Jana Sanchar

Jana Sanchar रङ्गमन्च
(1)

आज शनिबारको  दिन : शनिदेव दर्शन गर्नुहोस
07/02/2026

आज शनिबारको दिन : शनिदेव दर्शन गर्नुहोस

हिमाल पारीको जिल्ला  मुस्ताङस्थित  मुक्तिनाथ मन्दिरमा हिउँ परेको हालको  अवस्था
04/02/2026

हिमाल पारीको जिल्ला मुस्ताङस्थित मुक्तिनाथ मन्दिरमा हिउँ परेको हालको अवस्था

कास्की कारागारबाट भागेका नामुद च्याङ्ग्रा चो'र फेरि ठ'गी ध'न्दा गर्दै गर्दा फेरि प'क्राउ ः प्रहरीमा मु'द्दाका ओइरोे     ...
01/02/2026

कास्की कारागारबाट भागेका नामुद च्याङ्ग्रा चो'र फेरि ठ'गी ध'न्दा गर्दै गर्दा फेरि प'क्राउ ः प्रहरीमा मु'द्दाका ओइरोे

पोखरा , १९ माघ २०८२ ।

जेन जी आन्दोलनका क्रममा कास्की जिल्ला कारागारबाट भागेका एक जना नामुद च्याङ्ग्रा चोर झन्डै साढे चार महिनापछि फेरि पक्राउ परेका छन्।

गएको भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनमामा कास्की जिल्ला कारागारबाट भागेका रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर ४ घर भइ हाल पोखरा–७ मासबारमा बस्दै आएका नामुद ‘च्याङ्ग्रा चोर’ ५० वर्षीय मुन्ना भनिने मोहम्मद फकिर चितवनको भरतपुरबाट फेरी पक्राउ परेका हुन्।

प्रहरीका अनुसार , उनी गएको दशैंमा भेडाच्यांग्रा ब्यापारी जयलाल रोकायासंग असोज २३ गते १०३ वटा च्यांग्रा किनेर अर्कैको नाममा रहेको नासटिने चेक दिएर बेपत्ता भएका थिए । सोही आरोपमा पक्राउ परेका फकिर गएको भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनमामा कास्की जिल्ला कारागारबाट भागेका थिए।

नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कास्कीको संयुक्त टोलीले भरतपुरबाट पक्राउ गरेर पोखरा ल्याई मुन्नालाई जेनजी आन्दोलनका क्रममा भुक्तान गर्न बाँकी रहेको नौ महिना १२ दिन कैद सजायं भुक्तान गर्नकास्की जिल्ला कारगार पठाइएको जिल्ला प्रहरी कार्यालय कसिका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए । २०८१ दशैंलगत्तै उनलाई कास्की जिल्ला अदालतले उनलाई कारागार चलान गर्न आदेश दिएको कास्की प्रहरीले जनाएको छ ।

कास्की जिल्ला कारागारबाट भागे पछि पनि अभियुक्त मुन्ना भनिने मोहम्मद फकिरले फेरि चार वटा चोरी गरेको फेला परेको छ । मुन्नाविरुद्ध त्योभन्दा अगाडि नै १४ वटा चोरी, बैंकिङ कसुर, स्वास्थ्य–सुरक्षापविरुद्धको कसुरमा मुद्धा दायर भएको थियो ।

गाडी खरिद गर्ने भन्दै भरतपुरमा पनि नक्कली ब्यापारी बनेर अर्को ठगी गर्न लागिरहेको अवस्थामा १५ गते मुन्नालाई पक्राउ गरी पोखरा ल्याएर अनुसन्धान अगाडि बढाइएको छ । मुन्नाको मुख्य उद्देश्य नै विभिन्न आवरणमा चोरी तथा ठगी गर्ने र रासलिला गर्ने देखिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

भदौ २४ गते फरार भएपछि पोखराका विभिन्न ठाउँमा अवैध रुपमा यौनधन्दा चल्ने रेस्टुरेन्टहरु पुगेको पाइएको र त्यही रेस्टुरेन्टहरुमाथि निगरानी राखेर पछ्याउँदै जाँदा उनको थप विवरण र लुकेर बसेको ठाउँ फेला पार्नसमेत सहयोगी बनेको प्रहरी स्रोतको भनाइ छ ।

