाक्य र राजेन्द्र श्रेष्ठ तटस्थ बसेका थिए। पार्टी अध्यक्ष मनमोहन अधिकारी अस्पतालको बेडमा थिए र उनी सन्धिको विपक्षमा थिए। मत बराबर भएपछी एकजना वैकल्पिक केन्द्रीय सदस्यलाई मतदान गर्न लाउने निर्णय भएको थियो। त्यतिबेला खास वैकल्पिक सदस्यको एक नम्बरमा हिरण्यलाल श्रेष्ठ थिए तर उनलाई पाँच नम्बरमा राखेर अहिलेका सभामुख देवराज घिमिरेलाई एक नम्बरमा ल्याएर मतदान गर्न लाइएको थियो। घिमिरेले सन्धिको पक्षमा मतदान गरेका थिए। उनले मात्रै विपक्षमा हस्ताक्षर गरेको भए महाकाली सन्धी पास हुने थिएन। महाकाली सन्धी गर्दा एमालेमा पक्ष र विपक्षमा मतदान भएको थियो। एमालेको एक तप्ताले पार्टी विभाजन गरेरै भएपनी सन्धी रोक्न खोजेको थियो तर सम्भव भएन। यसरीमाधव नेपाल र केपी ओलीसंग मिलेर देशको हित विपरित सन्धिमा हस्ताक्षर गरेका सभामुख घिमिरेले Gen Z का माग पूरा गरिदेलान भनेर सपना नदेख्नुहोला।