ठगि, आपराधिक, बिश्वासघात तथा आपराधिकलाभ सम्बन्धी कसूरमा यसअघि २०८१ असोज ६ गते पक्राउ परी कारागार चलान गरिएको थियो । भदौ २४ गते फरार मुन्ना फेरि दसैंमा पोखरा याम्दीमा पुगेर अर्को ठगी गरेका थिए । मुस्ताङका ताक्ला गुरुङले दसैंका लागि बिक्री गर्न तयार पारिएको १०३ वटा च्यांग्रा ट्रकसहित नै चोरेर भागेका थिए । उनलाई प्रहरीले चितवनबाट पक्राउ गरी मुद्दा चलाएको थियो ।

४२ लाख रुपैयाँ मूल्य छिनेर मुन्नाले ताक्लालाई चेक उपलब्ध गराएका थिए । जोमसोममै साट्ने भनिएको चेक पोखरामै साट्ने नत्र रकम पनि त्यही उपलब्ध गराउने योजनासहित उनीहरु पोखराको याम्दी आइपुगेका थिए ।

याम्दीमा च्यांग्राको ब्यवस्थापन गरेर हिसाब मिलान गर्ने बताएपछि ताक्ला राति सुत्न गए, त्यही राति ग १ ख ५१७४ नम्बरको ट्रकसहित मुन्ना फरार भएका थिए ।

पोखरा र पृथ्वीराजमार्गका विभिन्न मासु पसमा च्यांग्रा बिक्री गर्दै चितवन पुगेका मुन्नालाई प्रहरीले पक्राउ गरी मुद्धा चलाएपछि उनी कारागार चलान भएका थिए ।

जेनजी आन्दोलनका क्रममा फरार भएका मुन्नाले यो दसैंमा पनि त्यही शैलीमा भेडाच्यांग्रा उछिट्याएका हुन् । हिमाली जिल्लाबाट दसैंका लागि पोखरामा भेडाच्यांग्रा बिक्री गर्न ल्याएका जयलाल रोकायालाई अर्कैको नामको चेक दिएर असोज २३ गते ३२ वटा च्यांग्रा भ्यानमै हालेर उनी फरार भएको प्रहरीको भनाइ छ ।

Shout out to my newest followers! Excited to have you onboard!Shiva Prasad, Mili Mili
29/01/2026

Shout out to my newest followers! Excited to have you onboard!

Shiva Prasad, Mili Mili

नेपालगन्जमा  बालेन शाहको पछाडि हिडेको गाडिबाट ख'सेर पांच जना समर्थक घा'इते
26/01/2026

नेपालगन्जमा बालेन शाहको पछाडि हिडेको गाडिबाट ख'सेर पांच जना समर्थक घा'इते

24/01/2026

तीन करोडको लोभमा करोडौंको सम्पत्ति जोखिममा पार्दै पोखरा महानगर ः प्रशासकीय अधिकृत भन्छन्,"टेण्डर भएको मलाई थाहै भएन" #सेतीनदी_दोहन #रामघाट
https://www.facebook.com/share/v/1FBvmtWG8p/

घुससहित पक्राउ परेका पोखरा महानगरका तात्कालिन अधिकृत गिरीलाई एक महिना कैद र २५ हजार रुपियाँ जरिवानाको सजाय
21/01/2026

घुससहित पक्राउ परेका पोखरा महानगरका तात्कालिन अधिकृत गिरीलाई एक महिना कैद र २५ हजार रुपियाँ जरिवानाको सजाय

पोखरा, ८ माघ २०८२। विशेष अदालतले पोखरा महानगरपालिकाका तात्कालिन सातौं तहका अधिकृत कपिल गिरीलाई एक महिना कैद र २५ ....

आदरणीय पत्रकार साथीहरु, नयाँ अनलाईन दर्ता गर्न खोज्दै हुनुहुन्द्ध भने सुचना विभागमा यी र यस्ता डकुमेन्टहरु चाहिन्छन् है।...
18/01/2026

आदरणीय पत्रकार साथीहरु, नयाँ अनलाईन दर्ता गर्न खोज्दै हुनुहुन्द्ध भने सुचना विभागमा यी र यस्ता डकुमेन्टहरु चाहिन्छन् है। ख्याल गर्नुस्

05/01/2026

Pokhara

Address

Newroad, Pokhara
Kaski

Alerts

Be the first to know and let us send you an email when Jana Sanchar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jana Sanchar:

Share